Category Archives: निबन्ध

निबन्ध / Essay

निबन्ध : यसकारण केयरगिभरको काम कठिन हुन्छ

~दीप्स शाह~ काम भनेको सबै नै गाह्रो हुन्छ । कुनै काममा मानसिक तनाव ज्यादा हुन्छ त कुनैमा शारीरिक कष्ट बढी । हुन त सबैमा केही न केही गाह्रो त हुन्छ नै । तर सबैलाई अप्ठ्यारा र समस्या आफ्ना जटिल लाग्छन् … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निवन्ध : सङ्गीतमा सुन्दरता र नेपाली गायन

~बुलु मुकारूङ~ विश्वभरि सङ्गीतको माहौल र चर्चा आफ्नै ठाउँमा रहेको देखिन्छ। आरम्भकालीन दुन्दुभीहरू नै सङ्गीतका साज मानिन्थे। पुङ, के वा केन् आदि नै यथेस्ट साङ्गीतिक सामग्री हुन् भन्ने मानिन्थ्यो। मानव विकासले पुङ-सिंग अर्थात विषाण वाद्ययन्त्रलाई युद्धका लागि उद्योषक बाजाका रूपमा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : औपन्यासिक पात्र – जीवनको पृष्‍ठभूमिमा

~शंकर लामिछाने~ भन्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्‍याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । बच्चोले पैसा हत्केलामा राखेर हेर्‍यो र बिस्तारै भन्यो ‘पाँच पैसा’ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : तपाईँले किताव निकालेको छ?

~चर्चित ढुंगेल~ केही महिनाअघि प्रज्ञा भवन कमलादीमा ‘एनसेल नेपाली लिटरेचर फेस्टिवल–२०१२’ मा जाने मौका मिल्यो। फेसबुकबाट घनिष्ट भएका मित्र रमेश कँडेलसँग प्रज्ञाको गेटैमा भेट भयो। मैले उनलाई चिनिहालेँ। उनले मलाई चिनेनन्। मैले अनुमान लगाउन भनेँ। केही बेर उनी चिनेजस्तो, सम्झेजस्तो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : भोलानाथ या झेलनाथ?

~प्रकाश आस्था~ ‘निश्चितै रुपमा अर्को धक्का दिनु पर्ने भयो। नत्र भने त सधैँ तपाई उता पेलिने, म यता ठेलिने।’ आफ्नो परम्परागत मुस्कान सहित कसिलो हात मिलाएर प्रचण्डले झलजीलाई सोफामा बसाउँदै बोले। सहमती ब्रान्डको बाँसुरी कोटको खल्तिमै थियो झलनाथको। बाँसुरी कटबाँसको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘दले’को जालो

~चर्चित ढुंगेल~ ‘दले’ भनेको दलालको छोटकरी रुप हो। ‘दलाल’ भनेको चाहीँ मोलमोलाइ गर्ने, दलाली गर्ने मान्छे हो। सुन्दा मध्यमार्गी जस्तै लागे पनि दले देखिन चाहीँ मध्यस्थकर्ता जस्तै देखिने तर ‘जता मल्खु उतै ढल्कु’ भन्ने उखानलाई सही प्रयोग गर्ने कार्यकर्ता हो। … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मेरी बुढीको भुँडी पूजा

~लेखनाथ गौतम~ कहिलेकाही आँखा लगाउछु आफु जन्मेको साल तिर । जन्मेको ठाउँको सम्झना गर्छु । त्यो जमाना अर्कै थियो । लाग्छ त्यो अचम्मको समय र ठाउँ थियो । त्यो अती रोमन्चक ठाउँ थियो । तर पनि आफुमा केही कमी भए … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : नोटमा राजा

~विमल भौकाजी~ राजा ! श्रीपेच पहिरेका राजा नोटहरूमा छापिएका छन्, यहीँनिर, बजारमा यत्रतत्र छन् श्रीपेच नलगाएका राजाहरू, – कोही संसद् भवनमा उफ्रिरहेका, – कोही सिंहदरबारका मेचमा मच्चिरहेका, – कमसेकम, कोही भाषणका मञ्चहरूमा कुर्लिरहेका ।

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 2 Comments

निबन्ध : चिन्ता गर्नुपर्छ

~सरण राई~ ‘कस्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?’ ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ? मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : डि. भी., मेरी स्वास्नी र म

~भरत बागलुङे~ कहिं नभएको जात्रा हाँडी गाउँमा भने जस्तो हिजोआज काठमाण्डौमा अमेरिका जाने सपना देख्नेहरुको जात्रा नै लागेको छ । यता जाउँ डि. भी. उता जाउँ डि. भी. घरघर, टोल-टोल बाटो घाटो जहाँ तहिं डि. भी. भर्ने-भराउनेहरुको कुडुलो नै लागेको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : मृत्यु फरवार्ड

~युवराज नयांघरे~ शोकका खबरले भरिएको छ मेरो इमेल बक्स ! जीवनकै अङ्ग भएको छ-सूचना । आँखाले पाना पल्टाउने अखबारभन्दा हातले माउस चलाउने प्रविधिमा सूचनाको सेरोफेरो बलियो भएको छ हिजोआज । भव्य र खर्चिलो नभए पनि साधारण खालको ल्यापटपले आकुलव्याकुलमा साथ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : महत्वाकांक्षीहरूको भीड

~एम.पी. खरेल~ कैयौं दिनहरू गुज्रेका छन्, वर्षहरू गुज्रेका छन् मान्छेका व्यक्तित्व विकासका लागि। डटेका छन्, घोरिएका छन्, आफ्नो सम्पूर्ण वर्कत खन्याएका पनि छन् यसका लागि। व्यक्तित्व विकास गर्नु नराम्रो होइन, राम्रो हो, तर आज भोलि म देखिरहेको छु व्यक्तित्व विकासका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : ढुंगा पो भइएछ

~श्रीबाबु कार्की ‘उदास’~ ढुंगा पो भइएछ अचेल। ढुंगा हुनुको पीडा बाँचिरहेछु म। जीवनलाई सासौँदो राख्न सकिएन। ढुंगामा यो मनको हराभरा आवाद कसरी गर्न सकुँला खै? ढुंगाहरूबीच मानिस उभिन असहज लाग्ने रहेछ। ढुंगाहरूबीच प्रेम/स्नेह/भावना/सद्विचार/संवेदना/सहानुभूति निरर्थक बन्दो रहेछ। लक्खा! अन्ततः म पनि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : हाइ, हाइ हिमाल

~युवराज नयांघरे~ मनबाट बाहिर निस्के हिमालहरू । कहांबाट थालूं हिमाललाई हेर्न । कुन बिन्दु हो हिमाल बुझने । कसरी बुझूं हिमालको सम्पूर्णता । यसरी भटाभट निस्किरहेछन् रहरका हिमचुली । हिमाल, मेरा प्यारा हिमाल । हिमाल, मेरो प्रिय हिमाल ।। गोरखाको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : शम्भवामी युगेः युगेः

~पेशल आचार्य~ युग अनुसारका खोजी हुन्छन् । वैदिक युगमा दर्शनको खोजी भएथ्यो । उत्तरवैदिक युगमा भक्ति र द्वन्द्वको खोजी भयो । रामायणले भक्ति र महाभारतले खोजेको द्वन्द्वमय गूढ रहस्यका बारे यद्यपि खोजीको विषयातिरेक हुन सक्छ या सक्दैन विद्वत् वर्गबाट सन्धान … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : फेसबुक

~टीका बस्नेत~ आज लामो समयपछि फेसबुक खोलेको छु । साथीहरुले पठाएका म्यासेजहरु एकएक गरी पढ्दै अगाडि बढिरहेको छु । मप्रति धेरैकोे गुनासो हुन्छ–सन्देशको प्रतिउत्तर नदिएकोमा । हुन पनि हो करीव दुई महिना अघिदेखि म सम्पर्कविच्छेदको अवस्थामा रहेको छु, फेसबुकको संसारबाट … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : छोरी र बिराली

~खगेन्द्र संग्रौला~ मुसागणको सनातनी आतङ्कले सताइँदा म निरुपाय र हैरान भएको थिएँ । नाथेहरू वस्त्र भेटे वस्त्रै काट्ने । अन्न भेटे अन्नै बिमाख पार्ने । अनुशासन र मर्यादा एक पित्को जान्नु छैन, जथाभावी हगेर लिँडैलिँडको लस्कर बनाउने । हुँदाहुँदा यति … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : साहित्यमा पहिचान

~राजा पुनियानी~ आउँदै गरेको आँधी ‘अब त उमेर भयो । खै, फोनमा कुरा हुने होइन… । इन्द्रबहादुर राईसँग कुरा भएको त दुई वर्ष पो हुन लाग्यो ।’ भन्दै थिए, बैरागी काइँला । तेस्रो आयामका हस्ताक्षर । टिफिनपछिको अपराह्न पिरियडमा तीन … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अनौठो सपना

~धिताल चिरिच्याँट्ट~ एक समय थियो दैनिक रमाइलो सपनाहरु देख्थे, तर आजकाल सपनाहरु देख्न छाडेको थिएँ । वेरोजगार मान्छे दिनभरी सडक नाप्ने काम गर्छु । सडक विभागको जागिरे ! सडक नाप्दै जादा खुल्लामंच पुगियो । राजनैतिक सभा रहेछ, नेताहरु उफ्रि उ्िरफ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : अर्थहीन

~टंक गौतम~ एकवर्ष भएछ मैले लेख्न छोडेको । हरेक बाहानाको साहारामा मैले लेख्ने विषयलाई चटक्कै छोडिदिएँ । जीवनको वास्तविकता लेख्न सकिदैन त किन लेखिरहनु ? यसको अर्थ नै के छ र ? तसर्थ कुनैदिन पनि लेख्न यो मनले मानेन । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हयाप्पी “भालेटायम डे “!

~चर्चित ढुंगेल~ १४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई “रेड रोज’ थमाउँदै भनि- “मेरो पि्रय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भाज्या¨को दिक्पाल र ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे ,सुर्जे, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : बुद्धिविलास !

~विमल आचार्य~ एक जना युवक अआ (असन्तुष्ट र आक्रोशित) मुद्रामा मार्टिन चौतारीमा आए। उनी प्राय: आइरहन्थे। आएर एक दिन झपार शैलीमा भने, ‘तपैंहरूका सप काम बुद्धिविलास मात्रै हुन्। केही काम छैन तिनको। सप बक्वास !’ लेखपढको हाम्रो लघु संसारमा मार्टिन … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : बोर गर्‍यौ शङ्कर दाइ

~हरीभक्त कटुवाल~ एक दिन त जसले पनि मर्नुपर्छ नै। मरेपछि पुगिने ठाउँ स्वर्ग हो वा नर्क– त्यसमा मलाई विश्वास छैन। तर किन हो एकपल्ट विश्वास गर्न मन लागिरहेको छ यसबेला। कुनै दिन म पनि मर्छु र त्यतै कतै तिमीलाई भेट्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : छुट्टी : मिश्रित स्वाद

~रोशन शेरचन~ कर्मचारी जीवनमा सबभन्दा लामो छुट्टी हुने भनेकै दशैँ हो । तर, अक्सर छुट्टी त्यसै खेर जान्छन् । विगत वर्षमा लामा विदा खेर गएको अनुभव भयो मलाई । त्यसैले, २०६६ को दशैँमा औपचारिकता र नियमिततावाहेक केही सृजनात्मक क्षण विताऊँ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : ब्रेकइभनदेखि बेनफिट

~राजन गोदार~ उत्तेजनाको आयु लामो हुँदैन । त्यही उत्तेजना बाँचेर हामी बूढो भयौँ । ताली र गाली गर्दा जोशमा होश गायब हुने रोगले हामीलाई थला पारेको छ । धैर्य–अधैर्यको भूमिका उल्टो निभाएर बाँच्यो मेरो पुर्खा र त्यसकै सिको गरेँ । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फेसनको इतिवृत्त

~लोकरञ्जन पराजुली~ केही वर्षपहिले, नेपाली भाषा सिक्दै गरेका मेरा एक विदेशी मित्रले फेसनलाई नेपालीमा के भन्छन् भनेर सोधे । म अकमकाएँ । घोरिएँ । झट्ट दिमागमा कुनै शब्द फुरेन । र, एकछिनपछि भन्दिएँ, फेसन नै भन्छन् । हुन पनि अरू … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : म नाथे

~वरुण पोख्रेल~ हुन त म एउटो नाथे | नाथे बोले तो सिधै नाकको रौँ हैन कि त्यो भन्दा अर्कै किसिमको नाथे, उर्फ घेंचु | फेरी घेंचु भन्या के? भन्ने अर्थ खोजिएला “त्यो त मलाइ के थाहा!”, थाहा नै नभएको कुरो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : बेराग पात्रहरु

~रमेश सायन~ यी हरेक पात्रहरुसँग आ—आफ्नो कथा छ । जसको बजारमा माग छैन । पाठक छैनन् र अब दोस्रो संस्करण निस्कनेछैन । बाँच्ने शैली बेरागात्मक छ । विगत सम्झने उत्ति साह्रो फुर्सद छैन । मानांै, ती पात्रहरु हावाले उडाउँदै गरेको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : मान्छे बदलिने क्रिया

~नरनाथ लुइँटेल~ समय बदलिइरहेको छ । मान्छे बदलिइरहेको छ । मान्छेको मन बदलिइरहेको छ । थोरै समयमा धेरै कुरा बदलिइरहेको छ । सङ्घार काटेर भित्र छिरिसकेको एक्काइसौँ शताब्दीले अझ धेरै कुरा बदल्नेवाला छ । पुराना र पाका कुराप्रति मान्छेको चाह … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जिब्रो-जगत

~विवश वस्ती~ महाभारतकालीन समयमा भीषण संग्राम भयो। संग्रामस्थल कुरुक्षेत्रले विशिष्ट नाम कमायो । मिथकमा, पाण्डव र कौरवका नाम आफ्नै वंश, बन्धुबान्धवलाई धुलाम्य तुल्याउने कलामा पारंगत योद्धाहरूका रूपमा अंकित भए। महाभारतकालीन जमानाका सिद्ध-प्रसिद्ध महानुभावहरूका लामालामा कथा कथ्ने व्यास ऋषिमुनिले त्यत्रो इतिहास … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : मान्छे र कला

~विष्णु प्रभात~ बाँचेको मान्छेले नै विचार गर्छ । कुरा साँचो हो र सजिलो पनि छ । आखिर मान्छे बाँचेका बेलामा न मान्छे हो । मरेपछि त ऊ लास बन्दछ । सासबिनाको लास भएपछि आस पनि गरिंदैन । त्यसैले मरेको मान्छे … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : पारदर्शी झ्यालहरूको कर्पोरेट आशक्ति

~गीता त्रिपाठी~ ‘कृपया झ्याल बन्द गरिदिनुहोस्! बाहिर जाडो बढ्दै छ।’ विश्वका महान् तर्कशास्त्री सोक्रेटसलाई सत्सङ्गमा सहभागी एक जना तर्कमित्रले यसो भनिरहँदा उनले प्रश्नार्थी जवाफ दिएका थिए— ‘मैले झ्याल बन्द गरिदिँदैमा भित्र कोठा न्यानो हुन्छ त?’ झ्यालले बाहिरी दुनियाँसँग जोड्छ यो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment