Category Archives: निबन्ध

निबन्ध / Essay

निबन्ध : क्वाँटिको झोल

~रुमन न्यौपाने ‘अमन्त’~ शाश्वत सत्य, देख्दैन अनुहार ऐनामा मानिस । कपटि छ, निर्दयी छ, निस्वार्थ त छँदै छैन । टाउको काट्दैछन् मानिस मानिसको तौलीएर हातहरुमा दया नाप्न खोज्छ । देख्दैनन् अनुहार, ऐनामा मानिस त्यसै रुमल्लीन्छ । फुलहरुमा प्रतिन्द्धवदिता चल्दैछ । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : के आत्महत्या नै समस्याको समाधान हो त ?

~सजना गुरुङ~ समय कति परिवर्तनशील छ, समयको परिवर्तन हुनु नौलो कुरा होइन किनकी हामी सबै यो कुरा जान्दछौ तर मानिसको जिन्दगीमा आएका कतिपय परिवर्तनहरुले मानिसको जिन्दगीको रुपरंग नै फेरेर राखिदिंदो रहेछ । मैले कहिल्यै सोचेको थिइन, जिन्दगीको अन्तिम पलसम्म हरेक … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : विद्यार्थी को जिज्ञासा

~बिकास सुबेदी~ यसैबर्स एस.एल.सी. दिने हुनाले म बर्षे बिदामा टुसन् पढेर राम्रो अंक ल्याउने मेरो इच्छा छ | यसै अनुरुप हाम्रो विद्यालयले पनि बिहान ६ बजे देखि १० बजे सम्म चारवटा बिसयमा टुसन पढने ब्यबस्था मिलाएको छ | आज पहिलो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : पाँच पाउण्डको नौ मुरी पीडा

~जया राई~ मेसेज बक्सभित्र आएको मेसेजले कुनै बेला खुशी बनाउँछ त कुनै बेला निराश । कुनै बेला पारो चढाउँछ भने कुनै बेला हतार लगाउने आदि अनेक गर्छ । करिव एक हप्ता अगाडि आएको ईन्बक्सको मेसेज बीके पाण्डेजीको रहेछ । यसपाली … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जुलुस

~पेशल आचार्य~ ‘आज त दुईचार जनाको टाउकै फोर्नुपर्छ, यार !’ –एउटाले सूर्य चुरोट सल्काएर ओठमा चेप्दै सानसँग भन्यो । ‘साला भाते के टाउको फोर्ने कुरा गर्छ । कुनै बैङ्कसैङ्क या फाइनान्सको लकर फोर्नुपर्छ भन न ।’ –अर्कोले अझ फौज्दारी सम्वाद … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : मृत्युसँग एकै क्षण

~श्रेष्ठ सत्य ~ मानिसको जीवनमा सबै कुराहरु अनिश्चित छन् तर निश्चित छ त केबल एउटै तत्व – त्यो हो मृत्यु । मानिसको जीवनसँगै मृत्यु पनि गाँसिएको हुन्छ । जीवनको प्रारम्भिक छेउ जीवन हो भने अन्तिम छेउ त मृत्यु नै हो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : केही उखान र केही बूढी

~भैरव अर्याल~ एउटा पुरानो नेपाली रिकर्डमा बराबर सुनिने गथ्र्यो– ‘लौरो टेकी पोइल जाने दाँत फुक्लेकी बूढी’ यो लोकसाहित्यबाट चोरेको तक्मा हो कि गायकले नै जोरेको तुक्का हो– थाहा थिएन । तर यसले एउटा हा“सो उठ्दो चित्र भने मनको आँखा अगाडि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : पातुको बगर

~टंक गौतम~ बर्सिन्छन् अभावका बादलहरू, प्रत्येक बस्तीहरूमा । सुकेका आँतहरू आकाश हेर्दै भक्कानिन्छन्, र पीडा पिउँछन् प्रत्येक दिन । हो, मेरो जन्मभूमि हो यो, मेरा पुर्खाको रगत र पसिनाले भिजेको माटो । हेर्छु, पटुका कसेका पेटहरू र टल्किएका करङ्हरू । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : हामीः हिजो र वर्तमानमा

~आर. आर. चौलागाईं~ टेलिभिजनको साँगीतिक कार्यक्रम हेर्दै थिएँ। एउटा आधुनिक पपगीतमा गायक-गायिकाहरू नाच्दै गरेको गरेको देखेँ। हात हल्लाउँदै, कम्मर हल्लाउँदै नाचेको दृष्य अनि नेपाली शब्दहरू पनि अङ्ग्रेजी लवजमा गाएको देख्दा एकछिन त आफू अमेरिका या यूरोपको कुनै महानगरीमा छु जस्तो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : बुद्ध धर्म र हामी

~जे.बी. शेर्पा ~ आदिम युग देखिनै मानव जाती हरुले कुनै न कुनै प्रकारले धर्म लाइ मान्दै आई रहेका छन । समयक्रम संगै संसारमा विभिन्न धर्म हरुले मानव समाजमा प्रभाव जमाउदै फैलिँदै जान थाल्यो यसरी फैलिदै गई रहेको पुरानो धर्महरु मध्ये … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : झोली महिमा

~जे.बी. शेर्पा ~ हाते झोली भन्ने बित्तिक्कै विशेषत: महिलाहरुले भिर्ने , झुन्ड्याउने , च्याप्ने झोला हो भन्ने स्वत: अनुमान लाग्छ किन भने पुरुषहरु सकेसम्म झोला जस्ता वस्तुहरु नलिईकनै ढोकाबाट हाम्फाल्दै घरबाट बाहिर निस्कनछन् , उनीहरु त्यस्ता झोलासोला , तन्द्र्यांग तुन्द्रुंग … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : को शक्तिशाली ?

~प्रमोद अमात्य~ मैले एउटा रमाईलो खोज गरेको छुँ यानेकि ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएच डी वाला डाक्साब त हैन । हुन त आजकल पिएच डी वाला फालाफाल छन् अरे त्यसैले अरूले खोजगर्ने मौकै पाउँदैनन् । हुन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : रातो राम्रो गुलियो मीठो

~दयाकृष्ण राई~ शीर्षकमा उद्धृत गरिएको शव्द अत्यन्तै प्रचलित नेपाली लोकोक्ति हो । तर मलाई कहिल्यै पनि रातो राम्रो लागेन । अहिले नेपाली जनमानसमा रातो रङ्गको चर्चाले सञ्चार जगत तात्तिएको छ । र यो रातो भन्ने शव्दले स्मृतिपट भित्रको धुमिल स्मरणहरूलाई … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : महामुद्रा

~शङ्कर लामिछाने~ आजभन्दा २००० वर्षअगाडि अनकन्टार, हिमालयको एक कन्दरामा भिक्षु बसेका छन्। उनका सामु दश–पन्ध्र जना चेला–भिक्षुहरु दत्तचित्त भएर गुरुले बताएको धर्म उपदेश ग्रहण गरिरहेछन्। पीतवर्ण लुगा लगाएका भिक्षुहरु, हिमालयबाट बिदा हुन लागेको सुनौला प्रकाशमा अरु देदिप्यमान बनिरहेछन्। उनका अनुहारमा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चोरी पुराण

~नरनाथ लुइँटेल~ “जो चोर, उसैको ठूलो स्वर” यो उखान धेरै पटक, धेरै जनाको मुखबाट प्रस्तुत भएको सुनिएको थियो । चोर नाथेको पनि ठूलो स्वर कसरी हुन्छ होला र, भन्ने पनि लाग्दथ्यो । चोरलाई सानै स्वरले चोर भन्दियो भने पनि उत्पातसँग … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : नारी देह – बजारवाद र व्यापारीकरण

~सुरज दाहाल~ के नारी सौर्न्दय प्रतियोगिताको विषय हो ? दुई नारी लाइ तराजुमा दुवैतर्फ हालेर को ज्यादा सुन्दरी भनेर जोख्न मिल्छ ? यो मिस नेपाल कुनै सुन्दरी र प्रतिभा छनोट गर्ने प्रतियोगिता हैन । यो बजारवाद-उपभोक्तावादमा नारी को प्रयोग गर्ने … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘र’को कुण्डली

~मनोज गजुरेल~ सबैलाई थाहा छ- कुरो जतिसुकै ठूलो गरेपनि ‘तर’ले काटेपछि सत्यासनास। त्यही ‘तर’ले कसैका सपना उध्रिएकाछन् भने कसैका सपना सुध्रिएका पनि छन्। संसारमा शान्ती अवस्यम्भावी छ, तर…… समुन्नत नयां नेपाल अवस्य बन्छ,….तर π संसारमा तरबारभन्दा ‘तर’ बलियो ठानिन्छ, नेपालमा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङग्य निबन्ध : बासीफल

~चर्चित ढुंगेल~ तपाईं पात्रो हेर्नहुन्छ ? म जस्तो पात्रोको दाइनो र बाइमात्रो बुझ्नुहुन्न कि ? खैर, मावलमा हजुरबा÷मामाहरूले र घरमा काका र काकाका छोराहरूले पात्रोको पितृ बुझ्ने अनि व्याख्या गर्ने भएकाले पनि मसँग पात्रोको टाढाटाढासम्मको नाता÷सम्बन्ध रहेन । मेरा एकजना … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : दल दलाल र दलालिको चिरफार ।

~सुरज दाहाल~ शब्द यात्रा : मुलत ‘दल’ शब्द संस्कृत हो । ‘दलाल’ शब्द संस्कृत भाषाको हैन ।यो अरबी शब्द हो । नेपाली भाषामा ‘दलाल’ लाई शिष्टताचारमा ‘मध्यस्थकर्ता’ भन्ने गरीन्छ।यो पनी संस्कृत शब्द हो ।सामान्यत-दलाल शब्दको अर्थ अँग्रेजीमा ब्रोकर(Broker) लाग्दछ । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कुकुर स्तुति

~जे बी शेर्पा~ शीर्षक हेर्दै गाईजात्रा उत्सव को उपलक्षमा लेखिएको कुनै गाइजात्रेलेख होला भन्नेठान्नुहोला तर यो गाइजात्रे प्रस्तुति नभएपनी एउटा समसामयिक व्यंगपूर्ण कुकुर लेख हो भन्ने ठोकुवा चाहीं गर्ने आँट गरेकोछु ! नपत्याउने विचारगर्नु भएको भए एकैछिन समय दिनुहोसन त … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : धाँधली

~डा. टीकाराम पोखरेल~ सुनसान मध्यरात । उनी मस्त निन्द्रामा थिए । हठात् उठेर खै को नि के–के बर्बराउन थाले । श्रीमतीले आवाज मात्र सुनिन्, कुरा बुझिनन् । कुरा नबुझेपछि श्रीमानलाई घच्घच्याउँदै सोधिन्– ‘हजुरलाई के भयो हँ ?’ श्रीमतीको आवाजले उनी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : प्याज: भूमिका-अभूमिका

~शङ्कर लामिछाने~ भूमिका यस सङ्कलनमा परेका रचनाहरूको सिर्जनकाल मेरो जीवनको साह्रै नै अव्यवस्थित काल थियो । व्यवसायको असामयिक र अचिन्तनीय परिवर्तन, रूप लिन खोजिरहेका जीवनका अर्जित दर्शनको आकस्मिक विष्फोट तथा उमेरको प्रौढता – यी सबले एकै पटक मउपर प्रहार गरे … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : साहित्यिक इगो !

~शिरिष पराजुली~ साहित्य यस्तो एउटा फूलबारी हो जहाँ हरेक प्रकारका फूलहरू फूल्छन्; केही राता, केही हरिया, केहि पहेंला अनि कसैको पात ठूलो, कसैको लाम्चो, कसैको खिरिलो । फूलबारीमा अनेक फूल फुल्नुपर्छ भन्ने कुरा हामी सबैलाई मान्य छ त्यसैगरी ति फूलले … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : नाक

~रमेशप्रसाद तिमल्सिना~ नाक हाम्रो शरीरको एक अभिन्न अङ्ग हो । शरीरका पाँच ज्ञानेन्द्रीयमध्ये नाक पनि एक हो । राम्रोसँग चिन्ने हो भने मुखभन्दा माथिको डाँडोलाई नाक भनिन्छ । नाक दुई आँखाको सीमानामा अवस्थित छ । तपाई टाउके जङ्गलको यात्रालाई छोट्याउँदै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य निबन्ध : भैसी मनोबाद

~सन्जिव बराल~ उफ यो झिंगा पनि कति छिर्छ नाक को प्वाल मा, असार श्रावन को महिना चारै तिर कहिले टन्टलापुर घाम कहिले भने पखाला लागे जस्तो झरी हाल्छ । आ.. यो दात मात्रै नि कति चपाउनु गिदी हल्ली सक्यो। घर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लोकतन्त्रका लोकमानहरु

~नरनाथ लुईंटेल~ अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भइरहेको छ । लोकका पालकहरु लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : शिक्षा र गुरु

~निशा खनाल~ गुरु भनेको के हो ? गुरु कस्तो हुनुपर्छ ? व्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ? मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन । म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : ‘माइ-नोज’ अंकलसँग नेपाली Movie Watch गर्नेहरु !

~मनोज गजुरेल~ अमेरिकाको आसुतोशले भन्यो- ‘यु नो माइनोज अंकल !’ मैंले जवाफ फर्काएं-‘माइनोज’ हैन बाबु, मनोज !’ ‘ओह, गाण ईट, म्यान-ओज अंकल !’ मैले सम्झाएँ- ‘म्यान ओज हैन, ‘मनोज’ ओके !’ अली झर्को मान्दै बोल्यो- ‘माइनोज अर म्यान ओज, ह्वाट … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : जय नेपाल

~प्रकाश आस्था~ आमा जस्तै हो देश। देशको हालत जति नै खराव भए पनि देशलाई दुत्कार्न सकिँदैन। देशको नाम बारम्बार सम्झना हुने र साथीभाई माझ नयाँ अनुभुति पनि हुने आशयले पछिल्लो समयमा भेट र विदाईमा मैले ‘जय नेपाल’को अभिवादन प्रयोग गर्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : क्याट माने बिरालो

~शंकर लामिछाने~ एक अमेरिकन मित्र काठमाडौँबाट प्रस्थान गर्दै थिए । हामीसँग निकै हेमचेम थियो । उनले सायभिज-सङ्कर बिरालो पालेका थिए । अब त्यसलाई उचित वासको टुङ्गो लगाउने समस्या पर्‍यो तिनलाई । हाम्रो सहायता मागे । एक प्रकारले म कुकुर, बिरालोप्रेमी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : म उत्तर आधुनिक समाजवादी ‘गजु’

~सुकुम शर्मा~ अप्ठेरो रहेछ ! जत्ति पढे पनि उत्तरआधुनिक समाजवाद छर्लङ्ग भएन । समाजवादको रङ र ढङ्ग व्यक्तिवादमा सर्लक्क आउँदा उत्तरआधुनिक समाजवादी भइन्छ भन्ने गमेर म लेख्न बसेको होइन । म समाजवादी लेखनका मार्गबाट विस्थापित भएर वा लेखनको विकेन्द्र बुझेर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : गिनिजबुकमा चार दल

~लक्ष्मण गाम्नागे~ हाम्रो देशमा चार दल भन्ने एउटा चीज छ । अस्तिसम्म त्यसको नाम आठ दल थियो, अचेल चार दल भएको छ । पछि फेरि नौ दल अथवा सौ दल के होला त्यो त भन्न सकिन्न तर अहिले हाम्रो देशमा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment