Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : प्रसङ्ग मानेका पातको

~रामप्रसाद दाहाल~ धनबहादुर छक्क पर्यो्। चतुरे, जसलाई अरूहरूले छोटकरीमा चते भने पनि ऊ मायाले चतु भनेर बोलाउथ्यो, दिन पर दिन शङ्काको दायरामा साँगुरिदै जादो थियो। चतुरेलाई जति विश्वास उसले अरू कुनै नोकरचाकरलाई गरेको थिएन र त्यो गोठालो चतुरे र उसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पूर्ण मानव

~रन्जु ‘मार्ग’~ +सुर्य भन्दापनि धेरै माथि के छ ? -ताराहरु | + सुर्य भन्दापनि धेरै ठुला के छन् ? – ताराहरु |

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : स्त्रीपुरुष सम्बन्धका आधारहरू

~राप्रउ पोखरेल~ लेखक जगदीश घिमिरे आफ्नो वहुचर्चित पुस्तक अन्तर्मनको यात्रामा लेख्छन्- “लामो रोग उपचारको क्रममा म नौ महिना ब्याङ्कक बसें । यस अवधिमा दुर्गा धेरैजसो मसँग रहिन् ।” दुर्गा धेरैवटा संस्थाहरूमा अति व्यस्त थिइन् । उनी भन्न सक्थिन् – “तिमी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : पोस्ट सिस्मिक- मेरो सहरको एउटा रात

~रजित ओझा~ “खै कोही आउँछन् जस्तो छैन,” सरिताले चुरोट सल्काई । “चुरोट नसल्का न, यो गुम्ममा पेट हुँडल्दैन ?” “कसैको नभको तेरो पेट !” हर्केले सरितालाई हेर्यो, ऊ धूवाँ फुक्न थालिसकेकी थिई । उसले ट्याक्सीको झ्याल खोल्यो, धूवाँ बाहिर निस्कियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सपनाको राजकुमार

~देवेन्द्र अर्याल ‘आँसु’~ ऊ जहिले पनि राजकुमारसित हाँसखेल गरेको सपना देख्थी । यसो निद्रा लागेर पल्टियो कि राजकुमारको सपना नै देख्थी । सपनामा उसको राजकुमार यसलाई भेट्न आइहाल्थ्यो । ऊ बारम्बार त्यही सपना देखेको आफ्ना साथीसङ्गीलाई भन्ने गर्दथी । एक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गे… गे

~राजव~ अहिले हामी केण्डल स्क्वायर आइपुग्यौँ । यसरी हामी कहाँसम्म सँगै हुनेछौँ भन्ने सोच्दै मैले उसलाई सोधेँ, “कहाँ बस्नुहुन्छ -“ “सेन्ट्रल स्क्वायर … ।” “ए ˜˜ … ।” “तपाईंलाई थाहा छ कुनै समय झुम्पा लाहिडी पनि यहीँ बस्थिन् … -“ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्काइपमा जया र रमोला

~भावना परिष्कृत सुनुवार~ काठमाडौँ । जया हातमा चियाको कप लिँदै बेडरुममा बस्छिन् । टेवलमाथि चियाको कप राख्छिन् एक सुरुप पिएर । कुर्सीमा आरामले बस्दै ल्यापटप खोल्छिन् । ‘ल हेरन ! तिमीभन्दा अगाडि नै म अनलाइनमा आइसक्छु भन्थिन् । निर्धारित समयभन्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल लोककथा : जे माग्यो त्यही दिने बाकस

सङ्कलक–डाँडाघरे दाजु भाइ बैनी हो ! अहिले तिमीहरुसँग टिभी छ, कम्प्युटर छ, स्मार्ट फोन जस्ता थुप्रै कुराहरु छन् । तर हामी केटाकेटी छँदा हामीलाई टिभी, कम्प्युटर, मोबायल भनेको हुन्छ भन्नेसम्म पनि थाहा थिएन । त्यतिखेर रेडियोसम्म गाउँघरमा फाट्टफुट्ट पाईन्थ्यो । … Continue reading →

Posted in बाल कथा, लोककथा / दन्त्यकथा | Tagged | Leave a comment

निबन्ध : मान्छे भेँडा होइन

~श्रेष्ठ सत्य~ भनिन्छ, यौटा भेँडा भीरबाट हामफाल्यो भने अन्य बाँकी भेँडाहरु पनि त्यही भेँडाको सिको गर्दै भटाभट भीरबाट फाल हाल्न थाल्छन् । त्यसैले होला आफ्नो बुद्धि र विवेकको किन्चित पनि प्रयोग नगरी अर्काको पछि लाग्ने मानिसलाई भेँडाको संज्ञा दिइन्छ । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : मीठो चिया

~प्रेम के. ‘निडर’~ अफिसमा हाजिर भएदेखि हाकिम आफ्नो काममा व्यस्त भए। कोठाबाहिर कारिन्दाहरू पनि व्यस्त नै थिए। छलफल गर्नुपर्ने भएर कारिन्दा कृष्णलाई हाकिमले भित्र बोलाए। कृृष्ण कोठाभित्र पस्यो। धेरैबेरको छलफलपछि दुवैजना अनौपचारिक गफमा लागे। दुईजनाको हँसीठट्टा भइरह्यो। ‘चिया खाआंै है, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : काउछो

~निरा शर्मा~ रातको १२.२० भएको छ । मोबाइलमा घण्टी बज्यो । आमाको नम्बर देखेँ । यति राति फोन ? त्यो आमाको फोन आउने समय थिएन । म डराएँ । मनले काटीकुटी सबै गरिसक्यो … सँधै त आमालाई मेरो समयको असाध्यै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरणात्मक कथा : कुरो मिल्यो !!

~पौल भाट~ कक्षा ५ को पहिलो दिन , हल्का निलो सर्ट , अनि गाढा निलो कालो पेन्ट , लगाएका लगभग १५०० जना मा म एक थिए . श्री अरुणोदय माध्यमिक बिधालय , सुदुर पश्चिम भेगकै प्रख्यात स्कुल , म पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य पत्र : नेपाल राष्ट्र ब्यांकमा वंशावली बुझाउने निवेदनको ढाँचा

~गजेन्द्र बुढाथोकी~ श्री श्री श्री गभर्नर महाराज नेपाल राष्ट्र ब्यांक बालुवाटार दरबार । विषयः वंशावली पेश गरेको बारे । उपरोक्त सम्बन्धमा फिरंगीहरूद्वारा तयार पारिएका कानुनहरू अक्षरस लागू गर्ने सिलसिलामा महाराजद्वारा ब्यांकममा पिता र परपिताका नाम र नागरिकता नम्बर अनिवार्य पेश … Continue reading →

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : काँटीमा झुण्डिएको जनै

~सन्तोष चिमरिया~ बिबाहको अघिल्लो दिन बडो हतारमा उसको  उपनयन अथवा बर्तमन गरियो २७ औ बर्षमा । गुरुमन्त्रको औपचारिकता पनि पूरा भयो तर गायत्री कण्ठ गर्नु उसले अनावश्यक ठान्यो । बास्तबमा बर्तमन नै पनि आवश्यक ठानेर गरेको थिएन । यदि त्यसो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवन हो कि सुरुङ

~तिपाहाङ्ग फियाक~ ‘सर आज पढाइ भएन नि? किन?’ ‘कस्ले भन्यो? म क्लास सकाएर आउँदैछु।’ ‘अनि म पनि त क्लासमानै एक घण्टा एक्लै बसेर फिरेको?’ ‘आज देखि विद्यार्थी धेरै भएर अर्कै कोठामा पढाउन थालेको हो। शुरुमा त सबैलाई सदाकै कोठामा पढाउन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हेल्चेक्रयाइँ

~ईशा शाह~ ‘मुग्धा ! किचनबाट फर्किदा तातो पानी लिएर आऊ है ।’ आयुषले भन्यो । ‘किन चाहियो हजुरलाई तातो पानी ? अघिपछि रुघाखोकी लाग्दा तातो पानी पिउनुभन्दा स्वाद हुन्न भन्ने मान्छे हजुर, आज किन तातो पानी ल्याउन भन्दै हुनुहुन्छ हजुर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विष्णुमतीका किनारामा

~बाबुराम लामिछाने~ कति वर्षदेखि एउटै टोलमा बस्दै आए पनि ती र म नदी वारिपारिका बासिन्दाजस्तै थियौँ भन्दा पनि हुन्थ्यो । कतैतिर भेट हुँदा एकले अर्कालाई पुलुक्क हेरेर एक धर्सो मुस्कान खेलाउँदै दुगुर्नु नै पर्याप्त हो जस्तो हामी जिइरहेका थियौँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : होटेलको साइनबोर्ड

~राजु क्षत्री “अपुरो”~ उसलाई नोकरी गर्नुभन्दा व्यापार गर्ने भित्री इच्छा थियो । तर, कुन व्यापार गर्ने भन्ने निर्णय लिन सकिरहेको थिएन । सर्वेक्षण गर्दा एउटा सहरको केन्द्रबिन्दु मानिने ठाउँमा होटेल चल्न सक्ने सम्भावना देख्यो । उसले आफ्नो झिटीझ्याम्टो धितो राखेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : भोक

~रुमानी राई~ बिद्यालयबाट आउनसाथ ऊ अर्थाथ सहदेव बिस्तारामा डङ्ग….लड्यो । मानौँ उसले दिनभर शारिरीक बलको काम गरेको छ र लखतरान थाकेको छ । उसले आँखा चिम्म गर्यो । चारैतिर आँध्यारोको साम्राज्य स्थापित भयो । एक लामो स्वास खिचेर छोड्यो । करिब … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : ……..जिउँदो तस्बिर

~रुमन न्यौपाने ‘अमन्त’~ …..सोमबार क्यानन को यो क्यामेराको यो सायद पहीलो चम्मतकार थियो । मेरो हातमा कीन हो क्यामेरा छुट्टदैन थियो । आफु क्यामेरा साई भए पनी अरुलाई त्यसमा कैद गर्न सदा हतार हुन्थ्यो । यो तस्बीर मैले त्यो दिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : आलु पार्टी, २०६६

~पिँडालु पण्डित~ कागभन्दा बाठा हास्य–व्यङ्ग्यकार । हास्य–व्यङ्ग्यकारमध्येका पनि बडाबाठा रामकुमार पाँडे । वर्षको एकचोटि मात्र भए पनि काजी खान्दान देखाएर पाजी पामरहरुको पेट भराइदिने महान् उद्देश्यले बजार पसे । पैसामा सस्तो खानमा मीठो के होला ? खल्ती छाम्दै दिमाग दौडाए … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अरुलाई यो अर्ति

~अरुणबहादुर खत्री “नदी”~ रेडियो नेपालबाट प्रशारण गरिने विभिन्न कार्यक्रमहरुको नियमित श्रोता खड्गबहादुर एकदिन रेडियो नेपालको कार्यालय परिवेशभित्र रेडियो नेपालमा प्रशारणको लागि आफ्नो रचना पुर्‍याउन जाँदा एउटा कर्मचारीले आफ्नो खल्तीबाट सुर्ती झिकेर मुखमा हालको देख्दा खड्गबहादुर अचम्ममा पर्‍यो र उसले भन्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कोठे मुसहर

~रामचन्द्र खतिवडा~ तराईं नेपालको उर्वरभूमि हो । तराई क्षेत्रको सप्तरीमा मुसहर जातिहरू प्रशस्त छन् । यिनीहरू सयौँ वर्ष अघिदेखि बसोबास गरिरहेका नेपालका जनजाति हुन् । सप्तरीको उर्वरभूमि फाँडेर बसेका उनीहरू पहिले त्यस भूमिका मालिक थिए, अहिले सुकुमवासी भएका छन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सात नम्बर बेन्च

~मोहनराज शर्मा~ घडीले दस बजाएपछि ऊ ढल्किँदैढल्किँदै आएर सात नम्बरको बेन्चमा बस्यो । सार्वजनिक थलो ‘खुला उद्यान’को त्यो बेन्च पनि सार्वजनिक नै थियो । त्यहाँ भुइँमा खुट्टो गाडेर अड्याइएका अरू पनि थुप्रै बेन्च थिए । खुला उद्यानको विशाल हातावरिपरि पसलैपसल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : नेताको व्यथा

~रामकुमार पाँडे~ राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरनिे घँैटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अभिना

~भावना परिष्कृत सुनुवार~ आफूभित्र जतिसुकै पीर–व्यथा भए पनि बाहिर सधैँ हाँसी–खुशी देखिन्थिन् उनी । तर आज अभिनालाई निकै गम्भीर देखैँ मैले । सुरुमा घरको हालखबर सोधेँ । नेपालमा बहिनी अग्रता र बाँकी सबैलाई मङ्गल–कुशल रहेको बताइन् । आफू पनि सञ्चै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : हराएको चाबी गोजीमा

~जया राई~ शनिबार दिउसो तीन बजे काम सकिनु पर्ने । सवा तीन बजिसकेको म अझै काममै छु । काम छ नौ तला माथि । लिफ्ट पर्खदा अरु बढी समय लाग्यो । क्लक रुममा पुग्दा हात गोजीमा अनायस पस्यो । ला…गोजीमा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : तन्द्रामा अमेरिका

~धीरकुमार श्रेष्ठ~ जीवनमा एकपटक मात्र भए पनि अमेरिका पुग्ने सपना धेरैले सोचेका हुदा रहेछन् । नभए प्रत्येक वर्ष डी.भी. खुल्दा साइबर क्याफेमा फारम भर्नेको झर्को लाग्ने लर्को नलाग्नुपर्ने हो । अग्घोर राष्ट्रवादीदेखि अन्तराष्ट्रवादी सम्म यस दौडमा बुर्कुसी मारेर कुदिरहेछन् । … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य पत्र : आजको ख्याल–ख्यालः भोलिको पक्का–पक्की

~भैरव अर्याल~ लुतो फ्याँक्ने सङ्क्रान्ति– ०२३ गल्लीको डेरा, काठमाडौं प्रिय पाँडेज्यू, ख्याल–ख्याल गर्दागर्दै तपार्इंले आफ्ना पाँडेबोलीहरू गाँसगुँस पारी ‘ख्याल–ख्याल’ को पुस्तक छापिसक्नु भएछ । टाकटुके लेखकबाट एक्कासी ग्रन्थकारमा तपाईंको प्रमोशन भएकोमा जति हर्क लाग्यो, त्यसको दोब्बर फुइ“ आपूmलाई तपाईंले ‘ख्याल–ख्याल’ … Continue reading →

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

लघुकथा : मृत्युको घण्टी

~हरिप्रसाद भण्डारी~ जङ्गलमा एउटा उद्दण्ड सिंह बस्थ्यो। “म यो वनको राजा हुँ, मेरो आदेश सबैले पालना गर्नुपर्छ। उसको आदेश कडा हुन्थ्यो। जनावरहरूको जथाभावी हत्या गर्नु उसको शोखको विषय थियो। कसको कुन बेला काल आउने हो, कुनै ठेगान थिएन। यसले गर्दा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : शिव काका र तिकडमको राजनीति

~ध्रुव पन्थी~ उनको औपचारिक पढाइ हाइस्कुल तहमै टुङ्गिएको थियो। मान्छे हेर्दामा उस्तो सुग्घर र भलाद्मी व्यक्तित्व भएका जस्ता पनि थिएनन्। प्रायजसो छुस्स बढेको पातलो दाह्री, पानीको मुख नदेखेर लेसिएजस्तो लाग्ने नकोरेको कपाल, खुजमुजिएका सर्टपाइन्ट र पान्डा भनेर चिनिने कपडाका मैला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकमा एउटा अनुहार

~धनबहादुर खड्का~ गुड मर्निङ सबैलाई ! सँधै झै आज पनि मोरीले बिहान ५ बजेको छैन फेसबुकमा औपचारिक हार्दिकता बाँड्न भ्याई सकिछ। मैले त करिब ८ बजेतिर नेट खोलेको, फेसबुकको भित्तामा देखिएको समयको आधारमा उसले कमेन्ट गरेको समय थाहा पाएको हुँ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment