Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

निबन्ध : पाउने कि नपाउने !

~बिकल आचार्य~ संसारमा कोही खान पाएर विरामी भएका छन् त कोही खान नपाएर । कोही खाना कसरी खान छोडौँ भनी रातदिन प्रयत्न गरिरहेका छन् त कोही खानाको सपना देखिरहेछन् । कोही खाना नखाएर वजन घटाउनलाई पुरुषार्थ सम्झन्छन् भने कोही सम्भव … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : हाउस-हस्ब्यान्ड

~प्रमिशा केसी~ “मामु, त्यो नाक चुच्चो भको मिसले फेरी मेरो एन्सर रङ छ भनेर काटिदिनुभो ! “ “जे मन लाग्यो लेखेर आइस् होला कपीमा अनि काट्नुहुन्न त ?” “मैले के लेखेँ र, भको कुरा त हो नि ।” “खै देखा, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकमा भेटिएकी उनी

~सुन्दर खड्का~ ‘तिम्रा त हजार होलान्, तर मेरो एउटा तिमी’ हो, उसको लागि अन्तिम स्टाटस फेसबुकमा यही अपडेट गरेको थिएँ । यसमा धेरै कमेन्ट र लाइक आउँदा समेत, उसकै कुनै उपस्थिति थिएन । फेसबुक, सामाजिक सन्जाल, जनसंख्याको आधारमा विभाजन ग-यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सजाय

~सुष्मा मानन्धर~ समाजको आंँखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे नितान्त अर्कै परिचय । उसले एउटा हातले आफ्नी नाबालक छोरी डो¥याएकी थिई, अर्को हातमा हतकडी थियो । अगाडि सडककिनार र घरका झ्यालढोकाबाट थुप्रै मानिस उसैलाई हेरिरहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पहिचान!

~महेश थापा~ गैरी खेत खनिरहेको बेला १० वर्षे युद्धको ‘अग्रगामी’ धक्काले उछिट्याएर अरबको मरुभूमिमा थचारिन पुगेका उनले नेपाल नयाँ हुन लागेको खबर सुने’सि अरबी साहूलाई भेडीगोठ जिम्मा लगाएर घर फिर्तीको पिलेन टिकट लिए। पराया भूमिमा नूर गिराएर बस्नु भन्दा आफ्नै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : पाठ

~परशुराम बुढाथोकी~ स्थान : स्कुल र बाटो समय : साझ को ४ बजे  स्कुलमा घन्टी बजेको आवाज … हल्ला गर्दै बाहिरनिस्कदै गरेको बच्चाहरुको हुल। त्यो हुलमा एउटा ८-९ वर्षको फुच्चेनि छ। नाम हो उसको भुन्टे। उ नै हो मेरो कथाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मैथिली लोक कथा : गोनु झाका पाँच कथाहरु

सङ्कलन एवम् अनुवाद : देवेन्द्र अर्याल ‘आँसु’ गोनु झालाई तर्क, बुद्धि एवं धुर्त्याइँले जित्न साह्रै मुस्किल थियो । गोनु झा चतुर्र्‍याइँ, न्याय र वाक्पटुतामा निपुण थिए । उनका गुणहरूको कदर त्यतिबेलाका राजा पनि गर्दथे र उनी प्रतिष्ठित व्यक्तिहरूमध्ये गनिन्थे । … Continue reading →

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : सुफियाना

~कुमार नगरकोटी~ हेलसिन्की, फिनल्यान्ड ।। बालजार जाकोला सदाझैं त्यो साँझ पनि गिर्जाघर गयो । एक वर्षअघि सडक दुर्घटनाबाट देहान्त भएकी आमाको निम्ति प्रार्थना ग¥यो र एउटा मैनबत्ती बाल्यो । मैनबत्ती उसले घरैबाट ल्याएको थियो । गत साल उसले एउटा क्यान्डलगृहबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

लघुकथा : छाडा साँढेहरू

~शारदा पौडेल~ बिहानै बिहानै दौडनु स्वास्थ्यको लागि लाभदायक हुने भन्ठानेर म कहिले धापासीदेखि सामाखुसीसम्म त कहिले बसुन्धरा हुँदै टिचिङ हस्पिटलको परिसर वरिपरि राउन्ड मारेर आउँथेँ । एकदिनको कुरो म आफ्नै गतिमा पानीपोखरीबाट तल लाग्दै थिएँ, एक जना बुबा समानको व्यक्ति … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तारेभीरमा राम राम

~राजीव पौड्याल~ भानु उफ्रिदै आयो, बाको छेउमा गएर भन्यो, मैले आज ५० हजार जितेँ, यसरी जित्दै गए भने म छिट्टै नै लखपति हुन्छु। १२ बर्से केटाको त्यस्तो कुरा सुनेर बाले चासो जनाएर सोधे, त्यो जित्न चाहि कसरी जित्ने रहेछ भन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

द्वन्दकालको कथा : आमा

~शिव घिमिरे~ “बाबु, मेरो बाबु! पर्ख, मैले तिमीलाई कहाँ-कहाँ खोजिनँ। पर्खन बाबु पर्ख।“ रुँदै भनिएको यस वाक्य सुनेर म पछाडि फर्किएँ। मलाई एक अधवैँशे महिलाले आई अँगालो हालिन्। मलाई केही डर महसुस भैरहेको थियो। तर मैले मेरो डरलाई लुकाइरहेँ। केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : दोष कस्को ?

~नबराज खड्का~ दोष कस्को हो ? बुझि साध्य छैन् । नेताको हो किन जनताको आफ्नै हो कि अन्ताको खोजी साध्यै छैन् । टोल टोलमा पार्टीले भरियो । त्यसैले पेट्रोल भर्न लाईन बस्छौं । बाईक चढ्नलाई आखिर हामी बिर गोर्खालीको सन्तान … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : ढाकाटोपीको कमाल

~गोविन्द गिरी प्रेरणा~ अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा हिँडिरहँदा- कुनै अपरिचित अमेरिकन वा विदेशीले सोध्छ- तिम्रो शिरको टोपी कति राम्रो ? म धन्यवाद भन्छु । कोही भन्छन्-कति राम्रो सुहाएको ! म धन्यवाद भन्छु ।

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : स्याउबाजे र स्टिभ जब्स

~रोशन शेरचन~ हरेक हिउँद कर्‌याङकुरुङ झर्ने कालीगण्डकी उपत्यकाको आकाशमुन्तिर त्यो दिन एउटा बिछट्टको दलबल हिँडिरहेको थियो । २०६९ साल, मंसिर महिना थियो । नेपाल प्रज्ञाप्रतिष्ठान र थकाली सेवा समितिले आयोजना गरेको मुस्ताङको साहित्यिक भ्रमण । दलमा थिए— कवि श्यामल, तीर्थ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : बाबा ! भ्रष्टाचारी ज्वाइँ नखोज्नुस

~यमुना अर्याल~ एक दिन साथीले आफ्नो दाइलाई व्यङ्ग्य हान्दै बायोडाटा बनाइदिइन् । दाइ अफिस गएका थिए । ‘हेर न मेरो दाइ बुढो भइसक्यो, अहिलेसम्म भाउजू ल्याउने सुरसार गर्दैन । दाइले बिहे नगरी आफ्नो पालो आउँदैन क्यारे, आफू त बुढो भयो-भयो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खैरो कोट र श्रीमतीको सारी

~गोकर्ण भट्ट~ उसलाई खैरो रङ्गको कोट किन्न मन थियो । पसलमा गएर सोध्यो । दाम रहेछ ११ हजार । फर्कियो ऊ । हप्तादिनपछि होला, उसले पैसाको जोहो गर्यो । ‘आज कोट किनेरै फर्किन्छु” यही सोच्दै ऊ अफिस जान ठीक्क पर्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बाघका बाच्ने जिजिविशाहरु

~सन्जीव बंकिम~ त्यस रात बाघहरु सुतेनन डमरु झन चिन्तित भए । बाघका बाच्ने जिजिबिशा हरु ले बाघ लाई कसैलाई पनि न खाइ दिन हार्दिक हार्दिक अपिल गरेका थिए । यो अनुनय बिनय सहित निर्णय उनिहरु ले बाघ हरु लाई पठाएका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पत्रकथा : इमेल नम्बर–एक

~शर्मिला खड्का दाहाल~ प्रिय गौरव, तिमीले बारम्बार मेल गर्न थालेपछि मैले केही नबोली धरै पाइनँ । म चाहन्थेँ, तिमीलाई केही नवोली धेरै कुरा बोलु । बोलीसकेपछि ती बोली मबाट रिक्त हुन्छन र तिमीलाइ मेलै मेल नगर्नुको अर्थ खुल्नेछ । तर … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

निबन्ध : आजको रोज्जा प्रतिकृया

~जया राई~ आज बिहानैदेखि नै उज्यालो छ । जाडो लागे पनि पानी चाहिँ परेको छैन खुशीको कुरा त्यही हो । काममा पुगेको गत हप्ता बिहिबार देखि माथिल्लो तलाबाट पानी लिक भएर झरेको थियो । सप्ताहान्तमा मर्मत भयो कि भनेको, होइन … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : अलग उपाय

~लेखनाथ काफ्ले~ मध्य तराईको एक जिल्ला, गाउँ बेलाहा। २०५३ सालको आसपास। माघको अन्त्य तिर भएकोले होला, चिसो बिस्तारै घट्दै छ, सुर्य न्यानोबाट तातो बन्ने सुरमा छ। खेतमा अझै पनि बालीहरु छन, कतै रित्ता गराहरु पनि। तरकारी, दलहन, तोरी बालीले र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमिलो अंगुर

~सुषमा मानन्धर~ किन हो किन, रत्‍नमायालाई आज बिहानदेखि अंगुर खान मन लागेको थियो। यो जाडोमा अंगुर मात्र हैन, उसले कुनै पनि फलफूल मुखमा राखेकी नै थिइन। अक्सर सिजन अनुसारको फलफूलहरु उसले किनेर ल्याइरहेकी नै हुन्थी। आफन्तहरुले पनि यसो भेटघाटमा आउँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नीलो रुमाल हराएपछि

~अनमोलमणि~ अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मदमत्ता

~विजयराज शर्मा ~ म मोटर चलाइरहेको थिएँ। रेडियोमा कुनै लेखिकाको अन्तर्वार्ता आइरहेको थियो। लेखिकाको एउटा कुराले मेरो ध्यान तान्यो। उनी भन्दै थिइन्: “मानिसको सुन्दरतम रूप कुनै अनभिज्ञलाई देखाउने हो भने, यसलाई अझ प्रस्ट पारौं, कल्पना गरौं कुनै ग्रहमा एउटा नवप्राणी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पहिलो प्रेम

~कविन्द्र अज्ञात~ रत्‍नपार्कबाट लगनखेल जाने टेम्पोमा चढेको थियो ऊ। बसपार्कमा एक युवती चढिन् टेम्पोका सहयात्री बनी। उनको ठ्याक्कै सामुन्ने बसेकी थिइन् उनी। काली काली हिस्सी परेकी। लाम्चो अनुहार। न तडकभडक न सामान्य। उनलाई लाग्यो विश्व सुन्दरी के सुन्दरी। नजर चोरी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मिस्डकल

~हरि दुलाल~ शनिवार विहान करिव ६ वजे तिर कोटेश्वर हुँदै अरनिको राजमार्गको वाटोमा हुईकन सुरु भयो । २७ लटको मोटरसाईकल, सर्भिसिङ नगरेको पनि धेरै भईसकेको थियो । मोटरसाईकल खात्राक खुत्रुक अलि बढि नै गरेको थियो, गर्मी मौसम भएपनि विहानको सिरेठोले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : पाडो किन्दा भैंसी उपहार

~टेकेन्द्र अधिकारी~ …. शु दशैं तिहार बहार पाडो किन्दा भैंसी उपहार आजभोलि टिभी, रेडियो र पत्रपत्रिकामा आइरहने विज्ञापन हो यो। नेपालमै निर्मित एउटा जुत्ताको बजार प्रवर्द्धन गर्ने उद्देश्यले यो विज्ञापन बनाइएको हो। विज्ञापनले जुत्ताको बिक्री बढायो वा बढाएन त्यो त … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बेकम्मा ! सुइटर

~दिपेन घिसिङ्~ दृष्टि ऐनाभित्र सज्जिएको सुइटरमा ठक्क अडिएपछि त्यसलाई घरमा नल्याइ बस्न सकेको थिइनँ। त्यसको रूप-सौन्दर्यदेखि आँखा अर्कोतिर तर्केर दगुर्न सकेको थिएन। लट्ठू मन बनिएछ त्यतिखेर। घर फर्किएपछि त्यसको सौन्दर्य बजारका गल्ली-गल्लीमा चिहाइरहेका आँखाहरूबाट ओझेल भइसकेको थियो। आत्मिक सुखका रेखाहरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर परिक्षा

~पुरुषोत्तम सुवेदी~ साहित्य गीत संगीतले मानिसको स्वास्थ्य लाई स्वास्थ्यकर बनाउन ठुलो भूमिका खेलिरहेको हुन्छ । हरेक मानिस लाई साहित्य प्रती अभिरुची अबस्य हुन्छ । तर उसले बिषय लाई महत्वका साथ अगाडि बढायो भने कला र लय सैली बाट उ लाभान्वित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुजु – द हिडन पार्ट अफ माइ लाइफ

~अमित पोखरेल~ ‘प्रोस्टिच्युटको बारेमा लेख्न प्रोस्टिच्युट नै हुनु पर्छ भन्ने छैन नि डियर ! ‘ उनले यसरी मेरो प्रश्नको सटिक उत्तर दिइरहँदा म भने भर्खरै उनको ब्यागमा देखिएको ‘इलेभेन मिनट्स’लाई नै सम्झिरहेको थिए। पाउलोको बहुचर्चित उपन्यास ‘इलेभेन मिनट्स’ लाई इंगित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : बिर्सिएको चिठ्ठी

~अविरल परिधि~ हिजो ‘नाइट ड्युटी’ गरिरहेथेँ, टिङ्ग फेसबुकको नोटिफिकेसन आयो। टेबलबाट फोन उठाएर हेरेँ: आकाश अधिकारी- ह्याप्पी दशैं माया। *** एकछिन अलमल्ल परेँ, को आकाश अधिकारी होला ! नजिकबाट चिनेको कोही छ जस्तो लाग्दैन। आकाश नाम भएका त धेरै चिनेका … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : देशी चश्मा

~पूर्ण ओली~ “ए कविराम कति ढिला गरि’रा ? मैले चारचारवटा तन्नाहरु धोइसक्दा पनि जाबो दुइटा सिरानीको खोल धुन पनि दिनै फाल्छ, बजिया । … छाड् ! यीः यसरी धो न ! दुइटा त खोल नै धुन नै बाँकी छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विश्वासघात

~दण्डपाणि जैसी~ ‘मदन दाजु ! किशोरको कुनै खबर पाउनुभयो ?’ आज पनि ममता मदनको कोठामा किशोरको बारेमा खबर लिन आएकि थिर्इ। धेरै दिनदेखि किशोरसँग उसको भेट भएको थिएन। करिब एक हप्ता अगाडिदेखि ऊ मदनको कोठामा किशोरको बारेमा थाहा पाउन लगातार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment