Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

व्यङ्ग्य निबन्ध : सुब्बिनी बज्यै

~चूडामणि खनाल~ दम्पतीको शयनकक्ष एउटै भए पनि ओछ्यान भने छुट्टाछुट्टै छन् । एकले अर्काको घुरेको आवाज पनि सुन्छौँ अनि अन्टसन्ट बर्बराएको पनि थाहा पाउँछौँ । हाम्रो रात्रिकाजस्तो दैनिकी भने हुँदैन । उनी दिनभरि घरमै बस्छिन् र गृहिणी हुन्छिन् म भने … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अनौठो सजाय

~विश्वराज अधिकारी~ अंकितले भने “मैडम, म एक किसिमले पागल जस्तो भएको छु। न त ठीकसँग बाँच्न सकि रहेको छु, न त मर्न सकेको छु, आत्म हत्या गरेर। तपाँईले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई। मैले त … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिधिको बिधान

~मीरा मन थापा~ समर्पण अरु केटाहरु भन्दा अलि फरक थियो उ अरु झैँ सबलाङ्ग थिएन सानैमा पोलियोले एउटा खुट्टा कमजोर भएको रे उसकी बहिनी यसै भन्थिन्। किशोरावस्थामा हुने सबैखाले स्वाभाविक चंचलता भने उसमा पनि विद्यमान थिए, जसरी अरु युवाहरुमा हुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : हिरण्यक ताम्रचूड

~उमाशङ्कर द्विवेदी~ चित्रग्रीव परेवाको बन्धन हिरण्यक मुसाको जहान परिवारका सदस्यहरूले सजिलैसित काटी मुक्त गरिदिएको घटना हेरेर लघुपत्तनक काग छक्क पर्‍यो । उसले मनमनै विचार गर्‍यो–हिरण्यक मुसो आपत आइपरेको बेला धेरै उपयोगी छ । अत: जसरी भए पनि यस मुसासँग मैत्री … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : डा.सी-फुडको पुनर्जन्म

~रुमन न्यौपाने ‘अमन्त’~ समय । त्यस समय भित्रको एउटा लामो समय । त्यस लामो समय बिचको धेरै पलहरु भित्रबाट छुट्टिएको एउटा छोटो समय । अनगीन्ती भ्रमहरु । अनगीन्ती सपनाहरु । अनि असिमीत जन्महरु जसलाई समयको त्यहि छोटो बाटोमा रेखाङ्गन गरिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : रक्सी

~विवेक दुलाल क्षेत्री ‘दमक’~ लेप्चा बाजे र लेप्चिनी बज्यैका सन्तान नभएका होइनन् .एक छोरा र एक छोरी भएकै हुन् .छोरोचाही सानैमा कालोज्वरले लगेपछि एउटी छोरी सानी मात्र थिइ .सानीलाई पोखराको केटासित विवाह गरी दिएकोमा कहिलेकाही उ पनि नाती च्यापेर आउने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कवि, कविता र टिकट

~राजकुमार रेग्मी~ एकजनाले अर्काेलाई लखेट्दै गरेको हुन्छ । वरिपरिका मानिसले पाकेटमार ठानेर भाग्नेलाई पक्रन्छन् । त्यसपछि हातमा भएको कापी खोल्दै लखेट्ने मानिस भन्छ, ‘उहाँको कविता मैले ध्यान दिएर सुने तर मेरो सुन्नेबेला भाग्नुभयो । उहाँलाई दह्रोसँग समाउनुस्, कविता नसुनाइ म … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : छोरीलाई विद्यालय भर्ना गर्दा…

~करुण ढकाल~ केही दिनयता छोरीको विद्यालयभर्नासम्बन्धी विषयले कुटुकुटु टाउको खाइरहेको थियो। एलकेजी पास छोरीलाई यूकेजीमा भर्ना गर्नु थियो। पुरानै विद्यालयमा भर्ना गरिदिने मेरो सोचाइ, श्रीमतीले नोट अफ डिसेन्ट लेखेपछि त्यसले हावा खायो । कम दाम तिरे पुग्ने पुरानो स्कुलको पढाइ … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : थुइक्क तोरीलाहुरेहरु

~केशु बिरही~ हिजो जस्तो लाग्छ लप्टन वाजेले भनेका यी शब्दहरु । लप्टन अर्थात विध्याधर जैसी । वास्तविक नाम विध्याधर जैसी भएपनि उनी गाउँघरमा लप्टनबाजेकै नामले प्रख्यात थिए । सवैले उनलाई लप्टन वाजे नै भन्थे । लप्टनबाजे फरासीला स्वभावका नभए पनि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : झरी

~स्नेह सायमी~ पात्र १. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परी हाल्यो भने काम पाइँदैन । केटाकेटीलाई के खुवाउने हो ?” पात्र २. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परे हुन्थ्यो । खेत भिज्यो भने तरकारीको बोटहरू हुर्कन्थे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भोट माग्दिनै पर्‍यो

~वैद्यनाथ ठाकुर~ एकजना अभिभावक रिसले आँखा तर्दै सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई हकार्दै थिए– “हैन दश दिन भो म आप्mनो छोराको जन्ममिति सुधार्न सिफारिस लिन धाएको तपाईं चाहिं कहाँ बेपत्ता ? कम्तीमा सहायकलाई दराजको साँचो त दिएर जानुपर्छ ।” हेडसर शान्तचित्तले हाँस्दै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अफ्टर शक्

~कल्पना बान्तवा~ आज ठ्याक्कै एक वर्षपछि ती भयावह दिनहरु सम्झिरहेकी छु, अझै पनि आङ जुरुङ्ङ भैरहेको छ डरले, र कुनै हरर् फिल्म हेरिरहेझैँ मनमुटु कामिरहेको छ । पुराना केही भुइँचालोले मन–मस्तिष्कमा पारेका तत्कालीन भय र अत्यास अहिले नामेट भेसकेझैँ सायद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलमासको अन्त्यमा

~केडी रेम्नीसीङ~ ‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बोल्ड नारी

~मीरा प्रसाईं~ म, दिदी भिनाजुकोमा बसेर पढ्थे । भिनाजु जाती थिए बाहिरी दुनियासङग, सबैले वाहाको गुणगान गाउथे । आमाबा र बहिनिलाइ औधि माया गर्ने भिनाजुले मेरि दिदिलाइ खासै माया गरेको देखिन मैले । दिदिको शान्त अनुहारमा कहिँ न कहिँ गम्भीरताको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धृतराष्ट्र

~इस्माली~ उसलाई उनीहरुबाट तिनीहरुले अलग्याएर अर्को कोठामा लगे । कमाण्डोजस्तो देखिनेले कठोर स्वरमा सोध्यो, “ह्याँ किन ल्या तेरो बाउलाई ?” “सापले भन्या साप ! ”भन्दै उसलाई त्यहाँ ल्याउने जवानले भुइँमा ढ्याम्म खुट्टा बजार्दै कमाण्डोलाई सलाम ठोक्यो । कमाण्डोको बोली र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिरस्कृत आमा

~ललिता तामाङ~ काललाई कुर्नुबाहेक अरू के नै बाँकी छ र नानी अब ? के भन्नुभएको आमा, त्यसो नभन्नुस् । के गर्नु नानी, आफैंले नौ मैना कोखाँ राखेर जन्माको सन्तानबाट हेलाँ खपेर धेरै वर्ष बाँचें । अब त उमेरले नि डाँडा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : ऋग्वेदमा देवीदेवता

~प्रदीप नेपाल~ म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : घर विदा

~अरुणबहादुर खत्री “नदी”~ सुब्बासाहेब अर्जुनप्रसादले हाकिमसाहेबको कोठाभित्र पसेर दुई हात जोडेर नमस्कार गर्दै भने “सर गाउँमा मेरो आमा साह्रै बिरामी हुनुहुन्छ मलाई एकहप्ताको छुट्टी हजुरले दिनुपर्‍यो। हाकिमसाहेबले तिमी एकहप्तासम्म अफिस आएनौ भने काममा ठूलो बाधा पर्छ नि तिमीलाई एकहप्ता छुट्टि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अप्ठ्यारो प्रश्न

~वासुदेव गुरागाईं~ ‘रत्नपार्क’, ‘रत्नपार्क’, ‘रत्नपार्क’ । ‘ओ दाइ ! जाने हो ? सिट खाली छ ।’ ‘सामाखुसी, लैनचौर, जमल, रत्नपार्क ।’ उसले एकै सासमा सबै चिच्यायो । छोरो मसिनेलाई स्कुल पुर्‍याइदिने जिम्मा सधैँ रत्नमानको हुन्थ्यो । हुन त ज्यामी काममा … Continue reading →

Posted in लघुकथा | Tagged , | Leave a comment

कथा : नेपलीया

~राशि पाण्डे~ गुरुचरण यादवले पुल्चोक क्याम्पसबाट बीई गरेपछि जागिरका लागि धेरै दौडधुप गर्नु परेन । तराई मूलको मदिसे भएकोले समावेशीको नाममा एउटा अन्तर्राष्ट्रिय संस्थामा राम्रै तलप र सुविधा दिने जागिर पाइहाल्यो । पहाडी मूलका धेरै जेहेन्दार र मेवाधी बाहुन, क्षेत्री … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको एक टक हेराइ

~रजित ओझा~ मैले उसको शरिर देखेको छु मिलेको छ,उचाइ औसत छ , गोरि छे , एक दुइवटा खतहरु छन् नाकको डाँडिको छेवैमा ,नाकको नथ्थि ले तर त्यो छोपिदिन्छ।ठुला आँखामा गाजल पनि सुहाएकै हुन्छ । आवश्यकता भन्दा धेरै लिपिस्टिक पोत्छे नत्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पिंजडा

~कात्यायन~ – बबुरा सुगाहरू आफ्नो रमणीयता भुल्दै चाराको खोजीमा भौंतारिंदै सपनाको कोमामा पुग्छन् र स्वर्णिम पिंजडालाई स्वर्गानुभुतिमा परिणत गर्न विवश छन् | – कहिले मीठो दूध-भातको आशामा पखेटो खियाउंछन् त कहिले पीरो खोर्सानीकोलागि ठुंडोलाई बुच्चो बनाउँछन् | – कहिले कण्ठस्थ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : डिजिटल चमकभित्र

~राजव~ चन्द्रादेवीलाई अमेरिका रमाइलो र आनन्दको लाग्न थालिसकेको छ । सात वर्षगाडि कसैको कृपाले उनी एक महिनामात्र बसेर घुम्ने गरी अमेरिका आएकी थिइन् तर अहिले सात वर्षबितिसक्दा पनि चन्द्रादेवीलाई नेपाल फर्कौँजस्तो भएको छैन । चन्द्रादेवी साधारण मध्यमवर्गीय परिवारकी घरेलु नेपाली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो महाप्रस्थानको यात्रा

~कृष्णराज खनाल~ केही दिनेदेखि म अलि गलेको थिएँ । मलाई विसञ्चो भइरहेको थियो । अचानक म मरेँ । म त्यो दिन सम्झन्छु-२०६५ साल पुस २१ गते सोमवार थियो । मैले अन्तिम स्वास प्रवाह गर्दा, यो संसर छाडद्ा ठ्याक्कै त याद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : चुनाव

~कुमार काफ्ले~ -गम्भीर स्वभावको गम्भीर बहादुर महिला मुक्ति र समानताको पक्षमा अहोरात्र खटेर काम गर्थ्यो। -कुरा कम काम बढी गर्थ्यो। -चकलेटी स्वभावको प्रेम बहादुर महिलाहरूको मन जित्दै उनीहरूको अस्मिता लुट्थ्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : जनैको डर

~शार्दूल भट्टराई~ पुस महिनाको जाडो। घाम झुल्किसके पनि त्यसको तापले सुदूरपश्चिमको यस पहाडी बजारलाई छुन सकेको थिएन। जाडो समयमा कुनै कुनै दिन काठमाडौँलाई हुस्सुले छोपेजस्तै डडेलधुरा सदरमुकामको यो बजार पनि छोपिएको थियो। त्यति साह्रो अँध्यारो भने थिएन। अलिकति वरपर स्पष्टैसँग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कालो कफी/कालो सोच !

~रविन बैध तामाङ~ घर्रर्रररर स्पिडमा छ ट्रक।बेलवारी को अन्तिम छाप्रि पसल कट्यो पछि…..एक्सिलेटर थिच्यो/गीयर बढायो। काठ बोक्न डाला झारेको ट्रक … बेतोडमा हुँइकियो पुर्व। दुइटा पाँग्रा मात्र अड्ने महेन्द्र राजमार्गमा बाटो छेउको जँगल उज्यालियो, ट्रकको हेडलाइटमा। मादरचोद, हान्दिन्छु । जे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : संयोग

~रामचन्द्र खतिवडा~ पन्ध्र वर्षअगाडि म जोरपाटीबाट साझा बस चढेर अफिस जाँदै थिएँ । रत्नपार्क पुगेपछि म गाडीबाट उत्रन ढोकाछेउ पुगेको थिएँ । मभन्दा ठीक अगाडिकी युवतीले उहाँले मेरो भाडा तिर्नुहुन्छ भनेर मतिर देखाइन् र उत्रिन् । ती अपरिचित सुन्दरी युवतीले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बुख्याँचा, दुखनियाँ र लाटोकोसेरो

~छविलाल कोपिला~ साउन–भदौको महिना । कतै धान पसाउँदै थियो, कतै बाला झुल्दै थियो । यता मकैबारीमा मकै दाना लाग्दैथ्यो । जब मकै खान लायक भयो । बगालका बगाल चराहरु आउन थाले र मकै खाएर सताउन थाले । चराहरुको रखवारी गर्नका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : यौवन

~कुमार काफ्ले~ -देख्दै मुख रसाउने खाउँखाउँ लाग्ने फल फलेको थियोे। -थाहा पाउने जति फल प्राप्तिका लागि झुम्मिन थाले। -फल धनीले चर्को भाउ राखिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : यन्त्रमानब

~रुमन न्यौपाने ‘अमन्त’~ कसरी दुई वटा भेडाहरु हिजो हिँउमा पुरिए । पोहर पनि एउटा चौंरि मरेकै हो । तर तुलनामा यस बर्ष खासै नोक्सान भएको थिएन भन्ने सुनेको थिएँ । त्यति बेला म ९ या १० बर्षको थिँए क्यार । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : छापामारसंग एक रात

~भूमि भण्डारी~ ‘ऊ त्यो डाँडाको टुप्पामा म सात दिन बसेको छु ।’ उत्तरपट्टी आङ नै सिरिङ्ग हुने अजङ्गको डााडो ठडिएको छ । ऊ त्यो डााडो तिर लक्षित गरेर बोल्दैछ । पूणिर्माको चन्द्रमाले हरियो डााडो कालो देखिएको छ र छ्याङ्ग खुलेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment