Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

सूत्रकथा : नेता

~कुमार काफ्ले~ -रामहरि नाम चलेका जल्दाबल्दा नेता थिए। -उनलाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अदालतमा मुद्दा चलायो। -उनले त्यसको जोडदार प्रतिकार गरेर सफाइ लिन खोजे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : यथावत

~ध्रुब सापकोटा~ ऊ बसबिसौनीमा आइपुगेको थियो । बाटो छोटो तर कष्टकर भएकाले यहाँसम्म आइपुग्दा ऊ थकित थियो। पसिनाले उसका कपडा निथ्रुक्क भिजेका थिए। ऊ बसको काउन्टरमा उभिएको थियो। ‘बस कुन बेला जान्छ?’ उसले प्रश्न गर्‍यो। ‘एक घन्टापछि।’ कर्मचारीले जबाफ दियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : फट्याङ्ग्राको बुद्धि र बल

~कृष्ण वस्ती~ खरायो र सिंहको कथा पढेपछि जोसँग बुद्धि छ त्यसले जस्तोसुकै शरीरको बलियोलाई पनि ठीक लगाउँछ भन्ने ज्ञान पाएको फट्याङग्रोले आफूलाई नकै बुद्धिमान् र बलबान पनि ठान्न थाल्यो ।रूख, कदापि हिंड्न सक्दैन तर ऊ हिंड्छ।सिंहलाई मार्ने खरायो रूखमा चढ्न … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कथा एक क्रान्तिकारी योद्धाको

~मनोज घर्तीमगर~ “म क्रान्तिभन्दा बाहिर नजाने निर्णय लिएको छु” उसले दुधौलीपछिको एकदिन फोनमा भन्यो। “तिमी क्रान्तिभन्दा बाहिर जान हुन्न” भन्नुपर्ने मेरो दायित्वमा उसले “क्रान्तिभन्दा बाहिर जान्न” भन्दा उसको चेतना धेरै माथि भएको मैले ठानेँ। उमेश अयोग्य ! हस्तबहादुर रोकामगर। ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रक्तक्रान्ति

~राजु अधिकारी~ उसलाई माओवादी जनयुद्धले निकै आकर्षण गरेको थियो। उसका अधिकांश सहपाठीहरु पहिल्यै नै भित्रभित्रै माओवादीमा लागिसकेका थिए। उसलाई भने समर्थक वा सामान्य कार्यकर्ता होइन, जनमुक्ति सेना नै भएर युद्धमा होमिन मन थियो। जब माओबादी योद्धाहरु स्कुलमा आएर युद्धभूमि का … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

उपन्यास अंश : मुखालफा

~मनोहर काफ्ले~ बिनिता’ चितवन घर भएर यहि कम्पनीमा क्लिनर मा काम गर्दथिन । उनि यो कम्पनीमा सुरज भन्दा करिब एक बर्ष पहिले सन् २०११ तिर आएकी रहिछन । सुरज को भनाइ अनुसार उनि सुरज संग भेट हुदा अविवाहित भन्दा पनि … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

पत्रकथा : पत्र: कमरेड दिब्यालाई

~मधु श्री~ कमरेड दिब्या लाल सलाम ! धेरै दिन पछि तपाईँको खबर सुने । घर छोडेर हिड्नु भएको निकै भैसकेछ । हिजो मात्र शशी जी सँग भेट भएको थियो । उहाँ मार्फत नै थाहा पाएँ कि तपाई सकुसल हुनुहुन्छ । … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

कथा : कमरेड निशाना

~प्रकाश खतिवडा~ ‛जुन जोगी आए पनि कानै चिरेको, को नेता सांसद भए पो हामीलाई के ? को प्रधानमन्त्री भए पो हामीलाई के ?’ निशाना दिदीले आक्रोस पोखिन । टेलिभिजनमा प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रमको प्रत्यक्ष प्रशारण आइरहेको थियो । नेपाली काग्रसका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड दुखीराम

~दीपक घिमिरे~ भर्खरै खाएको जाँडको झोल र किमा जस्तै मसिनो बनेका गाजरका पहेंला टुक्रा ह्वालह्वाल्ती आगनमै वाकेपछि रामु रिसले जुर्मुरायो । दुःखीरामका नाकका प्वालबाट समेत गाजरका टुक्रा निस्किए । दुःखीरामकी श्रीमती मनकलीले एक अम्खोरा पानी रामुलाई दिदै भनिन् ‘जा तेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पलायन कमरेड

~कृष्ण बजगाईं~ ‘हिथ्रो टर्मिनल फोर अगाडि हुन्छु म पीर मान्नुपर्दैन ।’ कमरेड विश्वासले फोनमा विश्वस्त पारिसकेका थिए । तर पनि एयरपोर्टबाट बाहिर निस्कने यात्रुहरुको भीड देखेर कमरेड अटल एकछिन आत्तिए । उसो त जुलुसको हजारौं मानिसको नेतृत्व गरेर हिँडेका कमरेड … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उत्कृष्ट कर्मचारी

~अरुणबहादुर खत्री “नदी”~ कार्यालय सहयोगी कर्मचारी धने र श्यामे सधैँ कार्यालय समयमा नै पुग्ने गर्दथे । कार्यालयको छुट्टी भएपछि मात्रै उनीहरु आफ्नो घर फर्कन्थे । उनीहरुले कार्यालयमा गर्नुपर्ने कामकाज इमान्दारीताका साथ पूरा गर्ने गर्दथे । अरु शाखाका कर्मचारीहरुले काममा अनुरोध … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आमाको  मजेत्रो

~मनोहर काफ्ले~ आमा ले मलाई कहिलै ठुलो भएको देख्नु भएन । म ठुलो भैसकेको थिएँ । आमाको नजरमा जहिले पनि म सानो नै थिए । सायद आमाले मलाई कहिलै ठुलो भयेको देख्न चाहनु भएन । ठुलो यस मानेमा कि उचाई, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषी को ?

~अशोक झा~ रुपा भर्खर १५ पुगेर १६ लागेकी थिइन । घरमा उनका आमा-वाबुबाहेक कोही पनि थिएन । घरको कामकाजमा तल्लिन भएर पनि रुपाको संगितसँग ज्यादै लगाव थियो । उनका मृगजस्ता आँखा र अनारदाने दाँतका कारण ठिटाहरुको मन जित्न सक्ने रुप … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुठाराघात

~सजना गुरुङ~ हरेक रात कालो आकाश , कालो मुशालधारे पानी अनि अचानक डरलाग्दो बाढी पहिरो आएर मेरो घर बगाएर लान्छ ! मेरो जुम्ल्याहा दुइ छोरीलाई दुइ हातले समाउदै म त्यो कालो तालमा “ बचाउ ! बचाउ !! भन्दै चिच्याई रहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद कथा : अन्तिम परीक्षा

~प्रकाश गिरी~ मेरो प्रेमकहानी अनौठो छ। उसलाई थाह छ म उसलाई नै चाहँन्छु। मलाई थाह छ ऊ अरु कसैलाई चाहन्छे। ऊ थाह नपाएजस्तो गर्छे, म थाह नपाएजस्तो गर्न खोज्छु।  प्रेमले जिवन दिन्छ। एकतर्फी प्रेमले जिवनमै मृत्यु थपिदिन्छ। हाँहाँ… ‘उसको प्रेमकहानी, … Continue reading →

Posted in नेपाली कथा, मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : सी यू टीकाको दिन

~राजव~ चाल्र्सटाउन हेल्थ केयर सेन्टरको डेस्कमा लगभग चालीस पार देखिने खैरेनी काम गर्दै थिई । निकै मोटी ऊ कुर्सीमा पूरै कोच्चिएकी थिई । म डेस्कमा उभिन आएको देखेपछि उसले आफ्ना नीला आँखा मतिर उचाल्दै सोधेकी थिई, “मे आई हेल्प यू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म्याकलेको भूत

~लक्ष्मण श्रेष्ठ~ “अब यो विश्वविद्यालय पनि चिहान हुन्छ। अनि गिद्ध रिंग्छन्। सब खत्तम पार्ने भए सालाहरू !” आक्रोश पोख्यो सुदिपले। “भए पो रिंग्छन् गिद्ध” जोनले जोक्स हान्यो। हाँसे सबै। “कुराको मर्म बुझ्न मुला” सुदिप झोक्कियो। “साँच्चैको गिद्ध रिंगे त ठिक्कै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : ग्रेटफल्स

~कृष्ण धराबासी~ यसै बीचमा काठमाडौंबाट यादवले फोन गरेर भने – ‘ न्यूयोर्कभन्दा माथि एउटा बर्ड कलेज छ रे । त्यहाँ मेरी एक परिचित बहिनी छन् अनुस्का श्रेष्ठ । उनीहरु त्यो कलेजमा फिल्म हेर्न मन गरिरहेका छन् । आउने जाने खर्चको … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

लघुकथा : झन्डै अनर्थ भएको

~समीर पाख्रिन~ चार धाम तीर्थयात्राका लागि घरबाट निक्लेका सुखवीर र उनको पत्नी बसुन्धराको पनि कुनै फोन, खबर आएन । आमाबुबा फर्कने आशामा बाटो हेरेर बसेका परिवारका सदस्यहरूले आमाबुबा तोकेको समयमा पनि घर नफर्केका र कुनै खबर टु·ो नपाएपछि खोजतलास तीव्र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बाहुबल उर्फ ‘काडर टिचर’

~केशव शर्मा~ आदर्श माध्यमिक विद्यालयका अनेक विशेषता छन् । प्रथम, यो गाउँमा अवस्थित छ, सदरमुकामदेखि करीव पन्ध्र बीस किमिको दूरीमा । दोस्रो, यहाँ दरबन्दी जम्मै प्राथमिक तहको मात्र छ । तेस्रो, प्रावि शिक्षकहरुले नै माध्यमिक कक्षाहरु पढाउँछन् र चौथो, एसएलसी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : यथार्थ

~कुमार काफ्ले~ -उनी धनी ह्यान्डसम श्रीमानको साथ सपिङमल घुम्न गएकी छिन्। -मन लागेको कुरा किनेकी छिन्, खाएकी छिन्। -त्यसपछि पोखरा,लुम्बिनी र सौरहा घुम्न निस्केकि छिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

पौराणिक कथा : जुम्रा र उडुस

~उमाशङ्कर द्विवेदी~ एउटा राजाको अत्यन्त सुखदायी शयनागार थियो । त्यस शयनागारमा आरामदायक ओछ्यान थियो । त्यस ओछ्यानमा अत्यन्त सुकिलो तथा सफा तन्ना ओछ्याइएको थियो । त्यस तन्नाको सन्धि (जोड)मा मन्दविसर्पिणी नाम गरेको एउटा जुम्रा बस्दथियो । राजाको स्वादिलो रक्तपान गरेर … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : अधुरो प्रेम र उनको नशा

~नवीन उदासी~ बिगतका त्यी रमणीय पलहरुलाई सम्झिएर आज प्रवासको यो बिरानो ठाउँमा चौध घण्टा ड्युटी सिध्याएर होस्टेलमा फर्कन्छु । ..उनको एकोहोरो सम्झनाले गर्दा यो मेरो मुटु सारा छिया-छिया भएको छ, पल प्रति पल यो मेरो मुटु उनकै सम्झनाले पानिबिना माछा जस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृद्ध

~ध्रुवचन्द्र गौतम~ उसको घर म यसअघि गएको थिइनँ । परिचय धेरै पुरानो हो । म यसलाई रेस्टुरेन्ट मित्र भन्छु । रेस्टुरेन्टबाहेक कतै भेटेको सम्झेर भन्नुपर्छ । मानिस ठीक थियो । हलुको हास्यको । हलुको हास्यको अर्थ हो, केही व्यक्तित्वको हलुकोपन, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो म

~बिकास आचार्य~ ‘मामु….मामु’ अस्मु समीलाई बोलाउँदै दगुर्दै छेउमा आई । अस्मु समीकी एक्ली छोरी । भर्खर एसएलसी सकेर घरमै बसेकी छ । यौवनले ढकमक्क ढाकेको छ अस्मुलाई । चञ्चले छे, सुन्दर छे, स्वच्छन्द छे अनि निष्कपट छे । टोलभरका नवयुवकहरूको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवन ब्रित्तमा घुम्दैछ

~रजित ओझा~ “मोटाईछौ ।” कुराको शुरुवात यसरि नै गरे मैलेँ । हुन त मैले उसमा खोट देखेको होइन ,सबै ऋतु हरुमा मलाई उ उस्तै लाग्थी भन्ने कुरा पनि शास्वत छ ।मलाई थाहा थिएन त्यतिखेर यी शब्द हरुले उसको मनमाँ कस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभिनय

~सुषमा मानन्धर~ “एक्सक्युज मी, के म यहाँ बस्न सक्छु ?” एउटी अपरिचित युवतीले उसले खाँदै गरेको टेबुल छेऊ आएर सोधेकी थिई। “हुन्छ बस्नुस् न।” उसले दोहोर्‍याएर हेर्‍यो। कुनै पनि कुनाबाट उसलाई त्यो युवती परिचित लागेन। “तपाईलाई यहाँ सँधै यति बेला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सूरक्षा

~अरुणबहादुर खत्री ‘नदी’~ लोडशेडिङ् भएको रातको समय रमेशको घर लुटिएछ । भोलिपल्ट बिहान कुखुराको भाले बासेर उज्यालो भएपछि टोलका मानिसहरूले रमेशको घरमा लुटेराहरू आएर घरमा राखेका आवश्यक सामान नगद र गरगहना लुटेर लगेको घटना थाहा पाए । सो घटना थाहा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्तर

~कात्यायन~ – मैले कोमामा देखेको थिएं, – सात वर्षे बालक चकलेट किन्न पसलमा जाँदा अगाडि उभिएको व्यक्तिलाई सोध्ने गर्छ – ‘के तपाईं पालोमा हुनुहुन्छ ?’ – अनि यहाँ देख्छु, – सत्तरी वर्षका बृध्द-बृध्दाहरू पनि कसरि पशुपतिको चन्दन लिंदा होस् वा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सरला आन्टी

~सन्तोष चिमरिया~ के भो? निन्द्रा लागेन। किन? आज कति दिन भइसक्यो थाहा छ तिमीलाई? कसले नौ नबजी सुत्नु भनेको छ त? भान्साको काम सकेर आउन्जेल पनि पर्खन नसक्ने अनि मध्यरातमा निन्द्रा लागेन भन्ने?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : महाकवि देवकोटाको स्मृतिमा

 ~निशा खनाल अर्याल~ पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवी देवकोटाका लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । उनको जन्म १९६६ साल कात्तिक २७ गते शक्रबार काठमाडांै, डिल्लीबजारमा भएको थियो । उनको न्वारनको नाउँ तीर्थमाधव देवकोटा जुराइएको भए तापनि लक्ष्मीपूजाको दिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अप्रत्यासित

~प्रदीप नेपाल~ चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ठयाक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु । कफी खाने सोख मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment