Category Archives: कविता

Nepali Poems

कविता : आमासँग आत्मालाप !

~तिब्वत दर्लामी~ आफ्नै मनसँग भुनभुनाउदै यि अक्षरहरुको काव्यिक हरफ बुन्दै आज तिमीसँग आत्मालाप गर्दैछु आमा सायद मलाई सुन्दैछौ तिमीले तिम्रो मनले/धड्कनले । उ…त्यो पहाडमा कति उमँगका गुँराशहरु फुल्दै झरे होलान् कति दुःखको पहिरो गयो होला कति विपत्तीको डढेलो लाग्यो होला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरुबीच मान्छेको खोजी

~गणेश खड्का~ सृस्टिको उषाकालमा रामापिथेकस बाराजुले छोडेको घुर्मैलो सभ्यताको धराप लिस्नो टेकेर तङ्ग्रिदै-लत्रिंदै, देखिदै बिलाउदै गरेका स्वनामधन्य जन्तुहरुको सक्कली बिमोचनमा मेरो स्वकिय अनुसन्धाता मन आफ्नै समूहका अस्पष्ट अस्थिपन्जरहरुबिच कुरुप सभ्यताको खास्टोभित्र स्याउँस्याउँती मान्छेहरुको थाकबाट एउटा असल मान्छेको न्वारन गर्न चाहन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~भूपिन ब्याकुल~ अब मेरो हड्डिभित्र कुनै बल बाँकि छैन । मेरो जीवनका आविष्कारहरु जिन्दगीको कुनै सडक छेउमा उभिएर म तिमीलाई नै पर्खिरहेछु अहिले आऊ आसाको अन्तिम उज्यालो छ मसँग ननिभ्दै लिएर जाऊ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रातको प्रतिक्षामा छु

~गिरिराज बाँस्कोटा~ गुलाबि ओठको चुम्बन छातिमा अमिट टासेको छु गाजलु आँखासँगको फसाई शिरमाथि औला चलाईको सम्झना प्रेमिल बिख्यात चित्र अगि प्रेमिल मुस्कान साटिरहेछु ओ,श्वयत प्रियतमा तिमिसँग कटाएका दिनहरु,साझहरु र रातहरु भञ्याङ्गहरु ,क्याफेहरु कति सुलोलित बग्छन सम्झनाहरुमा कति मायाबी बग्छन अनुभुति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन मा हुन्छ देश

~महेन्द्र पौडेल~ बाटो शायद् बन्द ठानी, साथी भन्छन् आज माटो छाडी विदेशिने देश् को हुन्छ लाज मन भरी विदेश कै सपना जो बोकी दिनभरि डुल्छ्न उनै घुम्ती बाटो खोजी उल्टो खेलिंदैछ किन ? राजनीति चेस पैताला मा हुने हैन, मन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : शान्ती खोज्दै,लड्यौं किन ?

~आचार्य प्रभा~ अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ? बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ? आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मैनबत्ती र केटी

~कुसुम ज्ञवाली~ मेरा हरेक कुमारी सपनाहरु यसरीनै पग्लिरहन्छन् जसरी पग्लिरहेछ यो मैनबत्ती मेरा अल्पविकसित सपनाहरुमा ह्वार्रह्वार्रती आगो लागेको देखेर तपतप रोइरहेको छ यो मैनबत्ती वा निकालेर बिद्रोहको अग्नीज्वाला आफै गलिरहेछ मैनबत्ती यही निर्क्योल गर्न पढिरहेकी छु मेरा आदिम इतिहासका अन्तिम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : उत्तरआधुनिक गीत

~चर्चित ढुंगेल~ मलाई फाइट सिकाइदेउन, मलाई डान्स सिकाइदेउन एक्टिङ सिकाइदेउन, मलाई हिरो बनाइदेउन मेरो चर्चा चलाइदेउन, म्याग्जिनसँग मेरो बिहे गराइदेउन भर्जिनसँग

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नारी

~प्रतिभा पौडेल ‘एकता’~ त्यागिदिइन् घरपरिवार, जन्मभूमि छोडिदिइन् विवश भई सम्बन्धलाई, अरुसँगै जोडिदिइन्। झारी गइन् अश्रुधारा दुख मान्दै रोई अब उन्लाई मनाउने आयो अरु कोही। राखी गइन् मातापिता,

Posted in कविता | Tagged | 1 Comment

कविता : कुरूप कविता

~भूपिन ब्याकुल~ एक्लै कति सुन्दर भएर बसिरहोस् कविता एक्लै कति सौंन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता

Posted in कविता | Tagged | Leave a comment

कविता : हात लाग्यो शून्य !

~कृष्ण सेन ‘इच्छुक’ ~ बूढी आमाको गन्गन् झन् बढेर गएको छ बूढा बाबुको रोगी देह अझ जीर्णकाय भएको छ घरका डाँडाभाटाहरु मक्केर गलेका छन् खरको चुहुने छानो झन् तारामण्डल भएको छ साँझ–बिहानले सधैँ आपत बोकेर आउँछन् निरुपाय भाइ सधैँ मेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे आमा!

~सन्तोष पौड्याल~ हे आमा! कती रुन्छ्यौ ब्युँझेर मध्यरातमा छोड आसुँ काड्नलाई, नदेख्देउ छानोमा राँको बाली जिउ सेक्नेलाई भाड्न देउ घर भाड्नेलाई! खोल्न देउ बारुद गोली र धारका मिल बग्न देउ रगतका खोलाहरु, निमोठ्न देउ आफ्नै शिशुका तोतेबोली च्यात्न देउ तिम्रा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हिम्नदी

~आभास~ जब घामको किरणले मलाई स्पर्श गर्छ जब न्यानोपन भर्छ ममाथि म पग्लन्छु मेरा प्रत्येक अङ्गहरु चलमलाउँछन् बतासले हल्लिएका पात झैं मेरा जमेका दिन र रात चलमलाउँछन् म बग्न थाल्छु अविरल बग्छु चोइटिएका चट्टानहरु सुमसुम्याउँदै

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कविता लेख्न गाह्रो हुँदैन

~आर. आर. चौलागाईं~ कलम झिक्यो कागज निकाल्यो देब्रेपट्टि कुनामा कविता भनेर लेख्यो अलिकति दायाँपट्टि तल कविताको शीर्षक लेख्यो त्यसको पनि अलिकति तल कविको नाम लेख्यो एकछिन यसो दिमाग खेलायो जेजे आउँछ सरसरती लेख्यो बरू कपाल कन्याउन गाह्रो हुन्छ कविता लेख्न … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उक्लेर दु:खको पहाड ओर्लेर

~साम्ब ढकाल~ दु:खको पहाडमाथि पहाड ढसमस्स उभिईरहेको छ अतिसय जब्बर भएर कताकता झन दुरुह भएर । गुन्द्रीमा गोमाहरु बिस्कुन सुकाउँछन् उस्तै गरी दु:खको र उठाउँछन् मानापाथीमा झुसी र निम्ठोमा नापेर दु:खलाई भर्छन् मनका मान्द्रे भकारीमा टनाटन दु:खका दु:ख ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खबरहरूको एकदिन

~रमेश श्रेष्ठ~ खबरहरुको एक दिन खबरै खबर थियो धेरै अघिदेखि सिएर राखिएको घडीको ओठ पग्लिरहेको थियो बाटाहरू टेकिएका फूलहरु सपना र आँसुमा खुट्टाका दु:खहरु गाउँदै थिए असङ्ख्य आँसुहरुका चमकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दुःस्वप्नहरुको निर्मम आत्महत्या

~रुपिन्द्र प्रभावी ‘कटु’~ धमिलिएको आँखाले ऊ जलतरङ्ग चल्मलाउँदा ज्वारभाटा छचल्किँदा पानी धमिलिएको दृष्य आँखाभरि सजाउँदै माछा मार्ने दुःस्वप्न टोलाइरहन्छ । सङ्लो पानी त देख्नै सक्दैन ऊ कञ्चन दह त कल्पना गर्नै सक्दैन ऊ कुदृष्टिको भ्यागुता हाम्फालेर स्वयम् धमिल्याउँछ निर्मल जलाशय … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिया, नजाउ छोडि

~रेवती राज खड्का~ कोही त भनिदेउ यो सपना हो भनेर कुनै डरलाग्दो फिल्म चलिरहेछ हलमा बरु यो ठीक छ । बरु भन, म ठट्टा गरिरहेछु । के भयो ? भन मलाई त्यो शुर्य भोली पश्चिमबाट उदाउँछ बरु त्यो जुन भोली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामीहरु

~विशद~ मलामीहरु उकालो चढ्छन् ओरालो झर्छन् तर कहिल्यै थाक्दैनन् । गोडाहरु थाक्थे पहिला जीवनभरका बोझहरु थाम्दा तर कठिन गोरेटोमा पनि आज थाकेनन् गल्थे शरीरका त्यान्द्राहरु अरुको लागी पसिना झार्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : म कुन वर्गको मान्छे?

~भुपेन्द्र वीर विक्रम लामा~ बुबाको िक्रया गर्न गरेको ऋण तिर्न नसक्दा भक्कुमार गोदाई खाएको छोराको भोक मेटाउन गरेको ऋण तिर्न नसक्दा छोरालाई नै साहुको गोठालो बनाएको चार पुस्ता अघि मुद्धा खेल्दा धरौटी तिर्न नसक्दा सुकुम्बासी भएको जमिन्दारको कमारो बनेको अहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन को ब्यथा

~कुमार फुँयाल~ जंगली फुलका काँडा मुटुभित्र धसिदिंदा अनावस्यक संकाको बिउ मन भित्र पसिदिंदा। गाह्रो भो तिनलाइ बाँच्न मनको खुसी खोसिए पछि साह्रो भो तिनलाइ हाँस्न बलेसीमा रेटिए पछि॥ स्वपहिचान बनाउने संघर्समा होमिए पछि बिध्नबाधा आइपर्छन् मनमा छुरा रोपिए पछि।

Posted in कविता | Tagged | Leave a comment

कविता : देख्छु, देख्दिन !

~शिशिर पराजुली~ यसपाली मात्रै लडेको धरहरा मेरो सपनामा आएर ठिङ्ग उभियो जुन धरहराको टुप्पोमा बसेर एउटा कवि शहरको कविता कोर्दै थियो । मेरो सपना ‘जुम’ भएर विस्तारै कविको कवितामा ठोक्कियो अनि त्यो कविता यसप्रकार थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : असोज ४ गते

~हाङयुग अज्ञात~ सोचेको थिएँ असोज ४ गते ब्युँझिदा मनमा खुशी र उमङ्ग छाउनेछ नयाँ जोश र जाँगरले दिन सुरु हुनेछ तर फेरि उही निराशा, अशान्ति र हिंसाले एकाबिहानै स्वागत गर्‍यो कि दसौं हजार शहीदको बलिदानले एकाबिहानै सरापेर गयो सोचेको थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : बृद्ध सपनाहरु

~सुदीप पाख्रिन~ जब जब घरमुनिको नरिवलको बोटको हाँगामा बसेर एक हुल कागहरु दिक्कै लागुन्जेल ‘काग काग’ कराउँथे -एका बिहान बिहानैदेखि तब तब मेरी बुढी हजुरआमाका बृद्ध आँखाहरु पर बाटोको उपल्लो छेउसम्म परदेशीएका छोराका खबरहरुको आगमनको आसमा बिछिन्थ्यो अनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई सपना खोस्ने बिहानहरु मन पर्दैनन्

~प्रकट पगेनी ‘शिव’~ ऊ भन्छ/उनी भन्छिन् र उनीहरु भन्छन् बिहान कोमल हुन्छ फूल जस्तै ऊ भन्छ उनी भन्छिन् र उनीहरु भन्छन् बिहान सरल हुन्छ मन जस्तै र, सबै सबैले भन्ने गर्छन् बिहान शीतल हुन्छ तरल हुन्छ र नरम हुन्छ यसैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दलित र मन्दिरका पूजारी

~तिलक अधिकारी~ कलो ढुक्ने बानी परेको कुकुरलाई मान्छेले तालिम दिएपछि मान्छेकै समुदायमा बाँधिन सक्छ विष मार्ने सिरिन्ज लगाएपछि सर्प र मान्छे सँगै खेल्न सक्छन् रगत चुस्न गोठमै छिरेको बाघ पनि मान्छे करायो भने भाग छाडेर भाग्छ मान्छेको चाल पायो भने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वृद्धा आश्रममा मेरो ऑशु

~बिपिन खनाल~ चाहुरी परेका गाला हिउं भन्दा सेतो केश आंखाको द्वार आधा खोल्दै काम्दै गरेका ओठबाट कम्पित स्वर निकाल्दै एक बुढि आमा एक बुढा बा बिस्तारै लौरी टेक्दै स्वास जोरले फ्याक्दै अड्कि अड्कि म आश्रममा पस्न साथ

Posted in कविता | Tagged | Leave a comment

कविता : कट्टेल सर तपाइँ गल्ती पढाउनुहुन्छ

~उमेश लुइटेल~ कालो बादलले आकाश ढाकिरहँदा पनि चम्किरहने तपाईँको सूर्य खै ! आजसम्म उदाएन । जिन्दगी, औँसी / पूर्णिमा उकाली / ओराली हो । यसरी नै तपाईँ स्नातक महरुलाई परिभाषा दिनुहुन्थ्यो जिन्दगीको ।

Posted in कविता | Tagged | Leave a comment

हास्य-कविता : डण्डिफोर

~बादल सुरेश~ कहिले बीच गालामा आउँछ कहिले निधारको छालामा आउँछ कहिले अनुहार पुरै ढाक्छ त कहिले खिल पल्टेर पाक्छ कहिले दुखेर सताउँछ फुटाउँदा भने आनन्द आउँछ मलाई मात्र किन भगवान जहिल्यै डण्डिफोर आउँछ!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : दिउँला जुनीभर

~सन्देश जि.सी.~ धनको गरिब भए पनि, साथ दिउँला जुनीभर दुई मुटुको धड्कन् बन्दै, हात दिउँला जुनीभर आलिसान महल छैन, झुपडीको बास मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : नाकावन्दीको दसैँ

~राकेश कार्की~ बा आमा आउन पाइन तेल छैन बसैमा नाकावन्दीले नदिने भो टीको थाप्न दसैँमा प्लेन पनि आउन छोड्यो ठूल्दाई अड्किनु भो दिल्लीमा वर्षौँ पछि वल्ल आको दसैँको बेला विचल्लीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बहुलाही आमाहरूको जुलुस

~सरुभक्त~ जुलुसमा कुनै झन्डा छैन किनभने बहुलाही आमाहरूको कुनै झन्डा हुँदैन जुलुसमा कुनै नारा छैन किनभने बहुलाही आमाहरूको कुनै नारा हुँदैन सम्सुद्दीनका आक्रमणहरूदेखि बेखबर पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरू पिंजडामा तित्रा बोकेर छाती भरिभरि छातीमा नअटाउने गरी ‘मञ्जुश्रीपट्ट’का विशिष्ट पदकहरू टाँसेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment