Category Archives: कविता

Nepali Poems

कविता : पुत्रशोक र ईश्वर

~बिलोल पोख्रेल~ गए साता ईश्वर पदचाप बिना नै, मेरो तन्द्रामा कानेखुशी गर्दै, बिरहको गीत गाउन पुगेछन्, “नरुनु अश्रुका धारा , दुख्ने पीडा छ तैपनि बुनेको जालमा मेरो, हेर बाधिन्छु मै पनि” अनि ईश्वर भएर बिरह गाउने ? मेरा प्रश्नका प्रत्युत्तरमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कैदि याचना

~चन्द्र रानोहँछा~ त्यहीँनेर कैद छु म जहाँबाट देखाइदिएको हुँ पहिलोचोटी देउतालाई देउताथान टा…ढाको देउराली बताइदिएको हुँ आफैले खनेको मन्दिर पुग्ने बाटो जहाँ पुग्न प्रतिबन्ध छ मलाई आँखाको मूल फुटेर आँखैमा तलाउ जम्छ म आँशुले आफ्नै पीर धुन असमर्थ

Posted in कविता | Tagged | Leave a comment

कविता : बोरिङ दिन

~बादल सुरेश~ ती आँखाहरूमा प्रेम छल्किरहेछन् प्रेम त मुटुमा हुन्छ-कोहि बोल्यो आँखामा त आकर्षण! सायद प्रेम नै पो हो कि गाजलले छोपेको? ‘कता हो! म चोकमा’ आफ्नै आँगनजस्तो प्यारो यो चोक उनी हुँदा सबै आफ्नैजस्ता

Posted in कविता | Tagged | Leave a comment

कविता : कती मिठो बोली

~“जीवन्त” रुकु~ कती मिठो बोली अमृत घोलेसरी कती मिठो माया तिम्रो पाये जिबनको उजेली म फुल बनी फुलीदिदा तिमी सुबाष बनी छाउनु म बिहानि हुँदा तिमी घाम बनी आउनु म सुस्तएर सन्ध्या हुँदा तिमी जुन बनी उदाउनु

Posted in कविता | Tagged | Leave a comment

कविता : म स्त्री अर्थात आइमाई

~सीमा आभास~ युगैपिच्छे तिमीलाई प्रेम गर्नै जन्मिएकी म । तिमीले खसालेका छायाहरु मन पराउँछु तिमीले छोडेको स्वास पिउँछु तिम्रो धोद्रो ध्वनी छोएर तिम्रा आँखाभित्र डुल्दैडुल्दै अमर गीत गाउँछु । तिम्रा आँखीभौँमा उभिएको देख्छु पुरानो सभ्यता म भिज्दा, तिम्रा छातीका रौँहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिनय

~गण्डकीपुत्र~ छोपिन्छ विष राख या अमृत जीवन राख या मृत्यु पर्दा लगाएपछि बाहिरबाट केही देखिँदैन मात्र देखिन्छ पर्दा जसरी झोलाभित्र मासु बोके पनि सातु बोके पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँ फुल्ने गाउँहरु

~कृष्ण उदासी~ शिरमाथि सगरमाथा, हत्केलामा सुनाखरी ओठभरि लालीगुराँस पाखाभरि प्याउली फुली जब देशले बोलाउँछ, निद्रामा नि ब्युँझिदिन्छु लालुपाते फूल टिपी सिउँदोभरि सिउरिदिन्छु । लेखिदिन्छु फूलफूल, पातपात नाउँहरु यो देशमा कहाँ छैनन् हिउँ फुल्ने गाउँहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे र पहिरोहरु

~निष्प्रभ सजी~ भीरमुनि उभिएर पहिरो पखिर्रहेको छ मान्छे पहिरो कहिले उस्को आगन हु“दै बग्छ पहिरो कहिले उस्को मन छु“दै बग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सावधान मेरो कलमले आत्महत्या गर्न नपरोस्

~ताराकिरण कुँवर ‘अविरल अविश्रान्त’~ फेरि चरचर चर्किरहेछ आकास वर्षा हुने हो कि अनिष्टको या फसफसाउँदो हिउँले स्वात्त पार्ने हो कि कलिला मुनाहरु चटपटाउँदो असिनाले छियाछिया पार्दै सुलुत्त निल्ने हो कि ती अमिलो रस भरिन थालेका काफलहरु या भीरमा चचहुइ गर्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किरिया बसेकी स्वास्नीमान्छे

~सरस्वती प्रतीक्षा~ लोग्नेको मृत्युमा किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा तपाईँका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु गलत सावित हुन सक्छन् ! तपाईँ पत्याउनुस्, नपत्याउनुस् ! भर्खरै भेटेर आएकी हुँ मैले उनलाई उनको नयाँ अवतारसँग ठोक्किनु संसारको आठौ आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समयको घोडा र “महादेव”को अवसान

~पुण्य गौतम ‘विश्वास’~ हाम्रो युगको “महादेव” अघिपछि लगाएर आफ्ना नन्दीभृङ्गीहरूलाई दिनदहाडै पस्छ–बस्तीभित्र निर्बाध र घोषणा गर्छ– समयलाई घोडा बनाएर आफुखुसी बेलगाम दौडादौड हिंड्छु । घोडाको टापको कर्कश आवाज उसको बीभत्स अट्टहासमा घोलिई बस्तीमा आतंकको कालो छाया मडारिन्छ उसको आगमन हाम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रजातन्त्रको प्रमिथस हो ऊ

~कलानिधि दाहाल~ पूर्वी दिशाको प्रणयपताका बोकी, फैली फरफर फर्फर ! हृयूँचुली पग्ली र्झन सिपालु चेतनाताका झरना झर्झर ! पश्चिम उड्ने प्वाँख सजाई नाग्बेलीका घुम्तीहरूमा ! सजल सजेको मानवताको बत्ती बलेको एक कलामा ! कल्पतरुझैँ कलरवधुनमा कल्पनाका चञ्चु उघारी ! फैली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक

~विवश पोखरेल~ व्यस्त चौबाटोमा- मौन निःशब्द र स्थिर ठिङ्ग उभिएको थियो एउटा सालिक । जसको ओठमा – ढकमक्क फुलेको थियो दम्भको गुलाबी फूल अनुहारमा पोतिएको थियो कृत्रिमताको ओजस्वी आभा जड सालिकको प्राण प्रतिष्ठा गर्दै ठड्याउनेहरूले उत्साहका झ्याली पिट्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~उमेश लुइटेल~ शिक्षाको ब्याडमा शब्दका बीज छरेर कुशाग्र कर्णाधार जन्माउन तल्लीन ए ! मेरा समादरणीय सर आदर्शको छाती ध्वारध्वारी च्यात्ने यो कस्तो शिक्षा दिनु भो तपाइँले ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था ओढेर शिरमा

~दीपेन्द्रसिंह थापा~ उकालो ओरालो त यात्रा हो सँगै सुसेल्नु छ फेदी र शिर सँगै गुन्गुनाउनु छ फाँट र भिर । हिउँद बर्खा त भोगाइ हो हर मौसम

Posted in कविता | Tagged | Leave a comment

कविता : भन्दै थियो रे

~महेश बर्तमान रानामगर~ एउटा समुहको सदस्य उ मिलिटरी थियो सुसुप्त समय स्वार्थका अनधकारभित्र भयका प्रतिध्वानि कर्कश भएर गुञ्जियो र भन्यो ह्यान्ड साफ मैले दुबै हात उठाए । उ फेरी बोल्यो नटेरेको होस् मैले सुनिन र उत्तर जानिन उ र मेरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश, दशैं र मन

~प्रतिमा के सी~ युद्ध र आन्दोलनले गलेको वेला भूकम्पको व्यथामा ढलिरहंदा राष्ट्रियता र स्वाभिमानको संजीवनी पिएर कतै सवल कतै दुर्बल वैशाखीहरुको साहारामा उठ्न खोज्दै छ तंग्रिन खोज्दै छ देश दक्षिणबाट बग्ने वेमौसमी हावा हिमालमा ठोकिइ पहाड बगेर तराइ डुवाउंदा

Posted in कविता | Tagged | Leave a comment

कविता : जनताको आवाज

~हिरु सापकोटा~ नेपाल आमा रुवाएर ,पीडामा डुबाएर ,जनतालाई फसाएर! देशको रक्षा गर्छौ भन्नेहरु हो , आफु बहिस्कृत हुन सक्ने अवस्थाको ख्याल गर जनतालाई रोबट बनाएर बैज्ञानिक हुन खोज्नेहरु , जनता तिम्रा गुलाम छैनन् अत्याचार सहन गर्ने ! मानसिकता सँग खेलवाड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो डेड सी भ्रमण

~भगवती बस्नेत~ आल्हादित हुदै यात्रारत यात्रीहरु पानीले निथुर्क्क भिजेका बाटाहरु सडकपेटी चिहाइ रहेका जैतुनका बोटहरु घुम्ती, मोड सुरुंग हिउँका डिस्काहरु जेरुसेलेमको बेथलहेम शहर छिचोल्दै कतै रेगिस्तानको मरुभुमि हिडिरहेका उँट र खच्चडहरु स्वच्छन्द उडिरहेक चराहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रणवोपासना

~नरेन्द्र पराशर~ नादप्रणवको यात्रा दिव्ययात्रा पुरातन ज्योति-अन्तर्यको यात्रा दिव्यज्योति सनातन । आत्म-चैतन्यको आभा ”योग: कर्मसु कौशलम्” नित्य-जीवनको प्यासी ”ददामि ते सुधा जलम्” ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म हुँ माइक्रो खलासी

~ईन्दिरा प्रयास~ आँखीझ्यालबाट छिरेको अलिकति उज्यालो काखी च्यापेर बडेमान महलका ती चेप चाप र सडक पेटीहरुमा बितेका सयौ रातहरु …… म बेवारिसे, जन्मदै फ्यालिएको, बेकामे झार झैँ समाज र परिवारबाट तिरस्कृत म , नाम, थर र पहिचान बिनाको, आमा-बाबा र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बेमौसमी फूल, समय र अकविता

~राम प्रसाद प्रसाईं~ भनिरहेछ, हुजुमकाना “सन्थाल” हुनुले सन्थालजस्तै सपना फलोस्। माओको रेडबुक पढ्दा-पढ्दै ग्यास्ट्राइटिसको ‘मुदिर’ भएको कमरेड विप्लव अलि – अलि अभिवादनमा उठेका हातहरुसंग टाउको निहुंराउदै छ र

Posted in कविता | Tagged | Leave a comment

कविता : सुक्ष्म संबेदना

~आचार्य प्रभा~ मेरो सुक्ष्म संबेदनाको कोखबाट जन्मिएका सन्तानहरू, जब म नियाँलेर पढ्छु लाग्छ, कँही कतै स्तरिय शब्दरुपी पोषणको अभावले लाटा,लठेब्रा पो भएका हुन् की? ????????????? घोरिएर सोंच्न सिवाय म के नै गर्न सक्छु र ? हो,

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ नारी

~सावित्रा रिमाल~ जञ्जिरले वाँधिएर वसेका ति अवोध गलाहरु अव हामीले खोल्नै पर्छ आउ हे नारीहरु हो एक जुट भई बोल्नै पर्छ स्वत्रन्त्रताका निमित्त बलेका दियोहरुमा अझै तेल थप्नु पर्छ उठ उठ हे नारी हो हातमाथि हात राख्नु पर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पुतलीको समर्पण

~अनु शाह~ खै कुन्नि के अर्थ बुझी पुतली ले, बत्तिको मौन भाखाको। समर्पण उनको प्रेम थियो या भ्रम थियो उनको आँखाको। शायद पुतलीको मनसाय साँच्चिनै बत्तिले नबुझेको होकी? अनायास उनको निर्णयमा उसलाई केही नसुझेको होकी?

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु एक कविता हो

~समाश्री राउत~ आदि देखि अनादित्व बोकेर अनन्त बिद्यमान अटल अक्षुण सास्वत बज्र सत्य मृत्यु स्वर सप्तकमा तरंगीत हुँदै प्रत्येक श्वाशप्रश्वाशमा अजपा मन्त्र झैं अलापीत भईरहन्छ शव्दमा भय बिभत्स कठोर मृत्यु

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल र मालिक

~धनबहादुर मगर~ चौकीमा बसेर तल हेरी पुड्के भन्नेहरुले माटोमा उत्रेर हाम्रो उचाई नाप्नु पर्छ तिम्रो जुताले न थिचेको भए तिम्रो बिल्डिंगसंग उचाइको होड गर्थे । गमलाको फूल होइन म आहा ! त्याहा अटाउदिन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वीरता – कायरता

~डा लाल-श्याँकारेलु रापचा~ एमसी टर्नर साहिब ! गाेर्खाली वीरताको लहरे गाथामा विगतको थर्ड क्वीन आलेक्जेन्ड्राज् ओन गोरखा राइफल्ज्बाट तपाईं यो पलमा स्वर्गपुरीको जुनसुकै कुनामा रहे पनि म ब्रेभेस्ट अव् द व्रेभ गोरखाू आज तपाईंसँग मनोसम्वाद गर्न ग्यालिपोलीको चिहानबाट कोलाबेलायत र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चौतारो

~सरू पोखरेल~ मूलबाटोको छेउमा बर्षौदेखि छु खै कहिले जन्मे कसले जन्मायो थाहा पाउनेहरु माटो नै बनि सके होलान् छातीमा उम्रेका बर पीपल अजङ्ग भएका छन् चारैतिर दौडन खोज्दै छन् हाँगा हरु तर म थेप्चिएको छु तिनकै तल मैलाई टेकेर चढी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परिनिष्ठित मनको खोजी

~मनु लोहोरुङ राई~ अन्धमुष्टि टाँडीमाथि दिग-दिग लाग्दो सिक्सिको जीवनको भित्रि-पत्रमा अड़ग मुटु फक्रिन्छ, रातम्य! मन-चरी उम्केर एकातिर भाग्दा विचरा ! खुट्टा चिप्लेर भाँडभैलो घुर्यानमा जाकिन्छ। सौम्य सभ्यताको खातिर हिलो पुछेर विस्तारै उकाल्छु मास्तिर। आलिसान भवनको सिलिंगमुनि लेखिएका पहारा र छहराको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्तर

~पूर्ण विराम~ अहिलेसम्म सजाएको छैन मलाई कुनै पनि फ्रेमले नसजाए पनि म पटक–पटक उभ्याइन्छु फ्रेमको नजिकमा जवान भएपछि मिल्काउँछ बच्चा छँदा आफ्नो घाँटीमा बेरेको जन्तर हिजोको कलिलो केटोले बाघ मरेपछि मर्छ जङगलमा तैयार भएको जन्तर पनि डालोमा बोकेर नयाँ बाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म असफल बैज्ञानिक

~मीरा मन थापा~ एउटा अनुसन्धानमा जुटेको छु आजभोली मलाई यो पत्ता लगाउँनु छ कि, दृश्यहरू फरक हुन्छन् या आँखाहरू ? म सँग एउटा ठुलो प्रयोगशाला छ मेरो प्रयोगशालामा घाम र जून छन् जमिन र जङ्गल अनि खोलानालाहरू छन् होचा अग्ला … Continue reading

Posted in कविता | Tagged | Leave a comment