Category Archives: नियात्रा

नियात्रा / Travelogue

नियात्रा : सिलोङमा डायरी हराउदा…

~डा. खगेन्द्रप्रसाद लुइटेल~ गुवाहाटी विश्वविद्यालयमा नेपाली एम्.ए. कार्यक्रमको उद्घाटनका लागि गुवाहाटी गएका बेला सिलोङ पनि जाने कार्यक्रम काठमाडौंबाटै तय भइसकेको थियो । मलाई सिलोङ लिएर जानका लागि गुवाहाटीको कार्यक्रम समापनकै दिन सिलोङको बुद्ध भानु सरस्वती कलेजका प्राध्यापक मेरा प्रिय विद्यार्थी … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : टिम्बुरबोटेको बाटोमा

~भेषराज रिजाल~ सोलुको सल्लेरीमै बित्न लागेथ्यो बिहान । अघिल्लोदिन लेकाली चिसो छुनखोज्दै मज्जाले डुलिएथ्यो सल्लेरीको सेरोफेरो । होटल मिडप्वाइन्टको आलुको रोटी र भीर महले भोजनको तृप्ति मात्र होइन दिएथ्यो एउटा स्वादिलो सम्झना । भीर मह चाख्ने इच्छासँगै सुनिँदैथिए अनेक रोमाञ्चक … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : खप्तडको क्षितिजमा गरिबीको छाँया

~भेषराज रिजाल~ बझाङे तमेल कटेर सेती पारिपुग्दा तिर्कुलो रोप्दै थिए केही महिलाहरू । नदीमा बेपत्ता आफन्तको खोजीमा बाटैभर अलपत्र थिए केही मान्छेहरू । ढल्कँदो घामको रापले ओइलाएको तिर्कुलोको बोट र नदीको भुमरीमा बेपत्तिएको मान्छेको आकृति तौलिन्छु मनमनै । तिर्कुलो शीतको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : धेरै माछाहरू

~भीष्म उप्रेती~ जाजरकोटको रिम्ना पुगेपछि गाडी लैजान मिलेन । सानी भेरी नदीको झोलुंगे पुल तरेर हिँड्न थाल्यौँ सानो ब्याकप्याक बोकेर । खोतारे पुगेपछि जीप पाइयो । जिपले हामीलाई चिसापानी बजारसम्म लगिदियो । त्यसभन्दा अगाडि जान हिँड्नुपर्ने रहेछ । नदीको किनारै … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मन्थली, मकैको खेती र स्रस्टा जमघट

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ पुगेकै साँझ थाहा भयो, रामेछापको मुहार एक्लो प्रयासले फेरिएको रहेछ । सुनेर होइन, देखेपछि पत्याउन करै लाग्यो । रामेछापका बस्तीबस्ती पुगेर सरकारले त्यहाँको जीवनस्तर सुधारेको होइन रहेछ, झन्डै तीन दसक निरन्तर समर्पित भएर लागेका रामेछाम मन्थलीका जगदीश घिमिरेले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : ज्याद्रो लिगलिगकोट !

~युवराज नयाँघरे~ चारै बजे ब्यँुझायो कोकले कराएर ! हिजोको लम्काइले खुट्टामा कैँडा लागेथे । थिल्थिलाएको जीउ गलेथ्यो झरीले । पानीमा भिजेका लुगा उसिनिएर गन्हाएका थिए । तैपनि यी सबै कुरा थन्किए त्यत्तिकै । आँखाको बिख मरेथ्यो मज्जाले । मैले मनलाई … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मस्र्याङ्दी नदीको पानीजस्तै

~भीष्म उप्रेती~ हामी हिँडिरहेका थियौँ । जीवनको अर्थ पनि हिँड्नुमा नै छ । जीवनमा अर्थ खोजिरहने र अर्थकै वरिपरि घुमिरहन चाहने मान्छेले त झन् नहिँडी सुखै छैन । उसमाथि पनि हामी त जीवनका भागदौडका यावत् कुराहरूलाई थाँती राखेर हिँड्नकै लागि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : सहानुभूतिको लोकमार्गमा

~भेषराज रिजाल~ हो, यसरी नै हरेकक्षेत्र मिसिनुपर्छ मुलुकको विकासको गतिमा । तादी खोलो र त्रिशुली नदी मिसिएको देवीघाटमा उभिएर सोचेथेँ मैले । देवीघाटको जलमा अनुहार पखालेर स्मरण गरेथेँ नेपाल एकीकरणको इतिहास । आधुनिक नेपाल राज्य विस्तारको थालनी भएको नुवाकोट काठमाडौँको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : हेटौडा यात्राका निहुँमा वीरगञ्ज यात्राको प्रतीक्षा

~विभु लुइटेल~ केही दिनअघि नै हेटौंडामा साहित्यिक कार्यक्रम हुने र बाबाहजुरले त्यसमा प्रमुख आतिथ्य जनाउनुपर्ने जानकारी पाइएको थियो । सुरुमा त हामी दुई दिदीबहिनीलाई मामाघरमा छोडेर जाने कुरा भए पनि बहिनीको स्कुलबाट शैक्षिक भ्रमणका लागि लैजाने र म घरमा एक्लै … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : गोर्खाली स्वाभिमान

~भेषराज रिजाल~ —तीनवटा धरोहर उचालेको थुम्कोमा छौँ हामी’,  अशोक कोइराला मतिर फर्किए । —गोरखादरबार, गोरखकाली मन्दिर र गोरखनाथको मन्दिर तथा गुफा’, मैले उत्सुक नजरले हेर्न नपाउँदै उनले थपे । पृथ्वीनारायण शाहको जन्म गोरखादरबारमा भएको रहेछ । गोरखादरबार निजकै रहेछ गुरू … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बेल्जियम र ‘म्यानाकमपी ’

~धर्मेन्द्र झा~ भौगालिक क्षेत्रफलका दृष्टिले बेल्जियम युरोपकै सानोमध्येको देश हो । अस्तित्व र स्थापनाका दृष्टिले पनि यो देश युरोपको कान्छोमध्येको हो । दोस्रो विश्वयुद्धपछि यसले आफ्नो विकासयात्रा आरम्भ गरेको हो । आज सन् २०१० को जुनको सातौ दिन । युरोप … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : महामन्डल साहित्ययात्रा

~डा. खगेन्द्रप्रसाद लुइटेल~ कहिले एक्लैदुक्लै त कहिले समूहमा यात्रा प्रशस्तै गरिएको छ। यस पटकको यात्रा किटानीसाथको साहित्ययात्रा थियो, महाम8डल साहित्ययात्रा। नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो स्वीकारी यो यात्रा तय भएको थियो। गाउमुखी साहित्यबारे एउटा कार्यपत्रसमेत तयार पारिदिन गरिएको प्रतिष्ठानको आग्रहलाई मैले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : नेपालको स्वीजरल्यान्ड

~मदन राई ‘लामाखुले’~ ताजापर्नको लागि कतै घुम्न जाने मन थियो । काठमाण्डौको उकुस मकुस वातावरण्भन्दा फरक हावा पानी भएको ठाउतिर । केही नया अनभूति प्राप्तहोस भनिकन, केही मन मिल्ने साथीहरू मिलेर जाउँ । अन्त त चारजना मन मिल्नेहरू जम्मा भयौ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : टाटा सुमो हाईवे

~प्रदीप नेपाल~ बिहान ११ बजे कार्यक्रम उद्घाटन गर्ने निम्तो पाएको थिएँ मैले। पुग्नुपर्ने थियो हेटौँडा बजार। सिमराको पहिलो उडान गुण एयरवेजको रहेछ बिहान १० बजेको। काठमाडौं-सिमरा यात्राको समय १२-१५ मिनेटको मात्र हुने भएकाले जहाजबाटै जाने निश्चय पनि गरियो। बेलैमा उड्न … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : अतिथि देवो भवः

~भीष्म उप्रेती~ हामी दिपायलमा थियौ“ । हाम्रो लक्ष्य कपलदेही गाउ“ विकास समितिमा पुगेर सा“झ पुनः दिपायल नै र्फकने थियो । त्यसैले बिहानको कलिलो घामस“गै हि“ड्न थाल्यौ“ । २०५८ जेठ १५ गते सोमबारको कुरा हो यो । बाटो उकालो थियो । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कसरी कवि भयौ त ?

~भीष्म उप्रेती~ सेमिनार सुरु हुनै लागेको रहेछ। ढोका खोलेर म सुटुक्क भित्र पसेँ र सबैभन्दा पछाडिको लाइनको खाली सिटमा गएर बसेँ। यहाँ गैरमातृभाषामा लेखिएको साहित्यसम्बन्धी आफ्ना अनुभवहरू दुई जना साहित्यकारहरूले सुनाउने कार्यक्रम थियो। ताइवानका अल्पसंख्यकभाषी लेखकको अनुभव ज्यादै रोचक थियो। … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : ब्रुनाईका सात दिन

~अविनाश श्रेष्ठ~ हामी मलेसियाको राजधानी क्वालालम्पुरबाट सिङ्गापुर हुँदै ब्रुनाई जाने भएका थियौँ । स्थानीय समय अनुसार राती ११ बजे क्वालालम्पुरको सेन्ट्रल रेल्वे स्टेसनबाट ट्रेन छुट्ने रहेछ । म र मुरारी सुटकेस अनि ब्यागमा छिटोछिटो सामान राख्दै थियौँ । चन्द्र ढकाल हामी दुवैलाई सघाउँदै … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मुक्तिनाथ यात्राका चीरस्मृत सम्झनाहरू

~भेषराज रिजाल~ वि.सं. २०५५ साल भदौ महिनाको अन्तिमसाता आमा, बुवा र म मुक्तिनाथ यात्रामा निस्कियौँ । हामी पुर्ख्यौली थलो पर्वतबाट कुश्मा, बेनी, गलेश्वर, घाँसा, लेते, टुकुचे, जोमसोम, कागबेनी हुँदै मुक्तिनाथ पुगेर आठौंदिनका दिन घर फर्किएका थियौँ । चारदशक लामो जीवन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : डायस्पोरामा नेपाली साहित्य

~विश्वविमोहन श्रेष्ठ~ यसपटक संयुक्त राज्य अमेरिकाको भर्जिनियामा यही जुलाई १, २ र ३ मा भएको एएनए को २९औँ वाषिर्क सम्मेलनको अवसरमा आयोजित तीनदिने साहित्यिक महोत्सवमा नेपालबाट सहभागी हुन पाउँदा धेरै नयाँ कुराहरू जान्ने, हेर्ने र बुझ्ने अवसर पाइयो । विशेषगरी … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : क्षणिक दृश्य र धुमिल धर्साहरू

~भेषराज रिजाल~ ‘आफ्नै देशको कर्णाली नदेख्नेले परदेश कल्पेर किन लोभिने, देश निकाला भएको भए पो वाध्यता हुन्थ्यो परदेशको आश्रय’ परदेश मोह हुने साथीलाई भनेथेँ कुनै दिन मैले । २०६८ सालमा जुम्ला सदरमुकाम र आसपासका एकाध गाउँमा पाइला टेकेबाहेक मैले पनि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : कस्तो लाग्यो कसरा ?

~निर्मोही व्यास~ दिउँसो ठीक १२ बजेको साइतमा रामपुर कृषि क्याम्पसको परिसरबाट भटटटट कसरातिर कुद्यो शारदाजीको ‘बजाज एम ८०’ नाउँको वायुपङ्खी घोडा अलकत्रे चिल्लो सडकमा वैशाखे घामको झाँको झार्दै र मेरो मन–मुटुभरि वासन्ती मादकता भर्दै । ‘साइत’ किन भनेको भने यो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : दशैंमा दिल्ली– २०१२

~सुशील मुडभरी~ सन् २०१२ सालको अन्तर्राष्ट्रिय आर्य महासम्मेलन अक्टुबर २५–२८ चार दिन दिल्लीमा भव्यताका साथ हुने समारोहमा भाग लिन बाराका आर्य समाजका अध्यक्ष विन्देश्वरी आर्यले आर्य समाजका प्रचारक र हामी शुभेच्छुकहरूसँग धेरै दिनदेखि अनुरोध गर्दै आउनुभएको थियो । पहिले–पहिले कलकत्तामा … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मन दुख्यो लोमन्थाङ्गमा

~प्रदीप नेपाल~ धेरैका टिप्पणी, परिचयात्मक लेख र चियोचर्चाहरूले लोमन्थाङ्गलाई मेरो स्वप्नसंसार बनाइदिएका थिए । हिँडेर जाने जाँगर टरेको हुनाले ससानो टिम बनाएर जाउँ कि भन्ने त लागेन, तर अवसर पाइयो भने एकपल्ट त्यो लोमन्थाङ्ग कस्तो रहेछ भनेर थाहा पाउन चाहिँ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : नैनीतालको हिउँ

~भेषराज रिजाल~ केटौले मस्तिष्कमा अमिट बनेका रहेछन्, छिमेकीले सुनाएका नैनीताल, मसुरी, देहरादून र दिल्ली पुगेका सुन्दर संस्मरणहरू । महेन्द्रनगर पुगेको मौकामा नैनीताल नियाल्ने अभिलाषा बोकेर एउटा भारतीय ट्याक्सी लिएर हानिएथ्यौँ युवराज गुरागाईं, हेम अर्याल र म । ट्याक्सी चालक थियो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : भूकम्प ओछ्याएको भूगोल

~भेषराज रिजाल~ ‘यस्तरी पनि भत्किँदो रहेछ घर’, भूकम्प भोगेदेखि आजपर्यन्त कत्तिचोटी उर्ले होला मनको वह । कसलाई सुनाउनु खोइ मनको वह ? त्यो वह शूल नबनोस् भनेर पोखेँ हूँला मैले– आफूले टेकेका पाइलाहरूसँग, अन्तरकुन्तरका भग्न उद्वेगहरूसँग । बहत्तर सालको असारको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : रारा तालको सौन्दर्य र मुगुको कठिन भूगोल

~विमल पोखरेल~ सिंजा उपत्यकामा स्याउका बगैंचाहरू अनगिन्ती भए पनि सबै बगैंचामा स्याउ फलिसकेका छैनन् । सिंजा हुँदै मुगु जोड्ने बाटो डोजर लगाएर खन्ने काम जारी छ । मुगुतिरबाट पनि खनिएको छ । यही वर्ष मुगु मोटरबाटो पु¥याउने लक्ष्य लिइएको छ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : हातमा गुराँस मनमा माया

~भेषराज रिजाल~ गोठीकाँडाका रमणीय डाँडाकाँडा हेर्दै सिद्धपाइला पुगेपछि एकछिन रोकिएर हेरेथ्यौँ सुर्खेती सेरोफेरो । समथर सुर्खेत उपत्यका नियाल्दै टिपेथेँ मैले दुईचार थुङ्गा गुराँस । गुराँसको रङ जीवनको रङ जस्तै लाग्छ मलाई । सलक्क परेका हरिया पातसितको गुराँसको थुङ्गो समातेपछि कलम … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : गुफापोखरीमा मेन्छ्यामको छायाँ

~एकु घिमिरे~ ‘हटयो सारा हिलो मैलो ‘ भन्ने कविशिरोमणीको कवितालाई पछि पार्दै २०७३ को दसैंको टीकाको दिनदेखि परेको पानी खुरुखुरु तीन दिन परिरह्यो । पानी रहनसाथ जागिर जोगाउन म एक्लै इलामबाट कर्मस्थल चैनपुर्-संखुवासभातिर लागेँ । धरान बास बसेर बिहानको गाडीमा … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : दार्जीलिङको दौरा-सुरुवाल

~प्रदीप नेपाल~ तपाईं दार्जीलिङ जानु भा’छ – भनेर कसैले सोध्दा म न गा’छु भनेर जवाफ फर्काउन सक्थे”, न त गा’छैन भनेर नै जवाफ दिन सक्थे” । दार्जीलिङ गा’छैन भनु” भने दर्ुइ-तीनपटक त्यो बाटो म हि”डेको छु । गा’छु भनौ” भने … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : सिन्धुलीगढीको किल्लामाथि

~विमल पोखरेल~ सिन्धुली बजारमा रहेको बसपार्क त्यति गतिलो छैन । ग्वाड्डखोलाको छेउमा धुले र हिले बसपार्क बनाइएको छ । दर्जन जति बस पार्किङ गर्न मिल्ने भए पनि त्यसलाई व्यवस्थित नगर्दा यात्रुहरूले सहज सेवा पाउन सकेका छैनन् । नरपालिकाभित्रैको सार्वजनिक संरचना … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : हात्तीवाङ्-खालीहात नजानोस् !

~भुवनहरि सिग्देल~ मलाई हात्तीवाङ् जाने काम आइलाग्छ जुन बखत म धादिङको जोगीमारामा काम गर्थें । म उभिएको विन्दुबाट हात्तीवाङ् पुग्न मात्रै पाँच-छ घण्टा लाग्छ, म सहरबजारमा बस्ने मानिस भएको कुँज्याइले । काठमाडौँको भीमसेन थानको उकालो चढ्दा स्वाँस्वाँ गर्ने मेरो सङ्कीर्ण … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : भानुतीर्थको यात्रामा

~निर्मोही व्यास~ २०४८ साल असारको २८ गते। बिहान ६ बजेको समय। सात दिन जति पहिलेको आपसी सल्लाह र निधोअनुसार केशव दाइ (डा. केशव उपाध्याय) र म असार २९ गते भानुजयन्तीको साइत पारेर रम्घादर्शन गर्न जाने आफ्नो वर्षौदेखिको सुकुमार धोको मेट्न … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment