Category Archives: पुस्तक समीक्षा

पुस्तक समीक्षा : ‘आमाको स्मृतिमा’ बनेको ‘सत्यप्रेमी’को आँसुको दह छिचोल्दा….

~नन्दलाल आचार्य~ सुदूर पश्चिमाञ्चलको साहित्यको रथका एक सारथी रहँदै गीत, गजल र कविता रचनामा सक्रिय जुझारु स्रष्टा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का ‘हाम्रो कर्तव्य र गन्तव्य’ -खण्डकाव्य, २०६३), ‘चाँदनीको व्यथा’ -गजलसङ्ग्रह, २०६८) र ‘आमाको स्मृतिमा’ -शोककाव्य, २०६९) गरी तीन कृतिहरू प्रकाशित भएका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ज्याक्सन हाइट र महेशविक्रम

~नीरज लवोजु~ ‘छापामारको छोरो’ कथासङ्ग्रहले मदन पुरस्कार पाएपछि कथाकार महेशविक्रम शाहको साहित्यिक उचाइ अग्लियो। त्यो कृति प्रकाशित हुनुपूर्व उनका ‘अफ्रिकन अमिगो’, ‘सिपाहींकी श्रीमती’ प्रकाशित थिए। तर ‘छापामारको छोरो’ ले उनको ख्यातिमा व्यापकता थपियो। मदन पुरस्कारबाट पुरस्कृत भएपछि शाह नेपाली कथाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कथा सङ्ग्रह चकलेट देशको प्रतिबिम्ब

~सञ्जु शिल्पकार~ बजारमा धेरै थरी पुस्तकहरू आइरहन्छन् तर समयको दिशाबोध गर्ने थोरैमात्र पुस्तक भेट्टिन्छन्। जसले देश, काल र परिस्थितिको प्रतिनिधित्व गर्छ त्यसले समाजलाई पथप्रदर्शन पनि गर्छ। त्यसैमध्ये समावेश गर्न सकिने पुस्तक हो, नयनराज पाण्डेद्वारा लिखित कथासङ्ग्रह चकलेट। देशलाई चकलेट बनाएर बाँडिरहेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : जनसाहित्यमा थपिएको एक बलियो इँटः ‘रक्तमुच्छेल अंकुरण’

~नन्दलाल आचार्य~ साहित्य र कलाले गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर गरी नयाँ परिवर्तनमा निकै दूरगामी भूमिका खेल्ने गरेको र त्यसमा पनि अहिलेसम्म सामन्ती सत्ताले दवाइराखेका क्रान्तिकारी, समाजवादी, यथार्थवादी साहित्य र कला जनतामा निकै फस्टाइरहेको छ । – रामकुमारी यादव प्रगतिवादी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : पैयुँका फूलहरु नियाल्दा

~अतित मुखिया~ एउटै मूल क्युँइतिच मुइलि -सगोत्रि) भएरै पनि साहित्य सहयात्रीका रुपमा फेसबुकको भित्तो मार्फत परिचित युवा कवि भाई केदार सङ्केत उनको नियात्रापुस्तक एथेन्सको झरीको बिमोचन कार्यक्रमबाट मात्र प्रत्यक्ष परिचित बन्नपुगेका थिए । गहकिला साहित्य सृजना गर्नसक्ने सङ्केत ले फेसबुक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘लू’ उपन्यास: अभाव र सङ्घर्षको कथा

~सञ्जु शिल्पकार~ ‘लू’ नयनराज पाण्डेद्वारा लिखित उपन्यास साहित्य साहित्यकै निम्ति लेख्नेहरूको भीडमा ‘लू’ एउटा पृथक परिचय बोकेको उपन्यासभन्दा फरक नपर्ला। पात्रहरूको सजीव चित्रण र पाठकसँगको भावनाको साइनो जोड्ने कार्यमा लेखक सफल भएका छन्। अभावले चेतना र बुझाइमा तुवाँलोको पर्दा लगाइदिन्छ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : साहित्यमा मधेशको संवेदना

~धीरेन्द्र प्रेमर्षि~ “नेपाली साहित्यमा हाम्रो अनुहार छैन” भन्ने मधेशीहरू लू र सङोर पढेर आफ्नो संवेदना चित्रण गर्न आफैं अग्रसर हुन सक्छन्। तराई–मधेशको सम्पदा र संवेगबाट देशले पर्याप्त लाभ लिइरहे पनि कृतज्ञता प्रकट गर्न कञ्जुस्याईं गरेको अनुभव हुन्छ, राजनीतिमा मात्र हैन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘चुली’ भित्रको चुल्याइ

~रुपकेशरी उलक~ असारे झरीसँगै चियाको चुस्कीहरूको साथमा उपन्यासकार सरुभक्तको लघु उपन्यास ‘चुली’ पल्टाउँदै गर्दा मैले धेरैपल्ट हिमचुलीहरूको कल्पना गरें, सँगसँगै सरुभक्तभित्रको लेखन चुलीको आनन्द लिएँ। हिमाल चढाइमै मात्र सीमित राखेर ‘चुली’ लाई हेर्ने हो भने एकथअजययिनष्अब भााभअत का रुपमा यसले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : राजवको ‘सोटिट’

~नयनराज पाण्डे~ एउटा लेखकले अर्को लेखकको रचनामाथि विशुद्ध पाठकीय धारणा बनाउन साह्रै गाह्रो हुन्छ । जति नै जोगिन खोजे पनि यसमा लेखकको आफ्नै आग्रह र पूर्वाग्रह हावी भैहाल्छन् । यसपटक राजवको नवीनतम उपन्यास ‘सोटिट’ माथि यो समीक्षा लेखेर त्यो जोखिम … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : विचारले बाँचिरहने नाटक

~ईश्वरचन्द्र ज्ञवाली~ खेम थपलियाको नाटकको मूल्यलाई उजिल्याउन सक्ने भूमिका लेखन मैले पूरा गर्न सकिनँ । लेख्ने मानसिकता छैन, परिवेश छैन, साधना पनि छैन । यस स्थितिमा नाटकको भूमिका लेख्नु मेरो निम्ति यातनाजस्तै भयो । म भूमिका लेख्न विवश भएँ । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : नाट्यसाहित्यमा कोशेढुङ्गा: खेम थपलियाकाे प्रगतिवादी एकाङ्की नाटक

~रघु अधिकारी~ खेम थपलिया प्रगतिवादी साहित्यिक–सांस्कृतिक–राजनीतिक आन्दोलनमा सशक्त क्रान्तिकारी वैचारिक धारलाई समातेर निरन्तर क्रान्ति र अथक सङ्घर्षमा होमिएका एक स्रष्टा हुन् । साझा प्रकाशनबाट प्रकाशित उनको महत्वपूर्ण पुस्तकको नाम हो– प्रगतिवादी एकाङ्की नाटक । यसका सीमारेखा र व्यापकतालाई अध्ययन गर्दा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘भुइँफूलको देश’ मा

~नीरज लवोजु~ गोविन्द वर्तमानकृत ‘हरियो साइकल’ मा सङ्ग्रहित यात्रा निबन्ध ‘हिउँले छोपेका फूल’ पढिसकेपछि अरु केही नियात्रा कृति पढ्ने जाँगर पलायो। त्यही बेला पछिल्लो समय चर्चामा रहेको शारदा शर्माको ‘भुइँफूलको देश’ हात पर्‍यो। केही समयअघि मात्र पढेको शर्माकै उपन्यास ‘ताप’ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : तादी किनारको गीतः सरल भाषा, सशक्त प्रस्तुति

~जय सिंह महरा~ एउटा भनाइ छ- प्रत्येक मानिसका आ-आफ्ना कथा हुन्छन्, केहीले ती कथा संसारसामु ल्याउछन् शब्दहरूको बैशाखी टेकेर, र अमर बनाउछन् आफ्ना कथालाई जुगौँ जुगसम्म। तर केहीले आफ्ना कथा प्रस्तुत गर्न सक्दैनन् भाषाको घोडा चढेर र बिलाउछन्, खरानी बनाउछन्, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘अभागी’ पुस्ताको बयान

~लक्ष्मण श्रेष्ठ~ किशोरवस्थाको उकालो चढ्दै गरेको उमेरमा हिमाल खबरपत्रिकाको एक अंक मेरो हात पर्‍यो । नेपाल टेलिभिजन बाहेक अरु सञ्चारमाध्यमको पहुँच नभएको गाउँमा त्यो पत्रिकाको आफ्नै महत्व थियो । त्यो अङ्कमा प्रकाशित कालिकोटमा विमानस्थल खन्न गएका जोगिमाराका मजदुर मारिएको कथाले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘ह्वाइट केन’ उपन्यास पढ्दा

~सुलोचना मानन्धर~ ‘ह्वाइट केन’ दृष्टिविहीनका लागि स्वतन्त्रताको प्रतीक हो। स्वतन्त्र गमनशीलताको प्रतिविम्ब। यात्राको सहारा। अझ भनुँ जीवनकै सहारा। यही केन लिएर अन्नगिन्ती गल्ली, सडक, किनारा, खुट्किला, सिंढी सबैतिर उक्लिन्छु म।’ उद्धृत भनाइ साङ्ग्रिला पुस्तक प्रा.लि.द्वारा प्रकाशित मनीषा गौचनद्वारा लिखित दोस्रो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : खीरको स्वादभित्र मञ्जु

~सविता विमली~ कविता संग्रह दुई थोपा आँशुको प्रकाशनपछि लेखिका मञ्जु विमलीको दोस्रो कृति खीर भर्खरै बजारमा आएको छ । संस्मरणात्मक निबन्ध संग्रह खीरमा लेखिकाले आफ्नो बाल्यकालको वर्णन ६ थान निबन्धमार्फत गरेकी छिन् । एउटी स्कुले विद्यार्थीले पसलमा प्याड किन्दै गरेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अपरितुष्टि, बेलायती–नेपाली डायस्पोरा र मानन्धर

~डा. रुपक श्रेष्ठ~ वि.सं.२०५८ मा प्रकाशित ‘अपरितुष्टि’ बेलायती–नेपाली डायस्पोरामा लेखिएको सम्भवत पहिलो उपन्यास हो । ईश्वर मानन्धरकृत यस लघुउपन्यास नेपालबाट सन् १९७० को दशकमा कामको शिलशिलामा बेलायत प्रवेश गरेका नेपालीहरुको प्रतिनिधि कथा हो । कथाका मुख्य पात्र बिक्रम लन्डनमा एक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : भ्रष्टाचारको भाङ्: ब्यङग्यको चाङ्

~गणेश घिमिरे ‘मार्मिक’~ मेरो हातमा एउटा जिम्मेवारीसहित एउटा व्यंग्य निबन्ध संग्रह कृति प्राप्त भएको छ । कृतिकार नेपाली साहित्यका एक सशक्त हस्ताक्षर युवराज मैनालीका रचनाहरु चाहे विभिन्न अखवारहरुमा स्तम्भका रुपमा हुन् या साहित्यिक पत्रिकाहरुमा, चाहे कथाकृतिमा होस् या समालोचना विधामा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : टाँगा अझै उलार भइरहेछ, प्रेमललवा ?

~श्यामल~ किताब उलारको २० वर्ष प्रेमललवा, ननकउ र दरौपदीहरूको नरकतुल्य जीवन र तिनमा जीवित मानवीय संवेदनशीलताका बारेमा नयनराज पाण्डेले उपन्यास लेखेका करिब दुई दशक पुग्नै लाग्दा प्रेमललवाहरू कथित मधेस आन्दोलनको चपेटामा परेका छन्। शान्तिराजाहरू त छँदैछन्; यादव, ठाकुर र महतो राजाहरूले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : उदाहरणीय लघुकथासङ्ग्रह

~भाउपन्थी~ डा. रवीन्द्र समीर नेपाली लघुकथालेखनका क्षेत्रका एक परिचित र चर्चित सर्जकको नाम हो । उनका यसअघि चार वटा लघुकथासङ्ग्रह प्रकाशित छन् । डा. समीरको प्रस्तुत लघुकथासङ्ग्रह ‘अर्जुनदृष्टि’ मा पूर्वप्रकाशित तर अप्राप्य भइसकेका र नयाँ गरी १०८ वटा लघुकथा समाविष्ट … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘राधापुराण’

~ध्रुव पन्थी~ ‘राधा’ का सर्जक कृष्ण धरावासीलाई पहिलोपल्ट उनको चर्चित कथा ‘झोला’ मार्फत् चिनेको थिएँ। ‘झोला’ कथासंग्रहका अरु कथाहरुको बारेमा त थाहा भएन, तर रेडियो नेपालबाट नवराज लम्सालको आवाजमा सुनेको उक्त मार्मिक शिर्षकथाले भने साह्रै प्रभावित बनाएको थियो। पछि ‘राधा’ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अफगानिस्तानको कथाः द काइट रनर

~हरी भुसाल ‘स्याटलाइट’~ खलेद होसेनीको परिवारले सेप्टेम्बर १९८० मा अमेरिकामा ‘Political Asylum’ को मान्यता पाएर क्यालिफोर्नियामा बस्न थाल्दा खलेद स्कुले ठिटा थिए। खलेद सन १९६५ मा अफगानिस्तानको काबुलमा जन्मिएका थिए। उनका बाबु अफगानी परराष्ट्रमन्त्रालय अन्तर्गतका कुटनीतिज्ञ थिए भने आमाले काबुलस्थित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : र पो आत्मा रुँदैछ

~प्रमिला पाण्डे~ वेदनाले तड्पेर रुँदा उनकै काखमा आँसु पुछेको छु, मनको बगैचामा गुराँस फुल्दा उसैसँगै साटेको छु लाखौंको भीडमा आफूलाई एक्लै भेट्दा मित्रताको हात उसैले बढाएको हुन्छ । गुलाब टिप्न लाग्दा काँडाहरुले पारेको रक्ताम्मे शरीरमा मलम लाउने पनि उही, संसारले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बुद्दिसागरको ‘फिरफिरे’ उडान

~जनकराज भट्ट~ बुद्दिसागरका पुस्तकहरु भन्दा बढी कथावाचनको र मान्छेको फ्यान हुँ म । उनले फिल्म हेर्दा र डेटिङ जाँदाका सुनाउने किस्सा अहिले पनि ग्याङमा हिट छन् । अति साधारण लाग्ने घटना पनि साह्रै स्वाद लाग्नेगरी पस्किनसक्नु उनको खुबी हो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मनका तरंगहरू — पाल्पाली माटोका कविता

~देवेन्द्र पौडेल~ मोफसलबाट विभिन्न बान्कीका छन्दोबद्ध कविताको सँगालो पस्केर पहिलोपटक काव्य फाँटमा देखा परेका छन् सरोजप्रसाद नेपाल । राष्ट्रप्रतिको असीम माया, जीवनप्रतिको अथाह प्रेम, जीवन भोगाइका तीतामीठा पल, प्रकृतिप्रेम, मानवता र लोककल्याणकारी शान्ति समर्पित आत्मज्ञानलाई मुख्य रूपमा मनका तरंगहरूले प्रतिविम्बित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘तादी किनारको गीत’ भित्रको सामाजिक चिन्तन

~शिशिर पराजुली~ नेपाली साहित्यको आकाशमा थुप्रै ताराहरु छन् । केही तारा चम्किला छन् त केही कम । साहित्यको आकाश यति फराकिलो छ जहाँ हजारौं ताराहरू छन् र ती हजारौं ताराहरूको आ-आफ्नै भूमिका र कर्तव्य छ । यिनै ताराहरू बीच महेश … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘अल द लाइट वी क्याननट सी’मा दोस्रो विश्वयुद्धको त्रासदी

~ऋचा भट्टराई~  सन् १९४४ को अगस्टको रात, फ्रान्सको सहर सेन्ट मालोमाको ६ तले घरमा एउटी १६ वर्षे दृष्टिविहीन किशोरी एक्लै बसिरहेकी हुन्छे । अचानक आकाशै फाटेजस्तो गर्जनका साथ उसको घर जरैदेखि हल्लिन्छ र गोला–बारुदको वर्षात हुन थाल्छ । किशोरी मेरी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : धक्का, विसंगतिमाथि बलियो उठान

~माधव बस्नेत~ विद्रोहका आधार र कारण के–के हुन् ? यसको स्पष्ट बुँदागत जवाफ पाउन असम्भव छ । स्थान, समय र परिस्थिति अनुसार विद्रोहले भिन्न–भिन्न रूप लिन्छन् । तर, जहाँ गरिबी, अशिक्षा, विभेद र दमनको स्तर मार्मिक हुन्छ, त्यहाँ उग्र नाराहरूको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : खबुज — बाख्री कम्पनी, बाख्रीकै जुनी

~देवेन्द्र भट्टराई~ समाल– यो ठाउँ भनेको कतारको राजधानी दोहाबाट एक सय किलोमिटरपूर्वमा पर्ने समाल मरुभूमि हो, जहाँबाट पारि बहराइन झलमल्ल देखिन्छ । तर, जति आँखा तन्काए पनि मरुभूमिको आँगन मात्रै देखिने ठाउँमा कहाँ, कता, कुन दिशा पर्छ, खुट्याउन हम्मे छ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : समय र सपनाहरू: पीडाको पिरामिड

~रमण घिमिरे~ भाद्र ११, २०७२- पहिलो कवितासंग्रह प्रकाशित भएको १२ वर्षपछि विमल वैद्य खोलाझैँ फर्किएका छन्, समय र सपनाहरू लिएर । विमल विम्बहरूको तरेलीमा कविता सुसेल्दै मात्र फर्केका छैनन्, विम्बभित्र लयको आरोह–अवरोहलाई पनि सलल प्रवाहित गर्दै प्रस्तुत भएका छन् । 

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘फ्लानरको डायरी’मा पिनासवाला निबन्ध

~सरोज जीसी~ अभि सुवेदीको सामान्य कुरालाई सैद्धान्तिकीकरण गर्ने सीप अब्बल छ । माइकल दी सर्तुले हिँडाइलाई यसै गरी सैद्धान्तिक रूप दिएका थिए । खास गरी ‘वकिङ् इन द सिटी’ निबन्धमा । काठमाडौँलाई धेरैपटक हिँडेरै सर्जरी गरेका सुवेदीको फ्लानरको डायरीले एउटा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘सुवर्ण शमशेर र अप्रकासित दस्तावेज’मा इतिहासको अभिलेखन

~सीताराम बराल~ दलमाथि जुन नेताको पकड हुन्छ, दलीय राजनीतिमा त्यसैको धेरै चर्चा हुँदो रहेछ । त्यसैले होला, इतिहासमा नेपाली कांग्रेसका चार रथी भनेर बीपी कोइराला, जनरल सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहको चर्चा गरिए पनि महत्व र चर्चाचाहिँ बीपी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment