Category Archives: पुस्तक समीक्षा

पुस्तक समीक्षा : भीम पौडेल घाँसेको ‘झड्केलो छोरो’

~नन्दलाल आचार्य~ कोशी प्रदेशको उदयपुर जिल्लामा साहित्यिक संघसंस्था थुप्रै छन् । साहित्यकार अनगिन्ती छन् । यद्यपि उपन्यास लेख्नेहरु भने ज्यादै कम छन् । राममणि पोखरेल, पुण्य कार्की, कपिल ठकुरी, विश्वराज ढुंगाना, नन्दलाल आचार्य, सूर्यनारायण चौधरीहरुले यस अघि नै उपन्यास विधामा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “नटुङ्गिएका कथा” का दृश्यहरु र थप कथाहरु

~डिल्लीराज आचार्य~ जलेका झुप्राहरु देखें ढलेका लासहरु देखें रुँदारुदै मैले रुकुमको कविता लेखें (कवि नदीराम के.सी. कलम अङ्क ३०) शैली मन प¥यो । त्यसैले मैले पनि द्धन्द्धकालमा यही शैलीलाई पछ्याउदै “जे देखें त्यही लेखें” शिर्षकमा कविता लेखेर दाङ्गमा सञ्चालित हुने … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : वासुदेवको ‘वसन्तवृक्ष’: हाइकु साहित्यको कल्पवृक्ष

~वासुदेव गुरागाइँ~ हाइकु ५–७–५ को वर्णसंरचनात्मक ढाँचामा तीन हरफमा १७ अक्षर समावेश गरी लेखिने जापानी साहित्य विधा हो । यो विधा शुरुमा होक्कुको रूपमा परिचित भए पनि पछि होक्कुबाट हाइकु बन्न पुगेको हो । छैठौं शताब्दीबाट लिखित इतिहास भेटिएको जापानी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : नूनको ढाकर बोक्दै गर्दा

~सदानन्द अभागी~ कविता चापागाई पेशागतरूपमा शिक्षिका भए पनि उहाँ एक बहुप्रतिभाकी घनी साहित्यकार, समाजसेवी ,हुनुहुन्छ । उहाँ करीव दुई दर्जन संस्थामा आजीवन सदस्यको साथै संस्थाप सदस्य हुनुहुन्छ । २०७०मा वेदना कविता (आत्म बृतान्त सहित) लिएर कृतिकारको रूपमा देखिनु भएकी कविताज्यूले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : तातेसिना पढेपछि

~कृष्णादेवी शर्मा श्रेष्ठ~ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरबाट प्रकाशित तातेसिना (हाइकु संकलन, २०७४) मेरो हातमा छ । प्रकाश पौडेल ‘माइला’ बाट सम्पादन गरिएको यो हाइकु संग्रहमा ९९ पृष्ठ छन् । पहाडको काखमा अत्यन्त आकर्षक आकारको वृक्ष राखिएको पुस्तकको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘दाइबुचु’ भित्र भेटिएको जापान

~भारती गौतम~ ‘विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठमात्र पढेको हुन्छ ।’ सेन्ट अगस्टिन विश्व पुस्तकको प्रस्तावनामा नै कोहीकोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छ । हजुरआमा भेट्न मावलदेखि दिदी वा सानीमा भेट्न … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : दुलारी उपन्यासको संक्षिप्त चिनारी

~डा. रामदयाल राकेश~ मिथिलाञ्चलका महिला लेखिकामा मुना चौधरी एउटा मुर्धन्य उपन्यासकार हुन्। उनको यो दोस्रो उपन्यास हो। उनको प्रथम उपन्यास ‘जयवर्द्धन सलेहस’ले सफल र चर्चित उपन्यासका रूपमा आफ्नो औपन्यासिक स्थान सुरक्षित गरिसकेको छ। जय सलहेसको औपन्यासिक चर्चा परिचर्चा नेपाली साहित्यमा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अपाला महाकाव्यमा दृष्टि

~सदानन्द अभागी~ परिचय– लक्ष्मीकान्त शर्मा पौडेलको साहित्यमा सुप्रसिद्धनाम हो लकास पौडेल । उहाँ बाग्लुङ न.पा. १४नारायणस्थान बलेवामा २००४÷१०÷६मा माता पञ्चकला शर्मा(आचार्य) र पिता पं नीलकण्ठ शर्मा उपाध्यायका पुत्ररत्नको रुपमा जन्म लिनु भयो ।हाल उहाँ भरतपुर नगर पालिका १० दीपेन्द्रचोकमा बसोबास … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कथाकार पूर्ण ओलीको कथासङ्ग्रह “जितौरी”को अध्ययन

~कमलमणि देवकोटा~ कथाकार पूर्ण ओलीद्वारा रचित कथाहरूको सन्दर्भमा समीक्षात्मक चर्चा गर्नुपूर्व उनको वारेमा थोरै केही कुरा पस्किन सान्दर्भिक लाग्यो । सुरुमा इष्टमित्रको नाताले तथा एक राष्ट्रसेवकको हैसियतले मात्रै उनलाई मैले अलि अलि चिन्ने मौका पाएको थिएँ । जब म सरुवा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बिसौनी वल्तिर भेटिँदा

~कृष्णादेवी शर्मा श्रेष्ठ~ बिसौनी वल्तिरैबाट भेटेँ भेष रिजाल यी उम्दा साहित्यका स्रष्टा देखेँ भेष रिजाल यी पूर्व पश्चिमको यात्रा, यात्रा दक्षिणको पनि नेपाली वाङ्‌मयी उर्जा लेखेँ भेष रिजाल यी। अनुष्टुप, मुक्तक राधा र कृष्णको जस्तै जोडी एकदिन टुप्लुक्क मेरो आश्रमको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मूल परेको छोरो

~जय कार्की ~ समर्पणः आफ्नो जन्मभूमिको निम्ति शहीद बनेका गोर्खे पुुर्खाहरुप्रति श्रद्धान्जलि स्वरुप समपर्ण । १० वटा शुभकामना मन्तव्य र पुस्तकको कथाबारेमा चर्चागर्दै शुरु भएको यस पुस्तकमा जम्मा १० वटा कथाहरु संग्रहित छन । भीष्म प्रतिज्ञाबाट प्रारम्भगरी अन्तिममा साईनो कथामार्फत बिट … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मरुभूमिकी महारानी

~सुरेन उप्रेती~ मरुभूमिकी महारानी आख्यानकार गगनसिँह थापाको लघु उपन्यास हो।यो पुस्तकमा जम्मा असी पेज मात्र रहेकाछन।आकारको दृस्टीले सानो देखिन्छ।तर यसले राजनितिक बिचार,दर्शन,राष्ट्र,राष्ट्रियता,र प्रकृतिका बिभिद सृजना र श्रृङगारहरुलाई एउटै धागोमा उनेर वजनदार माला गाँसेको छ।हिमालको फेदीमा जन्मिएको एउटा जिज्ञाशु किशोर राजस्थानको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “रुदिना” र शिव प्रधान

~चन्द्र मादेन ‘आन्छन’~ हङकङमा नियमित हुने साझा साहित्यको  ९९ औं श्रृंखलामा साहित्यकार दाजु गुरुङ मार्फत साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास ” रुदिना” हामी उपस्थितहरुलाई निशुल्क वितरण गर्नुभयो । जस्मा दुईतीन जना साथीहरुको हस्तलिखित नामै सम्वोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएकोरहेछ, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर

~सदानन्द अभागी~ साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)” बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लिएर देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)” सिर्जना गरे । देश … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : मेरो गुच्चा पिल्नुपर्छ

~धीरेन्द्र प्रेमर्षि~ तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नुपर्छ अनि पो त भन्न पाइयो, साथी–साथी मिल्नुपर्छ डाँडाभरि लाली–गुराँस फक्रिएर मात्र हुन्न मैदानको पर्तीमाझ चम्पा पनि ‘खिल्नु’ पर्छ

Posted in गजल, पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण

~मदन पौडेल~ लेखकीय दृष्टिकोण वर्तमान समयमा साहित्यको परिभाषालाई आ–आफ्नो ढ·ले दिने गरेको पाइन्छ । संस्कृतको ‘सहित’ बाट बनेको साहित्य शब्दले सहभाव अर्थात् सहितसँग हुने भाव बुझाउँछ । साहित्यमा शब्द र अर्थको मिलन हुन्छ, भाव र विचारको सम्मिलन हुन्छ, कल्पना र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : एउटा पृथक काब्यिक धारः बर्दीभित्रको मन

~मिजास तेम्बे~ आज भन्दा दुइ बर्षपहिले मात्र मलाई उनको छोरा संगको संबाद सुन्ने सुयोग मिलेको थियो । त्यो संबादले मेरो हृदयमा अनौठो झड्का दिएको थियो । केहि क्षण स्तब्ध भएको थिए । त्यहि बेला देखि म उनका कविताहरुको पाठक हुँ, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : नेपाली उपन्यासहरु सेतो धर्ती र पहेँलो घामको चिरफार

~निमानन्द रिजाल~ ‘कुनै पनि देशको इतिहाँस,समाज बुझनको लागि त्यसबेला लेखीएका साहित्यले त्यस समयको त्यो देशको अबस्था बताई रहेको हून्छ ।’ (लियोलोन्थाल प्रकासित साहित्य,संस्कृति र समाज भन्ने किताब सन १९६२) यसर्थ साहित्यले समयको,सामाजिक परिबेश र सामाजिक चेतनाको उजागार गरिरहेको हुन्छ । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , , | Leave a comment

पुस्तक समीक्षा : काँडे भ्याकुरको शुभ विवाह पुस्तकको समीक्षा

~एकु घिमिरे~ १. अध्ययनको पृष्ठभूमि  ‘काँडे भ्याकुरको शुभ विवाह’ नामक कृति साहित्यकार ताराबहादुर बुढाथोकी “पाख्रिबासे कान्छो”द्वारा लिखित पन्ध्र लोककथाहरूको सङ्गालो हो । सङ्खुवासभाको सदरमुकाम खाँदबारीको हिमालय माध्यमिक विद्यालयमा शिक्षण र बरुण बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने साहित्य साधक ताराबहादुरको यो कृति … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सघन तुवाँलो उपन्यासमा रामकृष्ण बान्तवा

~शेखरकुमार श्रेष्ठ~ उपन्यासकार रामकृष्ण बान्तवा (जन्मः२०२३) डायस्पोरियन उपन्यासकार हुन् । उनले नेपाली साहित्यको उपन्यास, नाटक, कविता र गीत विधामा आफ्नो सिर्जजशील क्षमता प्रस्तुत गरेका छन् । उनको नेपाली साहित्यमा खरानी (सन्१९८८), आत्मा(सन् १९९६), राधाराम (सन् १९९७), आमाछोरी (सन्१९९८) र सघन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : किरा नलागेको बन्दाकोभी पल्पसा क्याफे

~आहुति~ १. डा. ऋषिराज बराल झोँकमा भन्थे, नेपालमा राम्रा पाठक नै छैनन् । त्यतिबेला असहमति राख्न सकिएन, अहिले पाइएन किनभने उनी भूखण्डमा कतै गुप्त छन् । धेरैजना राम्रा पाठक मध्येका एक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्ने इच्छाले मनपरी राइँदाइँ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : असमवासी नेपालीहरूबारे असमीया भाषामा लेखिएको एउटा गहकिलो पुस्तक

~अविनाश श्रेष्ठ~ एक दिन बिहान दाइ रोचक घिमिरेले फोनमा भन्नु भयो “अविनाशजी, असमबाट तपाईंको नाममा पठाइएको एउटा पुस्तक मकहाँ छ । पठाइदिंदै छु । पढेर यस पुस्तकबारे केही लेखिदिनुहोला ‘रचना’का निम्ति ।” कसको पुस्तक ? कुन विधाको पुस्तक ? रोचक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ११११ गजल भित्र डुब्दा

~चेतप्रसाद उपाध्याय ढकाल~ सरदऋतुमा पुर्ण चन्द्रमाका साथ ताराहरु धर्तिलाई लजालु बनाउदै खेल्ने,झर्ने,चम्कने,गर्दै धर्तिलाई विभिध रंग रोगनले सिगारे झै कलापुर्ण ठुला अक्षरले ११११ गजलहरु भनि गातामा सिङ्गारीएको र यदाकदा विरलै नाम पर्ने अभिजीतनक्षेत्रको चौथो पाउँमा , सत्ताइसौं नक्षेत्र भित्र पर्ने धुर्बतारा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : सूक्तिसिन्धुका सय वर्ष

~पद्मा अर्याल~ आऊ प्रिय! नगर बेर भनी मलाई राखेर काखबीच हात दुवै समाई ती लाल ओठ मुखनेर पुर्‍याउनुभो लौ भन्न सक्तिनँ म ता पछि कुन्नि के भो? पछि जरुर केही भो! यो त्यही कविताको अंश हो, जुन कविताका कारणबाट आजभन्दा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ज्ञानेन्द्रका गीति कविता

~होमनाथ सुवेदी~ अहिले अमेरिकामा नेपाली भाषा कक्षा संचालन र कविता कथा लेख्ने तथा पुस्तक प्रकाशनको एउटा दुधर्ष संघर्ष चलिरहेको छ । सात समुद्रपार नेपाली जातीय गौरवको लागि मजबूत जग बसाल्न रातदिन निश्वार्थ भावले यो दुधर्ष संघर्षमा जुटिरहेका व्यक्तिहरुमध्ये एक अग्रिणी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अल्टिमेट आकाश : उडी छुनु चन्द्र एक

~गोबिन्दसिंह रावत~ साहित्य के हो र केका लागि लेखिन्छ ? यसको उत्तर आफैमा निर्भर पर्नेकुरा हो। म भन्छु मनका परिकल्पनाहरूलाई वस्तु तथ्यमा उतारर हर्न माध्यम साहित्य हो । आफ्नो सखानभतिलाई शब्दमा रूपान्तरित गरेर हेर्न शाब्दिक घोषणा पत्रसाहित्य हो। अझ भनौं, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : छुटेका अनुहार संग एक एडिक

~सुरेन्द्र कार्की~ छुट्टिनु अघि भेटीनु जरूरी छ र त छुटाइहरु सम्भव हुन्छन । ओहो ! म कति ठाँउमा छुटिएँ होला कति ठाउँमा भेटिएँ होला । को को संग भिटिँए होला को को संग छुटिएँ होला । भेटिनु जरूरी छ छुटिनु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : विश्लेषणत्मक महाकाव्य ‘तपस्विनी’

~प्रभा कैनी~ अजम्बरध्वज खातिद्वारा लिखित ‘तपस्विनी’ महाकाव्य बजारमा आएको छ । पाल्पामा जन्मेर बुटवलमा बस्दै आएका खातीले विसं २०१२ सालदेखि साहित्यमा हात बढाएका हुन् । विधागत हिसाबले ‘तपस्विनी’ उनको पहिलो महाकाव्य हो । यसअघि उनका नौ खण्डकाव्य, गीतिकाव्य प्रकाशित छन् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : फेरि पनि सीमान्तकृत वर्गीय प्रस्तुतीमा घामकिरीका पाण्डे

~रुपिन्द्र प्रभावी ‘कटु’~ सीमान्तकृत वर्गीय जनजीवनका कथाव्यथाका कुशल प्रवक्ता हुन् नयनराज पाण्डे । पाण्डेको घामकिरी अलि ढिलै पढिसकें । ‘उलार’ र ‘लू’कै पृष्ठभूमि तर फरक विषयवस्तु रहेको घामकिरीले तिनीहरुले जत्तिकै तानिरह्यो सुरुदेखि अन्त्यसम्म । मलाई पुस्तकले तान्नुपर्छ । नत्र पछिसम्म नै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : गीति बगानमा–थुँगाथुँगा जिन्दगानी

~रुपिन्द्र प्रभावी ‘कटु’~ “कम्तिमा पनि गीत समीक्षाको विषय होइन, गीत अनुभूति हो । अनुभूति गर्न जान्नेले गीतलाई आफैं आत्मसात् गर्छ, नजान्नेले जे पाण्डित्याइँ छाँटे पनि गीतको परिभाषा र मान्यता अपूरो र अधुरो नै रहन्छ ।” प्रसिद्ध गीतकार प्रकट पगेनी ‘शिव’ ले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘अन्धसत्ता’ सूत्रकथाको सुन्दर कृति

~कुमार काफ्ले~ प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी नेपाली साहित्यिक धरातलमा सुपरिचित नाम हो।कविता,गजल, हाइकु,ताङ्का,सेदोका, मुक्तक,लघुकथा,निबन्ध र समालोचना लगायतका गद्यपद्य विधाका विविध फाँटमा निरन्तर साधनारत उनले गजल,कविता,ताङ्का र सूत्रकविताका सङ्ग्रहणीय कृतिहरूको सिर्जना र प्रकाशन गरेर साहित्यमा आफ्नो स्थान सुरक्षित गरिसकेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “अनुसन्धान र टिप्पणी” माथि संछिप्त टिप्पणी

~चुडामणी वाशिष्ठ~ समालोचक शम्भुप्रसाद ढकालको समालोचना संग्रह “अनुसन्धान र टिप्पणी” २०६८ सालमा प्रकाशित भएको हो। ढकालको यो पहिलो पुस्तकाकार कृति हो । यस भन्दा अगाडि विभिन्न पत्रपत्रिकामा फुटकर समालोचना र सिर्जना प्रकाशित भएको पाइन्छ ।वि  सं २०१० सालमा माता अम्विका … Continue reading →

Posted in पुस्तक समीक्षा, समीक्षा | Tagged , | Leave a comment