Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

सूत्रकथा : भिटामिन

~देवराज आचार्य~ ”कहाँ जाँदै छस् ए राम भरोष ?” ”आँप बेच्न गैरहेको छु हजूर। आज बजारको दिन हो।” मध्य तराईको एउटा भित्री गाउँ, धुलाम्मे सड़क। असारको चिलचिलाउदो घाम र लुकामारी खेल्दो बादल, त्यसकै छाता ओढी टाउकोमा एक ढाकी आँप बोकी … Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : लेलिनको छोरा, मार्क्सको नाति र गान्धीको विद्यार्थी

~विमल आचार्य~ शंकरदेव क्याम्पसबाट अहिलेको सर्वनाम थिएटरसम्म आइपुग्ने भित्री बाटो छ एउटा । त्यही बाटो आउँदा दाहिने मोडिएपछि सुरु हुन्छ घुमाउरो गल्ली । नामै घुमाउरो भएपछि कति चोटि घुम्ने, कति चोटि अलमलमा पर्ने, कति चोटि निहुरेर हिँड्ने, कतिचोटि दिउँसै टर्च … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निष्ठुरी छोरो

~मुरारी ढुङ्गेल~ पहाडको दिनचर्या अति कष्टकर । घाँसदाउरा र मेलापातमा उकालो-ओरालो नै मेरो जीवन बनेको थियो । बाल्यकालमै बाबु गुमाएँ । आमाको वृद्ध अवस्था छ । सानी बहिनी सुशीलाको भर नभए पनि दुःखमा साथ दिन्थी । सानो भाइ परिवारकै कान्छो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ल्याम्प पोस्ट

~श्रीबाबु कार्की ‘उदास’~ एकै दिन हेरेँ मैले, नवजात शिशु र अस्ताउँदै गरेको घाम। कहीँ उदाउँदै गरेको भविष्य त कहीँ अस्ताउनै लागेको घाम। दुवै विरोधाभास भयो मलाई। दृश्यहरू भिन्न थिए। भिन्न थियो परिवेश। आफन्तको स्वास्थ्यलाभका लागि टिचिङ हस्पिटल पुगेको थिएँ, एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धरोधर्म इराक जान्नँ

~मधुवन पौडेल~ ‘एकजना नेपालीको लास आइपुगेको छ रे एयरपोर्टमा !’ ‘कहाँबाट नि ?’ ‘इराकबाट भन्छन् !’ ‘हाम्‍ले हेर्ने हो र ? चूप लाग्‍नोस् ! थाहै नपाएजस्तो गर्ने नि !’ अफिसभित्र छिरेको मात्र थिएँ, सेक्रेटरी मसँग गलफत्ती गर्दै थियो। प्रखर गर्मी

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किन हामी सानो जात ?

~बालकृष्ण सुनार~ विद्यालयमा इन्टरभल घण्टीको आवाज आउँछ, टिङ..टिङ..टिङ.. । सबै जना विद्यार्थीहरू बाहिर मैदानमा निस्कन्छन् । केही घरबाट ल्याएको खाजा झोलाबाट निकाल्दै खान थालिरहेका छन् । केही रूपैया भएकाहरू नजिकै रहेको क्यान्टिनमा खाजा किनेर खँँदैछन् । चर्को गर्मीको समय छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनलाई केटाहरु चिच्याएको मन पर्छ रे !

~मणि लोहनी~ अन्ततः केशरा रानीले विवाह गरिन् । त्यो पनि आफ्नो नातिभन्दा मुस्किलले चार वर्ष जेठो केटोसँग । केशरा रानीको विवाहले सहरमा एक किसिमको सन्देह नै ल्यायो । सर्वत्र मानिसहरु कुरा गर्न थाले- ‘यो त अति नै भयो ।’ ‘यसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सुटुक्क विभागको गुप्त विज्ञप्ति

~भैरव अर्याल~ राष्ट्र परराष्ट्रमा खाली भएका, हाम्रा दाउपेचले खालि गरिने र निगाहले बढाइनेसमेत निम्नातिनिम्नदेखि लिएर उच्चातिउच्च ओहोदाका पद, प्रमोशन, सरूवा, बढुवा इत्यादिका निम्ति जो जे गर्नुपर्छ एकदम सुटुक्का– सुटुक्की गर्नुपर्ने हाम्रो समान उदारवादी सिद्धान्त छँदाछँदै हाम्रा केही उत्ताउला खालका साथीहरूले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : ट्यापे अड्डा…

~गजेन्द्र बाेहरा~ ‘प्लीज के… ! लास्टै छ, रिचार्ज हाल्देऊ न…।’ दुई(तीन पटक चुरोटको धुलो टट्क्याउँदै गर्दा उसको मोबाइलमा म्यासेज टोन बज्यो । मोबाइलका ‘की’हरु बजेको आवाज आयो । सायद उसले लेखी होला ‘थ्याङ्क्स् डियर…।’ तर, मैले देखिनँ । साइडको टेबुलमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरणात्मक कथा : गीता दिदि अनि उजाड कटासे !!

~पौल भाट~ अइया। …। म चिच्याए अनि आफ्नो पसल तिर दगुरे !! मुठी भरि काजु  थियो अनि गाला मा चिमोटेको डाम !! आमा ले हेर्नु भो अनि भन्नु भो। । तँलाई थाहा छ त गीताले चिमोटेछ भनेर खुब जान्छस् त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिदी आइनन्

~अभय श्रेष्ठ~ १ पाँच वर्ष सुदिनले सपनामा दिदीलाई देख्यो। दिदीले दुवै हात माथितिर उचालिन्। चारैतिर डाँडाले थामेको आकाशलाई सजिलै छोइन् र धक्का दिइन्। आकाश त कता हो कता माथि पो धकेलियो। अनि दिदी आफैँ पनि बिस्तारै आकाशतिर उड्न थालिन्। दिदी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : उत्सर्गभित्रको कथा

~उज्ज्वल जी.सी.~ जिन्दावाद र मुर्दावादका नाराहरु बढ्दै थिए – जुलुसमा । सुरजित देशको लागि आपूm र आफ्नी आमाको विवशताहरु बिर्सदै जोशको शिखरमा पुगि चर्को स्वरमा नाराहरु दिँदै थियो । जुलुसको विकराल स्वरुपमा तर्सदै लाठीहरु उठे । शाहसी ढुंगाहरुका क्रमिक प्रहारले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सन्तोषको सास

~बिन्दु प्याकुरेल ‘लुना’~ लक्ष्यविहीन यात्रा झैँ लाग्ने सँधैको हतारो, सँधैको हतारो जिन्दगीबाट उसले प्राप्त गर्ने भनेको अपार्टमेन्ट हुँदै घर, त्यसपछि भौतिक सामाग्रीहरु हुनेछन्। यसको लागि प्रताप सँधै व्यस्त हुन बाध्य हुनुपर्नेछ , ऊ आफै पनि व्यस्त हुनु पर्नेछ। २-३ वर्षपछि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सोख

~माधवप्रसाद दाहाल~ सोख पनि अचम्मको नसा रहेछ । कसैलाई कुकुर पाल्ने सोख, कसैलाई हेभी मोटरसाइकल घुइकाउने । कसैलाई गाडी (कार) किन्ने त कसैलाई धेरैभन्दा धेरै केटीसाथी बनाउने सोख । (महिला पाठकहरुले मलाई माफ गर्नुहोला– तपाईंहरुको बारेमा अर्को कुनै मौका मिले चर्चा गरौंला ।) सहर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : डिभी पुराण !

~सन्तोष चिमरिया~ श्री गणेशाय नम: शास्त्रमा देबहरुका पनि देब श्री महादेवका अनेकौं रुप , लिला र महिमाको बर्णन छ । शास्त्री नै नभए पनि यस्ता परमदेबको महिमागान गाउन मलाई सोमबार नै आउनु पर्छ भन्ने छैन । आज शनिबार गाए नि … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सिपाही र जुलुस

~डा. देवीप्रसाद सुवेदी~ हाम्रो बटालियनको एक जत्था कुनै निर्दिष्ट ठाउँमा पुगेर सडक – सडक मार्चपास्ट गर्दै आफ्नो शिबिरतिर फर्कदैँ थियो । त्यसो त कुनै पनि सैनिकको जीवन – गति र दैनिक कार्यतालिका सबै निर्दिष्ट नै हुन्छन् । एउटा निर्दिष्ट ठाउँमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नेतृत्व

~रन्जु ‘मार्ग’~ +’तपाई को हो ?’ -‘म नेता हुँ !’ +’कस्तो नेता ?’ -‘देशलाई नेतृत्व दिने नेता !’

Posted in लघुकथा | Tagged | Leave a comment

पौराणिक कथा : शेषनागलाई वरप्राप्ति

~उमाशङ्कर द्विवेदी~ कद्रूका नाग पुत्रहरूमध्ये शेषनाग नाम गरेका एउटा नाग थिए । उनले भाइहरूको दुष्टता तथा किचलोको कारण आमा र अन्य दाइभाइसित विरक्त भएर कठिन तपस्या गर्न थाले । उनी केवल हावा पिएर तपस्याको पूर्ण पालना गर्दथे । उनी आफ्नो … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : लाले, सरस्वती पुजा र पुरी

~कमल कुमार~ हेटौंडा बजार सुरु हुनै लाग्दा दक्षिणतिर कर्रा नाम गरेको खोलो बगेको छ । त्यो खोलापारि औद्योगिक क्षेत्र छ, खोला वारि मेरो स्कुल । सन् १९९२ तिर पहिलो पटक त्यो स्कुलमा दुई कक्षामा पढ्न गएको थिएँ । अघिल्लो बर्खामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : सिर्जना

~कुमार काफ्ले~ -आम्ने साम्ने दुईवटा घर ठडिएका थिए। -मध्येरातसम्म दुईटै घरका कोठामा बत्ती बलिरहेका थिए। -एउटा घरको कोठामा मान्छेको सिर्जना गर्ने कर्म चल्दै थियोे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : सजाय

~कुमार काफ्ले~ -एउटा यस्तो सुन्दर देश थियो जसको बयान गरी साध्य थिएन। -हीरा झैं टल्कने हिमालको निर्मलताको बयान गरी साध्य थिएन। -गुराँस फूल्ने पाखाको सुन्दरताको बयान गरी साध्य थिएन।

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : परीक्षा

~कात्यायन~ – कस्तो अनौठो नाम कमलको फूल! हो, फूलको हैन मान्छेको नाम हो यो| – एक्कासि श्री हराएको अनुभूति गर्छ! मनस्तापले पोले झैं मसुसुस गर्छ! सुगन्ध-विहिन् सम्झन्छ आफैंलाई ! – सत्ता, सुन्दरी र शराबको अनुभव प्रसस्तै नगरेको पनि हैन उसले| … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सम्बन्ध

~पुष्कल श्रेष्ठ~ ”यसपाली त तैंले बिहे गर्नुपर्छ है छोरा।” ”गर्दिन म बिहे-सिहे।” ”अनि जिन्दगी यसरी नै काट्छस् त?” ”समय आएपछि गरौँला नि।” ”तेरो त्यो समय कहिले आउँछ हँ?” ”एक दिन त पक्कै आउला नि बुवा”

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : गालीः एक विवेचना

~मोदनाथ प्रश्रित~ कसैमाथि रीसले, ईख(इष्र्या)ले वा कसैलाई हेपेर, घृणा गरेर, उसका दुर्गुण र कमजोरीहरूको भन्डाफोर गर्दै या उसको कुभलो चिताउँदै भावावेशमा व्यक्त गरिने बोली बचनहरूलाई गाली वा सराप भनिन्छ । अरूका कमजोरी र दुर्गुणहरूलाई सभ्य भाषामा औल्याउनुलाई आलोचना या टिकाटिप्पणी … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

सूत्रकथा : गरीबी

~भूधरा उपाध्याय~ गाउँको प्रतिष्ठित अगुवाले सरकारबाट आएको सबै कम्बलहरु आफूलाई नराखी गरीब गाउँलेलाई बाँडिदियो। नेता होस् त यस्तो भन्दै सबैले जय जयकार गरे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : अन्यायी न्यायाधीशहरु

~गौतम ‘उदय’~ “धरमपुरको बालधरलाई मझुवा गाउँमा बाँधेर राखेको छ रे !” आश्चर्यको तर हँसिलो मुद्रामा भन्यो अमरले उमेशलाई । अमरलाई पनि थाहा थिएन खास कारण । उसलाई पनि राप्ती नदीपारिको राष्ट्रिय निकुन्जबाट दाउरा खोजेर मझुवा गाउँको बाटोहुँदै आउँदा त्यहाँ थुप्रै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुगल सर्च गर्दै

~नवीन विभास~ बारी पनि बाझा छन् । बाझा छन्, आलु लाउने खोर्रे पनि । मनबारीका के कुरा । गाउँमा अचेल यस्ता समाचारचाहिं सुनिन्छ: फलानो हिजो मात्र अरबबाट आइपुगे गाउँमा वा आइपुगे बाकसमा । सुनिन्छ, फलानोको अरब उड्ने पखेटा पलाएछ । फलानो तीन बर्ष बढाएर नागरिकता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोबिश्लेषणात्मक कथा : उ र मेरो दोष !!

~राजिव घिमिरे~ ‘भाउजु, Company चाहिन्छ भने भनौं है ।‘ यो सुन्ने बित्तिकै मेरो होस ठेगानमा रहेन । रिसले कान राता भए । उठेर एक चड्कन लगाउन पनि सकिन । उ अझै म तिर हेर्दै थियो । कसरि सकेको होला भन्न … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : आमा

~अभिमन्यु निरवी~ चिसो एक साँझ । रेस्टुरेन्टको भित्ताहरूमा कोरिएको अब्स्ट्रयाक्ट चित्रकलामा एक नजर फ्याँक्यो सुनयले । पृष्ठभूमिमा बजिरहेको प्रेमिल धुनको सुरमा टाउको दायाँबायाँ हल्लायो र सामु बसेकी प्रेमिकाको आँखामा हेर्‍यो । चोरायो आफूलाई । डुब्यो भित्र कतै । त्यही पल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वृद्धा आमा र अनुत्तरित प्रश्न

~भूमीश्वर पौडेल~ बिहान ५ बजे जेठ महिना पशुपतिनाथ मन्दिरको दक्षिण गेटअघि उभिएको छु । पछिल्तिरबाट ओम् नमः शिवायको मन्त्र गुञ्जिएको छ । मानिसहरू त्यही मन्त्रको धुनमा आफ्ना पदचाप मिलाउँदै छन् । कतै खुट्टाहरूको दौड त भइरहेछैन पशुपतिमा ? मान्छेहरू जीवनलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक प्रेम कथा मेरो पनि

~सुशीलराज रेग्मी~ श्रीगणेश, हिन्दू धर्मअनुसार कुनै चिज सुरू गर्नु भन्दा अगाडि प्रयोग हुने शब्द, अनि ‘श्री’ सुरूवात को पनि सुरूवात । म उसको पहिलो प्रेम, यानि प्रेमको सुरूवात, उसको जीवनमा आएको खुसीको क्रम यानि खुसीको सुरूवात । हाम्रो सम्बन्धले उसमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कोमामा आमा

~कात्यायन~ – मलाई जन्म दिंदा पक्कै मेरी आमा कोमामा परेकी हुनुपर्छ | प्रसव-पीडाले मूर्च्छित भएको हुनुपर्दछ | – फूलले वास्ना हराएको हुनुपर्छ | वसन्त निर्जीव भएको हुनुपर्छ | समय सून्यमा विलिन भएको हुनुपर्छ | मृत्यू अचेत भएको हुनुपर्छ |

Posted in लघुकथा | Tagged | Leave a comment