Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : लैङ्गिक समानता

~डा. कपिलदेव लामिछाने~ चौतारीमा वर र पिपलका विरुवा एकैदिन एकै साइतमा रोपिए । समय बित्दै जाँदा वर हलक्क बढ्यो । झ्याम्म छाया दिने भयो । पिपल लिखुरो भयो । त्यसले अरूलाई छाया के देओस् ? ऊ आफैँ वरको छहारीमा थियो … Continue reading →

Posted in लघुकथा | Tagged , | Leave a comment

लघुकथा : मोवाइल आतङ्क

~छविरमण सिलवाल~ निकै फस्टाएको व्यापारले प्रमोद मास्के निकै दङ्ग थिए । सधै एकनास नहुँदो रहेछ केहि समय यता खस्किदै आएको आफ्नो व्यापारलाई परिपूर्ति गर्न कुनै कसर बाँकी राखेका छैनन् उनले । प्रत्येक हप्ता स्टाफहरुसंग अन्र्तक्रिया गर्नू, उनीहरुको कार्यविवरण लिनु दैनिकी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुरक्षा

~श्रीओम श्रेष्ठ रोदन~ “होइन हामी चिडियाखानाका जनावर हांैं कि जङ्गली जनावर ? ”भालुको सानो बच्चाले आफ्नो आमासंग सोध्यो । “ हामी जङ्गलकै जनावर हौं त्यसैले त हामीलाई जङ्गली जनावर भन्छन् मान्छेहरु ।” भालुको बाउले जवाफ दियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्दैबन्द

~छविरमण सिलवाल~ आज निमेषको जरुरी काम थियो । आजै नेपाल बन्द रे, तैपनि केही उपाए लाग्छ कि भनेर मोटरसाइकल लिएर काममा लाग्यो । चोकमा एक झुण्ड मान्छेहरू बन्दमा मोटरसाइकल चलाउने ऊ मोटर साइकल आयो, समात समात, हान ढुङ्गा जलाई दे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सालिकको मृत्यु

~कृष्ण शाह यात्री~ माघको चिसो सिरेटो अनि कुहिरोले ढाकिएको एउटा शहर दार्जिलिङ। प्रकृतिकी रूपसी चिसिएकी थिईन् त्यस बखत। रेलबाट ओर्लिएपछि ऊ सरासर घुम वस्तीतिर लाग्यो। फाट्टफुट्ट रूपमा हिउँको वर्षा भइरहेकोले उसको कालो ओभरकोट पनि सेतो रङमा परिवर्तन भएको थियो। ढाका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाडीको दुरुपयोग

~अरुणबहादुर खत्री ‘नदी’~ आयोगको काममा गाडी लिएर बाहिर जान लाग्दा सबै सवारी चालकहरुले “म जान सक्दिन उसलाई लिएर जानु न” भने। काममा बाहिर जाने सहायक स्तरको कर्मचारीले “मेरो व्यक्तिगत कामको लागि गाडी मागेको होइन हिडेर म जान सक्दिन भनेर कार्यालयको

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रोडम्याप

~कृष्ण वजगाईं~ यस पटक पनि नेताहरुले भनेको रोडम्याप अनुसार जनता लोकपथमा हिँडे । नेता अघिअघि जनता पछिपछि । लोकपथ सिधै गएर सिंहदरवारमा टुंगियो । त्यहाँ त आम जनतालाई प्रवेश निषेध रहेछ । तर नेताहरुलाई ससम्मान स्वागत रहेछ । आखिरमा नेता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पीडा

~कृष्ण वजगाईं~ हाकिम साहेबलाई केही दिन यता ढाड दुख्ने बिरामले च्याप्न थालेको चर्चा कार्यालयमा चल्दै थियो । साह्रै महङ्गो अति राम्रो यताउता अगाडि-पछाडि जता घुमाउँदा पनि घुम्ने लचकदार आरामदायी कुर्सीमा आफूलाई असजिलो भएको कुरा हाकिम साहेबले मुख फोरेरै भने ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कार्यालय सरेको सूचना

~गोरखवहादुर सिंह~ कोठा पर्याप्त ठूलो र खचाखच फर्निचरले भरिएको थियो। पी.ए.को टेबुलबाहेक सबै कुर्सी। कुर्सी मात्र पर्याप्त सङ्ख्यामा थिएनन् ‘कतै कुर्सी खाली भए बस्नहुन्थ्यो’ को सङ्ख्या पनि पर्याप्त थियो। कहिले भीडसँग वार्ता, अन्तर्वार्ता, कहिले फाइलसँग मन्त्रीकक्षको भित्र बाहिर, कहिले फोन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कलर म्याचिङ

~कृष्ण बजगाईं~ शभा, सेमिनार, पार्टी, भोजमा सर्वत्र देखिने युगल जोडी देखेर धेरै जना रिशले डाहा गर्दथे । त्यो भन्दा बढी इष्र्या र डाहा त उनीहरुले लगाएको महँगा कपडा र गहनामा हुन्थ्यो । अरुलाई झन् औडाहा हुने कुरा चाहीं दुवैको ड्रेसको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : खोटो नोट

~डीग बहादुर तामाङ्ग~ छोराहरु सबै विवाह गरेर काठमाडौंतिर बसाई सरेको थिए । गाउँका मानिसहरुले समाचार ल्याउथे, त्यहाँबाट पनि अरब भन्ने देशतिर लागे भनेर । बुहारीहरु त हुँदा हुन तर बुढीलाई कस्ले गर्ने वास्ता । गोटा तीस जति बाख्रा कुुखरा पालेर, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रधान पञ्च जी नङगो हुनु हुन्छ

~शंकर श्रेष्ठ~ करिव १० १५ वर्ष अघिको कुरा हो गाउमा विशेष समारोह थियो । गाउका विकास समितीका लागि सवै जस्तो जनता थिए । आज प्रधान पन्च ज्यूले त्यस समारोहमा विशेष सम्वोधन गर्ने वाला थिए । तोकिएको निश्चित समय भन्दा करिव … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विरुपित

~किशोर पहाडी~ झोल पदार्थ कडा थियो । साइँलीको भट्टीको रक्सी कडा नै हुन्छ । ‘साइँलीको रक्सीले फ्ल्याट् पार्‍यो’, अन्तिम घुट्को घुट्क्याउँदै राना करायो । उसको स्वर लरबर थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बेग्लाबेग्लै आँखा

~हरिप्रसाद भण्डारी~ दुईजना पत्रकार सडकको किनारमा रहेको चियापसलमा बसेर चिया पिइरहेका थिए। एक्कासि सडकतिरबाट आएको हल्लाले उनीहरूको ध्यान पनि उतै मोडियो। वरपरका मानिसहरू छिटो छिटो आवाज आएतिरै गइरहेका थिए। ती पत्रकारहरू पनि बसेको ठाउँबाट उठे र सडकतिरै लागे। उनीहरूले देखे― … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समावेशी उद्योग

~कृष्ण वजगाईं~ लोकतन्त्र आएपछि सबै चिज खुल्ला भए । प्रतिबन्ध लागिरहेकाले पनि अघोषित स्वतन्त्रता पाए । लोकतन्त्रको नाममा छुट र नारी स्वतन्त्रताको बहानामा जथाभावी नारी संलग्न विभिन्न बजार र उद्योग खुले । सहरमा लोकप्रिय मसाज सेन्टर यति धेरै खुल्यो कि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मियो र माछा

~यादव खरेल~ गाउँको माझमा अबस्थित सार्बजनिक जमिनलाई ठूलो स139र्ष पछि गाउँलेहरुले जमिन्दारको कब्जाबाट मुक्त गरे। सबैको सल्लाहबाट त्यस जमिनमा एउटा ठूलो पोखरी खनियो। बर्षाको पानीले पोखरी भरियो। पोखरीको वरिपरि बसोबास गर्ने सबै गाउँलेहरुको जीवन निर्वाहको मूल आधारनै त्यही साझा पोखरी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दोष

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ उल्झन थियो मोडहरुमा । काँडेतारको बन्दी गृहमा आस्थाको बन्दी म । प्रतिवाद गर्न सक्ने सामर्थ रत्तिभर थिएन । अभिव्यक्त भावनाहरु ती अन्धकारमा शुन्यमा बिलाउथे । मेरो क्रन्दन,चिच्चाहट,आग्रह र अनुरोध त्यो पापी आत्माले पटक्कै सुनेन वा सुनेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुख्याँचा र अर्जुन दृष्टि

~यादव खरेल~ पाक्नलागेको बाली खाएर चराहरुले हैरान पारेपछि किसानले एउटा बुख्याँचा आफ्नो बारीको माझमा उभ्यायो। बुख्याँचालाई देखेर चराहरुको भागाभाग भयो। चराहरुबाट बाली सुरक्षित भएकेामा किसान पनि दङ्ग थियो। बुख्याचा मनमनै भन्ने गर्थो,“ किसान भनेकेा जनता हो र जनताको सेवानै मेरो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विक्रय वस्तु

~कपिल लामिछाने~ बिर्खे सडक छेउ आगो पुत्ताएर मकै पोल्दै थियो। मकै धेरै पोलिसक्यो। बिक्दा होइनन्। मकै खाऊ न भाइ, ताजा–ताजा छन्। मिठा छन्। खाऊ कति सस्तो छ। फलाउन कति गारो छ। खाऊ न बैनी। … बिर्खे हैरान भयो। बिक्दो होइन। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पिउन साप

~डा. खगेन्द्रप्रसाद लुइटेल~ हिजो बार बजे पनि अफिस खुलेको थिएन । अफिसका सबै कर्मचारी ‘घुस खान पाउनु पर्छ, यो हाम्रो नैसर्गिक लोकतान्त्रिक मानवाधिकार हो, लोकतन्त्र ल्याउन हाम्रो पनि महत्वपूर्ण भूमिका भएकाले कहीँकतैबाट प्राप्त हुने सुविधाबाट हामी वञ्चित हुनु हुँदैन’ भन्दै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शत्रु

~कृष्ण बजगाईं~ छरिता र सुन्दर जिउडाल भएका नारीहरुका नाप नक्सा नारी पुरुष दुबैको चासोको विषय भयो । टेलिभिजनमा आउने विज्ञापनले उचाई बढाउ भन्यो । युवतीहरु पेन्सिल हिल लगाएर उचाई मात्र बढाएनन् सुन्दरताको उचाई पनि बढाए । कम्मर, पेटको बोसो घटाउ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हिउँको मन

~डा. रविन्द्र समीर~ उनी अर्थात् दिदीकी साथी र म अर्थात् उनको साथीको बहिनी, हाम्रो धेरै दिनपछि भेट भयो। हँसिलो अनुहारको उनी निकै रिसाएको मनस्थितिमा थिइन्। दिदी तपाईलाई के पीर पर्‍यो? आफ्नो पीर अरूलाई सुनाए मन हलुङ्गो हुन्छ, भन्छन्। म पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाजको ऐना

~डा. रविन्द्र समीर~ “राजनीति समाजको ऐना हो” – मालिकको खेत खनिरहेको रामअवतारले पसिना पुछ्दै हो हो मा टाउको हल्लायो। “साहित्य समाजको ऐना हो” – खेतमा बाउसे लगाइरहेको रामअवतारलाई अर्को हूलले पनि टाउको हल्लाउन विवश तुल्यायो। “धर्म र संस्कृति समाजको ऐना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्दकोठा र आकाशको विवाद

~भागीरथी श्रेष्ठ~ बन्द कोठाले भित्रैबाट आकाशलाई सम्बोधन गर्दै उसको कमजोरी फुकाइदियो– ‘ए आकाश ! तिमी कति छ्यालब्याल गर्दै फैलदै गएको ? कतै न कतै अडिने र थिर हुने प्रयास गर न । कति फुक्छौ ? कति पोखिन्छौ ? कति फैलिन्छौ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्दुक

~रामशरण चिमौरिया~ ‘दलाली साले ! खुरुक्क निकाल नत्र हान्दिन्छु गोली’ साईकलबाट ओराल्दै तिनीहरुले उसको कठालोमा र पाखुरामा अठ्याउदै भने । केहिबेरको लछारपछार पछि उ अरु मान्छेको सहायता पाउने आशले केही मान्छे भएतिर आयो । तर उसले गुहार माग्नु भन्दा अगाडी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : झूल बाहिरका लामखुट्टेहरू

~लक्ष्मण अर्याल~ केही स्वस्तिकहरू सत्ताबाहिर थिए | तिनले सत्ताभित्र रहेकाहरूका हर्कतहरूका बारेमा रौँचिरा विश्लेषण गरे | सत्तासीनहरूका सानाठुला कमजोरीहरूका बारेमा उछाले | सत्तासीनहरूले स्वस्तिकहरूलाई भने – ”झूल बाहिरका लामखुट्टेहरू !”

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : शीलाको लीला

~पिँडालु पण्डित~ मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : उनीहरु पात्र होइनन्

~मिश्र वैजयन्ती~ घाम थिए र उज्यालो थियो । उज्यालोसँगै गर्मी पनि उत्तिकै थियो । उनीहरु माइकिनारमा आएर उभिए । माइको उत्तरपट्टिको यो किनारामा फेरि एकचोटि उही कटेराहरु सम्झना गरे । ‘जय कता गइरहेछौँ हामी ? यसरी आफन्तको पनि के भर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जात

~शेखर ढुंगेल~ पण्डित जगन्नाथ कि अर्धांगिनी कल्याणी देबी डाको छोडेर रोइ रहेकी छिन धन्न गाउलेले बेलै मा देखेछन र पण्डित बाजे लाइ बकैनाको हाँगो मा बाधेको बाबियो को डोरी को पासो बाट बचाएर लेराए । केहि क्षण इन्तु न् चिन्तु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विश्वास

~महादेव अधिकारी~ मेरो साथी विश्वास छुट्टिसकेर फर्किएको थियो। एकछिन गफगाफ गरियो। परदेशमासँगै भएपछि केही गोप्यकुराहरू समेत हुन्छन्। उसले भन्यो जनकको नासो पुराउन गएको। कोठामा नन्दिनी मात्रै रहिछन् । बस्नुस् न भनिन् म खाटमा बसे सिरानी र सिरकको आड लगाएर। त्यतिकैमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : होचाहरूको बीचमा

~कृष्ण धरावासी~ जन्मिदा त अरु जस्तै थिएँ होला तर जति हुर्किदै गएँ, उत्ति नै होचिदै गएँ म । सँगै खेल्ने साथीहरु हेर्दाहेर्दै वर्षै पिच्छे अग्लाअग्ला देखिंदै जान्थे । म भने हरेक वर्ष त्यत्राको त्यत्रै । आमाले खुट्टामा तेल लगाइ दिंदैगर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ऐना , म र बन्द सदुपयोग !

~देव कुमारी राई~ ब्युटी पार्लरको कोठाभित्र सजाएको ठुलो ऐन अगाडी बसेर, खाजा खानु गएको ब्युटीसियनको पर्खाई मा थिए| म र एक जना ब्युटीसियनको सहयोगी मात्र रहेको त्यो कोठाको वातावरण शान्ता थियो| त्येसैले म, केही छिन मै ,सजिलैसंग ऐना मै लिप्त … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment