Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : सायद

~सुनीता नेपाल (सुवेदी)~ श्रीमतीको अप्रत्याशित प्रश्नले म स्तब्ध हुन्छु । मनमा झट्का लाग्छ । मैले कल्पनै गरेको थिइनँ कि जीवनको उत्तरार्द्धमा

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्बस्त्र

~योगी बालक~ थकाईका भाब सहित कुर्चिमा बस्दै टेबलमा रहेको खुकुरी चुरोट सल्काउदैँ छिन उनी म अबाक भएर उनको त्यो कि्रयाकलापलाई बुझ्ने प्रयास गर्दैछु यउटा नारी आत्मा यति सम्म हुनसक्छ भनेर म सोंच्छु केही बुझ्ने प्रयास गर्छु हुनत

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सपना

~इन्दु शर्मा~ आज सधैं झैं बिहानको रोशनीले कुखुराको भालेको डाँको ल्याएन। म झस्किएँ । कतै खोरमा थुनेको भाले चोरले लग्यो कि ? कतै मलसाँप्रोले खोर नै भत्काएर बियाड राखेको भाले पो खायो कि? म धर्खराउँदै कुखुराको खोर चियाउन पुगेँ। रातको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भोगाई

~बिना तामाङ ‘सुनगाभा’~ सीमा निकै दङ्ग थिई त्यस दिन जुन दिन विजयले उसको रुपको प्रशंसा गरेको थियो। ऐना अगाडी घण्टौ समय विताएकी थिइन्। आफ्ना आखाँहरु साँच्चै नै मृगनयनी नै देखेकी थिईन्,ओठहरु कमलका पात झै ,अनि गालाहरु रगत चुहिएला जस्तै। “ओहो! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँधी

~राजेश नतांश~ ल्यापटपमा मेरो नजर केन्द्रीत थियो । कोठा एकदमै अँध्यारो थियो । ट्यूबलाइट थिएन, सायद जलेको हुनुपर्छ । म त्यहाँ इन्टरनेटको प्रयोग गर्न बसेको थिएँ । अफिसका सम्पूर्ण कामहरु सकेर म फेसबुकमा रमिरहेको थिएँ । दुईजना मित्रहरु अनलाइनमा गफिरहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन-कथा : वेश्या

~राजेश नतांश~ म वेश्या हुँ, यसो भन्दा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु, तब विगतका अभिव्यञ्जनाहरुले मेरो घाँटी निमोठ्न थाल्दछन् । प्रश्रव वेदनामा छटपटाइरहेकी स्त्रीझैँ म छट्पटाउन थाल्छु, आफ्नै विगतप्रति । मैले यौनजस्तो नितान्त प्राकृतिक र जैविक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वर्गसङ्घर्ष

~रामकृष्ण पौडेल ‘अनायास’~ सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना

~होमनाथ सुवेदी~ घण्टाघर रुन्छ रातको १२ बजे । कमिलाहरू समवेत स्वरमा कुर्लन्छन्– “त्यो कीरालाई उठाऊ, पार झ्याङ्कुटी ।” वीर अस्पतालको अगाडि यौटा सिनु गन्हाउछ– “ए डाक्टरहरू हो तिम्रो नाक थुन ।” डाक्टर आउछन्– “सञ्जीवनी बुटी होइन, विषाक्त अणु छर्छन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हार्ड खाने कि सफ्ट ?

~दीप जलन~ “ए केटा हो, हार्ड खाने कि सफ्ट? खाओ, खाओ आज जसलाई जे मन लाग्छ खाओ। मलाई दुःखका बेलामा साथ दिने तिमीहरू दुई जना त हौ नि! आज विजयको क्षण हो, म अति खुसी छु। ढलुन्जेल खाओ, तिर्ने म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम-मुर्दावाद

~राजेन्द्र पराजुली~ प्रेममा किन यति धेरै डर ! यो डर किन यतिबिघ्न निडर भएको होला? प्रेम र डरको महायुद्धमा सधैँ डरको जित भएको देखेर म छक्क पर्छु। युद्धमा हार्ने डर अनि मर्ने डर ! मरे त सब थोक सकिहाल्यो। न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काली र कुमारित्वको मूल्य

~राजेश नतांश~ कालीले कोठाभित्र पसेर चुकुल लगाई र पूर्णतः नग्न भई । संयोवश त्यतिखेर उसको घरमा कोही थिएनन् । अनि ऐनाअगाडि बसेर आफ्नो सम्पूर्ण नग्न शरीरलाई यन्त्रवत् नियाली । उसका शरीरमा नङ्गले चिथोरेका खतहरु थिए । ती खतहरुमा उसले मलम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : च्यातीएको मेरो पर्स

~योगी बालक~ सायद पाँच बर्ष भन्दा धेरैनै भयो मेरो यो च्यातिएको पर्स किनेको । कति रमाईलो क्षण हुन्थ्यो त्यतिखेर जब कुनै नयाँ कुरामा आफ्नो स्वामित्व आँउथ्यो । हुनत को खुसी हुँदैन होला र । कुनै बाहिर चीज आफ्नो हुदा । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रभाले आत्महत्या गरिन !!

~बिना तामाङ ‘सुनगाभा’~ “आमा त्यो को हो?” छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई। हतप्रभत रहेकि आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो। के गरौ कसो गरौ भयो । आफुलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन् “त चिन्दिनस्,किन चाहियो तँलाई?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : हराएका खोजीहरू

~वसन्तप्रकाश~ बढुवाको सूचना निस्कियो। सूचना के निस्किएको थियो, एकैसाथ धेरै कुरा खोज्नुपर्ने भयो। हराएका चीजहरू खोज्नुभन्दा गाह्रो भयो मलाई, आफैँले कहीँ कतै सुरक्षित ठानेर राखेका चीजहरू खोज्नु। फोटो खोज्दै थिएँ, तीन थान पासपोर्ट साइजका। पासपोर्ट साइजका तीन थान फोटोको सट्टा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : सुकुम्बासी

~सुमन सौरभ~ “यो पृथ्वी अबको केही हजार वर्षमा मान्छे बस्नलायक रहन्न, सबैलाई पालैपालो पृथ्वीभन्दा राम्रो अर्को ग्रहमा ओसार्ने काम सुरु भइसकेको छ । कुनै पनि क्षण तपाईंको पालो आउन सक्छ, आ-आफ्नो फाराम भरेर तयार रहनुस्…”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उचाइ

~नकुल सिलवाल~ गाडीबाट ओर्ले रवीन्द्र । मोबाइल हातमै थियो । ‘गगल्स’ आँखामा, बेकरीक्याफे अगाडि नै पार्किङ गर्न नपाइएला भन्ने सोचाइमा थिए तर भर्खरैमात्र कसैले गाडी निकालेको थियो । रवीन्द्रलाई प्रायः यस्तै हुन्छ । कोही कसैले ठाउँ छोडिदिएका हुन्छन् र मौका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डल्ली घरै फर्किई

~योगेन पौडेल~ उफ्… कति चिसो !!! त्यसै त माघको महिना, त्यसमाथि यो झरी! मुटु नै लुगलुग काम्दैछ। धन्न यहीँ नजिकै एउटा चिया पसलसम्म भएपनि भेटियो। यही चिया मात्रले पनि केहि न्यानो बनाए झैँ लाग्दैछ। एउटा साथीले कार्यक्रम ४५ मिनेट पछाडी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छेभित्रको मान्छे

~शिव प्रकाश~ “मान्छेको मनको तस्वीर अनुहारमा उत्रिने हो भने यो संसारमा मान्छे नै बाँकी रहदैन,” ऊ मनमनै बोल्दै थियो, मैले सुनिहाले । “अज्ञानताको अर्को नाउँ हो– मूर्खता ! मूर्खताको अर्को नाउँ हो– अहंकार ! अहंकारको अर्को नाउँ हो– अज्ञानता ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माफ गर, मैलै तिमीलाई बोलाउन सकिनँ

~रोहित खतिवडा~ उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै– प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिक्षारत समय

~रुपेश ‘अनमोल’~ सुरज र श्रेया वचपनमा घनिष्ट मित्र थिए|सुतुतु,गोटी,एकखुट्टे खेल्ने साथीहरु मध्ये सुरजको साथी श्रेया एक थिइन्|स्कुल आउँदा जादाँको अनि घासँ दाउरा गर्दाको पनि साथी हुन् श्रेया…|अरु साथीहरु भन्दा भिन्न थियो उनीहरु दुईको मित्रता..,वालापन देखि नै एकापसमा सर-सहयोग गर्न लेन-देन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के जीवन नाटक हो ?

~सरण राई~ उनी अर्थात् मेरा श्रीमान् जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउँदै मुस्कुराउँछु । उनी पनि मुस्कुराउँछन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान जो वास्तविक एवं स्वाभाविक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निलो साइकल

~रामकृष्ण पौडेल ‘अनायास’~ समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त ! साईकल को घंटी ढोका अगाडि हिजो अस्ती गुन्जीई सक्थ्यो निरास हुँदै कोठा भित्र पस्छु अनि एकै छिन टेबलमा फिजाइएका किताबहरु एकएक गरी हेर्छु पन्ना पल्टाउँछु, प्रत्येक शब्द शब्दमा उनकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिनाउको बगरै बगर

~स्वप्निल नीरव~ “पुषको ठण्डी मास,छिट्टै झमक्क साँझ परिहाल्छ । तराईको ठाउँ दिनभर पनि घाम लागेन।बिदाको दिन भनेर के गर्नु ? कतिबेला घाम झुल्केला भनेर पर्खदा पर्खदै दिन घर्केको पत्तै पाइन। लौ हेर सब्जी पनि सकिएछ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मज्ञान

~जयदेश श्रेष्ठ~ शिक्षाको ज्योति प्रोफेसर र स्वास्थका देबी नर्स यी दुई श्रीमान् श्रीमतीमा कहिले मेलमिलाप छैन । श्रीमती ढिला आउँदा अनेकौ शंका उपशंका हस्पिटलमा डीयुटी अदल, बदलमा शंका गरी स्पस्टिकरण दिदैमा हैरान । प्रोफेसर क्याम्पस जादा सजिएर चट्ट परेर जानै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धम्की

~गीता थापा ‘दोषी’~ एक रात एक्कासी बिदुरले उ सँग नबस्ने निर्णय सुनायो। उसका कुराले बिद्या अवाक् बनी। घरको कुरा कोटमा दर्ता भयो। कोटमा बोल्न पहिलो प्रथामिकता नारीलाई दिइयो। कठघरामा उभिएर बिद्या बोली। श्रीमान मेरो कसुर केही छैन। म अन्यायमा परेकी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बोक्सी

~राजेश रुम्बा लामा ” अतृप्त “~ आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ती आज जीवनको उतार्दामा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरि व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शंका

~बिना तामाङ ‘सुनगाभा’~ चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्यामिरेको खेत

~सुबीसुधा आचार्य~ प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : बहुकल्पिकृत भाषी मानुष्यहरूका बीच ध्वनिको समानता

~हरि मानन्धर ‘विवश’~ प्रकृतिको बरदान स्वरूप मानिस, मानिस भएर जन्मनु, सर्वश्रेष्ठ प्राणीमा रहनु वास्तवमा नै फरक प्रकृतिको विषय हो । आखिरी मानिस किन सर्वश्रेष्ठ भएका होलान त? यसको एउटा मात्रै उत्तर हो चेतना । जन्मने र मर्ने थुप्रै प्राणीहरू बीच … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : संघर्षमयी यात्रामा केहि खुशीका पलहरू सम्झदै

~हरि मानन्धर “विवश”~ म सानै देखि भावुक थिए। कुनै पनि कुराहरूलार्इ गेोंण रूपमा लिन्थे । समाजका हरेक राम्रा नराम्रा पक्षहरूमा ध्यान केन्द्रित भर्इरहन्थ्यो । पारिवारीक वातावरण सायद गाविस भरि नै शिक्षित थियो त्यतिबेला । र त म पनि हरेक बर्षका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : तिमीहरु माया गर्न जान्दैनौ

~किशोर सापकोटा ~ नर्टन अडोवन हस्पिटलको सातौ तलावाट तल जंगलतर्फ आंखा लगाए। जोडी हरिण घांस चरिरहेका थिए। रमाइलो लाग्यो। क्षणभरका लागि पीडा विर्सिए। लुइभेल डाउन टाउन, ओहायो नदी र आंखै अगाडि जस्तो उडिरहेका विमानहरु हेरेर केही वेर भुलिए। पर भित्ताको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँसुको रङ्ग नीलो

~उमेश राई “अकिञ्चन”~ ‘आँसुको रङ्ग नीलो’ यो पढ्दा अनौठो लाग्न सक्छ । आकाशको रङ्ग र आँसुको रङ्ग कसरी एउटै हुनसक्छ, प्रश्न उब्जिन सक्छ । म पनि द्विविधामा छु आँसुको रङ्ग नीलो लेखँु कि रातो लेखुँ्?अहिलेलाई आँसुको रङ्ग नीलो नै लेखेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment