Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : नयाँ हाकिम

~नारायण ढकाल~ विभागमा नयाँ हाकिम नियुक्त भएर आएपछि वातावरणमा पनि नयाँ रंग चढ्यो । दिनभर विभिन्न शाखाका कर्मचारीहरु जम्मा भएर उसकै बारेमा टीका टिप्पणी गरे । कसैले उसको तारिफ गरे भने कसैले खिल्ली उडाए । तारिफ गर्ने पक्षको खरिदार जीवनाथले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आकृती

~किशोर सापकोटा~ सौरहाको पवमा वसेर रापतीतिर आँखा डुलाउँदै गर्दा आकृतिलाई देखें । ऊ अगाडिको टेवलमा साथीहरुसँग थिइ । रापती नदी पारी लटरम्मै फूलेका झ्याक्सी नियाल्दै जिवजन्तुको उपस्थितितिर आँखा तन्काउँदै लठ्ठ देखिन्थी उ । रापती नदी पार गर्दा हात्तीले धकलेको पानी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खहरेको भेल

~आर. आर. चौलागाई~ “तँ अखिलमा लाग्या छस् रे हो ? ” एकदिन अचानक उसले मसँग यस्तो प्रश्न ग-यो । “हो, लागेको छु । असल काममा को लाग्दैन ?” यसरी मैले छोटो उत्तर दिएको थिएँ उसलाई । दुई हजार पैँतीस सालतिरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चप्पल छिने के भो र यात्रा जारी छ

~नीलम कार्की ‘निहारिका’~ सानो कुम्लो पछाडि बोकेको छ । टाउकोमा निधारसम्मको टोपी छ । दायाँतिर सारङ्गी भिरेको छ । ऊजस्तै ऊभन्दा उमेरले पाको देखिने अर्को मान्छे छ । लगाई उस्तैछ । कुम्लोको ठाउँमा चेन बिग्रिएको झोला छ उसको । हातमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐठन

~नीलम कार्की ‘निहारिका’~ तिम्रो ब्रेकफास्ट तयार छ र लन्च पनि । म र्फकन अलि ढिला हुन्छ होला । सिन्तिया आफूलाई बाहिर निस्कनको लागि तयार पार्दै बोल्छे । ठूलो ऐना अघिल्तिर छ ऊ, भर्खर लुगा फेरेर मेकअपतिर लागेकी छ । ओठमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेतो भात

~नीलम कार्की निहारिका~ साथी भाइसँग बिदा माग्दैछ। पहिला उ पटक्कै राजी थिएन। धेरै सम्झाए आमा बाबु र छिमेकीहरुले समेत। अंतमा बोईले सम्झाएपछि मान्यो। हजुर आमालाई बोई भनिन्छ। उसको अन्तिम ढिपी थियो “साथी हरी, जीते, माने नजाने भए म जान्न। ” … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता आफ्नै धरातलसँग

~बिकास घिमिरे~ प्रेम नहुनु रैछ, भैगयो। कसको बाउको के लाग्छ र? माया बसित गो। शायद एकोहोरो। एकपक्षीय। हो, प्रेम भयो उसको रेशमी कपालसँग। उसको गाजल नलगाइएको कुइरो देखिने आँखासँग। उसको बेसोमति बोलिसँग। जम्मामा सिङ्गो उसको व्यवहारसँग आकर्षण बढ्यो। प्रेम पलाएकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वतन्त्रता

~राजु स्याङ्तान~ ……..त्यस पछि उनले आफ्नो केश डल्लो पारी, अनि दुई लालावालाको मुखतिर पुलुक्क हेरिन् । हेराई असामान्य थियो । अनुहारमा विछिप्त कहानीहरू मडारिरहेको थियो । दुई बच्चाहरूलाई खस्रा हातले सुम्सुम्याए पछि गाडीको झ्यालबाट पर पर हेर्दै आफैसँग हराउन थालीन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वोध

~माया शर्मा~ गह्रौं मन र क्षतविक्षत मुटु लिएर चौरमा बसिरहेको थिएँ । एउटा फुच्चे पत्रिका हातमा लिएर कराउँदै आइपुग्छ “लौ आयो ताजा खबर लिउँ हजूर लिउँ । आफ्नै लोग्नेद्वारा स्वास्नीको हत्या, महिलाहरु नारा लगाउँदै अब सडकमा” । यस्तै के-के ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टर्मिनल थ्री

~सुन्दर जोशी~ व्यस्त जिन्दगी अर्थात भनौ नियममा बाँधिएको जिन्दगीबाट भाग्ने अवसरको प्रतिक्षामा थियो बसन्त। सप्ताहान्तको दुई दिन प्राःय हरेक शनिवार एका विहानै सागरको किनार सँगसँगै भागेको ओसन ड्राईभमा पुग्नु अनि सुर्यका किरणका पाईलासँगै सागरमा हाम्फाल्न आतुर बोटहरुको कर्कश आवाज सुन्नुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु

~सुन्दर जोशी~ आज भ्यालेण्टाईन डे । फिल्म ईन्ष्टिच्यूटमा ल्कास लिन जानु पर्दैन । मेलिना डोर्मको वरण्डामा बसेर वाँफको सेरोफेरोको अलौकिक सुन्दरता नियाली रहेकी छे । बजारभन्दा पूर्वतिरको पाखामा अवस्थित डोर्मको वरण्डाबाट सिङ्गै वाँफको सेरोफेरो नियाल्न सकिन्छ । म शब्दमा शायद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साईबर साईनु

~भारती गौतम~ “कबिता, ए कविता, खै आज उठ्नु पर्दैन कि क्या हो”? प्रमोदले बिहान पांचबजे उठेर रामदेवको कपाल भांती स्वास प्रश्वास सकेर प्राणायाम सकेपछिको “ओम’’, “ओम,” को झन्कार बाट ब्युँझिने कबिता आज त भुसुक्कै निदाईछन्। प्रमोदको आबाजले झस्किएर ब्युँझिएकि कवितालाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालो नजिकै

~इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ चुनिखेलबाट हिंडेरै सिंहदरबार आइपुग्दा ठ्याक्कै दुई घण्टा लागेछ । उफ ! निधारबाट बगेको पसिनालाई रुमालले पुछेपछि उसले बाटोतिर एकजोडी आँखा दौडायो । अधिकांश जागीरेहरु कि त हाजिरी गर्न कार्यालयतिर दगुरिरहेका देखिन्थे कि त हाजिर गरेर घरतिर फर्किरहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुलक्कड

~विपुल सिजापति~ युगोस्लाभियाबाट अलग हुनकोलागि क्रोएसियनहरुको युद्ध चलिरहेको थियो । युगोस्लाभियासँग साँध जोडिएको क्रोएसियनहरुको बाहुल्य भएको एक बस्तीका बासिन्दा मार्कोभिच मध्य डिसेम्बर महिनाको एक साँझ बिना खबर हराएका थिए । त्यसैले उसको घरका परिवारका सदस्यहरु चिन्तित थिए । “प्रहरीहरू कुनैपनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हेडक्वार्टर

~हिरामणि दुःखी~ ‘कमरेड !’ आफ्नो अङ्गरक्षक प्रह्लादलाई बोलायो उसले र भन्यो ‘आज मेसको हालचाल के छ बुझ्नुस् त’ । यसरी सोध्नुको अर्थ हुन्थ्यो विशेष परिकारको अर्डर । नत्र मेस विभागले बनाएको रुटिन अनुसार नै चल्थ्यो खानाको नियमित प्रकृया । दाल, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अञ्जली

~दलबहादुर गुरुङ~ हो ! मैले अन्तिममा कलेज त्याग्ने निर्णय गरें । सहरको प्रतिष्ठित कलेज मैले त्यसरी त्याग्न पर्ला भनेर सोंचेको पनि थिएन । कलेज छोडेपछि म अहिले गाउँमा छु । खेतीकिसानी गरेर बसेको छु । मेरो दुर्गम गाउँमा नगदेबाली उत्पादन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तलाबारी देखि मजरा सम्मको श्रमयात्रा

~विरेन्द्र कटवाल~ आजभोलि उनी अथवा ‘जनक’ उदास देखिन्छन् । सधैँभरि हाँसो–ठट्टा, खुसी र उमङ्गले चम्किरहने उनको अनुहार, सीमसार जस्तै भएको छ । आँखा सधँ रसाइरहेका देखिन्छन । अनुहारबाट कान्ति फुङ्ग उडेको छ । नत्रभने २४ घण्टामा १६ घण्टा काम गर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिडम्वना

~गीता थापा ‘दोषी’~ कोठाको प्रवेशद्धारमा पाइला राख्ने बित्तिक्कै रोमाञ्चकारी अनुभूति गर्यो उसले । चप्पल खोलेर भित्र पस्यो । अचेल उसलाई कोठाको एकान्त र शान्त वातावरणले मोहनी लगाएको छ । ऊ जव कामबाट फर्किन्छ तब कोठाको बीचमा उभिएर एक पल्ट सम्पूर्ण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरोजा

~महेश जिज्ञासु~ तिमी दाईलाई लिएर कतै जाऊ त, म तिमीलाई भन्दै छु , दाईले देख्नुभयो भने मलाई घरमा नराम्रो सोच्छन् । यस्तै के के कुरा लेखेर सरोजाले उत्सवलाई म्यासेज सेन्ड गरी । तत्कालै उत्सवले सरोजाको म्यासेज रिसिभ गरिहाल्यो, उत्सवको मोवाइल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नारीको महानता

~कल्पना पौडेल “जिज्ञासु”~ जिन्दगी भनेको यस्तै हुदो रहेछ आफुले शोचे र चाए जस्तो काहा हुन्थ्यो र ? आँसु, हाँसो, खुसी, दु:ख, पिडा, वेदना, तनाव अनि मिलन र बिछोड को संगालो भनौ या भोगाइको दोस्रो नाम नै जिन्दगि रहेछ। यहि जिन्दगीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धने

~रामकृष्ण पुडासैनी~ धने एक आम नेपालि पात्र, एक साधारण नेपालीको नाम लागेता पनि धने सहरमै जन्म्यो, हुर्क्यो, बढ्यो, पढ्यो l आधा दर्जन संख्याको एक मध्यम बर्गीय शिक्षित परिवार l भगवानले दिने हर चिज थिए उ संग, भगवानले दिने हर सुख … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धुलोमुनिको फाइल

~सिपी अर्याल~ अहिले विसं २०८७ वैशाख। बुदहीको जिन्दगीको बायोडाटामा एउटा वाक्य थपियो– पशुपति प्रताप पुस्तकालयको पियन। त्यही पियनको जागिर उसको लागि भयंकर ठूलो उपलब्धि हो। त्यसैले बिहानैदेखि अनुहारमा अस्थिर र बेचैन भाव थियो। यस्तो छटपटी बुदहीले पहिले कहिल्यै भोगेन पनि।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा मौन समय

~दीपक सापकोटा~ म ब्यूँझिए । बिहान भइसकेको आभाष त अघि नै भएको हो । आँखा नउघारी धेरैपटक हाई काढ्ने मेरो बानी छ । आङ यताउति मर्काएँ र पिसाब फेर्न जान खुट्टाले चप्पल खोज्न थालेँ । म बसेको पालछेउ लेकको ओसिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले च्यातेको चिठी

~विवेकराज श्रेष्ठ~ एक वर्षअघि मात्र सयौं रोपनी जग्गा किनेर हाम्रो स्कुलले शाखा बिस्तार गरेको थियो, मिनभवनको बागमती किनार तिर। सायद त्यतातिर जग्गाको भाउ सस्तो भएको हुनुपर्छ त्यो बेला। त्यहिँ मौकामा एकबर्ष अघि थापाथली स्कुलबाट ट्रान्सफर लिएर आएका थियौं हामी तीन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मार्क्सवाद : सिर्जनात्मक कि जड ?

~नरेन्द्र पराशर~ क. समुद्र दिनको साढेचारबजे क. रसकमलको घरमा पुगे । मूलगेट बन्द थियो र त्यससँगै रहेको सानो ढोकाबाट क. समुद्र टाउको निहुराएर भित्र छिरे । घरको मूल ढोकामा रहेको डोरबेल थिचेको केहीबेरमै ढोका खुल्यो र देखा प¥यो एक जना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देवेन्द्रकी स्वास्नी

~आमोद भट्टराई~ दुई चारजना अल्लारे ठिटाहरूसित पनि सङ्गत थियो देवेन्द्रको । सङ्गत यस अर्थमा थियो कि देवेन्द्र उनीहरूसँग कहिलेकाहीँ मात्र भेट्ने गथ्र्यो । देवेन्द्र अविवाहित ठिटो थियो र ती ठिटाहरूलाई पनि विवाहित भन्न त मिल्दैनथ्यो । तैपनि उनीहरूका अनौपचारिक स्वास्नीहरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दास र मलिन अनुहारकी युवती

~मनु ब्राजाकी~ एउटा उदास सौन्दर्य काठमाडौँको गोंगबु बसपार्कमा उभिइरहेछ । रातो साडी–चोलोमा उसको गोराइयुक्त सौन्दर्य खुलेको छ, तर उदास छ सम्भवतः एक्ली हुनाले पनि होला उसको साथमा कोही देखिंदैन । उदास अनुहारमा आँखा भने चनाखा छन । एउटी रुपवती युवतीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोठालो जाँदा

~ऋषिराम पराजुली~ ‘ओइ, राजे आज बाख्रा कता लैजाने ?’ रामेले घर पछाडिको गह्रोको डिलबाट चिच्याउँदै सोध्यो, करिब २० कान्लामाथि रहेको घरको आँगनको डिलमा चुठ्दै गरेको राजेले मुख खोकल्दै पानी पिच्च तल्लो गह्रामा थुक्दै भन्यो, ‘तल गैह्री खेततिर लैजाम न आज … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : १३,२४६

~श्याम साह~ पिठ्युँमा डोको भरी घाँस। एउटी केटी रोइरहेकी। मैले बहिनी किन रोएकी भनेर सोध्नै परेन। तिनले आफैं भनिन्, “गाउँका सबै साथीहरूलाई अपहरण गरेर लगे।” खास्टो ओढेकी उदास युवती घोसेमुन्टो लगाइरहेकी छन्। पिठ्युँको बन्दूकले आकाश नियालेको छ। “बन्दूक बोकेकी छ्यौ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेकुफ

~नयनराज पाण्डे~ साह्रै असल मान्छे ऊ । नाम बुद्धिराज थर थानी, स्वाभावले साह्रै ज्ञानी । साह्रै फरासिलो र साह्रै स्वाभिमानी । एकपटक कलेज पढ्दा उसले देशभक्तिले ओतप्रोत कविता लेखेको थियोः मेरो देश ज्ञानेन्द्रले रजाइँ गर्ने नारायणहिटी होइन, मेरो देश पारसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म बिहे गर्न सामान्य केटि पाउन संघर्षरत छु ।

~राजिव घिमिरे~ “एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटि राम्री छ, एकचोटि हेर” आमाले चिया संग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटि संग हो, तर पनि यो मामला मा किन किन म निर्णय गर्न एकदम कमजोर भएरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बबिताहरु, महरु, सत्यहरु !

~राजिव घिमिरे~ कालो ज्याकेट लगाएकि रहेछ । मैले तल पनि नजर दौडाएं । कटराईजको खैरो पाईन्ट रहेछ । म तिर नहेरि, माईक्रोबाट बाहिर हेरि रहेकि थिई । शायद म चढ्नु अगाडि उसले मलाई देखि सकेको हुनु पर्दछ । उ हाम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment