Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : गन्थन

~दीप हाँडीगाउँले~ परापूर्ब कालमा काष्ठमण्डपको उत्तर पूर्बी खण्डमा हरीग्राम नाम गरेको एउटा बस्ती थियो अरे। कालान्तरमा म पनि त्यही बस्तीमा गस्ती गर्थे साथीहरु सँग। कुरा त्यै बेलाको हो। भन्या हामी गस्तीमा हुँदाको। बिहान ओछ्यानमै चिया आउनु पर्थ्यो नभए घुर्की लाईन्थ्यो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओबामासंगको मेरो भेट

~सहदेब पौडेल~ सन २००६ तिरकै कुरा हो ,अमेरिकाको रास्ट्रपति निर्बाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो बर्णको ब्यक्ति निकै नै चर्चित थियो.टेलीभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नमिठो सपना

~अजय ढुंगाना~ परदेशको बसाईमा बिक्रम मेरो काममा परिचित मित्र थियो | उमेर २८-२९ बर्षको मात्रै भए पनि कपाल मज्जैले झरेकाले उ अलि उमेर खा’कै मान्छे जस्तो देखिन्थ्यो | होचो होचो तर हसिलो मुहारको उ पनि म जस्तै बिद्यार्थी भिषामा यहाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के तिमी माइतीको माया दिन सक्छौ ?

~सुबिसुधा आचार्य~ धेरै सतायो सम्झनाको तातो हावा मुस्लो परेर हुडरीदै आफैभित्र, लाखौ कोसिस गरँे मैले मनको जलन मत्थर बनाउन । कसो कसो चिसिने बहानामा झन रन्किदै गयो मनको रसेटो । सत्य, सत्य मैले सोचाइको ठुटा थप्न नपाउँदै धुवाँ पुत्याउन सुरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : कदर्य

~टिका मिलन~ कुनै समयमा अवन्ति नाम गरेको देशमा एक जना कदर्य नाम गरेका ब्राह्मण बस्तथे । उनी धेरै धनी थिए । उनको धेरै जग्गा जमिन हुनका साथै प्रसस्तै अन्न बाली उत्पादन हुन्थ्यो । उनका घरमा धेरै नोकर चाकर तथा हली … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : करुणामय

~बिजु सुवेदी ‘विजय’~ सधैंजसो राजाले आफ्नी सानी छोरीलाई धेरै रोएर दुःख दिएको बेला स्यालसँग बिहे गरिदिन्छु भनेपछि छोरी चुप लाग्थिन् । फेरि फकाएर फकाउनै नसकेर हैरान भएपछि तँलाई स्यालसँग बिहे गर्छु भनेपछि चुप लाग्थिन् र खुशी हुन्थिन् । एकदिन राजकुमारीको … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : कालभैरब

~बिजु सुवेदी ‘विजय’~ धेरैजसो व्यक्तिलाई थाहा नहुन सक्छ कि काठमाण्डौंको हनुमानढोकामा अवस्थित कालभैरबको मूर्ति अलिकति हँसिलो हुनुको रहस्य केहो भनेर । यसबारे जिज्ञासा जो कोहीलाई पनि हुनु स्वाभाविक हो । कालभैरव त वीररसले भरिपूर्ण हुनुपर्ने । तर किन अलिकति हाँसेको … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : गोपी कृष्णको

~बिजु सुवेदी ‘विजय’~ गोपीको कृष्ण हो कि कृष्णको गोपी हो कि अथवा गोपी कृष्ण एउटै होकि ? जे छ आजको यो रासलीलामा छ । अहिले पनि कृष्णभक्तहरू परमभक्त देखिन्छन् किनकि यो पनि यो लीलाकै दर्शनसँग सम्बन्धित छ ।

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : दिव्य माछा

~बिजु सुवेदी ‘विजय’~ असन चोकमा एउटा दिव्य ढुङ्गाको माछा छ । त्यहाँ सबैले पूजा गर्छन्, जान्छन् । बच्चाहरू त्यहाँ खेलिरहेका थिए । नातिले सोध्यो :- यो ढुङ्गाको माछालाई किन पूजा गरेको ? त्यत्तिकैमा हजूरबुबाले भन्नुभयो -“हे भुराहरू तिमीहरूलाई के थाहा … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : द्रोण र द्रुपदको बालप्रेम र….

~रुद्र पौड्याल~ आफू भोकै रहे पनि बालक अश्वात्थामालाई खुवाउन आमा द्रोणी कर्तव्य ठान्छिन्। घरमा केही अन्नको व्यवस्था भए पनि बालकले रूचीको वस्तु प्रायः कमै रहने गर्छ। तीन जगकाे परिवार भए पनि अभावले सताइ रहने द्रोणको झोपड़ी आज छोरा अश्वत्थामाको कोलाहलले … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : महाभारत युद्धपछिका व्यास

~डा. अरुणा उप्रेती~ मैले भविष्यमा हेर्दा जे देखेको थिएँ त्यही भयो । युद्धभूमिमा हेर्दा म लासैलासको पहाड देखिरहेछु रगतको नदी देखिरहेछु, यहाँको हावामा विष पाइरहेछु, ऋषि भएर कसैप्रति-स्नेह नराख्दा नराख्दै पनि मेरो मन विचलित भएको ? मानवसंहारको दृष्यले मनलाई दुखी … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : महाभारतका धृतराष्ट्रः नयाँ दृष्टि

~डा. अरुणा उप्रेती~ आज मैले सुनेँ मेरा सम्पूर्ण सन्तानहरू मृत्युको मुखमा पुगे । सञ्जयले यो कुरा सुनाउँदै उनको स्वर काँपिरहेको थियो । शव्दहरू स्पष्ट थिएनन् तर, सत्य त बदल्न सकिदैनथ्ये । मैले यो कुरा सहे पनि गान्धारीले कसरी सहलिन् ? … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : मुकुट

~बिबेक दुलाल क्षेत्री~ एउटा गाउँ अथवा शहर अझ भनौँ देशको कुनै भुभागमा चार जना बलवान पुरुषहरू बस्थे । पहिलोसित बुद्धि थियो । दोश्रोसित बल थियो । तेस्रोसित बल र बुद्धिलाई सदुपयोग गर्ने क्षमता थियो । चौथोसित यी तीन जना लगायत … Continue reading →

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

हास्य कथा : बाङ्गे

~दीप हाँडीगाँउले~ “के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?” देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें।बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा अचारको … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : निर्वाण

~चंकी श्रेष्ठ ‘अभय’~ विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ । मेरी पूर्व प्रेमिका…॥ । नढाँटी भन्छु म त्यसको हत्या गर्न चाहन्थेँँ । मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढिस्को

~शिवप्रकाश~ केही दिनदेखि ऊ बेलाबेलामा आत्मसंवादमा हराउन थालेको छ, “उहाँ मान्छे त खासा हो तर..!” उसले त्यो ‘तर..’ को अर्थ धेरै दिन बुझेन। त्यो ‘तर…’सँगै अहिले एउटा मान्छेको मूर्त तस्बिर अमूर्त चिन्तनको चक्रमा फनफनी घुम्दै छ, कुमालेको चक्र घुमेजस्तै। ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आल्मा

~शिवप्रकाश~ ‘सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !’ ऊ यस्तै सोच्दै गइरहेको छ। मनमा शंका-उपशंकाको घाम उदाउने-अस्ताउने क्रम-उपक्रम चलिरहेको छ। ‘मलाई किन अदालत बोलाइयो?’ मन्द गतिमा गुडेको उसको गाडीसँगै यो प्रश्न पनि गुडिरहेको छ। अनि, यो प्रश्नसँगै मस्तिष्कमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँसको पैसा

~बसन्त गौतम~ “नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे। “नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो। “हजुर म—- !“ बूढा अलि अक्मकाए, “मेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोबिश्लेषणात्मक कथा : चुकुल

~दीप हाँडिगाउँले~ झ्याल बाहिर हेरें, सधै झैं घरहरुको उजाड बस्ति देखियो। हुन त बस्तिमा दिन रात देखिने मान्छेहरुको घुईँचो अनि सडकमा अटाई नअटाई भएका गाडीहरु देख्दा बस्ती जिबन्त लाग्नु पर्ने हो। तर मलाई उजाड लाग्छ। यन्त्रबत मान्छेहरुको यन्त्रबत जिन्दगी बाँच्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु बिक्रीमा छ

~सुरज अर्याल~ रात चकमन्न थियो, आकाशमा बग्रेल्ती ताराहरु निरास निरास पिल्पिलाईरहेका थिए त्यो दिन, निदाउन सकिरहेको थिइन म, निदाउने हरेक प्रयासहरु असफल भइरहेका थिए, किन किन शुन्य लागइरहेको थियो आफ्नै मन? कतै केहि नमिलेजस्तो, कतै केहि नपुगेजस्तो, निरस र निस्सार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : एक हात तेस्तै भो

~दीप हाँडिगाउँले~ दिन भर बाङ्गे आएन। शनिबारको दिन ब्यानै आउँथ्यो। के भएछ जस्तो लाग्यो र साँझ तिर उस्को घर पुगें। कुबेरले ढोका खोल्यो। फु गर्दा ढ्ल्छ कि झैं लाग्ने बल बहादुर भने झै त्यो हरी तन्नमको नाम के जुरार हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : भाउजु

~दीप हाँडिगाउँले~ दशैंको बेला मामाघरको सम्झना त आउने नै भो। हाँडीगाँउ कुहीरो दोलईं झैँ ओढेर भर्खरै हुँदो हो बिउझिदै थ्यो क्यारे आमाको अवाज कानमा ठोक्कियो ‘ए उठ –” निन्द्रैको सुरमा सिरक भित्रै बाट सोधेँ “किन?” “काम् पर्यो के एउटा – … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : आमन्त्रण

~दीप हाँडिगाउँले~ कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ। दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो। “दीप्, ल हिन” भन्यो आउना साथ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिब्या

~दीप हाँडिगाउँले~ “सुरेस, यार आज आउन नमिल्ने भो — यहाँ कामका मान्छेहरुले हिजो पनि बेपत्ता भईस आज त यहीँ होटेलमा हुने ग्रुप डिनरमा बस्नै पर्छ भनेर हैरान —” म फोनमा उसलाई भन्दै थिएँ उस्ले “त्यस्तो कुरा नगर न — बोर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मार्मिक-कथा : बिदा

~दीप हाँडिगाउँले~ आज तिन दिन भो क्यारे अस्पताल बाट घर आको — पन्डितले पुजा पाठ सके जस्तो छ — अभिषेकका छिटाहरु गाला र निधारमा अनुभव गरेँ तर आँखाहरु भने मेरा बन्दै रहे — परेलीहरुले घोप्टे अग्ल्याएक थिए तै पनि आँशु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : रेखामा नभएकी रेखा

~दीप हाँडिगाउँले~ “के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?” देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें। बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : भिनाजु

~दीप हाँडिगाउँले~ रुघा र खोकीले ङ्याकेर भनेको धुरुक्कै पार्यो हिंजो देखि। राति खोकी फेरी के औधी चम्केको नी? ठडिए तै बिषेक, तेर्सियोकि त्यो पुरानो ट्याम्पु स्टार्ट गर्नला जसरी खोकी सुरु हुने। एक शो पनि निदाउन पाईएन राती। आँखाँ बालुवा पर्या … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाडल

~मातृका पोखरेल~ ‘परिचित अभिनय’ कथा लेखेको एक दशकपछि मेरा उही पात्रहरु रामप्रसाद आचार्य र शान्तासँग फेरि पनि भेट भयो । हाम्रा गाउँहरुबाट काठमाडौं सहरतिर पसेर जागिर खाएका साथीहरुमध्ये केही साथीहरुले रामप्रसाद आचार्यको बाटो पछ््याए । अर्थात् उनीहरु पनि रामप्रसाद आचार्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भत्किएको घरनेर

~मातृका पोखरेल~ आफ्नो भन्नलाई अब यही पार्टी मात्र बाँकी थियो । अरु केही थिएन । आफन्तहरु पनि टाढिएका छन् । उनीहरु टाढिनु पनि अस्वाभाविक थिएन । उनीहरुलाई दिन सक्ने हैसियत पनि मेरो केही थिएन । पहिलेपहिले पार्टीको ठूलो नेता हुन्छ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हालखबर

~नारायण तिवारी~ कालीबाबू गाउँमा आउनुभयो । — कालीबाबू आउनुभयो ! …— कालीबाबू आउनुभयो !

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विपरीत

~नारायण तिवारी~ मैले उसको पसलमा प्रवेश गर्दा उसले मुन्टो उठाएर हेर्दा पनि हेरेन । उसका आँखाले मलाई देखिसकेको थियो । किनभने मेरा आँखा निमेषभर उसका आँखासित जुधेका थिए । मैले साबिकझैँ मुस्कान फालेँ । उसले नचाहेर ओठ खुकुलो पा¥यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाच्छो हराएको कथा !

~पुरुषोत्तम भण्डारी~ नाथे गाईको बाच्छो हराउँदा पनि कसैले माईकिंग गर्छ ! घर मा पालेको बस्तुभाऊ को माया लाग्दैन ? घर मा पालुन्जेल पो माया , हराईसके पछि के को माया ? यस्तै यस्तै तर्क बितर्क बीच होहल्ला हुँदै थियो , … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment