Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : प्रतिष्पर्धा

~अतुल पोखरेल~ एक दिनको कुरा हो, एउटा कछुवा आफ्नै गतिमा बिस्तारै हिडिरहेको बेला एउटा दौडिरहेको खरायोको आँखा कछुवामा पर्यो। खरायो अडियो र कछुवाको नजिकै आएर भयो – “तिम्रो गति अति सुस्त छ। तिमी अली

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम प्रस्ताव

~सुरेश ‘समान’~ भाग – १ क. “आइ लभ यु कब्ते!” “पख मेरो ममीलाई भन्दिन्छु।” कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार “हैन हैन आइ हेट यु,आइ हेट यु… नभन्दे है” भने।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शालीन वेश्या !

~इन्द्रेणी शर्मा ‘जलद’~ आज भन्दा झन्डै एक वर्ष अघिको कुरा हो। मलाई त्यहाँको वास्तविक घटनाको बारेमा उल्लेख गर्नु थियो। यौटी २२ वर्षकी युवतीको लाश सिद्धबाबा मन्दिरको ठीक तल तिनाउ नदीको किनारमा पाइएको थियो। सडकमा हिँड्ने मानिसहरु केही गनाएको सिनो भन्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको नयाँ गारेटो

~गणेश भट्ट~ “प्लिज केही त बोल न।” एनको निकैबेर अघि देखिको मौनता चिर्ने प्रयास विफल भयो। उनी बोलिनन्। पहिला भन्दा नितान्त उनी। अनुहारमा चमकताका रेशाहरु पाताला हुदैं गइरहेका। उमेरले पनि हो कि अरु

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको एउटा हरियो पक्ष

~विवेक ढकाल~ ” ल केटा हो अब एउटा हम्जाएगाको जोक है त ? ” – चिरागले पास गरेको ठूटोको अन्तिम पफ तानेर निभाएपछी राजु (असली नाम: राजेन्द्र झा) ले सानो हास्य प्रस्ताव राख्यो। ” सुनाउ न पाट्स” – एक हात … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्बन्ध

~दीपक दाहाल~ “ऋचा!!!” त्रिभुवन अन्तरास्ट्रिय ऐयरपोर्ट को कफीशपमा उनलाई देख्दा एकछिन झस्के म। कस्तो मेरो भाग्य पाँचबर्ष पछि भर्खर नेपाल मा प्रवेश गरेको, अनि मेरो सामुन्ने थिइन उनै ऋचा। “निर्मल!!! तिमी!!!” अचम्म थिइन उनी।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभियुक्त

~दीपेन्द्र दोङ तामाङ~ “सर यसले मलाई एकोहोरो पछ्याएर हैरान पार्यो ।” प्रहरी चौकीमा पुग्ने वित्तिकै उनले मौखिक जाहेरी गरिन् । उनी अर्थात मनिला शर्मा । “के हो तैंले एकोहोरो पछ्याएको होस् ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुइँचालो

~चंकी श्रेष्ठ ‘अभय’~ १ बिहान ४ बजे झिसमिसेमै ठूलो भुइँचालो गयो । पाँच दशमलव सात रेक्टर स्केलको । झन्डै डेढ मिनेटसम्म । कहिले खाटमा पिङ खेलेजस्तो हुन्थ्यो, कहिले तलमाथि थचारेजस्तो । सुनाकोठीको कामी बस्तीमा खाट हल्लाएको भन्दै लोग्नेहरू स्वास्नीलाई र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गाडी नं २९५५

~पन्त ‘आकाश’~ मोवाइलमा बिबिसी नेपाली सेवाबाट प्रसारित नेपालको राजनैतिक परिवेशको बारेमा छलफल कार्यक्रम सुनिरहेकै अवस्थामा मोवाइलको कलिङ आवाज आयो। दिनभरको हिंडाइबाट थाकेको तन र देशको अवस्थाका बारेमा तरङ्गीत मनका बीच गरुङ्गो मन लिएर

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्फेसन, पागलपन र भित्ताहरु

~रबिन सापकोटा~ “आत्मा मर्दैन; मरण सम्भब छ यदि भने देहको मात्र सम्भब छ।” कुनैबेला देबकोटाका शब्दहरुमा मलाई बिश्वास लाग्थ्यो। मान्छेको आत्मा प्रमुख हो र देह गौण, लेखेका थिए उनले। मलाई माया गरेर असल बन्न सिकाउने आफ्नै प्यारो जिजुबुबा बित्नुभयो। सबैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्काको छोरो

~कृष्ण अधिकारी~ अरू कुमारी केटीहरू सपनामा आफ्नो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ। जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो। एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ। रोहणले मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो प्रेमी ?

~निरुपा प्रसून अवसर प्रेम दिवसको थियो। दिवसले दिएको रातो गुलाफ मैले ब्यागमा राखेँ। धन्न ! फूल पसल पनि नजिकै रहेछ। हतार-हतार पहेँलो गुलाफ किनँे, सरसलाई दिन। सरसको बिहे हुनुअघि भेट्ने स्थानमा पहिले मै पुग्थँे। आज आधा घन्टादेखि ऊ

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनूँ ?

~कृष्णचन्द्रसिंह प्रधान~ दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ? अँध्यारोलाई अँध्यारो भन्न सक्तिन थिएँ । रातलाई दिन भनेर हुचीलले झैँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बार लभ

~खगेन्द्र लामिछाने~ ” हे ! धुम् मचाले, धुम् मचाले, धुम् …………. !” धुँवाले कुहिरोको रूप धारण गरेको थियो । चर्को संगीतले कानको जाली हल्लाइरहेको थियो । मानिसहरू झुमीरहेका थिए, शीवरात्री पर्वका जोगीहरू जस्तै । सुनिएको पढिएको इन्द्रलोकको पनि स्मरण भयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काइँयो

~विवश वस्ती~ एउटा प्राचीन काइँयो थियो मसित। तर छैन अहिले। मेरो अद्र्धश्वेत कपालको लामो स्याहारसुसारबाट सर्वथा मुक्ति चाहेर नै हुनुपर्छ, सदैव मेरो पाइन्टको पछिल्लो खल्तीमा जम्ने काइँयो छैन अहिले। रित्तो छ खल्ती र नयाँ काइँयोले पनि सहज प्रवेश पाएको छैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: अन्तिम भेट

~गणेश भट्ट~ त्यसपछि हाम्रो कहिल्यै भेट भएको छैन। भेट्नु र नभेट्नुमा अन्तर नभएपछि समयले भेट नगराएको हुदों हो सायद। र सायद हाम्रै मनहरु फेरि त्यही अतीत बल्झाउनु भन्दा सम्झनाहरुमै रमाएको बाहना गरिरहेको भएर पनि। गुनासो छैन केही। आफैंलाई चिनेको थिइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : श्वेतभैरवी

~विश्वेश्वरप्रसाद कोइराला~ धेरै दिन पहिलेको कुरा हो , प्रायः पैंतीस वर्ष अगाडिको । दश एघार वर्षको हुँदो हुँ । वर्षा ऋतु सिद्धिएर शरद्को प्रथम चरण पृथ्वीमा परेको थियो । कोशी आफ्नै रौद्र नर्तनले विध्वंसकारी प्लावनतामा जति क्षेत्र र आरण्य, ग्राम, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभूती

~बिना तामाङ ‘सुनगाभा’~ अकल्पनिय थियो त्यो हाम्रो भेट । मैले कहिल्यै सोचिन उसंग फेरि दोर्‍याएर यो जुनिमा भेट हुन्छ भनेर । झण्डै झण्डै स्मृतिका गर्तमा पुगिसकेको थियो त्यो बिम्ब । सायद त्यस् दिन हाम्रो भेट हुनुथ्यो र म आफ्नो सानु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किनाराको मन

~भगवती बस्नेत~ अभावका ढाकर बोकेर मृतसागरको किनारमा जिन्दगीका जिजिविषा दुखाउँदै एकुरियमका माछाहारु जस्तै छट्पटिमा बितेका छन् मेरा कैयौ दिन अनि रातहरु । आज पनि बिहानको खान खाएर कोठामा पसेको छु कबर्डमा भएका कितावहरु घुरेर हेरिरहेका छन्।धेरै भयो खोल्ने फुर्सद पाएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : विवशताको क्यानभासमा ..

~शर्मिला खड्का ‘दाहाल’~ कथाकार दिवाकर नेपालीज्यू, अहिले म ‘सुकन्या उर्फनिलिमा’ को प्रमुख पात्रसँग संवाद गर्दै छु । उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा बिशेष उपहार

~पुष्प जोशी~ चुरोट र मेरो सम्बन्ध कहिले देखि सुरु भयो ठ्याक्कै बताउन त सक्दिन तर यो सम्बन्ध एउटा समयाबधिसम्म असाध्यै गाढा रह्यो। स्कुलको अन्तिम बर्षहरुतिर हो, शायद नौ-दसमा हुँदा, पहिलोपल्ट साथीहरुको लहैलहमा चुरोटको एक सर्को तानेको। एक सर्को चुरोटले पाँच … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विचलन

~आनन्द राई~ ए, झर्नुभो आमा ? यतै आउनुहोस् न। घरबेटी आमैलाई पसलभित्र बस्ने ठाउँ छोडी दिँदै पसल्नी चाहिँ नखोलेको साबुनको कार्टुनमाथि बसिन्। दिउँसोको समय हुनाले पसलमा ग्राहकहरु थिएनन्। बानेश्वरको यो शाखा सडकलाई चैते घाम र धुलिकणयुक्त बतासले लतारिरहेको थियो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो अनलाइन साथी

~सुमिता शर्मा~ हाम्रो चिनाजानी भएको धेरै भएको थिएन। तैपनि हामी एकअर्कासँग अत्यन्तै घनिष्ठ थियौँ, मानौ हामी बाल्यकालदेखि कै साथी हौँ। हाम्रो विचार मिल्ने, धारणा पनि उस्तै। त्यस्तै दुई महिना जति अगाडिबाट हामी एकअर्कासँग परिचित छौँ। तैपनि हाम्रो चिनारी पुरानो होइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाई…

~सुरेश खनाल ‘बिर्खे माईला’~ (पहिले नै लेखेको र अरु ठाउँहरुमा पोस्ट गरेको थिएँ, यहाँ पनि गर्न मन लाग्यो) उसले चुरोटको अर्को लामो सर्को तान्यो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अहंकार छाडेको दिन‏

~गीता थापा ‘दोषी’~ एउटै गाउँ एउटै परिवार,जोडिएको आँगन, साईनोले देउँरानी जेठानी। शिला र शुलोचना कि आमाहरु तर उनिहरुमा मेलमिलाप थिएन। ति दुबैमा देखिसेखी गर्ने बानी एक अर्कालाई होच्चाएर रमाउँन ति दबै कम थिएनन। आँफू मात्र ठुलो हौं भन्ने मानसिक चिन्ताले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : आक्रोश

~चंकी श्रेष्ठ ‘अभय’~ सुमेरु पर्वतको चार सय कोस लामो बरफको चट्टानमा हिँड्दै गर्दा मेरा गोडा फतक्कै गले । अति भएपछि तिनले मलाई थामिदिएनन् । म ढलेँ । जेठा पति युधिष्ठिरले त भनेकै थिए, पापीहरू यस चट्टानमा हिँड्न सक्दैनन् । पाप … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होस्टेलकी दिदी

~अंशुमाली~ कालो, निलो आकाश । मुसलधारे पानी । शिरदेखि पाऊसम्म निथ्रुक्क भिझेर लुगलुग काम्दै ऊ अवला बच्चा झै बाटोको छेऊमा उभिराखेकी छ । दिन ढल्दै जान्छ, साँझ छिप्पिदै जान्छ । घपलक्क ओढेको पछ्यौराको मुनिबाट ऊ देख्छे टाढाबाट कोही मान्छे अजङ्गको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

भुयूचाको डायरी

~कुमार ज्ञवाली~ कुरा केही अनौठो जरुर लाग्छ किनकि ठूलो नाम सुन्न अभ्यस्त हाम्रो कान र त्यसै संस्कारमा मुछिएको हाम्रो मन एकैपल्ट प्रतिक्रिया देकाउँछ भुयूचाको डायरी! असम्भव! तर तैपनि भुयूचाका अस्तित्वमा कुनै शङ्का छैन। उन्नाइसौं शताब्दीको पूर्वार्द्धमा धेरै ठूला

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहा

~विश्वेश्वरप्रसाद कोइराला~ सुब्बा कटकबहादुरले १४ वर्षकीलाई बिहा गरेर घर लिएर आए । भन्नुपर्ने कुरा यति हो, र कटकबहादुरलाई नचिनेका मानिस योभन्दा धेरै कुरा सुन्न पनि चाहँदैनन् । तर मलाई १४ वर्षकी भन्नासाथ केटीको विषयमा जान्ने रहर लाग्छ । सुब्बा कटकबहादुर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोविश्लेषणात्मक कथा : धमिलो दृश्य

~किरण महर्जन~ काम नगरी हल्लिएर कुलतमा फसेको पनि झन्डै एक वर्ष नाघिसकेको थियो । तर अब त्यो सब चिन्ता भने सकिएको थियो किनकि म सबैलाई छोडेर परको देश अमेरिका जाँदै थिएँ । म डि.भि. चिठ्ठाको बिजेता थिएँ । मेरो सम्पूर्ण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिसो जुनेली रात

~हरिहर खनाल~ आकाश छ्याङ्ग खुलेको थियो । गोधुली साँझमा पश्चिमको क्षितिजरेखा र त्यसको आसपासमा अबीर छरिएको थियो । पूर्वतिर भने पूर्णिमाको जून भर्खरै डाँडाका कापबाट बाहिर निस्केर विस्तारै माथितिर घस्रँदै थियो । संपूर्ण प्रकृति चन्द्रमाको त्यो स्निग्ध, शितल छहारीमा नुहाएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : व्यूटिफूल

~जगदीश घिमिरे~ दुईतिर हजारौं लाखौं बर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरु । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment