Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

हास्य-कथा : गुड एट हार्ट

~दीप हाँडिगाउँले~ चक्रे उदास छ अचेल। दशै आयो, गयो। तिहार आयो, गयो। उ यताको यतै छ। यता भनेको उही अमेरीका। घर जाने मन नभएको हैन, तर मन भएर मात्रै कहाँ हुने रहेछ र। हुन त उ आएको धेरै भएको पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : महाभारत र कर्ण

~अभय श्रेष्ठ~ भारतीय टिभी च्यानल स्टार प्लसमा ‘महाभारत’ शृंखला हालै सकिएको छ। बीआर चोप्राको बहुचर्चित ‘महाभारत’ शृंखलाको भव्यतासँग स्टार प्लस शृंखलालाई दाँज्न सकिन्न। तर, त्यसविपरीत यसले युधिष्ठिरलाई भन्दा कर्णलाई धर्म र सत्यनिष्ठाको पर्याय मानेको छ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~शेखर ढुंगेल~ आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ । कता हुन् परिवार, कता छन् आफन्त साथी, ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे । उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक साँझको फसेला

~मिङ लिवाङ~ “यसको केश काटेर डल्लै बजार घुमाउनुपर्छ,“ – फलानोले भन्यो। “छात्तीमा नाम पनि लेख्नुपर्छ….मज्जा आउँछ,” ढिस्काले थप्यो। ”छिनार…..गाउँको नाम नै बदनाम गर्यो यसले,” अर्को एकजना चिच्यायो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डिजिटलको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, समय कति बलवान हुँदोरहेछ भन्ने कुरा कसैले कल्पना गर्न नसक्दोरहेछ । हिजोका ती दिनहरू सपनाजस्तो हुँदो रहेछ । हाम्रा आदिकवि, महाकवि, युगकविहरूले कयौँ दिन लगाएर पुस्तक प्रेसबाट निकाल्ने कुरा आज एकादेशको कथा भएको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शहीदपत्नीको आत्मगन्थन

~पुण्य कार्की~ मनका कुरा यसरी कापीमा लेखेपछि, मन साँच्चै हलुड्डो हुन्छ । दुई महिना जति भो यसरी मैले लेख्न थालेको । भित्री मनका छटपटीहरू, उकुसमुकुसहरू, उहापोहहरू जति उतार्दै जान्छु, उति मेरो मन फूलको थुड्डोजस्तो हलुड्डो बन्छ । दुइटा कापी ठ्याप्पै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रभु माइला

~उपेन्द्र सुब्बा~ चुरे पहाड पेरिफेरी चुलाचुली । एउटा अजङ्ग गोहिको दाँत जस्ता तिखा होचा अग्ला पहाडहरु । त्यही पहाडको चेपबाट बग्दै आउने मौवा खोला । बर्खा मासमा मै हुँ भन्ने लाठेहरु पनि कति चीत पर्छन् तर, हिउँदमा भने तरुनीको घुँडा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छे जागेको दिन

~लेनिन बन्जाडे~ दराजबाट खुत्रुके खसेर एकैसासमा भुइँमा बजारिएर फुटेपछि छोरोलाई च्याप्प समातेर घोप्टो परेँ। ऊ दुइटा हातले आँखा छोपेर मेरो छातीमा लपक्कै टाँसियो। घर यसरी हल्लिएको थियो मानौं ऊ र म फनपार्कको रोटेपिङमा डराईडराई मच्चिरहेछौं। संसारमा सबैभन्दा बलवान र शक्तिशाली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्मिता

~शिव प्रकाश~ जीवनको सरल रेखालाई समयले एकाएक बङ्ग्याइदियो ! आज म मेरा मनका भित्ताहरुलाई चिर्छु र उदाङ्गो बनाउँछु आफूलाई । एउटा वसन्त मरिसक्यो ! थाह छैन, अर्को आउँछ कि आउँदैन ? बरु अब मेरो जीवनमा कुनै वसन्तहरु नआउन् ! सोचेँ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैतिदेवीको मुस्कान

~रमेश क्षितिज~ कथा एकदमै सानो घटनाबाट सुरु हुन्छ, मानौँ यो कुनै घटनानै होइन । मैतिदेवीको विश्रान्ती चियापसलअगाडि ऊ दुई वटै हात पैन्टको गोजीमा घुसारेर उभिएको थियो । एक हुल कलेजका विद्यार्थीजस्ता देखिने केटीहरू उसको अगाडिबाट गए र जाँदाजाँदै एक जना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्री छोरी

~मिङ लिवाङ~ ’’ बाबा , भगवानको घरबाट आमा कहिले फर्किन्छ ?’’ आफ्नी चार वर्षीया अबोध छोरीको प्रश्न सुनेर पहिले त मलाई कुनै जवाफ् सुझेन….हुन त गत पाँच महीनादेखि मैले आफ्नी छोरीलाई ढाँट्दै आएको छु। उसको आमाको मृत्यु भइसकेको कठोर सत्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुःस्वप्न

~सुमन रौरभ~ निस्पष्ट अँध्यारो बगैंचामा फुलेका दुर्घन्धित काला फूलहरू, फूलहरूमा झुम्मिरहेका घीनलाग्दा पुतलीहरू । बगैंचाको बीचमा उभिएको हतास, एक्लो ऊ । भित्र डरले उसको रगत बरफजस्तै चीसो हुँदै थियो, बाहिर ऊ पसिनाले निथ्रुक्क भिजेको थियो । दुःस्वप्नको बीचमा ऊ झल्याँस्स … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्महत्याका श्रृङ्खला

~सन्जु बजगाईं~ आज फेरि सरुले एक महान् साहित्यकारकी श्रीमतीले आत्महत्या गरेको खबर अखवारमा पढी । लेखिएको थियो – “बर्षौदेखि मानसिक अस्थिरताको व्यथाले च्याप्दै ल्याएको थियो ।” दुइ हप्ता पनि बितेको थिएन छिमेकी अतिशोधकी श्रीमती अर्चनाले आफ्नै भान्सा कोठामा झुण्डिएर देहत्याग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याण्टोनमेण्टको घेरामा

~प्रकाश सायमी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्ततः

~गीता त्रिपाठी~ एउटा प्रतीक्षालय छ मनभित्र निरास निरास र अर्को छ आँखासामु केही आशप्रद । फराकिलो भित्तामा साइबाबाको सकरुण तस्वीर छ आशीर्वादात्मक शैलीमा । रेणुलाई डाक्टरको अन्तिम वाक्यले झस्काइरहन्छ बारम्बार- “तपाईंहरुको सहयोगले हामी पूरा कोसिस गरिरहेका छौँ बाँकी भगवानमा विश्वास … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वियोग

~मित्थु चौधरी~ दउँसोको समय थियो । प्रचण्ड गर्मी थियो । खेतको आलीमा बकुलाहरुको ताँती थियो । फरूवा खेलाउँदाखेलाउँदै थाकेका जुगरा र उसको छोरा फगुना रूखको छहारीमा सुस्ताउँदै थिए । कसैको आगमनले आत्तिएका बकुलाहरु तर्सिएर एकाएक पखेटा फट्फटाउँदै उड्न थाले । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नितु दिदि

~लक्ष्मी राई~ “नितु दि ! फोटो दामी लाग्यो । भिनाजु हो ?” “हैन मेरो बोय फ्रेन !” रिसाएर, चिम्से आखाका गेडा बाहिरै निक्लेला झैँ गरि मतिर हेर्दै उतरको झटारो बर्साईन । उनलाई पनि मेरो प्रस्न झटारो भन्दा कम थिएन रहेछ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डल्लो

~लेनिन बन्जाडे~ पहिलो दिन : ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो। छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन। कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको थियो मोबाइलमा। हतारोले गोजीसम्म हात पुर्याटउन पाएन। पार्किङको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रमुख अतिथी

~शेखर ढुंगेल~ नयाँ दलका नेता बर्सौ देखीको आफ्नो बिदेस भ्रमणको सपना पुरा हुन लागेकोमा मख्ख परि खुशी सुनाउदै थिए श्रीमती लाई । एउटा भब्य सम्मेलनको प्रमुख अतिथी बन्न बोलाउने बचन पाएका थिए उन्ले । श्रीमतीको ब्यस्तता पनि त्यस्तै छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मग्लानि

~आयुष्मान रेग्मी~ डाॅ भीमलाललाई नचिन्ने शायद नै कोहि होला । सभ्य समाजका बहुप्रतिष्ठित व्यक्तित्व…साइन्स पढेका भए तापनि धर्म र संस्कारमा निकै विश्वास थियो । उनका बुबा पंडित लक्ष्मीनारायणले उनको सानै उमेरमा व्रतबन्ध गरिदिएका थिए । उनका बुबालाई ‘काँचो माटोलाई यथेच्छा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बहिर्गमन

~कुमुद अधिकारी~ टङ्कप्रसादलाई आज पश्चिमतिरको साइकलको यात्रा औधि रमाइलो लागिरहेको थियो। साइकलको क्यारियरमा आफ्नी धर्मपत्‍नी कोमल बसेकी थिइन्। साइकलका पेडलमा खुट्टाहरू घुमाउँदा टङ्कप्रसादलाई दन्त्यकथाहरूमा सुनेको वायुपङ्खी घोडाका पखेटाहरू फटफटाइरहेको भान भइरहेको थियो। खुसीहरू छचल्किएर पोखिइरहेका थिए। उसलाई

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाहुन बस्ती

~बिक्रम ज्ञवाली~ आज बिहानै पात्रिका पढिरहेको थिए । टक्क आखाँ एउटा समाचारमा पुगेर अड्कियो । “ चुलो छोएको निहुमा एक जना दलितको हत्या । “ समाचारको मुल बिषय यहि नै थियो । दुःख लाग्यो । मन पनि रोयो । अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाउजू लडेको भीर

~चन्द्र रानोहँछा~ ‘उँधोलाई हे-यो त्यो कोसी बगर उँभोलाई तारेभीर, मरने सबै बैकुन्ठै पुगे बाँच्नेलाई पर्‍यो पीर’ घरैछेउको बाटो भएर उँधै–उँभै गर्ने घाँसे–दाउरेले यो विरही ताना अलापेर जाँदा वीरमानको छातीमा सोला हान्छ । हृदयमा तुफान उठ्छ, बिर्सन खोजेका वियोगका बादलहरू भित्रभित्रै … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : महाभारत युद्धपछिका कृष्ण

~डा. अरुणा उप्रेती~ ओहो ! जुन युद्धलाई टार्न मैले त्यति कोसीस गरेको थिएँ, त्यो युद्ध शुरू भयो १८ दिनपछि समाप्त पनि भयो । तर, म अहिले युद्धपछि खुसी कुनै पनि पाण्डवपुत्रको अनुहारमा देखिरहेको छैन । देखुँ पनि कसरी ! महाभारतको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसाज सेन्टरमा कथाकार

~माधव सयपत्री~ घाम अस्ताइसकेको थियो । साँझले सहर ढाक्न लागेको थियो । दीपमालाले आफ्नो टेम्पू कोटेश्रमा रोकेकी थिई । टेम्पू भरिएको थिएन । ऊ भन्दै थिई, ‘लगनखेल, लगनखेल । सिट खाली । अब हिँड्नै लाग्यो ।’ ट्राफिकप्रहरीले कर्कश सिट्ठी बजायो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थाहा

~नारायण तिवारी~   ‘‘भोलि म घर जाँदैछु– अति प्रिय विराटनगर…!’’ साथीभाइसित भनेँ । अफिसमा त बिदा मिलाइसकेको थिएँ । दुई वर्ष भइसकेको थियो विराटनगर नगएको – आफ्नो जन्म ठाउँसित टाढिएको । यो चौबीस महिनादेखिको ‘ग्याप’ ले मलाई चिमोटिरहेको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बैराग

~शेखर ढुङेल~ दसकौं भयो किरण बेखबर भएको । इष्टमित्र, गाउ , शहर , स्कुल , कलेज का साथी सबै बाट …. अरु त अरु, आफ्नै जोडी बच्चाकी आमा जीवन संगीनी , जन्म दिने आमा सित बिछोडको पिडाले समेत छोयो कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~शर्मिला खड्का दाहाल~ “हेलो ग्रायण्ड मदर” “के रे ग्रायण्ड मदर रे ? हिजो हाई स्वीटी भनेको होइन ?” “कहिलेकाहीँ टेस्ट फेर्न मन लाग्छ नि ।” “ए तरकारीको स्वाद फेरेजस्तो ।” “हो यु आर फ्लावर” “थैक यु ।” “नो नो काउलीफ्लावर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्लाकबोर्ड, चक र डस्टर

~सरण राई~ लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिमचिमे घडी

~वसन्त विवश आचार्य~ प्रशान्ते नेवारका बा (ड्याड) ले कोरियाबाट चिमचिमे घडी ल्याइदिएपछि टोलभरिको हिरो ‘ऊ’ नै भएको थियो। सर्टका बाहुला माथिसम्म सारेर प्रशान्तेले हातमा चिमचिमे घडी टिलिक्क टल्काउँदा सबैको मुखभरि पानीको ताल पथ्र्याे। अरुले के के सोच्थे कुन्नी? मैले भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मल्ल राजासँग

~संजय अधिकारी~ गृष्म ऋतुको आगमनलाई सहरवासीहरूले पटक्कै रुचाएका थिएनन्। सहर बेस्सरी पिल्सिएको थियो प्रचण्ड सूर्यको रापमा। साँझपख हुन्डरीसँग फाट्टफुट्ट आउने मसिनो बर्सात पनि हराएको कैयौं दिन भइसकेको थियो। भूकम्पले भत्किएका मन र तिनका सपनाहरू रुँदै थिए आफ्नै चिहानमाथि। यस्तो प्रतीत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको मृत्यु

~सङ्गीत आयाम~ कुनै कारणबिना नै उसको मृत्यु भयो । मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसँस्कार सकेर म घर फर्किएको छु । खुट्टाहरु फतक्क गलेका छन् । हातहरु मानौं अपाङ्ग भएका छन् । संवाद हराएर ओठहरुमा मात्र मौनता फैलिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment