Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : माइती घर

~पुष्प भण्डारी~ परि उनको दैनिक घरायसी काम सकेर घाममा बसेर पढ्न लागेकि थिइन, माघको दिनमा कुनै साथीले ल्याइदिएको सुन्तला र निभुवा नजिकै थियो, बिहान भरिको चिसो भगाउन लाएको मोटा मोटा मोजा फुकाल्दै थिइन परि . “परि पानि आयो आइजो भर्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिज्ञासा र परिणाम

~गौरव विडारी~ विद्यालयबाट छुट्टी भएर प्रज्ञा घर आइसकेकी हुन्छे । खाजा खाएर बैठक कोठामा बसेर गृहकार्य गर्दै छे । छेउको सोफामा उसकी ममी टिभी हेरेर बस्दै छिन् । मामु† बच्चा कसरी जन्मिन्छ ?एक्कासी एघार बर्षे छोरी प्रज्ञाको यस्तो कुरा सुनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाल्यकालको प्रेम..

~करण घिमिरे~ अरु दिन जस्तो त्यो दिन पनि उज्येली कक्षा ९ को झ्याल बाट चियाइरहेकी थियिन ..१० सम्म मात्र अध्यन हुने स्कुल निकै पुरानो भइ सकेको थियो भानु माध्यमिक लेखिएको बोड पनि कलर उत्रिएर थापना को लागि मात्र राखेको जस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संस्करणमा

~रजित ओझा~ भाग १ फेरि पानी पर्यो।वाटो हिलो भएको छ। मोटरसाइकलले वाटोको छातिमा वनाएको डोव गहिरिँदै छ। घाइते वाटोले लक्ष सम्म के पुर्याउला र खोई? मेरो झ्यालको सेतो पर्दा भिजेर अझ सफा देखियो। आकाशको सेतो वादल जस्तै. उड्ने सिमलको भुवा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ३६ र ६३

~धनराज गिरी~ पूर्वबाट बिहानीको कलिलो घाम उदाउनै लागेको छ । आज हिमाल स्वच्छ छ । आकाशमा एक-दुई बादलहरू मात्र छन् । उषाको लालिमाले पूर्वीय क्षितिज भर्खर अन्माउन सिँगारिएकी नवदुलहीजस्ती भएको छ । बिहानीको आभास दिन चराचुरुङ्गीहरू आफ्नो नित्यकर्ममा जुटेका छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डोमो जीन्दगी 


~प्रज्ज्वल चापागाईं~ गुगल, याहु, एप्पल, सामसुङ र नासामा काम गर्नेहरु अघिल्लो पंक्तिमा लहरै बसेका थिए । नामी मानवशास्त्री, समाजशास्त्री र संसारका प्रसिद्ध मानिसहरु जन्माईसकेको काभ्रेपलान्चोक, नेपालको मानेडाँडा विश्वविद्यालयका सयौं विद्यार्थीहरुबीच जिवन शर्मा उभिएको थियो । हजारौं मानिसले भरिएको अडिटोरीयमको पोडियमबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुहाग रातको संकेत

~एनबी इलुंगा~ हाम्रो विवाहको रात अर्थात् सुहाग रात मै उसले त्यो दिनको संकेत दिएकी थिई | विवाह गरेर ल्याइएकी नया दुलही लाज हुनु पर्ने, डर हुनुपर्ने, धैर्यता हुनुपर्ने, तर त्यस्तो थिएन | पहिलो रात म कोठाभित्र जानासाथ उसले नै मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उघ्रेको आकाश

~गीता पन्थ~ छोरी पिकनिक र छोरा साथीहरूसँग स्वीमिङ्ग गएका थिए अनि श्रीमान् कलेजको मिटिङ्गमा । घरमा सघाउने नानी लुगा धुँदै थिई । टिभी हेर्न बत्ती थिएन । के गरुँ के गरुँ हुँदै छोरीको कोठामा छिरेँ । लथालिङ्ग तन्ना, किताब र कपडाहरू यत्रतत्र छरिएका रहेछन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अव्यक्त प्रेम

~पुष्पलता आचार्य~ त्यो मध्यरातमा मैले उनलाई बेस्सरी रुवाएँ। के मैले ठीक गरें र? यतिका वर्षसम्म मैले आफ्नो मनको कुरा मनमै कुवाएर राखेथें भने अझैपनि मैले राख्न सक्नुपर्थ्यो। तर किन सकिनँ? व्यर्थै भने झैं लाग्यो, उनलाई कुरा। हुन त उनलाई ती … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बच्चा चोर्ने आइमाई

~टेकब कोइराला~ रेल आज पनि खचाखच भरिएको छ। जनकपुर–जयनगर रेल सेवा। नेपालको पहिलो र एकमात्र रेल सेवा। यसले बेग्लै किसिमको इतिहास रचिसकेको छ। जुगौंदेखि जनकपुर–जयनगर हजारौं लाखौंपटक ओहोरदोहोर गरेर आफैमा कीर्तिमानी काम गरेको मात्र होइन, यसको अनेकन गुणहरु छन्। यात्रुहरुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इतिहास

~राजेन्द्र पराजुली~ इतिहास शिक्षक मानदास सैंजु विद्यार्थीलाई विभिन्न कालखण्डका घटनाहरु कसरी इतिहास बन्छन् भनेर पढाइरहेका थिए । र, त्यो दिनको विषय थियो ‘पञ्चायती व्यवस्थाको उदय र पतन’ । गर्मी महिना, त्यो पनि मध्याह्नको कक्षा, विद्यार्थीहरु झर्को मानेर सैँजु सरलाई सुनिरहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हत्यारो कथालाई फाँसी दे !

~सुन्दर मानन्धर~ सूत्रधार : पाठकवृन्द ! तपाईँहरुले गुरुप्रसाद मैनालीको शहीद कथा पढ्नुभएको छ ? यदि पढ्नुभएको छ भने कथाकी पात्र डल्लीलाई बिर्सनुभयो ? वीरबहादुरको मृत्युपछि डल्लीको जीवनको कल्पना गर्नुभएको छ ? विचरी डल्ली ! कसरी बाचीँ होली ? विधवा डल्ली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चौथीको उपद्रो

~लेख कार्की~ “अनिताले त हिजो तेरो गालामै किस गर्दी रे नि त देवीथानमा नाच्दानाच्दै ! हैन ? राजन काकाले मज्जाले ताली पड्काए रे तँ नाच्दा !” सबै गलल हाँसे । मदनले आँखा तर्दै हेर्‍यो र भन्यो, “चुप लाग् साले ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पापी चुल्हो

~एनबी इलुंगा~ चकमन्न मध्य रातको सदुपयोग गर्दै राजा सुक्रचन्दले सिपोनको सिमाना पार गरिसकेका छन् | कुनै समयका जनप्रिय राजा आज आफ्नै कुबुद्धिको परिणाम भोग्दैछन् | आफ्नी कान्छी रानी सुप्रिया एवम् दुई राजकुमार र एक राजकुमारीको साथमा ऊनी राजदरवारबाटै पलायन हुन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रसूवाघाटको हुरीले उडाएन माया

~गजेन्द्र बुढाथोकी~ रसुवाघाटमा चिसो बढेको छ । सुनकोशीको सिरेटोले हान्छ । छाना मक्किएछ, जुनले आकासबाट चिहाएपछि ठूलीले खुइय्या सुस्केरा हालेर मनमनै भनि । मंगली र डल्ले जाडोले गुँडुल्की परेका थिए । टुकीको धिपधिपमा ठूलीको घर-कम-हुटेल खण्डहरजस्तै देखिएको थियो । ठूलीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिजुलीको सपना …..

~रुमन न्यौपाने ‘अमन्त’~ म लोभी छु । तपाई पनी लोभ गर्नु हुन्छ । हामी लोभी छैं । राजाले पनी लोभ गर्छन । प्रजाको लोभ झन त्यसमाथी बड्छ । हामी दैनीक लोभ गछौं । दिनभरी किसीम किसीमको लोभ र्गछैं । लोभको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ती आवाजहरू

~महेन्द्र प्रसाद पोखरेल~ कानै फाट्ने गरी उसले मलाई चिच्याई, ‘के सुनेर बसेको ?, जाने होइन ?’ म झसँग भएँ । हो ल हिँड भन्दै म लागेँ आफ्नो बाटो । साथमा भुन्टी थिई । मेरो हर पाइलामा सँगै पाइला बढाएकी भुन्टी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिलो रात.. त्यो प्रेमिका संगको ..

~करण घिमिरे~ शुक्रबार बिदा को दिन राजनीति मा अल्लि चासो राख्ने म त्यसै माथी दलिय बहस चलिरहेको थियो सम्सद भबन भित्र २ दिन अगाडी नै कुर्ची हानाहान गरेको खबर बहिरिएको थियो त्यसैले पनि कस्ले के भन्यो के के हुँदै छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कटासें बजार… जोखे…कर्नाली ब्लूज…

~पौल भाट~ भाईले यो फ़ोटो राखेछ, कमेंटहरु पढदा, कटासें बजारका पुराना दिन, पात्रहरु याद आए. बच्चाहरु जन्मिदै मर्दै गर्नथाले पछि अब यसपालीको चाही नमरोस भनेर उनलाई जन्मिने बित्तिकै तराजूमा जोखेको हुनाले उनको नामनै “जोखे” हुनगएको रे ! नभन्दै उनलाई उनिपछि 3 … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा अपूरो कथा

~विक्रम तिमिल्सिना~ ‘दादा, अब तपाई सधैँ यहीँ बस्नुस् न है ?’ ‘किन र नानु ?’ ‘तपाई साथीजस्तै लाग्नु हुन्छ क्या ।’ ‘भाडामा बस्ने मान्छे, के भन्न सक्छु र ? अनि तिम्रा अरु साथी छैनन् ?’ ‘अहँ छैनन्, अझ तपाईजस्ता त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवरण

~रजित ओझा~ जाडो महिनाको पारिलो घामको मज्जानै वेग्लै ! स्कुलको चौरीमा हरियो घाँसमा शित सुकेपछि वसेर घाम ताप्नु मेरो दिनचर्या भैसकेको छ।किन पर्छ शित हरेक दिन सुक्नलाई? जव जव म घाँसलाई शितले स्पर्श गरेको देख्छु, मनमा अनौठो विचार आउँछ। माया … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो बगरे

~कृष्णराज खनाल~ ‘आजकल खोई त देखिँदैन नि !’ ‘के ?’ मैले सोधेँ । ‘त्यही के तिम्रो साथी ।’ ‘अहँ मैले बुझिन ।’ ‘के नबुझेको जस्तो गरेको । तिम्रो त्यो खोटारो के खोटारो !’ ए ! त्यो मेरो मोटरसाइकलको कुरा गरेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो प्रेमको दुश्मन पीआर र ग्रिनकार्ड

~शाश्वत अज्ञात~ उ भन्थी ‘यसै गरी सधै प्रेम गरी राख ल मलाई’ हुन पनि उसितको यो नाता जोडेपछि म आफै फुरुग्ङ थिएँ। प्रेममा पर्नुको मज्जा र कल्पनाको दुनियाँमा शैर गर्नुको रोमाञ्चकता ! आहा ! फेरि बोली, ‘कसम खाउ, तिमीले मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहमति

~प्रदीप नेपाल~ रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जीव्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुक्ति

~देवकुमारी थापा~ कर्ण लम्पसार परेर ओछ्यानमा पल्टिरहेका थिए। उनको हाड र छाला भएको शरीर देख्दा कुनै दिन उनी खाइलाग्दा युवक प्रसिद्ध धावक भनेर पत्याउन गाह्रो पर्थ्यो। केही समय अघिसम्म कर्ण नेपालका प्रसिद्ध धावक तथा पुरस्कार विजेता थिए। बलिया, अग्ला, गोरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु अनुभव

~दिपक घिमिरे~ म मरेको पनि वर्ष दिन पुग्न थालेछ । सोच्छु, समय बित्न कति नै लाग्दोरहेछ र ? हुन त म मरेकोलाई समय चाँडै बितेजस्तो लागेको हुन पनि सक्छ । बाँचेकाहरुलाई यही समय कटाउन कति गाह्रो भएको होला । ओहो ! ट्राफिक प्रहरीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहवास

~हिरण्यकुमारी पाठक~ प्रतिदिनको ताडना र लाञ्छनाले असहय भइसकेको थियो मुनाको मन । विवाह गरेको ६ वर्षमा पनि एउटा सन्तान दिन नसक्ने ! यस्ता वचन सुन्दासुन्दा उनको कान टट्याइसक्यो, हृदयमा सुल घोपेझैँ चस्स-चस्स बिझाउन थालिसक्यो । सन्तानको आवश्यकता र चाहना प्रत्येक … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : सडक र मेरो युद्ध

~सगुन श्रेष्ठ~ झल्यास्स बिउँझिन्छु । मैनबत्तीको मधुरो प्रकाशमा कुनाबाट दृष्टि फ्याँक्छु । केहि पाउँदिनँ । खाली नीरव शून्य छ । प्रयासका क्रममा निरन्तरताको मरूभूमि निर्माण गरी केही पाउने आशा गर्छु । अहँ ! शून्यशून्यको गोलाद्र्ध छ त्यहाँ । अतीतका तितामीठा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जेलातो

~रजित ओझा~ मन त्यसै–त्यसै उदास छ । एउटा चुरोट सकाइसकेपछि दोस्रो सल्काउन मन छैन । घुम्नै भनेर आएको मान्छे, त्यो धूवाँमा किन हराऊँ ? यो भीडमा रातो, पहेँलो र नीलो सबै रंगका पोसाकमा मान्छेहरू क्यामेराको रिल घुमेझैं मेरा आँखाअगाडि घुम्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लिभिङ टुगेदर

~केडी रेम्नीसीङ~ गाउँमा माध्यमिक विद्यालय स्तरको मात्र पढाई हुने हुनाले उच्च माध्यमिक र क्याम्पस स्तरको पढाईको लागि सदरमुकाम जानु नौलो कुरा होइन, यो रहरको कुरा पनि होइन । राम, श्याम, सीता, गीता, हरि, कृष्ण, रीता, नीता जो पनि पढ्नलाई खर्चले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कार्लो रोसी

~राजव~ कार्लो रोसीलाई मैले अमेरिका आएपछि मात्र चिनेको हुँ। र, ऊ अमेरिका आएपछि नै ‘कार्लो रोसी’ भएको रहेछ। ऊ र म अमेरिका लगभग एकै समयमा आएका रहेछौँ। कार्लो रोसी हुनुपूर्व ऊ ‘काशीनाथ जोशी’ थियो रे। मैले उसलाई कार्लो रोसी भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेरोजगारि व्यथा

~सुरेस खनाल~ मनमा कुरा खेलाउँदै हिड्दा ऊ, कुमारीपाटी तिर जानु पर्ने एकान्तकुना तिर लागेछ! निकै पर पीपलबोटमा पुगेपछि मात्रै ऊसले चाल पायो। नमिठो मुख बनायो, हात झड्कार्र्यो र आफैँलाई एउटा फोहोर गालि गर्दै ऊ फरक्क फरक्यो। बिहान उठे देखि नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment