Category Archives: नेपाली काव्य

Poetry

कविता : अविजित प्रदेशका अविजेय योद्दाहरु

~गणेश खड्का~ अग्घोर मानवेतर मान्छे जस्ता आकृतिहरु युद्दोन्मादमा आकाशको फैलावट र धर्तिको विशालता सिमातिक्रमण गरेर मझेरीलाई ‘प्रदेश’ र आँगनलाई ‘परदेश’ को खण्डित भागबण्डा लगाउँछन् र ईप्सित एकलकाटे इमारत प्राप्तार्थ ओठ निचोर्दा दुध आउने भुराभुरिलाई रक्षा कवच बनाएर निहित स्वार्थको अडबाङ्गे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : खुट्टा-मन संवाद

~हरिवंश आचार्य~ मन- ए खुट्टा ! हिँड्न त्यहाँ परसम्म जाऊँ खुट्टा- हैन अबेर भो अब हामी घरतिर जाऊँ मन- त्यहाँ गएर केटी हेरौं न खुट्टा- बरु घरमै गएर आराम गरौं न मन- त्यहाँ गएर ‘इस्क’ लडाउन खुट्टा- मनतातो पानीमा खुट्टा … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हिमाल र नौलाख पुत्रको सभ्यता

~भूपाल राई~ एउटै शिखर एउटै हिमाल र, एउटै चुचुरो कसैले सगरमाथा चढे कसैले माउन्ट एभरेष्ट कसैले थर्ड पोल चढे कसैले पिक फिप्टिन चढ्नेहरुले एउटै हिमालको यतिविध्न नाम चढे

Posted in कविता | Tagged | Leave a comment

कविता : विषाक्त वर्तमान

~विवेक दुलाल क्षेत्री ‘दमक’~ अहो पराक्रम तिम्रै छ निर्दोश पशु बध गरेर महाभारत ब्युझाउछौ राता सेता तुल टागेर सधै झिलिमिली भएको छनक दिन्छौ बाटै भरी सडक मर्मत नगरेर केही नथापाएको ढ्वाङ्ग पिट्छौ र आफ्नो आत्म रतिको साम्राज्य बिस्तार गर्न अबिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कति खेर

~मणिराज सिंह~ तिम्रो आँखाको डिलमा टलपलाएका ती आँसुले बगाएर कति खेर मेरा रहरहरू वाफझैँ उडेर अनन्त समयसँगै विलाए मलाई पत्तै भएन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको सन्दर्भमा

~सुको साइबर~ मेरो आँखाको कुकुर रातभरि भुकिरहन्छ म कविताको नोकर हुँ । अन्धो सहरको

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि अर्को खोक्रो शुभकामना

~प्रकाश सुनुवार ‘निराकार’~ पोहोर सालको शुभकामना जस्ताको तस्तै चाँग लागेर वसेको छ पुरा गर्नपर्ने कामहरु त्यसै उब्रिएर अधुरै छ फेरि पनि पोहोर साल जस्तै आज पनि नयाँ वर्षको शुभकामना भिरेर आइपुग्यौ । उज्यालो वाटोहरु खन्ने योजनाहरु

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : टोकियो सहर

~दिलिप योन्जन~ टोकियो सहर हेर्नुमा रहर साकुरा फुली दिदा बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा ! बिपना बित्यो दुख र पिडा आसुमा दुब्दिदा दुखेर छाती भत-भती पोल्छ सपनी छुटदिदा

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : हषिर्त

~कुमार आङदेम्बे अबि~ तिमी मुस्कुराएको बेला, म भित्र हर्षित कम्पन हुन्छ, मेरो सोचको समर्थन हुन्छ , म संघर्षरत छु, म आफुलाई तिम्रो फुलबारीमा फुलाउन चाहन्छु । तिमी मुस्कुराएको बेला,

Posted in कविता | Tagged | Leave a comment

कविता : पुल

~जयराज भट्टराई~ हात समातेर रुँदै भन्यौ– नतर्नू पुल पुलपारिको सपनाको संसारमा स्वतन्त्र उफ्रिने आशामा तिमीले समाएको हात झड्कारेर मैले तरेँ पुल अझ, तिमीले पछ्याउने डरमा भत्काइदिएँ पुल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नाथुराम गोड्सेको अनुहार

~घिमिरे युवराज ‘कर्जुना’~ हिजो राज्यलक्ष्मी जङ्गबहादुर महेन्द्र वा ज्ञानेद्र सत्तामा हुँदा जसरी फिल्टर गरेर सुन्थे जनताको कुरा त्यो भन्दा नालायक छ आजको सत्ता । चेतनाहीन, प्राज्ञिकताहीन, मानवताहीन यो मुलुकको सत्ता जिब्रो लटरपटर पार्छ र आफैँले बोलेको कुरा पनि बिर्सन्छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाभित्र तिमि

~योगेन पौडेल~ हिजो सपनामा तिमि आयौ र, फेरी एकपटक त्यसरी नै मुस्कायौ, म उडेँ आकाशमा त्यसरी नै चँगा उडे जसरी। ठुल्ठुला आँखाले निश्चलता त्यसरी नै पोख्यौ, अनी, म फैलिएँ समुन्द्रमा त्यसरी नै छाल फैले जसरी, हो, हिजो सपनामा तिमी मुस्कायौ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सानो एउटा घर

~विश्वराज अधिकारी~ शान्ति नै शान्ति छाएको एउटा सानो घर थियो त्यसमा बस्ने जति सबैको नेपाली मात्र एउटा थर थियो अलिकति भोक थियो अलिकति प्यास थियो आफ्नै पाखुरीले अन्न पानी जुटाउने तर अटुट एउटा विश्वाश थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्दोष कैदी

~प्रद्युम्न चौधरी~ संसारमा मैले के गरें यसले मलाई दोषी बनायो हित कर्म गर्न अग्रसर हुादा सबैले मलाई दोष लगायो कर्म गर्ने अधिकार हरायो

Posted in कविता | Tagged | Leave a comment

कविता : किन ?

~इन्दिरा थापा~ यदि भावनाभित्र देवता भेटिन्छ भने सधै मन्दिरमा धाउँछौ किन खहरेको पानीले तिर्खा मेटिन्छ भने सधैँ सागरमा जान्छौ किन दीयोको उज्यालोले अँध्यारो छिचोलिन्छ भने

Posted in कविता | Tagged | Leave a comment

कविता : म नेपाली हुँ

~भिमसेन थापा मगर~ म जात हैन म धर्म हैन म लिङ्ग हैन म खास हुँ म हिमाल हुँ म पहाड हुँ म मधेश हुँ म देश हुँ । म ब्राहमण हैन

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रताडित युगको निर्दोष भानुभक्तहरू

~रामेश्वर राउत ‘मातृदास’~ हाँस्न बिर्सेका मनहरू मुस्कानमा पीडा संवेग्छन् आँसुमा आँखा रित्तिरहेका छन् भानुभक्तहरू ! ।।१।। हो माटो बुझेँ बाटो चिनेँ, आइन्दा यी ज्यानदावा काँडाहरूलाई पैतलामा प्ेरम खेर फाल्दिनँ भन्छन् भानुभक्तहरू र, हिउँलाई हिमालझैँ अग्ल्याएर फूलमा जिन्दगी रमाइलो देखिरहन्छन् हरदम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘भन्सरिया’हरु

~छविलाल कोपिला~ त्यो मध्यरातमा जब, उत्तर–पूर्वको कुनामा सप्तऋषि तारा उदाउँछ उसंगै उठ्छन्, ‘भन्सरिया’हरु छोट्की, खझ्ली, सँझ्ली र मझ्लीहरु पनि कोइ ‘कुठ्ली’ छाम्दै कोइ ‘भर्कन’ सुमसुम्याउँदै कोइ ‘चँचरा’ समाउँदै कोइ बच्चा कुल्चिदै कोइ यता ठोक्किदै, कोइ उता लड्दै यी सबैका कहानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम: ईश्वर

~सुरेस खनाल~ तिम्रो एक मुस्कान भए पुग्छ, म ईश्वर भूल्ने हिम्मत राख्छु! तालमा एऊटा डुङ्गा चल्यो, छालले किनार छोयो, तिम्रो सोचाइको तरंग जस्तै। कलकल नदी बग्यो,

Posted in कविता | Tagged | Leave a comment

राजेन्द्र थापाका पाँच छोटा कविताहरु

~राजेन्द्र थापा~ छिमेकी छिमेकीहरू हाम्रो साँध आफूतिर तान्छन् हामी चिया प्यूँदै चियापसलमा छिमेकीलाई गाली गर्छौं साथीहरू दिनरात हाम्रो खुट्टा तान्छन् हामी रक्सी प्यूँदै रक्सी पसलमा छिमेकीलाई ठोक्ने घोषणा गर्छौं र दायाँबायाँ पलाकपुलुक हेर्छौं अनि, कोही नदेख्दा राहत भेट्छौँ। हात जोड्नेहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश हाँसिरहोस्

~अरुणबहादुर खत्री “नदी”~ म जन्मेको यो देश जून घाम सरी हाँसिरहोस् सधैँभरी हिमचुलीका सेता थुम्का चुम्दै वरिपरि पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म म जन्मेको यो देशभित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : देशका दुस्मनहरू

~कमला अत्री~ प्रेमका नाममा पीडा दिनेहरू सुखका नाममा दुःख थोपर्नेहरू शान्तिका नाममा क्रान्ति जन्माउनेहरू अर्थात् धर्मका नाममा पाप गर्नेहरू आखिर के चाहन्छौं तिमीहरू ? किन चिमोट्छौं तिमीहरू ? किन चिथोर्छौ तिमीहरू ? किन जलाउँछौं तिमीहरू ? अनि किन मार्छौ जिउँदै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी आउनुको प्रतीक्षा

~सुवास खनाल~ दुर्घटना थिएन तिमी आउनु निश्चित हो तिम्रो आगमन तिमी आउनु ,आउनु जस्तो रहेन कुनै नियोजित षडयन्त्रकारीले बन्देज गरेजस्तो तिम्रो बोली कुनै पुरातन संस्कृतिले छोपेजस्तो तिम्रो अनुहार वा नआउनु जस्तो यो आउनु ……निकै दिक्दार लाग्दो रह्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : पश्चताप

~बिपना ढुङ्गाना~ अलि जिद्दी स्वभावकी थिएँ धेरै जिद्दी गरेँ होला, बाल्यकालको त्यो तोते बोलीले, सायद कयौं कुराहरु प्रस्ट्याउन सकिन होला, तर मैले केही नभनेपनि बुझ्थ्यौ तिमी । भर्खरभर्खर हिड्न सिक्दै गरेकी म लर्वरलर्वर गरेर पाइला भुँईमा घिसरन्थे,

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याचा देश

~निश्चल काउचा~ तन्त्र फेरियो श्रीपेच फालियो ढाका टोपी ढल्काउने थुप्रै राजा जन्मिए सुनौलो बिहानीको आगमन भएन कन्दरा र पखेरीहरुमा ओलाङ्चुङ गोलाको लुङ्गालाई आफू नेपाली भएको प्रमाणित गर्न आउन हप्ता दिन लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आशक्ती

~बिना थिङ तामाङ~ आशक्तीको अन्यर्थ नलाउने हो भने यतिखेर म अघोरै आशक्त भएकी छु तिमीसंग र माग्न मन लागेको छ तिमीसंग प्रेमिल चुम्बन तिमीलाई भेटेर भन्नै नसकेको कुरा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : धुवाँ

~शोभा शर्मा~ त्याे चुराेटकाे धुवाँ म तिमीलाई हेर्दै पिउँथेँ याे चुराेटकाे धुँवाले म तिम्रो आकृति कोर्दै बस्छु धुँवाको रंग त उस्तै छ तिमी मात्रै रंग फेरेर हिँड्यौ तिम्रो संसारमा धुँवाको ,रंगको

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल चिहाइरहेछ दार्जिलिङ

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ अधरमा प्रकृति मुस्कान साचेर टाइगर हिलबाट सूर्योदय स्वागतमा रम्दै, अंगप्रत्यंगमा चियाका बुट्यानहरुमा अनि शान्त अनुहारमा निर्दोषपन बटुल्दै नेपाल चिहाइरहेछ दार्जिलिङ । देखिन्न दाग कतै, संवेदनशील तर स्नीग्ध

Posted in कविता | Tagged | Leave a comment

गजल : जिवन भरि

~भूमि भण्डारी~ सपनाकै संसार जिवन भरि अस्त व्यस्त घरवार जिवन भरि कति कमजोर भएंछु प्रेममा सवै कल्पना निराधार जिवन भरि

Posted in गजल | Tagged | Leave a comment

कविता : ज्यामीपत्नीको घोषणा

~कृष्ण जोशी~ यो त्यही आँगन हो जहाँ आएर आत्महत्या गर्छु भन्थें अपशोच ! यस अर्थमा भयो कि आत्महत्या गरिसकेछन् यहाँ नै झुन्डिएर मभन्दा पहिले दैव अनि धर्म दुवैले मृत्यु भएको थियो यही आँगनमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सभासद् कि साढे सात ?

~हिरालाल आचार्य ‘अनारबाजे’~ उज्यालोको आश थियो ल्यायौ कालो रात सभासद् हौ कि तिमी हौ कि साढे सात । जुवाजस्तै राखिदियौ देश आज दाउमा नदीबीच हेलिदियौ माझी छैन नाउमा ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : धन्यवाद नेताजी

~‘नेशेक’ पुष्कर विष्ट~ देशमा शान्ति नभए पनि अशान्ति फैलायौं किसानलाई खेतबारीको साटो सडकमा खेती गर्न हौंसलादिलायौं ॥ गर्भ छ नेता जि भोको पेटलाई भर्न नसकेनी

Posted in कविता | Tagged | 1 Comment