Category Archives: नेपाली काव्य

Poetry

कविता : नैतिक दृष्टान्त

~कवी शिरोमणी लेखनाथ पौड्याल~ बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन । बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : कालमहिमा

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो, खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।

Posted in कविता | Tagged | Leave a comment

कविता : बैशाख

~माधव प्रसाद घिमिरे ~ डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले बोकी ल्यायो बकुल वनको वास मीठो हावाले । डाकी मौरी मधुर रसमा लेक पाक्यो गुह्ँली गोठालाले वनवन डुली हाल्न थल्यो सुसेली ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको व्याप्ती

~बालकृष्ण सम ~ एक साधु ठूलो डालो लिएर कविता बटुल्न वनतिर लाग्यो, डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिरदौड्यो, छाँगोपाँगो, फलफूल, सागपात जताजतै कतिखोज्यो, कतै पाएन,

Posted in कविता | Tagged | Leave a comment

कविता : काम्यो लुग लुग त्यो

~भीमनिधि तिवारी~ मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो, छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो, जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो, काम्यो लुगलुग गरीब बिचरा त्यस्मा दया गर्छ को !!!

Posted in कविता | Tagged | Leave a comment

कविता : कोपिला

~भीमनिधि तिवारी~ साना बालक, बालिका भुवनका हुन् फूलका कोपिला शिक्षाको मल, प्रेमको जल छिटी गर्छौँ भने संचिता फुल्नेछन् दिन मध्यमा यिनिहरू बास्ना अनेकौँ दिई त्यो बेला अनि यो उजाड दुनियाँ बन्नेछ कस्तो भई !

Posted in कविता | Tagged | Leave a comment

भीमनिधि तिवारी का मुक्तकहरु

~भीमनिधि तिवारी~ पैसा तिर्नुपरे औषधि पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन् भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मेरो अर्धाङ्गिनी तिमी हौ

~भीमनिधि तिवारी~ आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ यो स्नेहको बिरुवा कैले पनि नसुकोस् फूलबारीको म माली मधुमालिनी तिमी हौ

Posted in गजल | Tagged | Leave a comment

कविता : नाट्यशाला

~भीमनिधि तिवारी~ संसार नाट्यशाला हो; प्रकाश सूर्य, चन्द्र हुन् जीवनधारीहरू सारा कर्मचारी समान हुन् छ जो प्रकृतिको पर्दा त्यसैको आडमा डटी यहाँ भेष लिई नाना आउँछन् नट औ नटी

Posted in कविता | Tagged | Leave a comment

गजल : इश्कबाजी मा

~भीमनिधि तिवारी~ नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा। नजाने बिखका खोला बहन्छन्, पर्छ बाढीमा र, जाने महका चाका चुसिन्छन्, इश्कबाजीमा

Posted in गजल | Tagged | Leave a comment

कविता : गरीब

~डम्बर पौडेल~ धेरै कथा लेख्छन यिनको धेरै ब्यथा पोख्छन तिनको यिनकै नाम बेचेर कयौं राजनेता बने सयौं समाजसेबी बने कोहि कबि , पत्रकार र लेखक के के बने बने लेखि साध्य छैन यिनकै नाममा हजारौं सस्था खुले सयौं एन. जी. … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चुकूल

~लक्ष्मीप्रसाद देवकोटा~ क. को यो फार्ने, को यो पार्ने
मानिस, मानिसमा अन्तर ? यो हो चाँदी, या हो कागत, –बाट बनेको धूर्त चुकुल, जिउँदो निरन्तर !

Posted in कविता, नेपाली काव्य | Tagged | Leave a comment

गजल : मैले पिएँ आज

~आशांक उपाध्याय~ नप्यूने बाचा खाएर पनी किन मैले पिएँ आज ! हाँसी खुसी बाच्ने कसम तोडी किन रोएँ आज !! सधैं हिड्ने गल्ली पनी उराठ उराठ लाग्न लाग्यो, किन अनी कसको नामले यस्तो उदास भएँ आज !!

Posted in गजल | Tagged | Leave a comment