Category Archives: कविता

Nepali Poems

कविता : साला पहाड में क्या है?

~मीन बहादुर विष्ट~ मुहानबाट निस्केर फुत्त कहीँ हुत्तिँदै कहीँ थामिँदै तर कहीं कतै पिन पछाडि फर्केर एक नजरसम्म नलाउँदै बरु उल्टै दुई किनारहरुमा सालिकझै उभिएका रोगी पहाडहरुलाई लात हान्दै बेस्सरी भागिरहेछ नदी देश छोडेर । काँधमा रातो रुमालले बीचमा टपक्क … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फलाम पिट्ने मान्छे

~कृष्ण बिश्वकर्मा~ गोर्खाली पहिचानको धरोहर सिरुपाते खुकुरी तर, उस्को आरनको कथा अझै अज्ञात गर्भमै कैद छ करौतीका दाँतीमा रेत लगाउंदै ऊ बडो गर्बले भन्दै थ्यो…. पृथ्बी नारायण शाहका तरबार उसैका बाजेले अर्जापेका थे रे बलभद्र , माथवरहरुका तरबार र खुकुरीहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असल छिमेकी

~रमेश पोखरेल~ मुलुकलाई दक्षिणले जहिलै छेको हाल्छ स्वच्छन्दले बग्ने पानी आफै थुन्न थाल्छ हरेकवर्ष पानी थुन्नु उसको सद्भाव?भो सिंगै गाउँ डुबाएको हेर्नु नियति भो। पहिले बाँध्छ सीमानामा जबरजस्ती बाँध जनविरोध भइरहँदा नि सरकार झक्छ काँध टनकपुरमा छिमेकीको उसले इज्जत लुट्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हुन्न

~तुलसी पाण्डे~ मेचीकाली तराई हिमाल छुटन दिनु हुन्न, दाजुभाई दिदी–बहिनी फुटन दिनु हुन्न। टंनकपुर, कालापानी, सुस्ता लुटन हुन्न दार्चुला, नवलपरासी हुदै दाङ् छुटन हुन्न। नेपालको भुमिमाथी आँखा गाडनु हुन्न , विस्तारवादको विगविगीलाई त्यसै छाडनु हुन्न। विरताको इतिहाँस बोकेको धर्तिमा , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्यारो देश

~रेशम विसी~ मेरो देशको माटो मेरो देशको ढुङ्गा सम्झना आउँदा मन हुन्छ चङ्गा नदि र नाला छहरा छाँगा हिमाल पहाड अनेक गङ्गा तराईको फाँट अन्नको भन्डार उच्च शिखर छ चिनाउने संसार लाली गुराँस, बेली मुस्कुराउँछ डाँफे र मुनाल मयूर नाँचिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्वहारा

~रेम राना~ म त सर्वहारा सबै सम्पत्ति हारेको गुमाएको सम्पत्ति मेरो केबल हात पाखुरी नाफाको आधारमा म बाँच्दिन किनभने म परजिवी होइन अरुको कमाईमा बाँच्ने। बरु म त अतिरिक्त श्रम बेचेर बाँच्छु त्यही अतिरिक्त श्रम भित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनधारा

~जुमिरकाँढे शेशी~ कठिनाईहरुले भरिएको जीवन त्यसमा पनि आकास खस्छ पृथ्वी अतल गहिराइमा भासिन्छ समाउने डालो लुछिन्छ टेक्ने हाँगो भाँचिन्छ अब के रह्यो र जिन्दगी दिउँसै निस्पट्ट कालो रात परेको छ आँशुको नदी बगेको छ हिड्ने यात्रामा भीरै भीर छ बेचैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम छ तिमीलाई

~लक्षीराम आचार्य ‘अविरल’~ एउटा सिउँडीको फुल्न खोजेको कोपिला थियौं तिमी निराहारतामा पनि रमाउने रूखो चट्टान माथि उभिएका थियौं तिमी गोडमेल र मलजलको अनुभूति कहिल्यै नपाउँदा पनि दुर्लभ सजीव वनस्पति भएर जोहो टारेकै थियौं तिमी तर पनि तिम्रो आधार आसनमा ज्वालामुखी, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~किशोर पौडेल~ हरेक साँझ सँगै जब अन्धकार छाउँछ धर्तिमा मानौ म नाबालक शिशु आमाको काख खोजिरहेको छु तर मसंग जे छैन त्यसैको आशामा कुरिरहेको छु, जब हुरी बतास आउँछ मेरो जीवनमा मानौ म बाटो हराएको बटुवा आमाको हात खोजिरहेको छु। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चलाऊँ देश बचाऊ अभियान

~ताराधर शर्मा~ पूर्खाले एकिकरण गरिदिएको नेपाल टुक्राउँदैछन् संघीयताको नामले विविध अनेकतामा एकता बोकेको हाम्रो संस्कृतिलाई शदियौं देखिको जातीय सद्भावलाई खलबलाउँदै छन् जातीय संघीयताको नामले जातीय संघीयताका नारा दिई नयाँ नेपालका कुरा गर्छन् यहाँ अब्बल दर्जाका क्रान्तिकारीहरुले मात्र सत्तामा पुग्नको लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्घोष विद्रोहको

~मानबहादुर भण्डारी~ बोधगम्य छ यो संसार, गम्नलाई मस्तिष्क यहाँ खियाउँनै पर्दछ दृष्टिभ्रम पालेर हुँदैन उज्यालो पाउन चिहाउनै पर्दछ। यहाँ बुझाई आ–आफ्नै भएतापनि भेद खुट्टाउन नसकी अल्मलिनुको पीडा अनेक जलन अनेक, अनि पृथक बुझाई, पृथक भोगाई अनेक आत्मघात, विश्वासघात, घातप्रतिघात स्नेह, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्किआउ लाहुरेदाई

~देवेन्द्र बस्याल~ फर्किआउ लाहुरेदाई फूलै फूलको गाउँ वास्नै बास्नाको ठाउँ झलि र मिलि थियो यो लाहुरेहरूको गाउँ घर यो लाहुरेको रे समाज यो लाहुरेकै रे तर आज किन? घरहरू रित्तै छन सारा समाज रित्तो छ कहाँ गयौं लाहुरे दाई किन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न तिमीलाई

~तुलसी पाण्डे~ अमिट ती जड्डे खम्बा ढलिसके पछि, नेपालकोसीमा खोज्न कहाँ जान्छौं तिमी,? शत्रुमित्र छुट्याउने भावना नै मरे पछि, कुन मित्रको खोजी गर्दै हि्रड्ने गर्छौ तिमी? नेपालको भूमिमा विदेशी भित्र्याएपछि रगतको नाता खोज्दै कहाँ जान्छौं तिमी? आफ्नी आमा रूवाएर अरूलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शोकाञ्जली

~कृष्ण सेन “इच्छुक”~ स्पात जस्तै तिम्रो दरिलो हातलाई मुठ्ठीमा कसेर अब म गरम जोशमा साथ फेरि तिम्रो अभिवादन गर्न सक्ने छैन भेट हुँदाको प्रिय घडीमा गहिरो आत्मीयताले डोरिएर पहिले जस्तै फेरि तिमीलाई अब म बलियो अंगालोमा कस्न सक्ने छैन तिमीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभागी अभिमन्यू

~शशिधर भण्डारी~ तिमी महाभारतका अभिमन्यू हौ अस्ताएको एउटा नक्षेत्र हौ तिमी अस्ताएपछि उदाउने सूर्य होइनौं चन्द्र पनि होइनौं तिमी त महाभारतका अभिमन्यू हौ त्यसैले फेरि उदाउन्नौं फेरि उदाउने सूर्यले उज्यालो विहानी जन्माउँछ

Posted in कविता | Tagged | Leave a comment

छोक : आमाहरु !

~तीर्थराज अधिकारी~ दूधमुखे बच्चाका मुखबाट दूधका मुन्टा छुटाउँदै पैसाका मुठा बोकी बच्चालाई टाईले कसेर मन्टेश्वरीमा मुन्ट्याएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : मसानको आवाज

~युद्धप्रसाद मिश्र~ डढेको लाश चिच्याई चितादेखि उठ्यो फेरि जलेको देशवासीको कदम चर्को उठ्यो फेरि रगत सिंगान गरी हाम्रो जगाएको बगैंचामा मरुभूमि गर्न सामन्तीहरूको दल जुट्यो फेरि सबैले न्याय पाउने बनाएको थियो देश

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘नाङ्गी’ द्रौपदी

~दिपा एवाई राई~ -नाङ्गी द्रौपदी आलिशान त्यस महलको भव्य कुर्सीमा विराजमान महाराज धृतराष्ट्रलाई यो द्रौपदीको प्रणाम । जंगल र तालहरूमा गोपिनी नङ्ग्याउने कृष्णले भारी सभामा मेरो वस्त्र हरण हुन दिएन आज आफैं -अस्तित्वको लागि -अधिकारको लागि -न्यायको लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : मिलाप कि विलाप

~गोविन्दप्रसाद आचार्य~ नरोक वेग जाउ है झकेर सान तेजको नराख रात फाल है शोभा भएन देशको तलै छ देश मासमा झनै त भाँसिंदै गयो झनै यो रात लम्बिए यो देश नासिँदै गयो कुरा चपाउँदै गए मिलाप हुन्न जान यो छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशमा

~अप्जसे कान्छा~ प्रकृतिको सास छ मन लोभ्याउने सुन्दारताको बास छ तर अपुरो क्रान्तीले सदिआ देखिको भ्रान्तीले देश कंगाल भएको छ क्षतबिक्षत भएको छदेशको यस्तो बिजोग देख्दा मलाई देशमा रगतको खोला बगाउन मन लाग्छ देशको बनजंगलमा आगो लाउन मन लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी तिम्रो याद आयो

~सिमा राई~ तिमी गयौ सबै खुशी साथै गए आसुँ बगे खोला सरी मुटु जलिरह्यो छाती पोलिरह्यो प्यास ले छपटी रहे आसुँ मा पौडीए पनि तिमी लाई पाउन सकिन तिम्रो म्रिगत्रिशणामा सैयौ माइल डौदिए पनी

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्बोधन

~अजम्बरध्वज खाती~ व्योम खासा नीर रंगको प्राची सुन्दर किरण झुल्का गम्भीर बहँदी सलल काली भुलभुलेछन् जलका भुल्का। गजूर छानो, सुनको मन्दिर, घडी र घण्टा बजिरहेछन् प्रातको प्रारम्भ हो यो विहगगणका मधुर गुञ्जन। ।। १।। टलक सुन्दर शीत थोपा अल्भि्कएका द्रुमहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देउता

~पवन भण्डारी ‘किरण’~ कस्तो हुन्थ्यो होला मस्जिदबाट अल्लाह निक्लिएर मेरा प्रश्नको जवाफ दिए । म सोध्ने थिएँ शिर काटिएका र गोली खाएका मेरा दाजुभाइको कसूर । कस्तो हुन्थ्यो होला चर्चबाट जिसस निक्लिएर मलाई हेरिदिए म सोध्ने थिएँ इरान र अफगानिस्तानको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : काठमाडौंलाई घेर

~विमल निभा~ पूर्वबाट घेर पश्चिमबाट घेर उत्तरबाट घेर दक्षिणबाट घेर काठमाडौंलाई घेर प्रेमले घेर साहसले घेर उमेरले घेर शान्तिले घेर काठमाडौंलाई घेर यताबाट घेर त्यताबाट घेर उताबाट घेर जताबाट घेर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी मेरो बनिदेउ न !

~आशा गुरुङ~ म पर्खिबसेकी छु ती घुम्टोहरुलाई तिमी बादल बनि आइदेउन म रमाउन सक्छु तिम्रो बिशाल छातीमा तिमी आकाश बनि आइदेउन तिमीभित्र कतै म हराउन चाहन्छु तिमी मेरो आँखीझ्याल भएर हेरिदेउन म रुझिदिउला बरु तिमीसङै सधैं साउनको झरी बनि तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिकृत बाटो

~टेकब कोइराला~ बिमला ! के तिमी पनि यही बाटो जान्छौ र यो त मैले हिँडिसकेको बाटो अनुभूत गरिसकेको बाटो अभ्यास गरिसकेको बाटो यो बाटोमा कुनै चौतारी छैन कुनै देउराली छैन । यो त मैले भोगिसकेको बाटो यो बाटोमा कुनै मिठास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्किहाल्छु देश

~गोविन्द गिरी प्रेरणा~ कहाँ वस्छु र म यो परदेशमा फर्किहाल्छु देश । देशको राजनीति अलिकति राम्रो होस् लोड सेडिंग घटोस् धारामा पानी झरोस् फर्किहाल्छु देश । सम्विधान वनोस् दोहोरो नागरिकता पाइयोस् शान्ति सुरक्षा सुध्रियोस् वाटो चिल्लो वनोस् धूलो मैलो नहोस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घामका पाइलाहरूले कुल्चेपछि

~सरण राई~ अश्रुपुरित नजरले म पछाडि हेर्दिनँ युगल हातहरू तिमी बिदामा नहल्लाउनु अदृश्य सुइरो मनभित्र रोपिदै गैरहेपनि बिरामी कुरुवा जस्तै तिमी भैरहेपनि झझल्काहरू गुथ्थ परिरहेपनि घामका पाइलाहरूलेआँसुको आलो डोब नौनीजस्तो नरम मनमा नपार्नू युगल हातहरू तिमी बिदामा नहल्लाउनु भौतिक रूपको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन होला?

~विजय महर्जन ‘श्रीजय’~ समय सधैं एउटै हुन्न रे कहिले घाम त कहिले छाया हुन्छ रे कहिले रित्तो त कहिले भरीभराउ हुन्छ रे तर साथी मेरो समय सधैं रित्तो र छाया मात्र किन? समय भाग्यको खेल हो रे कहिले पापी त … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन एकचोटि आउँछ

~गोपालप्रसाद रिमाल~ एक जुगमा एक दिन एकचोटि आउँछ उलट-पुलट, उथल-पुथल, हेरफेर ल्याउँछ लाटा-सुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन् गए भनी नदेखिएका फर्की-फर्की आउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँ नेपाल छ !!

~स्वरूप पाल्पाली~ हिमाल, पहाड़ ,तराई छैनन यहाँ डाँफे र मयूर नाच्दैन यहाँ लालीगुरांस फुल्दैन यहाँ तर पनी, हामी नेपाली छौ यहाँ नेपाली भाषा र नेपालीपन छन यहाँ रातो टिका र जमराले दशैं मनाउछौँ यहाँ फर्फराउँदै नेपाली झंडा गौरव मानी नेपाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परेवा

~यशोदा तिम्सिना~ हिजो तिमीले सेतो परेवा उडाउँदा शान्तिको प्रतीक त्यो कावा खाँदै सगरमाथातिर जान्थ्यो उचाइ लिँदो परेवा र तिम्रो उस्तै चर्चा हुन्थ्यो सर्वत्र शान्ति छाउने आशा जाग्थ्यो। आज पनि तिमी परेवा उडाउँदैछौ

Posted in कविता | Tagged | Leave a comment