Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : बाबुसाहेब

~कमल धिताल~ रामप्रसादको कान्छो छोरो कुसंगततिर लाग्न थालेको जस्तो थियो । ‘छोराको संगत साँच्चै न नराम्रो दिशातिर हुन थाल्यो भने नराम्रो पर्ला । छोरो ता बिग्रन्छ बिग्रन्छ परिवारलाई समेत तनावको विषय हुन सक्छ !’ उनलाई यस्तै चिन्ता परिरहेको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : तालिम आतंक

~पदम भण्डारी~ जाजरकोट सदरमुकामको रम्भा होटल अगाडि चिया पिउन जम्मा भएका मानिसहरुमध्ये एकजनाले कुरा निकाल्यो-‘जिल्लामा जुन संघसंस्था आए पनि तालिम नै गर्छन् । नोटबुक बाँड्यो, डटपेन बाँड्यो, खाजा खुवायो, तालिम सिध्यायो । तालिम संचालन गर्नेहरु साह्रै फटाहा निस्किए । यस्ता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नाजायज माया

~निराजन प्रभात~ “चानचुने कुराले म हिजो आज घोत्लिने गर्दिनं,यदि मलाइ अफसेट पाउनु भयो भने सोच्नुस ठूलै सोचको भुमरीमा परेकोछु म । एक छिन त्यो बेला मलाई बोलाउने कष्ट पनि नगर्नु होला,यादको पिटाइने मेरो दिमाग पनि क्षत विक्षत हुन्छ ।” उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्रेमी/प्रेमिका

~आर. आर. चौलागाईं~ प्रेमी/प्रेमिका-१ प्रेमिकाले प्रेमीलाई सोधी- “तिमी मलाई कति माया गर्छौ ?” प्रेमीले भन्यो- “म तिमीलाई यति माया गर्छु कि-तिम्रो निम्ति ऊ त्यो पहाडबाट हाम फाल्न सक्छु ।” प्रेमिका- “साँच्चै ?” प्रेमी दौडिएर गयो र पहाडको टुप्पाबाट हाम फाल्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एउटा मृत्युको बयान

~लारा राई~ उनी- कोही थिइनन् तथापि, मष्तिष्कमा मेरो सदैव रहिरहनेछिन्। अपार असहमति छ। यो माहौल, यो सभाहलभित्र छरपष्ट छरिएको गिदी र, यो गिदीजस्तै छरपष्ट मान्छेहरुसँग। भीडमा मान्छेहरु भनिरहेछन्- रक्सी ज्यादा पिएर मरेकी अरे। अल्कोहोलिक पो रहिछे-एउटी मोटी महिलाले लामो श्वास … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुसा आतंक

~माया ठकुरी~ टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरु पुछपाछ गर्ने क्रममा मैले चित्रकथाको ‘द पाइड पाइपर’ पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरुमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ मनमनै सोचेँ । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुस्कानको खोजी

~दीपक ठकुरी~ मलाई धेरैले घृणा गर्थें, अझ बढी त आमाले । गृहकार्य गर्न छाडेर म उठेँ आमालाई खुसी पार्न । दराजबाट कपास र गम झिकेर ल्याएँ । अनि बडो सावधानीका साथ माथिल्लो ओठमा गम दलेर त्यसमाथि कपास टाँस्दै थिएँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : झोली महिमा

~जे.बी. शेर्पा ~ हाते झोली भन्ने बित्तिक्कै विशेषत: महिलाहरुले भिर्ने , झुन्ड्याउने , च्याप्ने झोला हो भन्ने स्वत: अनुमान लाग्छ किन भने पुरुषहरु सकेसम्म झोला जस्ता वस्तुहरु नलिईकनै ढोकाबाट हाम्फाल्दै घरबाट बाहिर निस्कनछन् , उनीहरु त्यस्ता झोलासोला , तन्द्र्यांग तुन्द्रुंग … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अपरिभाषित प्रेम

~कृष्ण थापा ‘कृष्णपक्ष’~ फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक भुइँतिर नियाल्छु । एउटा भुवादार  स्विटर र मफलरले हिउँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुसाइड नोट

~महेन्द्र पौडेल~ हो, प्रत्येक पल मृत्युजस्तै छन् र मारेर फर्किरहन्छन् स्मृतिमा तिम्रा यादहरूले । त्यसैले एकैपल्ट मर्ने नै निर्णय गरेँ र मरेँ फेरि नब्यूँतिने गरी ! सायद, यही नै थियो उनको सुसाइड नोट । पोर्चुगीस भाषाबाट गुगलको सहायताले उल्था गरेँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पूजा

~हरिप्रसाद भण्डारी~ ऊ गाउँमा जन्मे हुर्केको भए पनि सहरमा पसेपछि छिटै उन्नति गर्‍यो— धेरै धन कमायो र सहरमा ठूलो घर बनायो। सबै कुराले सम्पन्न भएपछि बा–आमाको सम्झना भयो। सहरमै ल्याएर पाल्ने विचार गरेको थियो, तर बा–आमाले सहरमा भन्दा गाउँमै बस्न … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : त्यो अफिस

~कमल कुमार~ त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एकान्त पीडा

~शैलेन्द्र साकार~ हो, प्रेम विवाह नै भन्नुप-यो । कुरा के भने मेरी पूर्वपरिचित एउटी महिला थिइन् । जहिले पनि मलाई ‘अब त विवाह गर्नुप¥यो भनेर जिस्काइरहन्थिन् । हुन त म पनि विवाह गर्न तयार नै थिएँ । एकप्रकारले ‘क्रोनिक ब्याचलर’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : को शक्तिशाली ?

~प्रमोद अमात्य~ मैले एउटा रमाईलो खोज गरेको छुँ यानेकि ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएच डी वाला डाक्साब त हैन । हुन त आजकल पिएच डी वाला फालाफाल छन् अरे त्यसैले अरूले खोजगर्ने मौकै पाउँदैनन् । हुन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : दि फिलोसोफिकल बेहुली क्याफे

~सुरज दाहाल~ बिहानै “दि फिलोसोफिकल क्याफे”मा सपनाको चर्चा सुरु भयो । यो त्यहि रात पछीको बिहान थियो जुन रात चुवाङ तजु सपनामा पुतली बनेर उडेका थिए !बिहान उनी पखेटा खोज्दै थिए । बिल्कुल स्वतन्त्र स्वचालित एउटा सुन्दर पुतली । चुवाङ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम, धोका कि स्वार्थ ?

~एस.के. सुवेदी~ “कम टु मी इन माई ड्रिम एण्ड बाइ डे आई स्याल वी वेल अगेन” आज भन्दा पाँच वर्ष अगाडि उसले मलाई लेखेको पहिलो पत्रको सुरुवातको हो यो। यिनै भावनात्वक कविता का हरफहरु राखेर सुरु गरिएको उक्त पत्रमा उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मर्यादाहीन

~भाउपन्थी~ जुम्रा मार्दै गरेकी तरुनी हाँसी। माथि काछसम्म उचालिएको धोतीले गर्दा नाङ्गिएका उसका तिघ्रामा कुनै अश्लीलता थिएन। धोती उसले जुम्रा मार्न उचालेकी थिई। यसरी नै दिनहुँ म यो बाटो हिँड्छु तर यो माग्ने तरुनीले आजै हो धोतीका जुम्रा मारेकी। हुनसक्छ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजमार्ग छेउको पसल

~विश्व घिमिरे~ राजमार्गको छेउमा २ पुरिया चाउचाउ १ जर्किन ठर्रा र केही बिस्कुटका पोकाहरु राखेर के आम्दानी होला र कसरी जीवन गुजारा होला भन्ने प्रश्नले मलाई कोट्टाएको धेरै अघिदेखि हो। समयसँगै सबै कुरा थाहा होला नि भन्ने ठान्थें। आफूलाई कौतुहलता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आ–आफ्नो धरातल

~शुषमा मानन्धर~ विदा शुरु भैसकेको थियो। परीक्षाअघि लाइब्रेरीवाट ल्याएको किताब बुझाउन कलेज जानु थियो। त्यसैले साथीको प्रतिक्षा गर्दै म घर बाहिर उसैलाई कुरिरहेकी थिएँ। विपरित दिशाबाट गाडीमा आउँदै गरेका उनी म उभिएको ठाउँनिर एकै छिन रोकिएका थिए। उनको खिरिलो व्यक्तित्व, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : रातो राम्रो गुलियो मीठो

~दयाकृष्ण राई~ शीर्षकमा उद्धृत गरिएको शव्द अत्यन्तै प्रचलित नेपाली लोकोक्ति हो । तर मलाई कहिल्यै पनि रातो राम्रो लागेन । अहिले नेपाली जनमानसमा रातो रङ्गको चर्चाले सञ्चार जगत तात्तिएको छ । र यो रातो भन्ने शव्दले स्मृतिपट भित्रको धुमिल स्मरणहरूलाई … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : झरी र कफी

~रोबिन मानन्धर~ बिहान सबेरै उठ्ने बित्तिकै मैले मेरो प्यारो मित्रलाई खोजें । कोठा बाहिरको बार्दलीमा आएर हेरें, तर उनलाई देख्न सकिन । एकछिन त न्यास्रो लाग्यो किनकी मैले आज बिहानै उठेर मेरो प्यारो मित्रलाई हेर्न पाईन, उनले मलाई कति धेरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मित्रताको आयु

~भगवती वस्नेत ~ ‘लक कार्गील’ लागेको थियो । कार्गिलमा पाकिस्तानी सैनिकहरुसंग भएको सीमा संघर्षमा आधारित भारतीय राष्ट्रवादी चलचित्र । गोर्खा राइफलले बगाएका रगतका कथाहरु र तिनले देखाएको बहादुरीका धेरै दृश्यहरु पनि थिए त्यहाँ । त्यसैले पनि होला यो भेगमा यसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : भ्यालेन्टाइन डेको शुभकामना

~चकेन्द्र राई “कैदी”~ मायामा अडिएको छ दुनियाँ । विश्वासले चलेको छ संसार ।। प्रेमी प्रेमिकामा धोका नहोस । श्रीमान् श्रीमतीमा घात प्रतिघात नहोस ।। प्राण प्यारी, भ्यालेन्टाइन डेको लाखौं लाख शुभकामनाहरु बर्षौं भएछ, तिमीले मलाई भ्यालेन्टाइन डेको उपहार दिएको ।जति … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : जिन्दगीको सम्झौतामा अभागी गीटार

~तिपाहाङ्ग फियाक~ विद्यालयमा अपहेलित आइन्सटाइनको कथा नसुनाऊ हामीलाई ती कथाले हाम्रा गीतहरु सृजना हुँदैनन्। न त गीटारको धुन नै समात्छन्। आइन्सटाइन जसले सबैले मानेका मान्यता “म मान्दिन” भन्ने आँट गर्‍र्यो। तिमीहरुले आफ्नो हिसाबले विरोध गर्‍यौ। तर ऊ सिरक ओढी सुति बसेन। ऊ तिम्रो मान्यता स्वीकार नगर्नुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिना निम्तो, रातहरुले बल्झाउँछन् पीडाहरु

~लारा राई~ सधैं ब्यस्त हुन रुचाउने मष्तिष्क- जब बिथोलिन्छन्, मन बैचन हुन्छ । यस्तो बेला प्रायः गजल सुन्न रुचाउँथें । या पुराना गितहरु । समयसँगै मान्छेका रुचिहरुमा ब्यापक परिवर्तन आउँदो रहेछ । हिजोआज-बैचन मनसँगै रातको निस्तब्धतालाई भंग गर्न, मैले या … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : फरक

~डा. रविन्द्र समीर~ बाबुआमा नै बच्चालाई लिएर डाक्टरको क्लिनिकमा आएका थिए । बच्चा आमाको काखमा बसेको थियो । डाक्टरले सोधे— ‘के भयो बच्चालाई ?’ बच्चाको आमाले भनी— ‘हिजो एकैपटकमा आधा किलो कालो अङ्गुर खायो । आज झाडापखाला लाग्यो ।’ डा. … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आऊ, माटो छँदै रोऔँ

~लेनिन बञ्जाडे~ कतिकतिखेर चल्ने हावालाई लामखुट्टेले बेलाबेलामा माथ खुवाइदिन्छ । भुँ…भुँ…भुँ… । बिघ्न तातो मौसममा बिघ्न ताता ‘लामखुट्टे’- साइरन बजाउँदै घरि यता टोक्छन्- घरि उता । छिप्पिनसकेको रात । लू लाग्ने तातो हावामा एकरित्त आनन्दको अनुभूति छैन । ‘जानेबेला भइसक्यो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उदास र मलिन अनुहारकी युवती

~मनु ब्राजाकी~ एउटा उदास सौन्दर्य काठमाडौँको गोंगबु बसपार्कमा उभिइरहेछ । रातो साडी–चोलोमा उसको गोराइयुक्त सौन्दर्य खुलेको छ, तर उदास छ सम्भवतः एक्ली हुनाले पनि होला उसको साथमा कोही देखिंदैन । उदास अनुहारमा आँखा भने चनाखा छन । एउटी रुपवती युवतीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : महामुद्रा

~शङ्कर लामिछाने~ आजभन्दा २००० वर्षअगाडि अनकन्टार, हिमालयको एक कन्दरामा भिक्षु बसेका छन्। उनका सामु दश–पन्ध्र जना चेला–भिक्षुहरु दत्तचित्त भएर गुरुले बताएको धर्म उपदेश ग्रहण गरिरहेछन्। पीतवर्ण लुगा लगाएका भिक्षुहरु, हिमालयबाट बिदा हुन लागेको सुनौला प्रकाशमा अरु देदिप्यमान बनिरहेछन्। उनका अनुहारमा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : आरोप

~आर. आर. चौलागाईं~ उसले उनलाई एक्लै भएको मौका पारेर आफ्नो आसय बतायो । उसको अनुकूलको जवाफ नआएपछि हातपात गर्न खोज्यो । सफल भएन र फर्क्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मसाज पार्लरमा एक साँझ

~सन्तोष खतिवडा~ तिम्रो नाम के हो ? उसको दुबै हातका बुढी औँला मेरो नाकको डिलमा आइपुग्दा मैले उसलाई सोधेँ । किन चाहियो मेरो नाम तपाईलाई, मेरो मसाज मन परेन हो ? हैन त, धेरै मन प¥यो । मैले उसलाई खुसी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको मृत्यु

~अजबी राधा~ “बैनी कहाँसम्म पुग्ने हो ?” संगै सिटमा बसेका अपरिचितले प्रश्न तेर्साए। तुल्सीपुरसम्म, तपाईँ नि ? मैले फर्काएको जवाफ। आलोकसँग चिनाजानीको पहिलो परिचय थियो यो। आलोक, डिप्लोमासम्मको अध्ययन गरेको एक मध्यमवर्गीय युवा, जागिरको खोजीमा दाङ जाँदै रहेछ। सामान्य भए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment