Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : सालिक

~हरिप्रसाद भण्डारी~ पुरानो सामन्ती सत्ता ढालेपछि आन्दोलनकारी जनताले चौबाटोको बीचमा रहेका पुराना शासकका सालिकहरू पनि ढाल्न सुरु गरे । नायकले आफूसँग भएका सबै हतियारहरू सालिकमाथि प्रहार गर्न आदेश जारी ग¥यो । सालिकहरू ढालिए । सडकमा लम्पसार परेका सालिकहरूलाई टुक्राटुक्रा पार्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जंगबहादुरको पैसा

~विमल पोखरेल~ यो ती जंगबहादुरको कथा होइन, जसले नेपालमा राणाशासनको सुरूआत गरे र करिब ३० वर्षसम्म आफैंले श्री तीन महाराजको रूपमा शासन गरे, उनले सुरू गरेको शासन १ सय ४ वर्षसम्म निरन्तर कायम रह्यो । राणाशासनको अन्त्यतिर पश्चिम पहाडी क्षेत्रको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निउरी

~हरिमाया भेटवाल~ रात सकिएको थिएन ,ताराहारु टुक्रिएर झरेको पनि थिएन् । कुनै नवदुलहीले पहिलो पटक माईती छोडे झै आकाशमा तुवाँलो पल्टिएर धुम्म परेको थियो । जब झिसमिसे बिहानी भयो जताततै आगो दन्कियो हल्लाको – पिपल डाँडामा मान्छे झुन्डिएर मरेको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित लघुकथा : देवता

~यकिना अगाध~ यसपाली बर्खामा अरु बेलाभन्दा धेरै ठूलो पानी पर्यो । ठाउँ ठाउँमा पहिरो गएको र मान्छेहरु बगाएको समाचारहरु सुनिन थाले । यस गाउँका पूजारी बाजे यी खबरहरु सुनेर साह्रै डराए । यो बर्खा सकुशल टार्नका लागि उनी रातदिन भगवान … Continue reading →

Posted in अनूदित लघुकथा, लघुकथा | Tagged | Leave a comment

लघुकथा : बेला न कुबेला ‘बजि नयला’

~हिरण्य भोजपुरे~ — प्याराडाइज कोलोनीमा अचम्म–अचम्म हुन्छ । — के भो भाइ ? — आज हजुरको घरतिर हेरेको,

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : काठमान्डु गीत

~राजेन्द्र पराजुली~ मैले डिप्रेसनको औषधि खान थालेको तीन वर्षजति भएको थियो। डाक्टर भन्थ्यो- तनाव यसरी नै बढाउँदै जाने हो भने औषधिको डोज बढाउनुपर्छ। ‘कति पटकसम्म बढाउन सकिन्छ डोज?’ मैले एक दिन डाक्टरलाई सोधेको थिएँ। ‘अब एकपटक बढाउन सकिन्छ,’ डाक्टरले भनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : हाम्रा बाबा बूढो भएपछि के मा खान दिने?

~अज्ञात~ एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको श्रीसम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र खानलाई … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : तीन रुपैयाँको रक्सी

~भागवत खनाल~ साहुनी : यो काठालाई किन रक्सी खान दिएको ? साहु : अति नै गरेर पो देको नि हत्य हाले , के गर्ने हार्ने सकिन। साहुनी : यो राम्रो भएन नि , हामीलाई लोभी भन्दैनन् ? बाजेले के भन्लान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दलित दिवस

~हरिप्रसाद भण्डारी~ जङ्गल जान लागेको धनबहादुरलाई सबैले रोके र पहिलेदेखि तयार पारिराखेको मञ्चमा लगेर बसाले । धनबहादरले हतारमा नाम्लो थन्काउन र खुर्पेटो फुकाल्न पनि भ्याएन । अफ्ठ्यारो मानीमानी नाम्लो र खुर्पेटोसँगै

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अन्तर्वार्ता

~भैरव अर्याल~ काम नपाएका झोँकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पाञ्चमासिक चाहिँ एउटा पनि नभएकाले त्यस महत्वपूर्ण अभावको पूर्ति गर्ने निधो भयो र नाम … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पत्रकथा : आजलाई यति नै

~प्रकाशमणि दहाल~ मेरो राजा ! भनेजति र भनेजस्तो नभएकामा मलाई गुनासो होला भन्ने तिम्रो ठम्याइ अनुसार तिमीचाहिँ निकै गुनासोमा रहेछौ। मेरो यसमा प्रतिवाद छ तर बिनागुनासो कारण कोमाथि कसको कति हकदाबी? ‘पराई हुन्छन् सपना र खुसी अधूरै रहन्छन्/तैपनि जीवन गुजार्न … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : घर कब आओगे?

~कमल कुमार~ लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : परिवेश

~कात्यायन~ – ‘बाबा’ ! – ‘अँ भन ! – ‘ती मंचमा आसिनहरू को को हुन् ?’ – ‘कुनै पार्टीका नेता-अधक्षहरू वा मन्त्री-प्रधानमन्त्रीहरू वा सभामुख वा राष्ट्र-पति यस्तै-यस्तै हुन् बाबु |’

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कीर्ति सिनेमा हल

~विश्वराज अधिकारी~ राम, मेरो प्रेमको कथा सुनाउन तपाईंलाई इतिहासको एउटा त्यो कालखण्डमा लग्न चाहन्छु जुन मेरो लागि ज्यादै नै रोचक छ । म तपाईंलाई आजभन्दा चालीस पैंतालीस वर्ष पहिलेको वीरगंजमा पुर्‍याउँदै छु । हिंड्नुस मसँगै आजभन्दा चालीस–पैंतालीस वर्ष पहिलेको वीरगंज … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथे

~दुर्गा कार्की~ टाढाटाढाका धामीका अनेक जुक्ति फेल खाएपछि अन्त्यमा गाउँकै भवानी पण्डितले कात्तिकमा रुद्री लाइदिएपछि जन्मेको थियो रुद्रे।रुद्रे। रुद्रबहादुर थापा। मेरो एक्लो छोरो। हाम्रो एक्लो छोरो। “पू ष ण ठ हस्ता… चौथो पाउ भेट्यो… नक्षत्रबाट त ठबाट ठगबहादुर भने नि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सन्ध्या

~अनुपम दहाल~ हामी सँगसँगै जस्तो जन्मेका रे! बेलुकीपख पल्लोघरमा उसले जन्म लिएर रुन सिकेको १०-१२ घण्टा पछि बिहानीपख मैले पनि त्यसै गरी रुन सिकेको थिएँ रे, वल्लो घरमा! त्यसैले होला उसलाई सबैले ‘सन्ध्या’ भनि बोलाउँथे र मलाई ‘प्रभात’ । हाम्री … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कागलाई बेल

~यकिना अगाध~ देशमा गणतन्त्र आयो । सबैतिर खुशी र उमंगको दीपावली भयो । सबैजना भन्न थाले– अब दुःख हरण भयो, सुखको दिन आयो । केही समयपछि चुनावको घोषणा गरियो । प्रतिस्पर्धीहरु गाउ गाउ पस्यो । पहिला रावण आयो र सीता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

चिनियाँ लोक कथा : बाँदरको कोसेली

~सङ्कलन : ओजस्वी भट्टराई~ चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : उदाउंदो सूर्य

~गोविन्द श्रृङ्खला~ “उदाउंदो सूर्य प्रति मेरो गुनासो छ” ऊ विस्तारै वोल्छ । झुस्स दाह्री,आँखामा एक तममासको एकोहोरोपन अनि मुहारमा आक्रोश । भौगोलिक दृष्टिले अत्यन्तै रमणीय काठमाण्डौको चोभार । मञ्जुश्री पार्कको पूर्वी भाग । पार्कमा मान्छेहरुको उपस्थिती पातलो छ । विहान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुलाको अचार

~लेखनाथ काफ्ले~ मेरी आमा अरुहरु जस्तै सामान्य मान्छे हुन् । गाउँमै जन्मेकी, हुर्केकी र आफ्नो आजसम्मको जिन्दगि बिताएकी । उनको संसार सानो छ । उनका आफन्त, उनका सन्तान हामीहरु र त्यसैका हाँगाबिगा अनि आमाका छिमेकीहरु नै उनको ब्रह्माण्ड हो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देहरादून एक्सप्रेस

~सुबिन भट्टराई~ दिल्ली युनिभर्सिटीबाट ब्याचलर्स फाइनल इयरकोको एक्जाम दिइसकेपछि आफ्नै देश फर्कनु थियो । घरबाट खबर आएको थियो–फर्कने बेलामा देहरादूनमा बसेर पढिरहेको भाइलाई पनि भेटेर आउनू । बस पक्रेर सबभन्दा पहिला देहरादून हानिएँ । भाइ ठीकठाकै रै’छ । उसको तीन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : नाग नागिनीको कथा

~सङ्कलन : निशा खनाल अर्याल~ एउटा नगरमा किसानका परिवार कृषि काम गरेर पेट पाली जीविका निरबहा गरिरहेका थिए । ती दम्पत्तीका तीन छोरा र एक छोरी थिए । सधै आफ्नो खेतबारी जोतेर अन्न आर्जन गर्ने र त्यसैबाट जीविका चलाउदै आएका … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : त्यो एक दिन

~सनत रेग्मी~ रङ्कमञ्चमा नर्तकीहरूका गोडाहरू चलमलाइरहेका छन् । सङ्कीतको रिदम र गीतको लयका गतिमा थिरकिरहेका गोडाहरूको चाल र नर्तकीको मुद्रा हाउभाउबाट प्रभावित भएर दर्शकहरू विभोर भएर हेरिरहेका छन् । छम…छमछम…छमम…चाँपको स्वर, सङ्कीतको तालमा मिसिन पुगेको छ । दर्शक भावविभोर भएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : काष्ठ-मण्डप

~कात्यायन~ काठै-काठले निर्माण भएको विशाल काष्ठ-मण्डप आफूलाई दुर्गन्धित भएको महसुस गर्छ र बागमतीमा गएर स्नान गर्छ | उसले बिर्सिएको थिएन कि कुनै बेला जनताबाट तिरस्कृत र दूषितहरू आफूलाई स्वच्छ-छवि र योग्य प्रमाणित गर्न दौरा-सुरुवालमा सु-सज्जित भएर नारायणहिटीमा स्नान गर्न लम्पसार … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हिङ ब्यापारीको टालो

~यकिना अगाध~ नेपाल भन्ने देशमा हिङको ठूलो माग थियो । दुःखको कुरो, जहा जहा हिङको माग हुन्थ्यो त्यहा त्यहा हिङको उत्पादन हुदैनथ्यो । एकजना रायमाझी नाम गरेको चलाख ब्यापारीले नक्कली हिङ बनाएर बजार परीक्षण गर्ने निधो गर्यो । उसले नक्कली … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : रजस्वला

~रमेश दियाली~ अंकल छोडी दिनुहोस। के गर्नु भाको? मलाई दुख्यो। दुख्यो मलाई …! आईया… ! आईया…! पोल्यो। आथा….था..था…..! मेरो आवाज घाटीमै रोकिएका थिए । भित्र भित्रै दबिएर चिच्याउदै थिए। बन्द खोरको कुनामा निस्सासिदै गर्दा मेरो मुखमा खस्रा ठूला हातले थिचियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित पत्र : गोगोललाई बेलिन्स्कीका चिठी

~भिस्सारियोन बेलिन्स्की~ -अनुवादक : गोपिरमण उपाध्याय तिमीले मेरो लेखनलाई रूष्ट हृदयको आवेग सम्झेका रहेछौ । यो मान्यता एक प्रकारले ठीकै पनि हो, तर आंशिक रूपमा मात्र तिमीले गरेको यो टिप्पणी सतही र अपर्याप्त छ । तिम्रो पुस्तक पढेपछि मेरो मनस्थिति … Continue reading →

Posted in अनुवादित साहित्य, पत्र साहित्य | Tagged , , | Leave a comment

पुस्तक अंश : भूतप्रेत, भगवान र विश्वास

~झमक घिमिरे~ उमेरले अलिकति माथिल्लो खुड्किलो उक्लिए पनि ममा अझै बाल अबोधपन सकिएको थिएन । चेतनाका अंकुरहरू अलिअलि टुसाउन थाले पनि ती पूर्ण वयस्क हुुन अझै धेरै समय लाग्थ्यो । त्यतिबेला हाम्रो घर वरिपरि नजिक पानीको स्रोत थिएन, निकै पर … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : त्यो चमकिलो पर्दा

~राजेन्द्र ज्ञवाली~ सामुन्य एक जना अधवैशै महिला केही सिङ्गा अण्डालाई वेसार सहितको मसालामा मुछेर स्टोभमा तारी रहेकी थिइन् । उनको सामुन्य त्यो गल्लीको अर्को तर्फ एक जना अर्का अधवैैंशे व्यक्ति पकौडा तयार पारी रहेका थिए । ति महिला सामुन्य रहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पधौरे

~हिरण्य भोजपुरे~ आयो पाध, गयो पाध पाधका निम्ति केको बात… ! यो मूल मन्त्र जप्तैजप्तै म हुर्किएँ । म बढेँ । बालकालमा मैले पाधेको मलाई सम्झना छैन । तन्नेरी हुँदा त्यस्ता पाध कति पाधिए होलान् कति ! अस्ट्रेलिया तालिममा

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बालसखाको अन्तिम बिदाइ

~राजु नेपाल~ शनिबारको दिन। घाम पनि झोलुंगामा हल्लिँदै आएझैं पूर्वी क्षितिजबाट सुस्तरी धर्तीलाई चिहाउँदै थियो। तुवाँलोले ढपक्क ढाकिएको पृथ्वी पुसको ठन्डी ओढेर लोसे पाराले आएको बिहानीको स्वागतमा तम्तयार हुँदै थियो। मानिसहरू उठेर दैनिक क्रियाकलापमा व्यस्त हुँदै थिए। मोटर गाडीको घर्घराहटले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अझै पनि छ त्रास

~नवराज पोखरेल ‘पाखेली’~ त्यहा त्यस्तो उज्यालो थिएन जुन उज्यालो पहिले थियो ! ति हरिया फाट हरु बनमाराले ढाकेको थियो ! न त पहिलेको जस्तो चहलपहल र हो हल्ला नै थियो त्यहा ! पर लोहन्द्रा को बगरमा सेताम्मे फुलेको कास मन्द … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment