Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : चिन्हो

~कात्यायन~ – फेरि पनि सुकसुकाउँदै भाइबरमा वेदना पोख्छिन् – “ कति द्रव्य-पिचास हुँदै कोमामा मात्र रमाईरहन्छौ ? सुकेर मर्न लागिसकें, शिघ्र आऊ ! फेरि कल्पिनु पर्ला !” – लामो प्रवासी जीवन र ग्रीन-कार्डको मोहलाई परित्याग गरेर हप्ता दिन पनि बित्न … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : प्रश्न र कारणहरू

~प्रकाशमणि दहाल~ त्यस दिन ३ कक्षामा पढ्ने नातिनीको एसएमएस प्रश्नले एक वर्षअघि देवीबहादुर थापा (सुरभि स्रष्टा परचिय, पृ.१११)को एउटा टिप्पणीको याद दिलायो । उनले सोधेकी थिइन् ः ‘हजुरबा, मिडासलाई जे छोए पनि सुन भएपछि खानेकुरा पनि छुनासाथ सुनै हुने कुरा किन … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : नाङ्गो सहर र नाङ्गा मान्छेहरू

~माधवप्रसाद उपाध्याय ‘सयपत्री’~ यो सहर नाङ्गो छ । मान्छेहरू नाङ्गा छन् । वातावरण नाङ्गो छ । परिस्थिति नाङ्गो छ । मान्छेहरू नाङ्गो हुनुमा र नाङ्गै हिँड्नुमा गर्व गर्छन् । आफ्नो घरमा नाङ्गिनु, कोठामा नाङ्गिनु, ट्वाइलेट र बाथरुममा नाङ्गिनु, सहवासमा श्रीमान्-श्रीमती … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : सन सावर

~शिब ढकाल~ भाग १ म अँजली । करिब 2 बर्ष पछि अमेरिया बाट पढाइ सकेर म घर फर्केका थिई । घर आए पछि परी र शिब सँग भेट्ने रहर लाग्यो । उनीहरूको मोबाईलमा फोन गर्दा कम्प्युटरले उपलब्ध हुन सकेन बताउदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनको स्पर्श

~कृष्ण अधिकारी~ सुरक्षा जाँचको वेला भयो । झोला बोकेर दुई कदम अगाडि बढेपछि याद आयो–“ए मलाई उडाउन रसिला पनि पो आएकि छन् त ।” फिरेँ र रसिलाको अगाडि झोला राखेँ । उनको अनुहार हेरेँ । तमतम्याइलो, फुङ्ग उडेको अनुहार । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : अन्ध सुरुङको यात्राः एउटा अन्तहीन वास्तविकता

~प्रकाशमणि दहाल~ गाडी छुट्नासाथ पछाडि सिटमा कोही बोल्यो, “मलाई गाडीको यही बानी मन पर्छ, यात्री कुरनिरहने । वास्तवमा यात्री कुररिहने र जहाँसुकै रोक्ने गाडीले नै बानी बिगार्छन् ।” अर्को उत्तेजित स्वर घन्कियो, “छुट्नासाथ कस्तो कुदाउँछन् नि रेस कम्पिटिसनजस्तै !” तेस्रो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : त्याग

~नारायण पोखरेल~ जब म तेह्र बर्ष को थिएँ , त्यो बेला मेरो मिल्ने साथि कोहि पनि थिएनन् । हाम्रो परिवार गाँउको निम्न बर्गमा गनिन्थेँ।म कक्षा आठ मा अध्यनरत थिएँ ।एक दिन गाँउकै धनाढ्य ब्यक्ति को छोरो सँग मेरो घनिष्ठता बढ्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम निर्णय

~विश्वराज अधिकारी~ क्यानडा बसेको दस वर्ष भयो तर यो बितेको दस वर्षमा उसले थाहा पाउन नसकेको कुरा केही छ भने त्यो हो उसले यहाँ सुखमय जीवन बिताइरहेको छ वा उसको जीवन स्वदेशमा भन्दा झन् बढी दु:खमय हुन पुगेको छ, यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्ध कथा : संकल्प

~सरल सहयात्री पौडेल~ ‘रातपनि दिन भइदिएको भए वरुफुर्सद त हुने थिएन नि †, फुर्सद नभएको भए मेरो मनमा नचाहिंदा तर्कना सायद खेल्नेपनि थिएन होला †’ रातको झण्डै एक वज्न लागेको छ, उदीपलाइ निन्द्रा आएको छैन । वरु यस्तै तर्कनाहरु मनमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोड, कथा, घटना

~दुर्गा विनय~ हिंडिन्छ कत्ति बाटाहरू । कत्ति मोड र कत्ति गोरेटोहरूबाट कट्छ जीवन । घुम्तीहरूमा घुम्छ जीवन । एक दिन जीवन अडियो यस्तै एक घुम्तीमा पुगेर । टक्क । – “ओ लेखक महोदय !” एउटा आवाज आएर ठोक्कियो कानमा । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पति परमेश्वर

~साधना लामिछाने~ ब्रत बसेको दिन सुत्न हुँदैन भन्थे तर मेरो भने दुई परेलीहरु जोडिए,खुलिन मानेनन निकै बेर । एकै छिनमा देख्न भ्याएँ सपना पनि । सपना सदा झैँ आयो ‘ऊ’,प्रिय पराई भईसकेको मान्छे । पिलाएर पानी तोडिदियो ब्रत ,सपनामै । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : राजा मान्धाता

~उमाशङ्कर द्विवेदी~ राजा युवनाश्व इक्ष्वाकुवंशमा उत्पन्न भएका थिए । उनले एक सहस्त्र अश्वमेध यज्ञ गरेर प्रत्येक यज्ञमा ठूलो धनराशि दक्षिणाको रूपमा ब्राह्मणहरूलाई दानमा दिएका थिए । आफ्ना मन्त्रीहरूलाई आफ्नो राज्यको भार सुम्पेर ती मनस्वी राजाले मनोनिग्रह गरेर सधैंको लागि वनमा … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : रङ्गहरुको शहर

~गोविन्द श्रृङ्खला~      मौसममा एउटा अनौठो मादकता , सडकका मध्य भागमा गाडिहरुको एकोहोरो तँ छाड म छाड । हल्का झरिले, अघि सम्म उकुस मुकुस भएको वातावरणमा केही राहत । दिनको उज्यालोलाई पछि पार्दै घाम डाडा पारि पुगिसकेको छ । साझको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वार्ता

~रजित ओझा~ पुटिन जंगियो।मैले थम्थम्याएँ। “वस वस उठिनै हाल्नु पर्छ त ?” “नउठेर के गर्नु त ? म त्यसको खेतमा आगो लाइदिन्छु ।” “हैन गाउँमा त छिमेकी छिमेकी मिलेर वस्नुपर्छ !” मलाई आशा छ उ मैले भनेको मान्नेछ। “त्यो मिलेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

उपन्यास अंश : अनि चमार राम भयो

~शिवानीसिंह थारु~ घुर्ना र अधिकलाल साँझ आँगनमा घुर तापिराखेका थिए । दुवै जना चुप थिए । अँध्यारिंदै गएको साँझ घुरको धुवाँमा लटपटिएको थियो । गम्लङ्ग ओढनी ओढेर, जीउ कुप्राएर, काखीमा हात च्याप्दै एकलदुकल गाउँलेहरू देखिन्थे । ध्वाँसे नीलो साँझमा धुस्रोफुस्रो … Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कथा : मनौरो

~कञ्चन ओझा~ ‘स्मोकिङ छोड्दा नि त्यो सिग्रेटको माया ला’को होला है, तिमीलाई ! तर, मबाट टाढा हुँदा मेरो अलिकति पनि माया लागेन नि ?’ भन्दै जोरसँग फोनमै कराउँछे ऊ । फोनको अर्को किनारमा थियो, समीर । जो उसको त्यत्रो ठूलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : १९००

~टंक चौलागाई~ सबैजना आउनुभो ? ढोका लाइदेऊ त्यहाँ सहयोग गर्ने कोही भए ! (साउती) भाग्छन् के दर्शक, ढोका लगाएर थुन्नुपर्छ । कोही छैन ? आफैँ लगाइदिन्छु । (केहीबेर ढोकामै अडिएर) जसलाई आवश्यक पर्छ, काम उसैले गर्ने हो । (आदेश) ख्याल … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : बलात्करीलाई पत्र

~दिपा धिताल~ ओहो ,! कति स्वतन्त्र छस है तँ ? धर्तिलाइ बलात्कार गरेर, सिङ्गो आकाश एक्लै ओढेर निर्धक्कका साथ निदाउन सक्छन् तँ ? तर सुन,यो धर्ती तेरो पनि हो ,मेरो पनि हो । यी पाइलाहरु टेक्ने अधिकार तेरो पनि छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लज्जा

~सुमन सौरभ~ उसले क्लोरिनको गन्ध फैलिरहेको कोठाको चारैतिर हेरि र आश्चर्य व्यक्त गरि -‘ यो कुन ठाउँ हो ? म कहाँ छु? बलात्कार बाट बच्न लाचार भएर आत्महत्या गरेकी थिएँ मैले त , कहाँ आइपुगेँ ?’ ‘तपाईं लास घरमा हुनुहुन्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पण्डित ‘बा’को चिहान

~लक्ष्मण वियोगी~ ‘यादो ओ पातेँ’, भन्दै सुनमया उकालो लागी। म ठूलो चिन्नेको रुखनिर बसेर घोरिन थालेँ– बाङ्खे गाउँ, यहाँको रोदीघरले मौलिक जीवनको मर्म बोकेको थियो। गुरुङ गाउँ, रोदीमा बज्ने मादल, मुर्चुंगा र चाँपमा रयाले, रानीस्वाँरा र माझकोटको गरिमा थियो। रंगीचंगी फूलको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लाेक कथा : सतीकाे सराप

~सङ्कलन : टिका मिलन~ अरुण नदीको किनारमा, सतीघाट भन्ने स्थान छ । जहाँबाट अरुण नदी वारपार गर्ने नाऊ लाग्छ । काठको नाऊमा राखेर माझीहरूले बटुवाहरूलाई वारि र पारी आवत जावत गर्न सजिलो पारेका छन् । यो घाटले भोजपुर जिल्लाको दिंला … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : जुँगाको बजार

~कात्यायन~ – उत्तरी-ध्रुवको विशाल हिमसागरको हिम-तटमा अपूर्व खुल्ला बजार खुलेको समाचार आँधीबेरी झैं फैलिरहेको थियो | – पेन्गूईनहरू जुँगाको ब्यापार गर्दैथिए | – विभिन्न जातका मकैका जुँगाहरू थिए | – मूषकहरूदेखि लिएर बानर, स्याल, सिंह आदि जनावरहरू लगाएत जल-थल-गगनका अनेक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : परामर्श

~रन्जु ‘मार्ग’~ उनी अर्कोसँग विवाह गरेर गए पछि उनलाई नदेखेको धेरै भैसकेको थियो। एक दिन उनी हस्याङ्ग फस्याङ्ग गर्दै मेरो कार्यालयमा आइपुगिन्। उनलाई एक्कासी त्यसरी देखेपछि मेरो मानसपटल तरङ्गित भयो। उनको पहिले जस्तै गोरो अनुहार, सलक्क परेको नाक, चन्चल आँखा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : छेपारोको रङ्ग

~राजेन्द्र ज्ञवाली~ पहिलो गासमात्र मुखमा के हालेको थिए, मोवाइल अनौठो आवाजकासाथ टेबलमा हल्लीन थाल्यो । मैले वोल्न नपाउदै उताबाट कियानाले भनी–आज ठूलो हिमपात भइ रहेछ है, त्यसैले तिमिलाई काममा जान मैले राइड दिन्छु तयार भएर वस्नु । मैले गाडी नचलाउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : चक्रवत

~हरिप्रसाद भण्डारी~ “भइहाल्छ नि हजुर, यसो चियासिया खुवाउन पनि पाइएन त्यसैले…. । हजुर केन्द्रमा बस्ने सरहरूले हाम्रो ख्याल नगरिदिए त हाम्रो को नै पो छ र हजुर ?” यसरी जिल्लाबाट आउने कर्मचारीहरूले बिस्तारै बिस्तारै सम्पर्क गर्दै जान थालेका थिए ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एउटा सानो जंगलको कथा

~शिशिर शर्मा~ एकादेशमा एउटा जंगल थियो । त्यो जंगललाई चारैतिरबाट ठूलाठूला दुई जंगलले घेरेका थिए । त्यो बीचको सानो जंगलमा िवभिन्न जाति प्रजातिका जनावरहरू बस्थे । उनीहरूको आ–आफ्नै भाषा, संस्कृति, धर्म आदि थियो । यस्तो विविधता भए पनि त्यहाँ सबै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : जीव जिउँदो रहन्छ

~हिरण्य भोजपुरे~ – जीव जिउँदो रहन्छ । – त्यसले आकार बदल्छ ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : रत्ना

~दुर्गा विनय~ त्यो यात्रीलाई आज निन्द्रा परेको छैन । मनमा अथाह पीडा बोकेर हिंडेको उसको गन्तव्य अस्ति नै कहिले हराइसकेको रहेछ । के–के सोचिरहेको ऊ जुरूक्क उठेर पलङ्गमाथि बस्यो र झ्यालको पर्दा एक छेऊ तानेर बाहिर हेर्न लाग्यो । बाहिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : जीवन शब्द र जीवनको अनुभूति

~कृष्ण सिंह पेला~ रेश्मा ! मैैले तिमीलाई तिम्रो पत्रमा लिखित शब्दहरुको बीचको अवकाशमा बडो धैर्यताका साथ पढें । तिम्रा शब्द र भावको कोमलताले तरंगित भएको मेरो हृदयसागरमा जुन आनन्दका लहरहरु उठे तिनलाई म पुनः शब्दहरुमा अनुवाद गर्दैछु । विचार,अभिव्यक्ति र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : तोरीलाहुरे चोकमा एक छिन

~रुद्र खरेल~ मेरो छेवैमा एउटी प्लास्टिककी मोडेल युवती सिसाभित्र उभिएकी छ । वास्तवमा ऊ कहिल्यै बस्दिन र सुत्दिन पनि । उसले केही सोच्नुपर्दैन । सुनौलो केशभित्र उसको टाउको खोक्रो छ, आकर्षक बनाउन प्रयत्न गरिएको उसको छातीभित्र न मुटु छ न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : विस्मात

~राधा कार्की~ ऊ त्यहाँ काम गर्नका लागि खटिएकी थिई । सँगै अर्को व्यक्ति पनि थियो । उनीहरू दुबै मिलेर काम गर्नुपथ्र्यो । सुरु–सुरुमा नयाँ भएकाले त्यो व्यक्तिसँग सहयोगको अपेक्षा राख्थी । साखै पल्टिनेहरूले सँगै रहेको त्यो व्यक्तिका बारेमा भन्ने गर्थे, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नदेखेको काला पहाड

~केशरमान बिसी~ धिपधिपे दियालोको प्रकाश कतिखेर पारि लेकाली पहाडबाट आएको तीब्र वेगको आँधीले निभाइदिन्छ । अरुनिमा दाउरा जोरजाम गरेर आगो फू फू गर्दै सल्काउँछे । अजय आज पनि साहुको काममा गएको छ तर बेला भइसक्यो फर्केको छैन । अरुनिमा चुलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment