Category Archives: नेपाली काव्य

Poetry

गजल : नेपाल उस्तै छ

~आयुष चौधरी ‘सम्मोहन’~ हिजो अस्ति र आज चाल उस्तै छ अझैपनि हेर हाम्रो बेहाल उस्तै छ । लोकतन्त्र ल्यायौ रे आभाष छैन हामीलाई त परिवर्तन भयौं भन्यौ ताल उस्तै छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : स्वास्नी र रिमोट

~गोबिन्दसिंह रावत~ स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आफुले चाहेको बेला अन गर्थे नचाहेको बेलामा अफ गरिदिन्थे मनपरेको कुरागर्दा सुनी दिन्थे डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थे स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आधा रातमा साथीभाइ र पार्टीबाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पशू गर्जनहरू !

~अशोक पार्थिव तामाङ~ ए मान्छे भनाउँदा मान्छेहरू ! म त खाँटी पशू हो , म पशूको सवतन्त्रता बाँच्न चाहन्छु तिम्रो कंक्रिटको शहरमा मेरो लागी गोठ नबनाउ त्यो मेरो आवश्यक्ता पनि होइन तिम्रो सूनबुट्टे सपनाहरूको पछि लाग्दा थुप्रै मेरा वंसजहरू ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : गल्छ मानिस

~ज्ञानेन्द्र गदाल~ यति मेरो उति मेरो, भन्दा भन्दै गल्छ मानिस आखिरीमा हात खोली, चितामाथि बल्छ मानिस । जिन्दगीलाई नबुझेर, बेहोशिमै जिउंदा जिउंदै कर्तव्यको पथ छोडी, आफुखुशी चल्छ मानिस ।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य-कविता : मेच

~नरेन्द्रकुमार नगरकोटी~ भएरै पनि चार खुट्टा हिँड्न सक्तिनँ म मानिसहरूले अंकमाल गरेर नापेदेखिन् मेरा पुर्खाको छाती निस्प्राण भएँ म र फेरियो जात पनि थाहा छैन– कोको आए र गए कोको बसे र छुट्टिए मलाई थाहा छ– मच्चिँदा–मच्चिँदै कलिलो बालकले

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : कस्तो हुन्थ्यो होला !

~मीरा मन थापा~ आफ्नै लास देख्न पाए कस्तो हुन्थ्यो होला ! मेरो वरिपरी बसी को को रून्थ्यो होला !! मेरो लासमा चढाउन फूलको थुङ्गाबाट ! केस्रा केस्रा च्यातिन्थ्यो कि कोही उन्थ्यो होला !!

Posted in गजल | Tagged | Leave a comment

गजल : रगतै पानी भएपछि

~विजय सुब्बा~ के गर्नु मेरो रगतै पानी भएपछि सधैं नै तलुवा चाट्ने बानी भएपछि कहिले दिन फिर्छ हँ यी कालीहरूको महिला भन्ने नै हठात् रानी भएपछि

Posted in गजल | Tagged | Leave a comment

गजल : र त प्रेममा पागल छु म

~कुमार श्रेष्ठ~ मेरा दुख सबै हर्छौ र त प्रेममा पागल छु म तिमी धेरै माया गर्छौ र त प्रेममा पागल छु म पुर्ण रुपमा आफै लाइ रित्यायर केहि नराखी मेरो मन मुटु भर्छौ र त प्रेममा पागल छु म

Posted in गजल | Tagged | Leave a comment

कविता : निरन्तर बग्ने ईन्द्रावती

~राज थापा~ ~~~~~~~~~~~~~~~~~~~ निरन्तर बग्ने ईन्द्रावती ~~~~~~~~~~~~~~~~~~~ साउन ,भदौको झरीले पोखाएका भेल बोकेर उर्लि आएकी ईन्द्रावती दिदी सुनकोशी कुर्दै छिन दोलाल घाटमा किनारमा माझी जिस्कदैछ उनी सँग खुम्मारीको ओरालोमा शङ्ख बज्दा माइलो नेवार दाउरा तयार गर्छ बेलडाँडा चडी पौवा ,सापिङ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा भयानक सपना

~गोपीकृष्ण प्रसाई~ कालरात्रीको त्यो शृंखला एउटा आतेस अनि घात बनेर आयो डर अनि मनको अस्थिर पन मुटु दुखिरहेथ्यो जिजीविषा झुकिरहेथ्यो सर्पले खेदिरहेछ डस्ने मनसाय बोकेर फंडा फुलाउदै नजर चारै तिर डुलाउँदै मलाईनै लक्ष्य गरेर अघि बढिरहेछ सर्प

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द र चेतावनी

~इश्वर मानन्धर~ गणतन्त्र नेपालको पहिलो उपलब्धि बान्द र चेतावनी तिमी अति महान छौ प्रस्तावित नयाँ नेपाल आगमनको बेला नियमित झैं तिमी देखा परेका हुन्छौं जन चाहाना र अधिकार भन्दै चुनौंति दिन्छौ सजिलै पूरा गराउँन पनि सक्षम हुन्छौ कति वाध्यता छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मधेससँग नजिस्क

~केवल किरण~ मधेससँग नजिस्क ओ मेरा देशका मान्छेहरू मधेसलाई संधै छिमेक नभन ओ जागिरका हाकिमहरू मधेसलाई संधै पराई नठान ओ सदरका नीति नेताहरू नहेर भूगोलका भेदहरू मानचित्रमा अन्यत्र पनि थुप्रै पहाड मधेस छन् कोरेर विभाजन रेखाहरू रङ्गहरुका आफू बेरङ्गी नबन

Posted in कविता | Tagged | Leave a comment

कविता : भानूदय प्रती

~युद्धप्रसाद मिश्र~ होऊ दुर्दिनका अतिक्रमणमा उत्पन्न भानूदय धोऊ कल्मष द्वन्द्वता, दुरुहता, दुर्भावना संशय छोऊ निर्मलता प्रदान गर्दै साहित्यका प्राणमा भत्केको युग भारले हृदयको प्रासाद निर्माणमा

Posted in कविता | Tagged | Leave a comment

कविता : खेमा

~नवीन लामा `सुरेश`~ छरपष्ट आशाका किरणहरु सौन्दर्य बनेको क्याक्टस त्यो मरुभुमिको हेर्दै लोभ लाग्दो हावाको बेग सँग छचल्किएको त्यो मरुभुमीय मोती रेतहरु! आहा! जिउनुको मजा यहाँ जस्तो कहाँ होला ?

Posted in कविता | Tagged | Leave a comment

तिब्वत दर्लामीका ७ मुक्तकहरु

~तिब्वत दर्लामी~ १ कसैलाई जूनको पीर छ याहाँ कसैलाई नुनको पीर छ याहाँ उस्ले चै लगनगाँठो कस्ने रे यस्पाली विचरालाई सुनको पीर छ याहाँ । २ तिमी पराई बनेको हेर्न सकुँला र ? त्यतिबेला मैले श्वास फेर्न सकुँला र ? … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : दुुनियाँ चकित हुनेछ

~विक्रम चिमरिया ‘रहस्य’~ एकदिन यो दुुनियाँ चकित हुनेछ । त्यो दृश्य सबैका लागि रमित हुनेछ । कुुरान पढ्नेछन् हिन्दुु धर्मालम्बीले, मुुस्लिम बाट गीता मुुखरित हुनेछ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : भो ! काजी म अछूतै सही

~केवल बिनाबी~ पवनसँग बतासिँदै मेरा पुर्खाले फेरेको सास यहीँ कतै फूलका तरेलीहरुमा सायद डुल्दै होला आकाशसँगै फैलिएर मैले फेरेको सास तिम्रा रक्तकोषिकाहरुमा कहीँ घुल्दै होला पवनसँग लुट्पुटिँदै मेरा सन्तानले फेरेको सास तिम्रा वायुकोषिकाहरुमा निःसन्देह झुल्दै होला तथापि मैले छोएको तिमीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पिंडा

~राकेश कार्की~ सक्ने विदेशीए पिंडा बोकेर नसक्ने छुटे पिंडामा डुबेर पिंडाको प्रत्याक्षपण गर्ने हाउंगुजी नबुझे झैं गर्छन् सप्पै बुझीबुझी देशभरी बासमा पिंडा ओछ्ाए भोको गांसमा पिंडा कोच्याए

Posted in कविता | Tagged | Leave a comment

गजल : मोतीराम

~कृष्ण प्र. पाण्डे~ नाम कल्यै नभुलिने भट्ट मोतिराम गजलसँग संगै आऊछन् झट्ट मोतिराम रुख सरि साहित्य छ , पातै पिच्छे उनी फुल्छन् सधैं फल्छन् पनि लट्ट मोतिराम

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो ज्यान ढल्नु अघि

~सुवास श्रेष्ठ~ हेर्न आए हुन्थ्यो तिमी मेरो ज्यान ढल्नु अघि चिता माथि लाश राखी आगोसँगै जल्नु अघि। सयौ जुनी सँगै बाँच्ने मीठा मीठा कुरा गर्यौ तिम्रो घरमा लगनको दियो बत्ती बल्नु अघि।

Posted in गजल | Tagged | Leave a comment

गजल : बनी बुतो गरेर आमा,हाम्रो पेट भरेकी छ्यौ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ बनी बुतो गरेर आमा,हाम्रो पेट भरेकी छ्यौ ।। कति दु:ख सहेर आमा,दुनियाँसंगै लडेकी छ्यौ ।। पौठेजोरी खेल्छौ सधैं फोड्दै डल्ला खेत बारीको हाम्रै सुख खातिर आमा कति दु:ख गरेकी छ्यौ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधि भित्र – ३

~बिबश बिप्र~ मन र मान्छे मन–एक जीवन्त अन्तरंग !! मान्छे–धारिलो औजार कर्म-आरनको !! सगरमाथा—–एक आस्था आस्था–गगनचुम्बी नक्षेत्रहरु

Posted in कविता | Tagged , | Leave a comment

कविता : बाँदर आतङ्क

~विवश पोखरेल~ आफ्नै घर भत्काएर एक हुल बाँदरहरू शहर पसेका छन् खबरदार मान्छेहरू घर बाहिर ननिस्कनु फेरि कफ्र्यु लाग्नसक्छ अनाहक बाँदर आतङ्कले एउटा शान्त बस्ती तहसनहस हुनसक्छ पुनःअसङख्य छोराहरू– अनायास हराउन सक्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गन्ती मात्रको मान्छेहरु

~मणि बाङ्देल ‘सागर’~ लाली गुराँस र चाँपहरुको बस्ती त्यो चुचुरा मुस्काएका छन लालुपाते पाखाभरी कुमारी बक्षस्थल झै चुरे पहाड चिरेर बगेका छन झरनाहरु इन्द्रेनी पारेर । फर्सी कान्क्रा अनी सर्सिउ फुलेर अन्तिम प्रहरको किरण जस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : आयो आयो, भुईचालो आयो

~रम्भा पौडेल~ आयो आयो, भुइचालो आयो मन त यसले सबैको तर्सायो २०७२ साल बैशाख १२ गते नेपालले भोग्यो फेरी प्रकृतिको सत्ते बुढापाका भन्ने गर्र्थै९० सालको कथा अहिले फेरी फर्की आयो त्यै कथाको ब्यथा मरे बरै नेपालीजन ऐया भन्न नपाई

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमयुद्ध

~कृष्ण कट्टेल~ खुल्ला आकाशको बीचमा देखिएका दुई चम्किला नक्षत्र, मन्दिरको गजुर नजिकै बसेका एक जोडी परेवा, अनि, एकान्तको चौतारीमा बसेका तिमी र म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्थहीन यात्रा

~चन्द्र रानोहँछा~ जब पुगिन्न भने– रहन्छ र हिँड्नुको अर्थ ? त्यै पनि रेलको डिब्बाजस्तो निरन्तर … किन हिँडिरहेछन् मानिस ? छोडेर– टाकटुक गिदी अस्थायी निवासको कुनै रोगी प्रस्तरमा ।

Posted in कविता | Tagged | Leave a comment

गजल : हजुरको

~सुमन मञ्जरी~ पवन सँग साइनो गाँस्ने बातै मीठो हजुरको!! छडके नजर हेरिदिदाँ मातै मीठो हजुरको!! एकान्तमा कानेखुशी हजुरको बानी देख्दा, अन्त कतै हेरिदिदा घातै मीठो हजुरको!!

Posted in गजल | Tagged | Leave a comment

कविता : नभन न झर्किएर …

~यादव देवकोटा~ तिमी बन्नु कुम खाँबो म बनुला धुरी खाँबो नभन न तिमी मलाई तिम्रो माया यत्ति जाबो । म हिडुला खोलिखोलि तिमी हिड्नु तिरबाट नभन न रिसको झोँकमा खसिदिन्छु भिरबाट ।

Posted in कविता | Tagged | Leave a comment

स्वप्निल नीरवका ५ मुक्तकहरु

~स्वप्निल निरव~ १) परी छैन मनपरी छ स्वप्न दरबारमा फक्रन बाँकी मन्जरी छ स्वप्न दरबारमा सुन ए कुवाका मुर्ख भ्यागुताहरु हो भेटौला हिउदमा झरी छ स्वप्न दरबारमा

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : एउटा रहर-उज्यालो बाँच्नुको

~तेजविक्रम कार्की~ निस्तब्ध ! अध्यारै अध्यारो यो साँघुरो गल्लि हुँदै रात ओढेर मसँगसँगै हराएको छ मेरो देश ! मैले ब्युझने एउटा सुन्दर बिहानी क्षितिजबाट निस्कनै बिर्सिएको छ र सधैंजसो मलाई भेट्न आउने घाम रात ओढेरै म जस्तै कतै बिलाएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी विश्वस्त छौं

~कृष्ण सेन ‘इच्छुक’ ~ बदलिंदै गरेको मलीन दिनजस्तै उदास–उदास र सन्तप्त मन भएको क्षणिक बेला भलै तिमी जीवनलाई निस्सारमय ठान तर संसार चिनेर बाँच्नुको अर्थ बुझ्न सकेको दिन तिमी पनि धर्तीलाई स्वर्णिम पार्न कम्मर कसौंला भनेर हामी विश्वस्त छौं ग्रहले … Continue reading

Posted in कविता | Tagged | Leave a comment