Category Archives: कविता

Nepali Poems

कविता : एकान्त

~प्रतीक चाम्लिङ~ यो बन्द कोठा भित्र खोलेर सपनाका पोकाहरु विरहका भुङग्रो जलाई विगतहरु निर्ममता साथ खरानी बनाउन चाहन्छु र आँखा बन्द गर्छु कान थुन्छु तर सम्झनाको ढोकाबाट अनवरत पसिरहन्छ विगतहरु अनि म जल्न थाल्छु आफै पीरसंगै विस्तारै विस्तारै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आशय

~दीपक कुमार ज्ञवाली~ भुलेर पिडा दिन आए∕ साथ । तिमी मेरै हौ लौ लेऊ हात । नौलाख तारा गगनमा रात । उज्यालो छर्ने अरुको साथ । १ अरुको साथले लागेको मात । चमक्क चम्कने मिmल्काकोेसाथ । प्रबेश कठिन आयौ बाहिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फोटोबिनाको फ्रेम

~बिष्णु सुवेदी ‘दोलखे’~ भित्ताको किलामा झुण्डिरहेछ निरन्तर आँखै सामुन्ने फोटोबिनाको फ्रेम ! गम खाइरहेछु कसको थियो फोटो कुनै बखत ? र सोचिरहेछु कसले निकाल्यो त्यो फोटोलाई ? सुनेको हुन्छु कुनै बखत फोटोबिनाको फ्रेम राख्नु हुन्न घरमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रियसीलाई सन्देस

~दीपेन गर्बुजा~ गाउ-घरको रमाईलो याद आउछ यो उजाड मरुभुमीमा तिम्रो सम्झना हरपल आउछ बिझ्यो सिरानी रातभरीमा मेरो दिनहरु बितिरहेको छ केबल तिम्रो सम्झनामा ईमेल मार्फत तिमी सकुशल भएको थाहा पाउदा दु:ख-पिडा भुलिदिन्छु एकै छिनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बगर

~प्रतीक चाम्लिङ~ हामी, दुर्इ समानान्तर रेखामा तिमी अनि म बाचिरहेछौं तिमी बगीरहेछौं/ हिडीरहेछौं निरन्तर निरन्तर अनन्त सागरसम्म म तिम्रो लहरहरुलाई कुरेर जीवनको सन्ताप जलाई हराएको मिलनभित्र लडिरहेको बगर म । तिमीलाई पच्छ्याउदा पच्छ्याउदै

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्धकार

~ज्ञानेन्द्र स्थापित~ जिन्दगी भर भटकिरहने कर्म बोकी भटकिरहेछु यस अन्धकार बाटोमा पनि मात्र आफ्नो सहि दिशा को खोज मा तर मेरो खोजि, खोजि मै बित्दछ किन कि,

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वायत्त प्युटार गाउँ

~दयाकृष्ण रार्इ~ भुगोलको सीमा रेखाबाट बाहिर धेरै टाढा प्युटार गाउँ हुन सक्छ प्युटार एउटा नयाँ नेपालको स्वायत्त ठाउँ जहाँ पाषण युगका पाषण मुटु भएकाहरु बस्ने गर्दछन त्यही गाउँकी, म कल्लीकुमारी विक । अन्ध विश्वाशको आन्तरिक्ष यानमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेहेर्बुङ

~सरोज पङ्हाङ्गो~ एक टुक्क्रा थाङ्ना टिपेर काला रौहरु छोप्दै मध्य रात नभनी कसैले देखिहाल्छ कि – ‘भन्ने डरले’ हस्याङ फस्याङ गर्दै घर पस्न लगेकी बलत्कारीत स्वास्नी लोग्नेसामु -के पुग्न मात्र लगेकी थि

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्तिको किरण

~प्रेम पाख्रिन~ सकेन उड्न परेवा आज सकेन हाँस्न बुद्धका मुर्ती कस्ले गरिदेलान अब यहाँ चार शाहीद्को इच्छा पुर्ती । घाइते छन धर्ती अझै सकेन भेटन असली डाक्टर सान्तिका दिप बल्ने बेला कस्ले उघारे आशान्तिका शटर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लेखान्तमा

~सूर्यविक्रम याक्खा~ हात अठाएर धर्साहरु कोरिए , औलाको र्इशारामा नाच्न थाल्छन् शब्दका फूलहरु …., मन सलवलाउदै कुदन थाल्छन् , क्षितिज पारिका गाँऊहरुमा । नसा-नसाहरुमा रगत वगीरहे , रौ-हरु ठाडा-ठाडा भै रहे , लेखान्तमा लेखिएका भाग्य

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको अत्यास

~समृद्धि ‘शायद’ ~ हृदयको बास मीठो कि मनको अत्यास नभेटिएकालाई मिलन मीठो कि प्यास धड्कन्छ होला मुटु पनि रफ्तारमा आज सुनेपछि शब्दशब्द मीठो कि उच्छवास

Posted in कविता | Tagged | Leave a comment

कविता : मुटु बिक्रीमा छ

~सि के राई ‘महाकाँल’~ पवित्र तपोभूमी सर्वोच्च सगरमाथामा बनेको अति स्वच्छ र सुन्दर मुटु बिक्रीमा छ गास बास कपास श्वास र बिश्वासको अति खाँचो परेकोले उत्कृष्ट कण्डिसनको मुटु बिक्रीमा छ वीर-बहदुर-गोर्खालीको

Posted in कविता | Tagged | Leave a comment

कविता : म भित्र

~सूर्यविक्रम याक्खा~ म भित्र गुम्सिएको छ कयौ -व्यथाहरु निश्पट धव्वामा त्राहिम-त्राहिम काकाकुलहरु………. । म भित्र-भित्रै मायालुका सम्झनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द कोठाबाट बाहिर निस्क

~दीपेन गर्बुजा~ बन्द कोठाबाट बाहिर निस्क मुर्खहरुसँग धेरै न जिस्क चारै दिशा ढोकाहरु खुलाछन आफ्नो खुबी अनुसारको दिशा रोज तन,मन अनि धन एकै दिशामा केन्द्रीत गर आफु भन्दा बुद्दीमानी ब्यक्तिको सहयोग खोज अन्धो,अपाङ्ग अनि टुहुराहरुलाई माया गर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीहरुलाई मैले माफ गरिदिएँ

~जे.बी. शेर्पा ~ संसार रमाइलो लाग्ने रहरै रहरको, एक तमाशको चाहनामा, घामको पहिलो किरण झै ! लामा लामा पाइलामा, संसार चुम्ने प्रयास के गरेथे, संसार भेट्ने प्रयास के गरेथें ! कर्कलाको टिल पिल टिल पिल पानीसँग के खेलेथे !

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले देखेको यथार्थ………॥

~तीर्थ संगम राई~ आदिम कालमा पारुहाङ्ग र सुम्निमाले साकेला शिली गाउँदै नाँच्ने यो धरतिको सुन्दर गाँउ बस्ती र शहरहरुमा खोलानाला अनि ताल तलैयाहरुमा मैले हिजो आज देखिरहेको छु सडिएका कुहिएका दुङ्ग-दुङ्ग गन्हाईरहेका नृशप शरीरका डङ्गुरकहरु खाटो बसेका राताम्यै तैरी रहेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिक्रीमा राखिएका सपना

~शिरिष लामिछाने~ जसरी न्यूरोडको एक भैय्याले बटुवालाई चना-चटपट र एक गिलास सोडा बेच्छ त्यसरी नै अम्रिकाले प्रत्यक सेकेन्ड मानिसलाई हजारौँ सपनाहरु बेच्छ विद्यार्थीलाई राम्रो कामको व्यापारीलाई राम्रो दामको परिवारलाई ठुलो घरको टुहुरोलाई आडिलो भरको आफ्ना आँखाले देखिने

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनतार टिपेर

~गोविन्द गोदार~ जुनतारा टिपेर दिन सक्दिन म आफु त यथार्थमा बाँच्ने मान्छे चन्द्रमामा हनिमुनका कुरा गर्दिन म म त केवल निश्चल माया गर्ने मान्छे एक पटक आफैं मुस्कुराएर त हेर कैयौ रहस्य सो प्रकट हुने छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कुर्सीमाथि फर्सी

~नरनाथ लुइँटेल~ डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टा यो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टा आजै गर्ने कामलाई भन्छ भोलि पर्सि हेरहेर के आश्चर्य कुर्सीमाथि फर्सी । तलकालाई सधँै हेप्छ माथिकालाई सलाम टोपी झिकी हिँड्ने गर्छ ज्युँदाहरूको मलाम रातो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : शुभकामना

~अभागी मिनम घायल असफल~ जित तिम्रै हो हार मैले स्विकारेकै हुँ खुसी जती सबै तिम्रै हो दु:ख मैले अङ्गालेकै छु तिम्रो लागि खुसिको नयाँ बर्ष मेरो लागि एक्लो बेसाहरा यात्रा

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो हत्केलाको परिधिमा

~बिन्दु प्याकुरेल ‘लुना’~ ब्रम्हान्डको परिधी मैले नाप्न कहाँ सक्छु र ! सिवाय तिम्रो मायालु हत्केलाको प।रिधी । ° अथाह माया बर्षाउने तिम्रो हत्केला मेरो निम्ती कुनै भबसागर भन्दा के कम्ती छ र ! ° पिर रापले पोल्दा हिर्दयमा शितलता दिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नीला पाइला टेक्ने राता मान्छेहरू

~ठाकुर बेलवासे~ म ढुङ्गाको छाती खोपेर सहिष्णुताको आवाज सुन्न आतुर मान्छेको मन्दिरस्थापना सोचिरहेको छु रगतले मुख धुन इच्छा राख्ने ईश्वरप्रति मेरो खेद छ ताराहरूका छाती कुल्चिएर आप्mनो अधिपत्यको उचाइगर्व खोज्ने ईश्वरमा जीवनका शुभकामनाहरू छरिन सक्दैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभारत

~प्रकाशचन्द्र न्यौपाने~ स्वार्थका तिखा तीरहरु गाडिएर घाइते छ भिष्मको राष्ट्रवाद अँध्यारोमा कुर्सीको लम्वाई–चौंडाई र आकृति छामिरहेछन् अन्धा धृतराष्ट्रका औंलाहरु एकलव्यहरु फिर्ता माग्दैछन्, गुरु–दक्षिणा औंलाको बदला द्रोणचार्यको सिङ्गै हात छ गुणा बढेको छ, संख्या भाञ्जाहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~सार्थक सिम्खडा~ सुर्यको किरण जस्तै झुल्कने तिमीलाई,दुई अक्षरको “प्रेम” साउनेझरी जस्तै रुझाउने तिमीलाई,तीन अक्षरको ”बधाई” कालरात्री जस्तै छाउने तिमीलाई,चार अक्षरको “उपहार” बादलले जस्तै आकाशढाक्ने तिमीलाई,पाँच अक्षर को “शुभकामना” !!

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी तिमी

~पुरुशोत्तम बाबु~ मलाई मेरो दिलभित्र तारा उगाइदिने बनी हेर तारा माटो टिपी त्यो सिरमाथी लाई चन्द्रै सरी चादनी छप्प पाइ लेपेर सिउदो कलाको बनायौ कल्पन्तसम्मै पनि गुन पायौ कस्तो राम्रो चम्किने चन्द्र तारा मुहार नै बन्दछ ज्योति सारा पहाड माथि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धिजीवीहरूसँग

~युद्धप्रसाद मिश्र~ संगिन रोपी गर्भवतीको पेटभित्रको बालक मारी कसरी सक्छौ भुल्न, दिएको हात्तीद्वारा बस्ती उजाडी पीडाको चित्कार नसुन्ने बहिरा छौ कि हे विद्वतवर्ग तुच्छ स्वार्थतिर कलम झुकाई वास्तवदेखि भाग्छौ किन पर

Posted in कविता | Tagged | Leave a comment

कविता : हस्तबहादुर मगरको हत्यापछि

~हरिगोविन्द लुइँटेल~ फलानो मिडिया च्यानलका लागि टि. भि. जर्नालिष्ट ढिस्कानुको नाममा आज साँझ तिमीले राम्रै न्यूज रिपोर्टिंग गर्यौ मेरा मित्र संचारकर्मी, कसरी तीन सय रुपियाँमा किनेर ल्याएको एक बोतल पेट्रोल छर्केर कसले आगो लगायो कसलाई र मार्यो जलाएर प्रष्ट पारिदियौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वार्थी रैछौ नानु

~गणेश पुर्बछाने मगर~ स्वार्थी माया साट्ने रैछौ आखिर किन आएऊ निश्चल प्रेम बियोगी झै बनेर झूटो कसम खाने रैछौ आखिर किन आएऊ तिमी सत्य शाबित्री झै बनेर भनेकै थे मैले नानू तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~उत्तम कृष्ण मज्गैंया~ क्यालेण्डरमा सिंगारिएर कालको पलायनको निष्कर्ष आयो पुनः नयाँ वर्ष ! गन्नेछन् पुनः स्नातकले भोकै बसेका रातहरू विदेश ओह्रालो झर्नेछन् छानिएका जातहरू हुनेछ सुनौला वर्ष यो इतिहासको पानामा गुनासो स्वयम् दब्नेछ साँझ-बिहानको मानोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो आकास !

~जुनिता सुब्बा~ फुलको गुच्छाले हान्दा दुख्ने भएसी झरेकी थिएँ, आकासको छानाबाट समुद्र सिरानी बनाई निद पुर्याउन ! बार-बार तिमि समुन्द्रतटमा यादहरु बिछाईरहदा

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~शिरिष लामिछाने~ नयाँ वर्ष, धेरै आशा कयन् प्रतिज्ञा। नयाँ वर्ष, पुरानै किताब तर नवीन पाना।

Posted in कविता | Tagged | Leave a comment

कविता : नव वर्ष

~मदास~ सृजनाको रहर फूलझैँ फुलाएर सबै जनमा ताजा उत्साह जगाएर आउने गरेको देखिइन्छ उहिल्यैदेखि यहाँ नववर्ष कोही उभो लागून् वा तल झरुन् नगरी केही परवाह बोकेर सम्भावना स्मरणमा अथाह फैलाउने गरेको पाइन्छ यसले उहिल्यैदेखि अनन्त हर्ष नव वर्ष विकार र … Continue reading

Posted in कविता | Tagged | Leave a comment