Category Archives: कविता

Nepali Poems

कविता : मौलोको बलि

~शकुन्तला जोशी~ भुवा सिमल हुँ म बिस्तारै छोऊ थिचिएर तिम्रा औंलाको दबाबले नखजमजिऊन् मेरा रेशाहरू बिग्रिए भने यी रेशा केको बनाउनु नरम तकिया र आरामले निदाउनु रातभरको निद्रा? बिस्तारै छोऊ म भर्खर पलाएको पालुवा हुँ नलुछ अहिल्यै मसिना हाँगाहरू

Posted in कविता | Tagged | Leave a comment

छोक : क्रान्तिकारीहरु

~तीर्थराज अधिकारी~ “शहीद“ लाई “सहिद बनाएर निकै गर्व गर्ने हाम्रा कान्तिकारी भाषाविद्हरु नारायणहिटी दरवार नै सङ्ग्रहालयमा परिवर्तन भइसक्दा पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~अभागी मिनम घायल असफल~ अब नरोक है म हिंड्ने बाटो दु:खलाई साथी बनाइ सकेछु नखोज है तिमी मलाई म तिमी भन्दा धेरै टाढा गई सकेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : चराहरु

~लोक सिंगक~ सिनुमा लडार्इ स्यालहरुको अवाक बस्ति हरेक साँझ ब्वासाहरुको झगडा यहाँ रातको राजले बिध्वम्स मच्चाएको छ । बेखवर चराहरु सकी सके ओत लाग्ने रुखहरु खङग्रङ्ग बुढो रुख चीलहरु सुकेको हाँगाहरुमा ।

Posted in कविता | Tagged | Leave a comment

छोक : विद्रोह भएछ भित्रभित्रै

~आभास~ अस्तिसम्म यो आरु विधवा जस्तै ठिङ्ग उभिएथ्यो बारी छेउमा मेरो मन हुँडलिएथ्यो घट्ट झैं निराशाले एउटा गीत गाइथी र घाँटीमा भक्कानो पारी गएथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशिएर

~पञ्च विस्मृत~ मनभित्र कतै बज्छ सौन्दर्यको तीखो आवाज म सुन्छु म हेर्छु परेलाहरुमा अडिएर टिलपिल टिलपिल आँशु साँच्ची यहाँ बसेपछि त प्रेमनगर पनि देखिंदोरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै कुराहरु

~मुक्ति गौतम~ बाटोमा, फूलहरु भेटिए फूलहरुले फूलकै कुरा गरे सुगन्ध र शुन्दरताको झरी र बतासको पुजा र उपहारको कैद र फूलदान या चुडिनु र कपालमा सजिनुको;

Posted in कविता | Tagged | Leave a comment

कविता : आफैँसम्म यात्रा

~दीपेन्द्रसिंह थापा~ केवल हिँडिदिनु छ केवल हिँडेजस्तो गरिदिनु छ आफैँदेखि आफँैसम्मको यात्रा न हो न केही पाउनु छ न केही गुमाउनु छ । केवल रित्तिनु छ केवल सिद्धिनु छ शून्यदेखि शून्यसम्मको हिँडाइ न हो

Posted in कविता | Tagged | Leave a comment

कविता : झोलाभित्र विश्वयात्री

~मुकुन्द पोखरेल~ जति जति सिक्दै, जान्दै गयो उति उति विज्ञभन्दा नयाँ विद्यार्थी बन्दै आउने त्यो कस्तो ज्ञान हो ? कस्तो शिक्षा हो ? मान्छेकै शैलीमा टेबलमा टुक्रुक्क बस्छ काखमा सपक्क च्यापिन्छ त्यो झोलाभित्र बसेर पनि विश्वयात्री बन्न मन पराउँछ । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्यार्थी आवाज

~युद्धप्रसाद मिश्र~ दानवताकन दूर धकेल्दै जनजागृतिको दैलो खोल्छु न्याय उठाउन बन्दूक खुकुरी खुर्पि खुँडाको भाषा बोल्छु नेपालीको ज्यान बचाउन भर्तिकेन्द्रको बाटो मास्छु शहर शहरमा जुलुस निकाल्छु पर्चा छर्छु पोष्टर टाँस्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई काम गर्न देऊ

~अमन महर्जन~ मुटु भरी संगालेका अनेकन चाहना हरु यो देश, जनता र सगोल समाज का लागि नै भनेर समर्पित मेरा यी प्रण अनि भाबना हरु कुंठित गर्न आई लागेका भरौटेहरु शाबधान मलाई काम गर्न देऊ पहाड़ फोड़ने यी हत्केला हरु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नोत्तर

~शिरिष लामिछाने~ “अमेरिका किन आयौ त राम?” एक प्रश्नको अनेक उत्तर राम खोज्दै छ अहिले कहिले भन्छ,”पढ्न आएँ यार” त भन्छ कहिले, “नेपालमै पनि त नपढेको होइन सायद कमाउनै आएँ होला यार।” अमेरिका छिरेको ३ वर्षपछि राम घोरिँदै छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म तिमीलाई कत्ती चाहन्न अब!!

~सन्दिप बडाल~ म तिमीलाई कत्ती चाहन्न अब तिम्रो नाम लेख्न आफ्नो रगत पनि सुकाउँदिन न त तिम्रो नाममा आँशु नै बगाउँछु म तिमीबिना नै जिउने छु तिमीबिना नै आफ्नो संसारको निर्माण गर्नेछु तिमीले दिएको धोकाको बदला लिनेछु चोटको बदला चोटनै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : न बन्न सके

~सार्थक सिम्खडा~ न बन्न सके माकुने जस्तो पाखन्डी न बन्न सके प्रचन्डे जस्तो घमन्डी शायद त्यसैले त होला जिन्दगीमा बाँध्नै सकिन मायामा हत्कडी न लिन सके ओसामको जस्तो बैर्यता न लीन सके ओबामाको जस्तो धैर्यता शायद त्यसैले त होल जिन्दगीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मुफ्तको शौदा शुभकामना

~अजम्बरध्वज खाती~ नदिने बराजु जस्ता छन् हाम्रा नेताहरू दिन पर्दा बुधबार पनि बार्छन्, नाँच्न आफै जान्दैनन् आँगनलाई दोष दिन्छन्, लाज ढाक्न खोज्छन् लाज ढाक्ने कुरा टाउकोमा बाँध्छन् जहाँ ढाक्नुपर्छ उघारै राख्छन् यिनीहरूलाई थाह हुँदाहुँदै पनि ढाँटेको कुरा काटे मिल्दैन नकचरा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना उत्सव

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ यौटा पहाड: म अझै अग्लिन्छु । यौटा म: म अझै उक्लिन्छु । अब आफै पन्छाउनु पर्छ काँडाहरु डोकोभरी पहाड बोकेर बिसाइदिन्छु पहाड चौतारीमा उफ ! उ पनि ठाउँ ठाउँ भत्किएछ छाड्दिनँ उक्लन ठाडो उकालो साँझमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी आउदै छ १२

~विष्णुप्रसाद धिमाल आजाद~ सम्झिएर ल्याउदा मन मुटु सिरिङ्ग हुन्छ हजारौ हजारको खुशी लुटि आफु रमाउने त्यो पापी प्रकृतिले हजारौलाई एकै चोटी निलेको दिनले गर्दा आज फेरी अत्यास लागिरहेछ घर छोडी बाहिर हिडेका घर फर्कन पाएनन घर भित्रै भएका बाहिर निष्कन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आजकल मलाई

~अभि सुबेदी~ लाग्छ आजकल म सधैंजसो एउटा छायाँ बोकेर हिंड्छु अरूका मनहरू कालो बादलजस्तो पहाडको अन्तर्तरङ्ग बुझ्न बिस्तारै वरिपरि घुमेजस्तै मेरो वरिपरि घुम्छन् अनेकौं आकृतिहरूमा आफ्नै मन बोकेर हिंड्छु अरूका मनका भारीले थिचेर आजकल मलाई मेरो अस्मिताभन्दा अरू कसैको जीवन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिले र अहिले

~ध्रुव पन्थी~ पहिले भन्नेहरुले नानाथरि भने तिमी आफ्नो बाटो हिँडिछाड्यौ तिमी रोमान्टिक थियौ कि विवशताले तिमीलाई डोर्‍याउँदै थियो – तिमी आफै जान मचाहिँ पक्कै पनि अलि रोमान्टिक थिएँ त्यसैले धेरै नसोँचिकनै सलाम गर्न मन लागेथ्यो तिमीलाई अहिले

Posted in कविता | Tagged | Leave a comment

कविता : कसले होला ?

~श्यामदास वैष्णव~ फूलहरु छरपस्ट भएको त देखियो : यत्रतत्र यिनलाई एकसूत्रमा उन्दै माला बनाउने कसले होला ? फूलबारीलाई रछ्यानतुल्य बनाउन खोज्ने अबुझहरु पनि त देखिए यिनलाई नादान ठह-याई सही सन्देश दिने कसले होला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : चाम्रो त्रिवि !

~शिरिष पराजुली~ मुटु धड्किएको बाहिर सम्म सुनिन थाल्यो मन बेचैन छ, मस्तिष्क एकोहोरो हुँदै छ म टोलाएको देखेर मलाई मेरो छायाँले मेरो परीचय दिदैँन एक्कासी म आफ्नो परिचय खोज्छु, तर मेरो परीचय कतै छायाँमा धमिलो हुन्छ । मेरो आँखाँ पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : डाँडा घरे काइलोमा

~टिका चाम्लिङ~ डाँडा घरे काइलोमा ठूलो आशा उमंग पलायको थियो, किन्तु उसले आफ्नो शहीद संगिनी को साथ गुमाए पनि, नयाँ नेपालको खोजीमा ऊनि अझै भौतरी रहेछन , उनी खुला आकाश मुनि हेर्दैछन बिचित्र का चित्रहरु ,

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रौढ़ता भित्र शान्ति

~बलदेव भट्ट “बिहानी”~ हातमा चमर बोकी अभिपोषित शांति बर्सौ पहीले बुद्धसंग जन्मियो हजार बर्ष पछी परिवापित रूप बोकी प्रौढ़ता भीत्र शांति पराल को मचान भीत्र लुक्नखोज्दा हुंडारहरु को जमात सज्जनता माथी शासन गर्छ || बारुनी बासुरी बजाउदै लोहारका आँगन सम्म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाशमा देवकोटा

~दीपक जडित~ बनाई बाटो चिनाएँ माटो भूस्वर्ग त्यो धराको । कलकल नदी संगीत सरी स्वर सुरिलो चराको ।। सुनाएँ खोली आत्माको झ्याल निनाद ह्रदयको । देखाएँ झेली गरीबी हाल अभाव भएको ।। बुझाउनु’थ्यो कष्टमा पनि हाँस्न सक्छौं कसरी । रुझिरहँदा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्तान्तर

~ज्ञानु गौतम~ तीजको रंगीन चुरा पोते र साडी मा सजियेकी म, कृष्ण मंदिर को सेरोफेरो घुम्दा घुम्दै यी बृद्धा लाई भेट्छु , यिनले मलाई नजिक बोलाउन्छिन शुरुमा अतीत तीर बरालिन्छिन अनि भन्छिन, नानी म पनि तिमी जस्तै थिए बैंश मा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ओ ! मेरी हिमाली रानी

~र्इश्वर चाम्लिङ~ ओ ! हिमाली रानी तिम्ले मलाई माया लायौ की ? मैले तिमीलाई माया लाए ? झझल्को आइरहन्छ यो मनमा ति म्रो झलकहरू नाचिरहन्छ आँखाको नानीमा माया बसे जस्तो छ हामीमा ओ ! हिमाली रानी माया बसे जस्तो छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार

~झलक मगर~ सरकार एकपटक मलाई प्रयोग गरेर त हेर मेरो क्षमतालाई अवसर दिएर त हेर कतारको ६० डिग्री सेन्ट्रिग्रेटको घाममा अठार घण्टा खटेर समुद्र माथि फुटबल मैदान बनाएको मेरो अनुभवले हुम्ला , जुम्ला , दार्चुलामा जता हेर्यो उतै समथर देख्ने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भन तिमीभन्दा म के कम छु

~प्रेम ओली~ र्र्मििमरेले खेदेर तिमीलाई सन्ध्याले फर्काइ ल्याउछ मरेर जाने जिन्दगी कस्को गुरु ब्याउछ आफु त साथी हिँङ नभए पनि हिङ बानेको टालोको दम छ भन तिमी भन्दा म के कम छ । तिमीलाई फुर्सद छैन होला

Posted in कविता | Tagged | Leave a comment

कविता : गोल

~बिटु केसी बराल~ इच्छा शक्ति बुलंद भए के नहुने रहेछ ? मसक्क आँट्यो भने नेपालीले के नपुग्ने रहेछ ? जुटको बन्धन कसिलो पारी अघि बढेको बेला पैतालाको वेगळे तिमीले संसार जितेको बेला

Posted in कविता | Tagged | Leave a comment

छोक : माटो मुनिको बीउ

~आभास~ म माटो मुनिको बीउ भरखरै एउटा कोमल हातबाट रोपिएको छु खुला आकाश र उज्यालोसित बिछोडिएको छु सिर्जना गर्न अँध्यारो पनि पिउनु पर्दोरहेछ म अहिले धरतीभित्रै अँध्यारो पिएर बाँचेको छु यतिबेला आफ्नो भन्नु– आफैंभित्रको पीडा छ मलाई थाहा छ यही … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लाग्न थालेको छ

~विचित्र मुल्मी~ सुनौलो भविष्यको कुरा कसैले गर्न थाल्यो कि आजभोलि त्यो भविष्य सुन जत्तिकै महँगो हुने त हैन ? भन्ने लाग्न थालेको छ । सुन्दर सपनाको कुरा कसैले ग¥यो कि आजभोलि त्यो सपना होटेलको खानपानमा विलय हुने हो कि ? … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निरर्थक

~बिमल गिरी~ जिन्दगीका बिर्सिनसक्नु अप्रिय प्रसङ्गहरु नियास्रोले भौतारि रहन्छन कताकता तुलानात्मकरुपले भन्नुपर्दा काडालेझै कोत्रिन्छन,रगताम्मे हुन्छन मनहरु खुशिले भक्कानिदै पिरमा हास्नमन लाग्छ प्रेरक र निरर्थक भएर चलिरहेछ जिन्दगी घुम्ति र मोडहरुमा, घामको झुल्कासङ्गै ब्युझन्छु

Posted in कविता | Tagged | Leave a comment