Category Archives: कविता

Nepali Poems

कविता : नयाँ नेपाल रे

~गणेश पुर्बछाने मगर~ नयाँ नेपाल रे खै के छ यहाँ नया ?? नया त छ केवल उही २ सब्द न + याँ अरु त सबै पुरानै छ नेता नक्कली भासण नक्कली सबै सबै नक्कली ओलीको बोली देखि लिएर माकुनेको झूटो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ज्वालामुखीका शिखा

~युद्धप्रसाद मिश्र~ पाखा पर्वतका निवासीहरू छौ शृंगार नेपालका सारा आर्थिक श्रोतका गति तथा आधार नेपालका आँधी पानि प्रचण्ड धूप असिना नानाथरी झेलने हाम्रा हात र पाउ छन् धरतिका माटोविषे खेलने कुर्कुच्चा छ चिरा चिरा जिउ डढेका घामका तापले मान्छे हौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : भैंसी हो काठमाण्डौ

~योगेन्द्र राज शर्मा~ एउटा चढ्छ उत्रन्छ अर्को चढ्छ उत्रन्छ फेरी अर्को चढ्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो

~ध्रुव पन्थी~ यस्तो भैदिएको भए हुन्थ्यो उस्तो भैदिएको भए हुन्थ्यो हुन त कस्तो भैदिएको भए हुन्थ्यो हुन्थ्यो म तिमीले खोजेजस्तै भैदिएको भए हुन्थ्यो तिमी मैले खोजेजस्तै भैदिएको भए हुन्थ्यो फगत रहर गरेर हुने भए यो संसारको रीतै अलि फरक भैदिएको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नजन्मेको छोरालाई

~शंकर लामिछाने~ मेरो छोरा ! एकदिन तैँले मसँग वा मेरो मृत्यु भएमा स्वयम्‌सँग एक प्रश्‍न गर्ने छस् । मेरो छोरा ! मसँग प्रश्‍नको केही उत्तर छैन ! सिर्फ छ, एक सन्तुष्टि बल्ल मेरो परम्पराले थिचेका प्रश्‍नहरू तेरो मुखबाट निस्कन सके … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु

~दिपक अधिकारि~ आयछ थाहै नपाई, न त खबर नै दियछ, आँखा झिम्क्याउन नपाउँदै त्यो, प्राण पखेरु लियछ, न भन्छ बुढो नै, अनि न त तन्देरी नै, लाउँला-खाउँला भन्दा भन्दै, किन यस्ले लैजान्छ खै?! जानेलाई नि थाहा छैन, होला कुन मन्जिल्,

Posted in कविता | Tagged | Leave a comment

कविता : साँझको पाहुना तिमी

~प्रमेश न्यौपाने~ खुशी छौ कि दुखी तिमी, बुझ्न मलाई गाह्रो भयो। रहर हो कि बाध्यता तिम्रो, हेर्न मलाई सरो भयो। होस मा छौ कि बेहोसी तिमी,कस्तो तिम्रो पागल्पन। यात्रा हौ कि बास मा कतै, पिडा मा हो कि तिम्रो मन।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी मृत प्रेमिका..

~गणेश भट्टराई~ मसानघाटको चितामाथि उसको लास शान्त छ परायालाई आफ्नो अधिनायक बनाएकी नवबिबाहिता जस्तो जब उसको लासमा आगो झोसिन्छ हिजो आँफैले चिरेका दाउराहरु म माथि बन्चरो हान्न थाल्छन अग्नी साक्षी राखी सात फेरो लिने सपनाहरु आज त्यही अग्नी जलाउन थाल्छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खातेको वेदना

~पेशल आचार्य~ मनमा जति भएपनि, पढ्ने लेख्ने रहर साझ बिहान छाक टार्न, घुम्दै हिड्छौ शहर जति सुकै परिवर्तन, देशमा आएपनि खाते भनि छि-छि गर्छन, बाटो हिड्दा पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : हे प्रचण्ड!!

~सन्दिप बडाल~ हे प्रचण्ड, सुन्यौ तिम्रा भाषणहरू अनी बुझ्यौँ तिमीले सुनाएका महत्वाकांक्षा तर शब्दका भारले मात्रै पूरा हुन सक्दैनन हाम्रा आकांक्षा आकांक्षा पूर हुन त मन चाहिन्छ अनी मन रहन दह्रो मुटु पनि तर तिम्रा बमबारूदका थर्काइले कमजोर बनिसके यी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रातसँग सावधान

~केशर थुलुङ~ त्यो कालो डर लाग्दो त्यो अँध्यारो अनकन्टार सम्झदाखेरि नै आङ जिरिङ्ग-जिरिङ्ग हुने जहाँ पाइलाई पिच्छे मृत्यु हुन सक्ने केवल अविवेकीहरु यात्रा गर्ने भयभित त्यो रात ग्यारेन्टी दिएर त

Posted in कविता | Tagged | Leave a comment

कविता : सस्तो शहिद

~प्रकाश श्रेष्ठ ‘प्रीयतमा’~ के हो शहिद, को कसरी बन्छ शहिद सोध्ने हो भने थाहा छैन होला जसले सडकमा टायर बालेर चक्काजाम गर्छ जसले शहिद घाषणाको माग गर्दछ, जसले बन्द आहृवान गरी जनतालाई दुख दिन्छ जसले क्षतिपूर्तिको माग गर्दै विकास निर्माणमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : डर

~गणेश पुर्बछाने मगर~ आखा भित्रि लुकाई राख्छु तिमीलाई मेरो नयन रसिएर आँसु बनि खस्ने पो हौकी मुटु भित्रि लुकाई राख्छु तिमीलाई माया मेरो थोरै भो भनेर धड्कन बनि धड्किदिने पो हौकी भित्रि मनै देखि डर लाग्छ मलाइ

Posted in कविता | Tagged | Leave a comment

कविता : म मृत हेरिरहे !

~सुरज दाहाल~ हरपल म मृत मरीरहे चन्दन चित्तामा म जलीरहे , चित्तामाथी आफ्नो मृत शरीर , टुलु टुलु म हेरीरहे । मरेर पनी स्वास फेरीरहे अन्धो भएर पनी देखीरहे लङ्गडो भएर पनी दौडीरहे जिन्दगी ! म नीर्जीव बाचीरहे । पलपल … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : म

~शिरिष लामिछाने~ म एक प्रेषक र प्रापक पनि चिट्ठी लेख्दैछु आफैलाई मार्टिन लुथर किंगको स्ट्याम्प सेतो खाममा टपक्क टाँसेर स्वतन्त्रताको आह्वान गर्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : खै कहाँ राखुँ म तिमीलाई ?

~दिपक अधिकारी~ आँखाभित्र राखिदियँ, आँसु बनी रुवाईदियौ, मुटुभित्र राख्न खोजेँ, काँडा बनी बिझाईदियौ, कल्पनामा राखेको त याद बनी सताईदियौ, जिन्दगीमै राख्छु भन्दा धोका दिई लत्त्याईदियौ ! बगैचामा राख्न खोजेँ, फुल बनी फुल्छ्यौ भनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध तँ आउने आसामा

~गणेश भट्टराई~ जस्ले तँलाई संसार देखाएकी थिइन र तेरा लुला खुट्टाहरुलाई हिंड्न सिकाएकी थिइन तँ हिडिस पनि – शन्ती खोज्दै जस्ले घनघोर जङलका बिच बाटो पहिल्याउन सिकाएकी थिइन तैँले पहिल्याइस पनि – शन्तीको बाटो आज तिनै आमा आठ महिने शिशु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अचानक यो साँझ

~ठाकुर बेलवासे~ अचानक यो साँझ बाँच्नुपर्ने दिनहरू, वर्षहरू अझै धेरै, धेरै छन् जस्तो लागेर आयो । अचानक यो झरी परेको साँझ विगतका दुःखहरू जो मरीमरी बाचेको स्वाँङ गरेका दिनहरू भुलेर आगामी दिनहरू वर्षहरू सबैसबै खुशी नै खुशीले भरिएका छन् जस्तो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मरुभुमिछेउ कतैः मेरा दिन

~पञ्च विस्मृत~ जब घामले अस्ताचल रोज्यो पूर्व भएर रात उठ्यो घामका पाइलाहरु पछ्याउदै उठ्यो एक दुइ ताराहरुले प्रकृतिको त्यहीं पुनरावृत्ति हेर्न प्रकृतिकै संविधानको एक अनुसूचिबाट अनुहार निकाले सहरले आफ्ना इन्द्रेणी आँखाहरु बालेर आफ्नै उत्सव मनाउन लाग्यो र अल्लाहको ध्वनी संगै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता ; ‘साक्षी शहर’मा

~उमेश राई ‘अकिञ्चन’~ आँखामा राखेर उत्साहको झोला हिँडिरहेको होला त्यो सौन्दर्यको शहर…… उस्तै होला हामीले हिडेको हङकङ पार्कको बाटो उस्तै होला भूँइमा खस्तै गरेको

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यालेनटाइन !

~राम चाम्लिङ्~ चारै तिर सन्नटा छाइरहेछ भित्र-भित्रै तातिरहेछ एउटा महोल नजिकिदैछ रोज डे हरु निम्तो गरेर भ्यलेन्टाइन ! बसन्त नै किन आउनु र ? फुल्नलाई बैसहरु उत्तेजित हुँदै कामुक जोडी बोलाई रहेछ भ्यालेन्टाइन !

Posted in कविता | Tagged | Leave a comment

कविता : पापी रहेछ समय…

~गणेश भट्टराई~ जब मसँग प्रसस्त फूलहरु थिए जाँगर थियो, जोश थियो बिडम्बना बगैँचाको अर्थ थाहा थिएन तर जब अर्थ बुझेँ र बगैँचाको परीकल्पना गर्न थालेँ समय धेरै अगाडि बढीसकेको रहेछ फूलहरु ओेईलाई सकेका रहेछन ईतिहासको काल-कोठरीमा बन्दी भई सकेका रहेछन। … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध केही त बोल

~शाल्तमणि शर्मा~ अहिंसा र शान्तिको तिम्रो आवाज मेरो भूगोलिभित्र गुञ्जिए पनि रक्तपात रोकिएन महामानव चोरी नगर्ने तिम्रो बचन माने र गुम्बामा घोकिए पनि व्यवहारमा आएन महामानव सत्य बोल्ने तिम्रो मार्गदर्शन झुटको महासागरमा घोलियो महामानव

Posted in कविता | Tagged | Leave a comment

कविता : तस्विर

~बिदुर अधिकारी~ सुन्सान ठाउँ,केही धक् नमानी पल्टि रहेछौँ,दुई जिन्दगानी सम्झी बिगतका,इतिहांसलाई तस्विर हेर्छु,खूब याद आई हामी गरीबको,कही छैन ठाउँ सरकार भन्द्यौ?,कुनठाउँ जाउँ हुँदैन क्या हो,गरिब्को भलाई तस्विर हेर्छु,खूब याद आई

Posted in कविता | Tagged | Leave a comment

कविता : म ढुङ्गा बिचको तरुल ….

~राज बरसिंग थापा~ कंठ कंठ बाट निस्किरहेका यी पिडाका सब्द कसले सुन्ने ढुंगा बिचको तरुल जस्तै म न त ओल्टे न त कोल्टे उखु चुसे पछी फालियको सोयला सोयला जस्तै दिन दिन सुकी जानु जस्तै मेरो गुमेको भरिलो रसीलो … … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्किएको खुशी

~नोवल निरौला~ है पियारी ! गोली र वारुदमा रुमल्लिएको वेला तिमी र म, शान्ति फर्काउन सँगै उडेका हैनौ ? तिनीहरुका मन कुँडिएको समय! भाईचाराको नारा भुलेको दशक दानवताको विचार मौलाएको वखत शान्त मैदान रणभूमी वनेको क्षण हिजो झै लागिरहेछ साथी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै कठघरामा घण्टाघर

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ त्यो रात नारायणहिटी देख्ने घण्टाघर थियो । त्यता गोली चलिरह्यो- ड्याङ, ड्याङ, ड्याङ, ड्याङ…. यता ऊ बजिरह्यो आर्तध्वनि- ट्याङ, ट्याङ, ट्याङ, ट्याङ…. ऊ जागा बसेर निदाईरहेको शहर

Posted in कविता | Tagged | Leave a comment

कविता : छिन्नभिन्न अतिशयोक्ति

~बलदेव भट्ट “बिहानी”~ यौबनको खेति हत्केला को साहारा युगावतार को प्रारम्भ गर्छ चमार को दैलो बाट हराएको संस्कार राजिखुशी समय को फरिया उचाल्दै हिडे पछी हातका औलांहरु बीच तिम्रो बर्चस्वो छिन्नभिन्न अतिशयोक्ति लिएर आउछ|| रोगाक्रांत मनस्थिति हरु का खम्बा स्वेत-मार्ग … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्ध्या साँझ

~बिन्दु प्याकुरेल ‘लुना’~ कसरी बयान गरु यो सन्ध्या साँझको ! कुन रुपमा उतारु ! म भित्रको अर्को मन केही थाकेको छ यती बेला पिठ्यु भरी कर्तब्यको भारी बोकेर मस्तिस्क सुछ्म कोस कोस मा नेपाल लाई सजाउदै त्यो अनबरत पाइला सन्ध्या … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माया त रहिरहनेछ

~सन्दिप बडाल~ मैले प्रशंसा नगरुँला, तिम्रो कोमल तनको मैले वास्ता नराखुँला, तिम्रो भरिलो जोवनको तिमीले त्यसमा पीर नमान्नु, ती जालान् एकदिन क्षीण भएर माया त रहिरहनेछ सधैँ, तिम्रो मेरो मनको म तिम्रै हाँसोसँग मात्र रमाइरहुँला म तिम्रो शरीरसँग मात्र रत्तिरहुँला

Posted in कविता | Tagged | Leave a comment

कविता : नियति काठमाडौको

~पशुपती कार्की~ काठमाडौ, थाहै पाउदैन डाँडा पर के हुदैछ, अनविज्ञ छ छितिज पारी के भयो, उदासिन छ झुपडीमा बस्नेप्रति ब्यर्थ रटान दिन्छ राष्टियता को, रातदिन,बाटोमा,गल्लिमा,चौरमा मौन बस्छ सिमा मिचिदा नारीमाथी अन्याय हुँदा, बरु सँरक्षण मै ब्यस्त छ, कालोबजारी,अपराध र भ्रष्टाचारको, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जन आवाज

~सुदेश सत्याल~ एक्लै हासिरहेर अर्थ छ र के देशै दुखेको भए के होला शिर उच्च खै सगरमाथा नै झुकेको भए । जे जे होस् न निधरमा हरघडी यै मृत्तिका लाउला गर्नेले उपहास नै गरिरहुन् राको लिदै आउला ।। यस्तो सृष्टि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment