Category Archives: अनुवादित साहित्य

अनुवादित साहित्य / Translated world literature

अनूदित कथा : क्षितिज पारी

~रोबर्ट जे. मार्टिन~ अनुवाद : एकदेव अधिकारी डाक्टरको कलम चार्टमा केही लेख्दैगर्दा रोकियो, “त्यसो भए यो तपाईँको तेश्रो दाँतको सेट हो होइन?” बिरामीले स्विकृतीमा टाउको हल्लायो, “हो डाक्टरसाब। तर यसपाली त धेरै ढिलो आयो नि त?” डाक्टरले कौतुहलतापुर्वक सोधे, “त्यसैले … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : मेरो दाइ

~प्रेमचन्द~ मेरो दाइ म भन्दा पाँच बर्ष जेठो भए पनि उ म भन्दा तीन कक्षा मात्र अगाडि छ। मेरो दाइ पनि मेरै उमेरमा स्कुल जान थालेको हो। तर उसलाई पढाई लेखाइमा कुनै हतार थिएन। उ एउटा मजबुत जग बसाउन चाहन्थ्यो … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कविता : अनुवाद – एक सेतु

~महेंद्र भटनागर~ अनुवादक : गायत्री भट्टराइ अनुवाद भाषांतर मात्रै होइन यो सेतु हो! एउटा मनलाइ अर्को संग जोड़ने! आपसको टाढ़ापन मेटाउने!

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित पौराणिक कथा : धूर्त मठाधीश

~बिजु सुवेदी ‘विजय’~ गङ्गा किनारमा माकंदिता नामको नगर अवस्थित छ । त्यहाँ एउटा मठमा एउटा मौनव्रतधारी साधु बस्दथ्यो । उसले बोलेको कसैलाई पनि थाहा थिएन । त्यस नगरका सबैले उक्त साधुलाई अत्यन्तै आदर-सम्मान गर्दथे । उसको मौनव्रतको जताततै चर्चा-परिचर्चा थियो … Continue reading

Posted in अनूदित कथा, पौराणिक कथा | Tagged | Leave a comment

अनूदित निबन्ध : आशाको खुशी

~सर सैय्यद अहमद~ अनु : जाकिर हुसैन ए आकाशमा खैरा बादलहरूमाझ चट्याङ परेझैं चम्कने इन्द्रेणी ! ए आकाशका तारागण र तिनका मनमोहक चमक ! ए उच्च पहाडहरूका आकाशसँग कुरा गर्ने कुहिरोले ढाकिएका टाकुराहरू ! ए पहाडका वैभशाली बाटिका ! ए … Continue reading

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

अनूदित चिनियाँ लोक कथा : एकोहोरो धुनको त्याग

~अनुवाद एवं सङ्कलन : रामविक्रम सिजापति~ चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला … Continue reading

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment

अनूदित कथा : चिन स

(चिन स नामक प्राचीन रमणीय बगैंचाको कथा)  दक्षिणी चीनका प्राचीन उद्यान र बगैंचाहरु चीन र विश्वमा नामी छन भने उत्तरी चीनको एउटा प्राचीन बगैंचा पनि निकै प्रसिद्ध छ। त्यसै कारण त्यस ठाउँलाई उत्तरी चीनमा रहेको“दक्षिण चीनमा

Posted in अनूदित कथा | Leave a comment

अनूदित कथा : हिराको हार

~ गेइ डि मोपासा~ अनुवादक: सिपी अर्याल उनी निकै सुन्दर, आकर्षक र सुशील युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपर्थ्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वाकांक्षा थिएनन्, नाम कमाउने चाहना थिएन, कुनै … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : बाजी

~एन्टोन चेखोभ~ भावानुवादः दण्डपाणि जैसी (१) काजी गुमान सिंह बस्न्यात बुढा भइसकेका थिए र उनीसँग पहिलेको शान शौकत पनि बाँकी थिएन। पुस महिनाको एक रात। काजी आफ्नो कोठामा ओहोर दोहोर गर्दै ठिक पन्ध्र बर्ष अघि पुष महिनाको एउटा साँझमा आफुले … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : फेरि एकपल्ट

~विश्वेश्वरप्रसाद कोइराला~ अनु : रक्तसागर विगतको जिन्दगीको सम्झना हो- वर्तमान। वा, म भन्न सक्छु, हामी विगतका अनुभवलाई पुन: लागू गर्न खोज्छौं बितेका रातको सपनालाई प्राप्त गर्न खोज्नु हो- वर्तमान।

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनुदित कथा : म सपना बेच्छु

~गार्विएल गार्सिया मार्खेज~ ~अनुवादक : शिखर आरोहण~ सर्पबेली औठीको प्रसङ्ग आएपछि म आफ्नो जीवनको चौतीस वर्ष पुरानो कुरामा सधै अल्झने गर्दछु । चौतीस वर्ष पहिले मैले भियनामा एक महिलालाई भेटेको थिए । उनको नाम मलाई कहिल्यै पनि थाहा भएन तर … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनुदित मनोविश्लेषणात्मक कथा : यो मेरो मातृभूमि

~प्रेमचन्द~ एक– आज पूरा साठी वर्षपछि मलाई मेरो प्यारो मातृभूमिको दर्शन प्राप्त भयो। जतिबेला म आफ्नो प्यारो देशबाट विदा भएको थिएँ र मलाई भाग्यले पश्चिमतर्फ डोर्याएर लिएर गएको थियो। त्यतिबेला म लक्का जवान थिएँ। मेरा नशा नशाहरूमा नविन रक्त संचार … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : शैतान र किसानको रोटी

~लियो टल्सटाय~ अनुवाद : दण्डपाणि जैसी आज पनि एकाबिहानै हलो जुवा काँधमा हालेर हर्कबहादुर टारीखेत जोत्न गयो। सधैझैं दिउसोको खाजाको लागि भनेर कोदोको रोटी साथमा लिएको थियो। जतन साथ उक्त रोटीको पोको नजिकैको झाडीमा सेखुले छोपेर लुकायो अनि गोरुका काँधमा जुवा … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

Story : A Small Fish Squats by the Dhobi Khola

~Manu Brajaki~ Translated by : Michael James Hutt Today he saw that the ugly iron Aligarh padlock was still hanging on the outside of the lavatory door. Its paint and polish had all washed away. He stared at the locked … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

Story : The Yellow Rose

~Prema Shah~ Translated by : Kumar Nagarkoti I’ve been unable to write for two months. As I turn the empty pages of this diary, I feel a great emptiness growing inside of me. What sort of emptiness this is, I … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

Story : The Second State

~Indira Prasai~ Translated by Dr.Anita Dhungel “Amita, What is this you have done? Not even in my dreams had I envisaged you would disgrace me in my old age. What is lacking in Sambeg Babu? Why are you nurturing dishonorable … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

Poetic Novel : MUNA MADAN

~लक्ष्मीप्रसाद देवकोटा~ [Muna] Fire, a fire burns in my mind. Don’t leave, my life, don’t leave.

Posted in Translated Poetic Novel | Tagged | Leave a comment

अनूदित कविता : म तिमीलाई फेरि भेट्नेछु

~अमृता प्रीतम~ म तिमीलाई फेरि भेट्नेछु कहाँ ? कसरी ? त्यो त थाहाछैन म तिमीलाई फेरि भेट्नेछु

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : मेरी प्रेयसीका आँखा घामजस्ता छैनन्

~विलियम शेक्स्पेयर~ – अनुवाद: विभोर  बराल मेरी प्रेयसीका आँखा घामजस्ता छँदैछैनन् न त उनको ओठको लाली सिपीको जस्तो रातो छ हिउँलाई सेतो मान्ने हो भने

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : मेरो मन खुसीले उफ्रन्छ

~विलियम वर्डस्वर्थ~ मेरो मन खुसीले उफ्रन्छ जब म आकासको छातीमा इन्द्रेणी देख्छु ; जीवनको प्रारम्भिककालमा पनि यस्तै अनुभूति हुन्थ्यो ;

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कथा : सम्बन्ध विच्छेद

~अनुवादक : शशांक लामा~ जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन्। तिनको हात समात्दै मैले भनें: तिमीसित एउटा कुरा गर्नुछ। तिनी बसिन् र चुपचाप खान थालिन्। मैले तिनको आँखामा उदासीपन महसुस गरें। अचानक मेरो वाक्य … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : जमरकट्टेल भाउज्यु क्यानाडा आइपुगिन्

~अजय प्रधान~ अनुवादक : शशांक लामा आज नेपाली नयाँ वर्ष हो भन्ने कुरामा मलाई विश्वासै भएको छैन! नयाँबर्षको शुभकामना! जमरकट्टेल भाउज्यु भ्यानकुभर आएको हिजै जस्तो लाग्छ, तर तिनले नेपाल छोडेको त तीन महिना बिती सकेछ। धादिङ जिल्लाको सदरमुकाम धादिङ्बेसीको बासिन्दा … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित लघुकथा : लालटिन

~लियो टल्सटाय~ अनुवादक : प्रतिभा अँध्यारो रातमा आँखा देख्न नसक्ने एक जना सडकमा हिँडिरहेको थियो। उसको हातमा एउटा लालटिन थियो र टाउकोमा माटोको गाग्री। बाटोमा एक बटुवाले सोध्यो,

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : दैवी इच्छा

~चिनियाँ लघुकथाबाट भावानुवाद~ अनुवादक : प्रतिभा एकदम जान्ने मान्छे रे। ठ्याम्मै मिल्ने भविष्यवाणी गर्ने भनी उनको ख्याति टाढाटाढासम्म फैलिएको थियो। आफ्नो भविष्य थाहा पाउन कहाँबाट मात्र मान्छे आउँदैन थिए। एक दिन तीन जना केटा भविष्य थाहा पाउन त्यहाँ आए। अमेरिकाको … Continue reading

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

अनूदित कथा : फुलबा-हरण

~रमेश रञ्जन झा~ अनुवादक : धीरेन्द्र प्रेमर्षि सिङ्गो गाउँ अत्तर छर्किएझैँ मग्मगाइरहेको थियो। साँझ्पख रातरानी फूलको सुगन्ध नै त्यस्तै। सबै आफ्नै पाराले सुवास लिने प्रयत्न गरिरहेका थिए। चार बजेदेखि स्टेज बनाइँदै थियो। लाउडस्पिकरमा थरी-थरीका फिल्मी गानाका साथै भोजपुरी र मैथिली

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : एउटा अत्यन्तै पुरानो चिनीयाँ कथा

संकलक :- बिजु सुवेदी “विजय” एक फकिर कहाँ , एक सिद्ध पुरुष कहाँ तीन युवक आए । उनीहरु तीनैजना सत्य खोजिरहेका थिए । उनीहरु तीनैजनाले चरणमा शीर राखे र भने कि म सत्यको खोजक हुँ । म टाढा-टाढा भट्किएर आएको … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कविता : म पुनः उठ्ने छु

~माया आङगेलु~ तिमीले मलाई इतिहासको पन्नाहरूमा होच्याऊन सक्छौं तिम्रा कटु र सेता झुठहरू प्रयोग गरेर……… तिमीले मलाई सडकको फोहर जस्तै कुल्चन सक्छौं तर फेरि पनि, धूलो जस्तै, म उठ्ने छु,

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : पर्खिनू है मलाई, म फर्किनेछु

~रुसी कवि सिमोनोभ्~ पर्खिनू है मलाई, म फर्किनेछु पि्रय, मलाई अवश्य पर्खिनू एकोहोरो झरीले उदास बनाउला

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित विश्व यौनकथा : नाङ्गो चित्र

~स्टीफेन लाङ्गस्ट्रीट (स्पेन)~ अनुवादकः परशु प्रधान ”जूलियो ! तिमीलाई थाहा छ, आजभोलि मात्तीस कुन कलाकृतिमा व्यस्त छन् -” कलाकारका साथीहरू नेट मांरिस र अपोलोइनायरले ऊसँग सोधे । ”अहँ ! मलाई थाहा छैन । बरु तिमीलाई थाहा होला ।” उसले जवाफ … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : पाठक

~म्याक्सिम गोर्की~ रात छिप्पिँदै थियो जतिखेर म त्यस घरवाट विदावारी भएँ जहाँ साथीहरुको एक गोष्ठीमा आफ्नो प्रकासित कथासंग्रहमा समेटिएको एउटा कथा वाचन गरेको थिएँ र साथीहरुले प्रशंसाको पुल वाँध्न कुनै कसर बाँकी छाडेका थिएनन्। म मग्न भावमा शनैः शनैः पाइला … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : कोल्यूशा

~ म्याक्सिम गोर्की~ उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन वसिरहिन्। आफूमाथिको यो वेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिवाए उनमा कुनै हलचल पैदा भएन। मेरो सान्निध्यताले उनमा जुन उत्सुकता … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : छेपारो

~एन्टोन चेखब~ नयाँ ओभरकोटमा ठाँटिएको प्रहरी नीरिक्षक ओचुमेलोभ हातमा एउटा पोको बोकी बजारस्थित चोक पार गर्दै थियो। जफत गरिएको अमलाले भरिपूर्ण टोकरी बोकेको रातो कपालवाला एउटा सहयोगी प्रहरी उसको पछिपछि हिँड्दैथ्यो। चारैतिर सन्नटा अनि चोकमा मानवीय उपस्थिति शुन्य… भोका मानिसहरुलेझैं … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment