Author Archives: Editor

गजल : करोडौं मा एक छ

~सुनिता सापकोटा~ हरियाली त्यो बन करोडौं मा एक छ र नेपाली यो मन करोडौं मा एक छ एकान्तमा मरौ जस्तो लाग्दा सोच्ने गर्छु आहा! मेरो जीवन करोडौं मा एक छ

Posted in गजल | Tagged | Leave a comment

कविता : तिहारको सम्झना

~योगेन्द्र गिरी ‘संघर्श’~ बसेको छु दिदि परदेशमा रोएर बस्नु पर्यो मिसिनको तातो राप अनि पसिनाले मुख धोएर याद आउछ दिदि सप्तरंगी टिका निधारमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अमरावती कान्तिपुरी नगरी

~भैरव अर्याल~ ‘उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस–उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन’ स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी–पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : गणतन्त्रको पुतला

~नरनाथ लुइँटेल~ खोलो अब तलतिर होइन मास्तिर बग्छ आकाश निहुरिएर भुइँमै लम्पसार पर्छ र अब जमिन उचालिएर आकाश बन्छ यो उलटपुलट हो, यो फेरबदल हो समयले ल्याएको जबरजस्त अदलबदल हो । गणतन्त्रको स्वप्नवगैँचामा फुलेको म जुही हुँ, जाई हुँ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : समयको अदालतमा दामासाही परिचय

~इन्दु अंशु~ बल्ल बुझेँ बाटो किन मोडयौ तिमीले, दौडको दामासाही प्रतिस्पर्धामा किन हारलाई बारम्बार मसँंग जोडयौ घटना त सुनियोजित रहेछ नि ! लजालु प्रतिमालाई मनभित्र गोडयौ, एक पोल्टो प्रेमको घाम बोकेर तिमी भए ठाउँमा आउँदा मैन, तिमीले स्वीकारेकै थियौ मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनः प्रेमपत्र

~अनन्तभद्र लामिछाने~ ऊ पर, क्षितिज पारिबाट, निरन्तर, अनवरत आइरहेको यो कोलाहलका बीच म तिमीलाई यो प्रेमपत्र लेख्दै छु । मनभित्र गुम्सिएका असङख्य पीडाहरु

Posted in कविता | Tagged | Leave a comment

सिजो : नजरको तीर

~सुष्मा मानन्धर~ नजरको तीरले हान्ने त मुटुमै हो भुतुक्क भै ढले पनि

Posted in सिजो | Tagged | 2 Comments

गजल : पग्लिएर तरल बन्छ

~कमल प्रकाश पौडेल ~ ठोस पार्छु भनी सोच्यो, पग्लिएर तरल बन्छ बिर्सूं, बिर्सूं, फेरि बिर्सूं, सम्झना नै हरपल बन्छ ।। साँच्चै खोज्यो नसम्झन, प्रयास ग¥यो बिर्सन मन मुटु तिर्सनाले, खहरेको भेल बन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसु रीत रहेछ जिन्दगानी

~गोविन्द लुइँटेल~ बाहिर हाँसो भित्र आँसु रीत रहेछ जिन्दगानी कहिले मिलन कहिले विछोड प्रीत रहेछ जिन्दगानी एउटा लेख्ने अर्को सुन्ने संगित त्यो संगितकारको भाव स्वर मिलार्इ गाइने गीत रहेछ जिन्दगानी

Posted in गजल | Tagged | Leave a comment

कथा : उसले चुमेको देश

~चण्डी सुवेदी~ “यात्रुहरूलाई यो अनुरोध गरिन्छ कि उडान नम्बर …..ले रसिया पाल्नु हुने यात्रुहरू कृपया २ नम्बर गेट अगाडि पाल्नु होला “ – कुर्चीमा निदाइरहेको निमेश अचानक ब्युझियों। खेलकूदको एउटा सेमिनारको लागि ऊ रसिया हिडेको थियो। घण्टौको उडान पछि ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : अन्धकार

~किशोर पहाडी~ देखिँदैन सेतो हुँदै गएको मेरो कपाल, चर्किंदै गएको भित्ता आफ्नो घरको, देखिँदैन क्यालेण्डर पनि दिनगन्तीको — घटदै गएको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि र कविता

~कृष्ण पहारी~ यहाँ लेख्ने मात्रै कवि हुँदैनन् पढ्नेहरू पनि कवि हुन्छन् सुन्नेहरू पनि कवि हुन्छन् र पो कवितालार्इ ताली पिटिइन्छ हाँसिन्छ कविता पढ्दा पढ्दै रोइन्छ कविता पढ्दा पढ्दै अनि लेख्न थालिन्छ कविताका बारेमा समीक्षा र टिप्पणीहरू ।

Posted in कविता | Tagged | Leave a comment

गजल : नदिको पार नबनिदेऊ

~कृष्ण पौड्याल~ वारी भएछु तिमी नदिको पार नबनिदेऊ। रानो बिना अशुभ मौरिको घार नबनिदेऊ॥ सिक्काको दुई पाटा हौं सक्दिन अलग हुन। समाउदा पोल्ने करेन्टको तार नबनिदेऊ॥

Posted in गजल | Tagged | Leave a comment

इन्द्रेणी शर्मा ‘जलद’का नौ हाइकुहरु

~इन्द्रेणी शर्मा ‘जलद’~ मनको दियो निभ्न नदेउ बाळ नारी जीवन तिमीले चिन्यौ ? शायद चिनिनौ कि ? मेरो बिस्वास !

Posted in हाइकु | Tagged | Leave a comment

गजल : सयौ थरि फुल हामी

~उमेश राई~ फुल्न कहिले नपाएका सयौ थरि फुल हामी कसिंगर भै बिझाईएको नजरको धुल हामी पहिचानको कुरा गर्दा देश द्रोही नाम पाइयो समानताको दियो बाल्न सधैनै ब्याकुल हामी

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : बाल्यावस्था र राज्यारोहण

~शंकर लामिछाने~ डिसेम्बर ११, १९११ युवराज त्रिभुवनको शिक्षारम्भ भएको आज १४ दिन भयो । यसबीच, आचार्य बाजेले निकै मिहिनेत गरी साउँ अक्षरको एक पुस्तक आफ्नै हातले तयार पारेका छन् । कालो, रातो, पहेँलो, हरयिो रंगहरूले फूलबुट्टा काटेर ठूल्ठूला अक्षरमा पहिलो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : दुखेको बेला झर्केर नहेर !

~हरि सिंह माल “मुस्कान”~ मनको घाउ दुखेको बेला झर्केर नहेर ! बिचमै एक्लै छोडेर गयौ फर्केर नहेर !! अतित सम्झी आएको थिए घरको छेउमै ! बाटैमा भेट्दा यसरी आँखा तर्केर नहेर !!

Posted in गजल | Tagged | Leave a comment

कविता : स्पष्टिकरण

~गणेश कार्की~ एकोहोरो बातले पर्छार्छौ भने धित नमरुञ्जेल आकाशबाट चट्टानमा पछार मलाई दुखोस् यो तन र,म बुझ्न सकुँ म पनि जिउँदै रहेछु/बाँचेकै रहेछु धित मरिसके पछि पनि पुषको ठिहीमा हिउँले पुर मलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : महोत्सव

~युद्धप्रसाद मिश्र~ अशान्तिको धरित्रिमा छ आज दन्केको चिता उखाडिनु छ दुर्दशा हुँदै प्रभुत्ववादिता मिटाउने गरीवका रगत् निचोरने प्रथा उदीयमान छन् हुँदै मनुष्यमा मनुष्यता

Posted in कविता | Tagged | Leave a comment

छोक : इच्छा

~आभास~ तिम्रो मन सागर भैदिए म त्यहाँ पौडने थिएँ माछाको जुनी बाँच्ने थिएँ तिमीले स्वीकृति दिइदिए तिमीभित्रै हराउने थिएँ

Posted in कविता | Tagged | Leave a comment

गजल : रुन्छौ रे किन हो

~भिम बहादुर थापा~ म छँदै व्यर्थैमा रुन्छौ रे किन हो अनुहार आँसुले धुन्छौ रे किन हो ** रहर् सोध्दा बोलेनौ, ईरादा खोलेनौ नौरङ्गी सपना बुन्छौ रे किन हो

Posted in गजल | Tagged | Leave a comment

अनूदित लघुकथा : सोमबार या मंगलबार

~भर्जिनिया वुल्फ~ अनुवाद : एकदेव अधिकारी आलसी र उदासीन, आकाशको शून्यतालाई आफ्नो पँखेटाले मिलाउँदै, ज्ञात गन्तब्य तर्फ चर्चको माथिबाट बकुल्ला अगाडि बढ्छ। सेता र सुदूर, आँफैमा लीन हुँदै अनन्त आकाश ढाकिँदै, देखिँदै, रोकिँदै चलिरहेछ। सायद एउटा ताल? त्यसका किनाराहरू ढाकीएका … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

कविता : बने मै आफु अन्जानी

~गणेश पुर्बछाने मगर~ हिड्दा हिड्दै जीवन को यो गोरेटो मा धेरै ठाउमा ठक्कर खाइयो प्रियसी को आस जवानी को जोश मा दिए चोखो प्रेम सबै स्वार्थी माया पाइयो जीवन भन्नु हाम्रो अनुभव को संगालो पो रहेछ आज हो या भोलि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म आगोमा फुल्छु

~बाजुराम पौडेल~ आगोको पनि धर्म हुन्छ यसको छोई नपोल्ने हुनु काँडाको पनि धर्म फूलसँग भै घोच्दा नदुख्ने हुनु धोएका मनभित्र पस्न त्यसरी आगो तरेली बनी लाखौँ हात उठाइदिन्छ युगको भाका करोडौँ लिई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार

~बिना तामाङ ‘सुनगाभा’~ हो उ आदिम मान्छे जान्दैन थियो हिड्न क्याटवाक खाँदैन थियो अर्काको श्रम लाउँदैन थियो विकनी तर, एउटा युुग चपाएर आएपछि

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : शृङ्गार

~प्रभा बराल~ काम गर्दा गीताको निधारको रातो टीका कतै खसेछ, सासुले देखिहालिन । ‘गीता निधार किन खाली राखेकी …..जाऊ, टीका लगाइहाल ।’ ‘हवस आमा,’ गीता गरिरहेको काम छोडेर आफ्नो कोठामा गइन । एक दिन लुगा धँुदै गर्दा गीताको हातको चुरा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : धुलो टक्टकाउँदै उठिरहेको छु

~गोबिन्द छन्त्याल~ पढाईरह्यौ तिमीले इतिहास हिजोदेखि आजसम्मको दपर्ण राजा, महाराजा एउटै नश्लीय शासकको एकलकाँटे, एकलव्य र एकमना । खुनी इतिहासका पानाहरू पल्टिरहे इन्द्रेणी समाजको मुख जबर्जस्त थुनिरह्यौ तर, सास्वत सत्य परिवर्तनशिलता र गतिशिलताले

Posted in कविता | Tagged | Leave a comment

गजल : सपनाकै बात मिठो

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ सपनाको भेटघाट सपनाकै बात मिठो तिम्रो याद बल्झाइ दिने घटनाकै बात मिठो . उर्लिएको त्यो नदीको स्वर सुन्दै डर लाग्छ पहाड माँझ झर-झर झर्ने झरनाकै बात मिठो

Posted in गजल | Tagged | Leave a comment

कथा : छठ

~श्याम साह~ यसपटकको छठमा ऊ आफैं व्रत बस्ने कुरा गर्‍यो तर धेरैले पत्याएनन् । सुरुमा त उसकी स्वास्नीले नै पत्याइनन् । जसका लागि उसले छठको व्रत आफैं बस्न खोजेको थियो, उनैले नपत्याइदिएपछि उसलाई झोँक पनि नचलेको होइन । तर, भर्खरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : चरी भरर…..

~डा तारानाथ शर्मा~ आमा यस संसारमा सबैभन्दा पहिली र ठूली हुन्। सप्तशती चण्डीको “प्राधानिकं रहस्यम्”मा अङ्कितै छ: “सर्वस्याद्या महालक्ष्मी तृगुणापरमेश्वरी” अर्थात् सबैभन्दा पहिली र तीनै गुणहरू (१, जीवनदान, २, पालनपोषण र रक्षा, ३, शिक्षा वा भविष्यनिर्देश)ले युक्त भएकी परम् ईश्वरी … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : गज्जबको र’छ सोच

~सागर कार्की~ सोच्दछु म केही पृथक अनि बिल्कुल युवा सोच । सोच सुन्दर हुन्छ, सोच बलवान हुन्छ, अनि, बार्दलीबाट आकाशमा उदाउदै गरेको सुन देखेर

Posted in कविता | Tagged | Leave a comment

कविता : धन कमाएका छोराहरु

~डा. हिरण्यलाल ज्ञवाली~ छोराछोरीले धेरै धन कमाए आफ्नै आर्जनले घर बनाए सामान सजाए ÷ मान्छेलाई कजाए जो उनका आमाबाबुले गर्न सकेका थिएनन त्यसैले सम्पन्न छोराछोरीले आफ्नो आर्जनको घरमा आमाबाबुलाई बास दिएनन

Posted in कविता | Tagged | Leave a comment