Author Archives: Editor

देउडा गीत : गाउल्या भाई

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~ दाई – आज दिउसो मुम्बईबाट मिसकल आयो मलाई फोन गर्दा त्यो रहेछ मेरै गाउल्या भाई भाई– ढोग गर्या दाई त्या तुम्रो हाल खबर कस्तो छ यू.ए.ई. गई हजुर मलाई भुल्लि ग्या जस्तो छ

Posted in देउडा गीत | Tagged | Leave a comment

कविता : हिमाल

~रेनुका पौडेल “आहत”~ अहो! सेतो चम्किलो हिमाल मिलेका दन्त लहर जस्तै कोमल स्पर्शी अंग जस्तै मनमोहक सुन्दर दृश्य आहा! पर्वतारोहण मा तल्लिन सुकुमारी त्यो अधरमा अहो कुल्चिदै कुल्चिदै हिमपहरामा आनन्दता लिदै

Posted in कविता | Tagged | Leave a comment

गजल : कहाँ हुन्छ र परदेशमा

~बाबुलाल बुढा मगर~ सजिलै आत्ने काम कहाँ हुन्छ र परदेशमा। फोकतमा लिने दाम कहाँ हुन्छ र परदेशमा। जोतिनु पर्छ बाह्रै घन्टा हजुर गोरु जोते झै, एकछिनलाइ आराम कहाँ हुन्छ र परदेशमा।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : भाषण मन्त्रालयको ल्याट्रिनभित्र

~भैरव अर्याल~ …मेरो टेबिलमाथि राखेको काठको टुक्रामा गफ विकास अधिकारी श्री बकमफूस अधिकारी लेखिएको थियो । मलाई जानेआउने कुनै समय थिएन । म चाहेको बेलामा आउन र जान सक्क्थेँ । एक दिन म टेबिलमाथि खुट्टा पसारेर र मेचको अडेसीमा टाउको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : गाह्रो भा‘छ

~मरुभूमि नारायण~ थोरै पिउँदा हात टेक्नै गाह्रो भा‘छ आइरहन्छ दबाव छेक्नै गाह्रो भा‘छ । बन्द हड्ताल नानाथरी के के हो हो आजकल बजारमा देख्नै गाह्रो भा‘छ ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सिजो : तिम्रो बोलाई

~मञ्जुल~ ख्वै, तिम्रो बोलाई हरियो हो कि रातो हो कुन्नि मैले त राम्ररी छुट्याउन

Posted in सिजो | Tagged | Leave a comment

कथा : त्यसपछि निधाइन् बहिनी

~महेश पौड्याल~ म एघार वर्षको । बहिनी आठ वर्षकी । त्यसैले म नै ठुलो । मैले बहिनीलाई बोकें । आमाले पोको बोक्नुभो । त्यस पोकोमा धेरै कुरा थिएनन् । केही थोत्रा लुगाफाटामात्रै थिए । खाने कुराचाहिँ केही पनि थिएन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जाग मिथिला जाग

~जीवन दहाल~ “४५ मिनेट पछि क्लास सकिन्छ र टिफिन टाइम पनि हुन्छ अनिमात्र तपाईंले छोरो भेट्न पाउँनु हुन्छ,पर्खदै गर्नु होला”-भनेर स्कूलको पियनले दिएको जानकारीले केहीबेरसम्म त मेरा मनमा खटपटी न बढाइ छोडेन । पर्खदा के गरेर पर्खने र घुम्न गए … Continue reading →

Posted in लघुकथा | Tagged | 1 Comment

छोक : गुमाएँ मैले

~नकुल सिलवाल~ गुमाएँ मैले ………मात्र बचाएर स्वविचारलाई कसैगरी पनि गुमन नदिएर ……….आफ्नो चेतनालाई

Posted in कविता | Tagged | Leave a comment

दिनेश राज पुरीका पाँच हाइकु

~दिनेश राज पुरी~ १) के नै थियो र? सपना बाहेक त लग्यो बाढीले २) आमाको चोली मुठ्याउँदै रुन्छे त्यो जीवित कान्छी

Posted in हाइकु | Tagged | Leave a comment

विमल गिरीका छ मुक्तकहरू

~विमल गिरी~ रमाइरहु,गुन्युचोली,दौरासुरुवाल भेषसङ्गै थुप्रै धर्म,संस्कृति,समाज र हाम्रो देशसङ्गै मान्छेको,जीवनको,भोगाइहरुमा आइरहने पहाड,तराइ,बस्ती र जीवनको परिवेशसङ्गै । छिनमा बोलाउ लाग्ने नाम जस्तै तिमी तिम्रै नामको ति सेतो खाम जस्तै तिमी मनले होस् बेहोसमा साँच्चै भत्रे हो भने

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पिरतिका मुनाहरु

~ईश्वर शाही~ कठ्याङ्ग्रियो तुसारोले पिरतिका मुनाहरु !! बिगारीद्यो चेपारोले पिरतिका मुनाहरु !! दुस्मनका आँखा लाग्दा मेरो पिरतिमा ! ढुट्टै पर्‍यो झटारोले पिरतिका मुनाहरु !!

Posted in गजल | Tagged | Leave a comment

कथा : सम्झौता

~रोबिन मानन्धर~ ‘ओ मेरे दिलके चयन………..’ ‘हेल्लो’ बिहानै आएको फोन उठाएर भनें । ‘हे ! रोहन कहाँ छौ ?’ स्मृतिले भनिन् । मैले भने,‘भर्खर त उठें यार, अनि यति बिहानै किन कल गरेको ?’,‘यति बिहानै रे, बिहानको ८ बजिसक्यो, अहिलेसम्म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झरीको सन्देश

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ अहो ! यो कस्तो लहडको लहर ! यौटा मान्छे ! घाममा पानी उचालिए झैँ, सागरको । त्यती वितत छैन मान्छे । स्वार्थ, लिप्सा, इच्छा र रहरहरुले खुम्चिएको परिधीमा कती निच बनेको छ मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरे फूल

~टंक वनेम~ तिमीले नभोगेको डेथ भ्याल्ली भोगेर रातो पहाडको गहिरो नदीहरु अटप्पे जङ्गलका काँडाहरुले घोचिन्दै उक्लि रहेछु उकालै उकालो ओर्ली रहेछु ओरालै ओरालो लम्बी रहेछ जीवनको आरोहावरोह । भनेका थियौ

Posted in कविता | Tagged | Leave a comment

गीत : दुइटा फूल देउरालीमा

~ईश्वर बल्लभ~ दुइटा फूल देउरालीमा, साथै राख्यौ जस्तो लाग्छ कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ, बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ दुइटा फूल देउरालीमा… गुलाफको तरेलीमा शीतको थोपा … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : स्पेनका वीर बलिदानी साँढेहरु

~जे.बी. शेर्पा ~ हज्जारौ मानव आँखा हरुको कौतुहल पूर्ण पर्खाई !!! कोही अन भिज्ञ छैन, के हुनेवाला छ भनेर, कस्लाई फसायेर, झुक्कायेर हत्या गरिदै छ भनेर , मनोरंजन को नाममा, पैसा नामको चीज लाइ कुनै निर्दोष साँढे को निर्मम हत्या … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँ

~वियोगी काइँला~ म जस्त माया बाँड्नेहरु यस सहरमा कयौँ देखेको छु बाँड्दै जाँदा जाँदा जति नै बाँडे पनि माया नटुङ्गिदो रैछ । मजस्तै बाटो हिड्नेहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुक च्याट

~सुधीर ख्वबि~ ‘दिनपछि रात, रातपछि दिन किन ?’ – मैले सोधें उसलाई, फेसबुकको च्याट बक्समा। ‘सुखपछि दुःख, दुःखपछि सुख किन ?’-प्रतिप्रश्न रोप्यो मेरो मनमा उसले। जवाफमा म चुप बसें नजर भित्ताको घडीमा गएर अडियो १२ बज्न लागिसकेथ्यो । ‘सुखमा दुःख … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : The little girl

~Pranika Koyu~ Mama in the labyrinths of your heart a little girl softly treads mama in the labyrinths of your heart solace she seeks to lull into sleep

Posted in Poem | Tagged | Leave a comment

कथा : फेसबुकबाहिर

~टङ्क उप्रेती~ फागुनको सुरू बेला न्यानो घामको रापिलो तेजमा आनन्दित छु । काठमाडौँबाट भाग्न लागेको चिसो । विदाको दिन । व्यस्त जीवनबाट मिलेको सानो अवकास र पत्रपत्रिकाको साथ । एउटा म्यागेजिन पल्टाउँदै थिएँ, अचानक भेट भयो युवराज नयाँघरेसँग ‘फेसबुकमा फत्तेमाया’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : अन्तै डेरा सर्नु भन्दा

~अभागी कान्छा गाउँले~ यता घर सजाएर, अन्तै डेरा सर्नु भन्दा म नै पहिला मर्नु परोस, तिमी मर्नु भन्दा पानी भनी जहर पिलाउ, “मन्दी” तिम्रै हातले छातीमा बसी मुटुमा छुरा, प्रहार गर्नु भन्दा

Posted in गजल | Tagged | Leave a comment

कथा : पसल पुराण

~जगदीश घिमिरे~ (एक) स्वागतद्वारको रुपमा उभिएका भट्टीहरूको हरपबाट थालिएको यो हाट तरकारी पसलमा टुंगिन्छ, जहाँबाट थालिएर जहाँ या कथा टुंगिन्छ । भट्टीमा साँझ नपर्दै पस्न तपाईं डराउनुहुन्छ । साँच्चै, डराउनु पनि त पर्छ भट्टी । जहाँ रक्सी बिक्छ । छिः … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हामी एक नम्बरको भाते

~यम घिमिरे~ मान्छेलाई काम नलाग्ने, बेकामे, खाएर मात्र बस्ने अरु केही सीप कौशल जाँगर नभएको भन्नु पर्यो भने हामीले भनिआएको शब्द हो ‘भाते’। तर, हामीकहाँ काम लाग्ने, गरिखाने सीप जाँगर भएकाले पनि खाने भनेको चैं त्यही भात नै हो । … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : भाइटीकामा मितेरी साइनो

~त्रिभुवनचन्द्र वाग्ले~ भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित भातृत्तेश्वर महादेव मन्दिरमा धेरै दाजुभाइहरूले टीका थाप्छन् । राजधानी काठमाडौंमा अन्जली दिदीले विगत केही वर्षदेखि धेरै भाईहरूलाई टीका लगाइदिंदै आउनु भएको भएको छ । यसमाथि ओम शान्तिका दिदीहरूले जनै पूणिर्माको अवसरमा राजनीतिक र सार्वजनिक … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : तरूल खन्दैछु आमा

~देबेन्द्र बस्याल~ म तरूल खन्दै छु आमा हाडीकोटको घना वनमा बाख्रा पनि हेर्दैछु आमा बौसिफूलको पाखामा तरूल त ठूलै भेटेको छु आमा तर निकै अप्ठेरो मा तरूल त मिठेहो आमा तर दुईढुङ्गाको अन्तरमा थुप्रै माटो र ढुङ्गा फालें

Posted in कविता | Tagged | Leave a comment

कविता : दाग लागेपनि कुर्तासुरुवाल नलागेपनि कुर्तासुरुवाल

~उदय निरौला~ टक्टकाउँदो सेतो कुर्ता सुरुवालमा सजिएको त्यो मान्छे अलिकति बाटोको हिलो टाँसिन्छ र सुरुवाल कुरुप हुन्छ पान पिच्काउँदा खयर मुस्काउँछ छात्तिमा र दाग दुख्छ सेकुवापसलको धूँवाले अरु बढी रंगिन्छ पोशाक र किच्च हाँस्छ त्यो मान्छे कुर्तासुरुवाल सफा भए पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~देवान किराती~ भित्तामा झुण्डीएको ऐना हेरें पटक्कै चित्त बुझेन झिकेरै– हेरें अहँ फ्याट्टै मन बुझेन । उधोलाई उभो बनाएँ दायालाई बायाँ बनाएँ रत्तीभर मिलेन अनुहारको चौखुँडा

Posted in कविता | Tagged | Leave a comment

कविता : ताहूँ र यात्री

~राजेशकुमार अर्याल~ यात्री न हुँ तिमीलाई स्पर्श गर्न यसपाली ताहूँ आएको छु । जिन्दगीको बटुवा न हुँ थकाईको सुस्केरा हाल्न यसपाली कराउने पहाड आएको छु । खल्डुक र सल्लाका हाँगा भाँचेर उकालो चढेँ बैशाखी टेके र गन्तव्यमा अगाडि बढें भग्नावशेष … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तपाई र मेरो पेशा

~दिङ्लाली कान्छो~ मलाई एउटा प्रश्नले संधै सताई रहन्छ ….. त्यो हो —- ” मेरो जिम्मेवारी के हो ? ” मलाई यो पनि थाहा छ मेरो पेशा वा जागिरले म एउटा शिक्षक हुँ तिनै सानानानीहरु वा युवा-युवती देखि अधबैंसे उमेरका संग … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भगवान भरोसा

~लोप्चन लामा~ कहिले माओको बन्दुक पड्कियो कहिले र्हितिक कान्डा मच्चियो त कहिले मदेश करायो कहिले वाइ सियलले बजायो कहिले चक्क जाम त कतै फोहोरको गन्ध

Posted in कविता | Tagged | Leave a comment

कविता : गयो दशैं

~भिम बहादुर थापा~ आउला भन्दाभन्दै यसपाली त अघाउञ्जेल मनाउँला भन्दाभन्दै परदेशमा पुरानै पस्केर उही परार झैं सन्नाटा चिरेर एकदिन सुटुक्क आएर गयो दशैं।

Posted in कविता | Tagged | Leave a comment