Author Archives: Editor

गजल : दुखेर के गर्नु

~आनन्द अधिकारी~ बानी नै भयो मन, दुखेर के गर्नु अझै रुनु छ आँशु, सुकेर के गर्नु । हिमाल झैं अटल रहे पो जिन्दगी अग्लिदै बा“स जस्तै, झुकेर के गर्नु ।

Posted in गजल | Tagged | Leave a comment

गीत : लुकीछिपी लुकीछिपी हेर्नेले

~शम्भुजित बास्कोटा~ लुकीछिपी लुकीछिपी हेर्नेले सुटुक्क मेरो मन चोर्नेले सम्झिदेऊ बुझिदेऊ सुनिदेऊ मलाई नेपाली माया मन पर्छ मलाई नेपाली माया चाहिन्छ जसको रमरममा जादु छ जसको अधर झुकाउने प्यार छ जसको पृत पृतमा गीत छ जसको माया आफ्नै रीत छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : उकुस मुकुस

~इस्माएल सुब्बा~ सबैथोक त छ,तै पनि जिवनलाई सराप्ने कताबाट आदत बसेछ। अरूलाईभन्दा बढी अचेल आफ्नै जिन्दगी लाई देख्छ कुरूप र भन्छ थुक्क जिन्दगी। अनि एकोहोरिरहन्छ। म सोच्छु- मान्छेको जिवन के यति सस्तो छ र,एक बटल रम? के यो नै हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमको बाटो

~सन्तोष खतिवडा~ उमेर त खासै भएको छैन तर उसको शारीरिक बनावटले उमेर भएकै लाग्दछ । निख्खर कालो हैन, हिस्सी परेको कालो भए पनि गालामा भएका अनगिन्ती दागहरुले अनुहार कालो नै लाग्दछ । दुवै कानमा चाँदीको कुण्डल लगाएको छ । पातलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कवूल गर्दैनन् यहाँ

~राजेन्द्र थापा~ मेरो पनि छ दोष भन्दै किन कवूल गर्दैनन् यहाँ घर बिग्री सक्दा पनि मेरो किन भूल भन्दैनन् यहाँ दह तातेर कालो बादल म देख्छु घरको चारैतिर के पानी नपरीकन नै कुनै मूल फुट्दैनन् यहाँ

Posted in गजल | Tagged | Leave a comment

छोक : आँखाभित्र बिलाउँदैन

~कृष्णप्रसाद पराजुली~ आँखाभित्र बिलाउँदैन जति, भाषाभेष म त आएँ विदेशबाट सम्झी आफ्नै देश चिल्ला चौडा बाटा देखेँ आकाश ताक्ने घर जस्तो देखे पनि मैले सम्झेँ गाउँघर

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : अङ्ग्रेजीमा नेपाली साहित्य : एक सर्वेक्षण

~महेश पौड्याल~ यस  आलेखले पहिले नेपाली लेखकहरूले सिधै अङ्ग्रेजीमा लेखेका, तथा नेपालीमा लेखिएर अङ्ग्रेजी भाषाका अनुवाद गरिएका साहित्यको सङ्ख्यात्मक चर्चा गर्नेछ । यसपछि नेपाली साहित्यको वैश्विक उपस्थिति अझै पनि सन्तोषजनक नहुनुका पछाडिका केही सम्भावित कारणहरूको विश्लेषण गर्नेछ । अन्त्यमा, यस … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : नेपालको वर्तमान स्थिति

~सिर्जना ङावाच~ वर्षौ बित्यो नेपालमा संविधान बन्ने मिति गरिब दुःखी जनताहरुको उस्तै छ खै स्थिति दिनानुदिन बढ्दै गा’छ कानुन बन्ने नीति जता हेर्‍यो भद्रगोल छ सरकारको स्थिति ।।१।। जान्ने बुझने नेताहरु कुर्सी नै प्यासी बन्छन् जनताहरुले न्याय मागे आशावादी बनाइदिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनितिक रङ्गमन्च!!!

~आशा खनाल~ उु टक्क एक अडमा उभीरहेको छ यता उता अगाडि पछाडि वरपर आउनेजाने क्रम चलिरहेको छ…… मारुति सुजुकी कारमा, कोट पाइन्ट अनी काला जुत्ता टल्काउदै महाशयको सवार होइसिन्छ तर उु ठिङ पहाड जस्तै उभिएको छ…. महाशयको चर्को भाषण अनी

Posted in कविता | Tagged | Leave a comment

गीत : भन्छन् कोही जिन्दगी यो

~मदन दिपबिम~ भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो म त भन्छु सृष्टिको अमूल्य उपहार मानिसको जूनी झैं के छ र बराबर? बाँचुञ्जेल गरौं रमाइलो नाच्दै गाउँदै गरौं रमाइलो आएका थियौं … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मनको माया हजुरलाई

~बुद्धवीर लामा~ मनको माया हजुरको कहिले पाउने हो हुम्ला जुम्ला गाडीमा कहिले जाने हो डुंगा चढी राराताल कहिले घुम्ने हो कति मिठो शीतल हजुर हिमाल छायाँको कति मिठो भोकप्यास ज्यानकै मायाको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झस्केर दुख्छ यो मुटु

~मञ्जु शर्मा~ झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिएँ उसलाई मैले दिलको माझमा नसम्झाइदेऊ अतीतका व्याथा हृदय जल्दछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : उषाकालीन स्वप्न

~डा. लेख निरौला~ (भुजङ्गप्रयात) चरा चिर्बिराए कतै कुञ्जनेर उठूँ भन्छु आफू मिठा स्वप्न धेर लुकाऊँ कहाँ खै उषा लालिमा छ मिठा स्वप्न मानौँ सँगै कालिमा छ ।। चरा गीत सङ्गीतका ताल उस्तै सुतू वा उठूँ स्वप्नका चाल उस्तै बिहानी छ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : चाहना मन पर्‍यो !

~दयामोहन आचार्य~ विलासी तेरो चाहना मन पर्‍यो ! जनतालाई ढाँट्ने बहाना मन पर्‍यो !! पढ्न त कति कक्षा पढिस् कुन्नी ! हुनेनहुने कोरेका ती पाना मन पर्‍यो !!

Posted in गजल | Tagged | Leave a comment

गजल : चढाएर एउटा फूल ढुङ्गामा

~रेनुका पौडेल “आहत”~ चढाएर एउटा फूल ढुङ्गामा नगर तिमिले कबुल ढुङ्गामा । सधै गर्छौ आराधना शिवजिको, बोकेर त्यो आस्था त्रिशुल ढुङ्गामा ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सम्बन्ध

~गणेश पुर्बछाने मगर~ म त एक सत्यधारी कलम हु तर तिमि त एक अनबुझ धारिलो हतियार हौ मेरो मन मा त सधै मेरो जनता प्रति मेरै जनताको बिस्वाश माया यो मेरो मुटुमा अटी नअटी गुम्सेर बसेको छ त्यसैले होला म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : श्याँदर पिदार

~अमरदिप क्युँइतिचा~ कोँइच आन सङ्स्यो कोँइच आँइके नेँस आँइके सिनातङा रागीनु बुँखि फुः बोइस्शो खोइपा थुः थुः मि आँइकल माल्श्या बाःब श्याँदर । तोलोम कुरस्शो सगुनी लाम्जकल लाइस्शो चामरे नु एरी इचिइचि दुःश्यो रेबेआ चिरो

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कथा : आत्मावतार

~प्रा. डा. सूर्यमणि अधिकारी~ शनिबारको दिन थियो। रमेशले अपराह्न तीन बजेतिर लगभग यस्तै अठार वर्षकी हिस्सी परेकी गोरी केटी लिएर आयो। त्यस दिन मैले रमेशकी केटी साथीसँग धेरै कुरा सोधखोज गरें। केटी फरासिली रहिछे, मेरा हर प्रश्नको खुलस्त जवाफ दिई। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो प्यारो मनसूनलाई !

~जे.बी. शेर्पा ~ झर झर झरी ! तप तप पानि ! छप् छप् पानि ! बन जंगल पहरा पर्वत , एक हूल केटाकेटि , खेत को किसान , एक बथान चराहरु , सवै भिजाउँदै प्यास हरु ! रमाउदै आँखा हरु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म हुतिहारा भएरै बाँच्न चाहन्छु

~बाबुराम पन्थी ‘गुल्मेली’~ म हुतिहारा अनी उ पौरखी मान्छे भन्छ यो समाज समाजको नजरले मलाई हुतिहारा देख्दा उस लाई पौरखी म देख्दीन खै ! म कसैलाई हानी पुर्याउन सक्दीन वयाक्ती ,समाज न त राष्ट्र लाई बस् आफ्नो कर्म गरेको छु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : माया देखिन्छ

~शेर्पीनी कान्छी ‘निम’~ आज भोलि झुटको खेती माया देखिन्छ आफ्नै मन मुटु सस्तै दाममा बेचिन्छ।। तेरो मेरो भन्दा भन्दै जीवन रीतिन्छ मरे पछि चार गजको कफन बेरिन्छ।।

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : परदेशमा

~श्रीओम श्रेष्ठ रोदन~ भीडमा एक्लो हुँदा कस्तो हुन्छ ? अनुभव नगर्ने धेरै कम होलान् । एक्लो भएर एक्लो हुँदाको अनुभव पनि नहुने कुरो भएन ।यी दुईमध्ये कुनले बढी सताउँदो होला ? भीडमा एक्लो हुनुलाई अरूसँग मिल्न नसक्ने भनेर बुझ्नुपर्ला कि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : विवशता…

~सजना गुरुङ~ यो वर्तमानमा कतै तिमी र म भेट हुँदा विना सम्बोधन , विना मुस्कुराइ यि नायनहरु त्यसै झुकछन् भने , तिमीसँग तर्किन्छन् भने मलाई केही नसोध ! एउटा भीषण विवशताको पहाडले थिचिएका

Posted in कविता | Tagged | Leave a comment

गीत : मलाई छोडी मेरो छायाँ

~क्षेत्र प्रताप अधिकारी~ मलाई छोडी मेरो छायाँ कतै झरेछ तिमि सम्म आई पुग्दा साँझै परेछ त्यसै कति बिते मेरा, चिसा चिसा रातीहरु तातो माया संगालेर, खोजि रहें साथीहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : गुफा

~आभास~ हातमा मैन बत्ती लिएर तिमी अनकण्टार जङ्गलतिर लाग्यौ भने अँध्यारोको साम्राज्य पहाडले थचक्क थिचेको कुनै मुलुक भेट्ने छौ त्यसले

Posted in कविता | Tagged | Leave a comment

गजल : मात उस्तैउस्तै

~दिव्य गिरी~ रक्सी र मायालुको मात उस्तैउस्तै मायालु र रक्सीको जात उस्तैउस्तै । आँखाभरि आँसु अनि छातीभरि चोट दुखाई र वेदनाको खात उस्तैउस्तै ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सबको लगाव हुनुपर्छ

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ देश् बनाउन सबको लगाव हुनुपर्छ असल काममा सधैँ झुकाव हुनुपर्छ . पढ्नेहरु सबै झार्दै थिए आँसु त्यो दु:खद गजलको किताब हुनुपर्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : अब तुइन तर्दैन मेरो देश

~सोम सुनुवार~ हिमाल होइन, दृष्य तिनको बेच्न सकिन्छ मेची–काली होइन, बिजुली बरु बेच्न सकिन्छ मेरो देश तुइन तर्दैन अब तराईमा रेल र पहाडमा केवुल कार चढ्छ बामे सरेको छ इलाम त

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी गजल : प्लेने काइ मचबु

~नाइलु क्याबचा~ प्लेचा माल्त इन्कलि देश्या प्लेने काइ मचबु मार्देम् दोथ्देम् प्लोइतिनि इन्लो रुम्ने काइ मचबु । थार्शो नन्नी आ थुमी आ गिमी ङा लाँ गोइ ननिदे दिम्श्या ताइश्या लाइतीनि ङाश्या रिन्ने काइ मचबु ।

Posted in सुनुवार गजल | Tagged | Leave a comment

गजल : मन बद्लिन्छ !

~अभागी कान्छा गाउँले~ मान्छे बद्लिन्छ, मन बद्लिन्छ ! हेर्दै जाउ उस्को, तन बद्लिन्छ !! नहेप धेरै, अछुत भनि काले कामीको, घन बद्लिन्छ !!

Posted in गजल | Tagged | Leave a comment

कविता : भन्छन यहाँ

~बाबुलाल बुढा मगर~ भन्छन यहाँ समय बदलियो दिन बदलियो रात बदलियो युग बदलियो अहँ मलाई बिश्वास लाग्दैन यहाँ न समय बदलिएको छ न दिन बदलिएको छ न त रात बदलिएको छ न त युग नै बदलिएको छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ट्रिक ! ट्रिक !!

~डा. कपिलदेव लामिछाने~ बनारसमा पढ्दा ठूलो घरमा बस्थेँ । दसैँको अवसर थियो । घरमा बस्नेहरू घर गएका थिए । तेस्रो तलामा एक साधु बस्थे । भुइँ तलामा म । त्यत्रोमा जम्मा हामी दुई ! एक रात ! छतमा डङ्ङ कोही … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment