Author Archives: Editor

कविता : आमाको दुःखेसो

~ठाकुरमान लामा~ आइपुग्यो टुप्लुक्कै आँगनीमा दसैं यो साल पनि आमा बिचरी हेर्दैछिन् बाटो छोरा आउँछ कि भनी पोहर साल दसैं त्यसै बित्यो दिन गनी गनी भन्छिन् ती आमा आँसु झार्दै भक्कानो मनमा लिई अरूका छोरा लाहुरे घन्काउँदै रेडियो घर फर्किए … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : यतिखेर म

~मुक्तिनाथ शर्मा~ यतिखेर म आङ्खनै चेतनाले थिच्चिएको छु खोलापारिको एक्ले रुखजस्तो एक्लिएको छु र, एक्लिनुको अतिशय पीडाबाट ठाउँ–ठाउँमा दुखेको छु ! म आफ्नै आवाज सुनेर तर्सेको शून्य आकाशको बादल

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : नोर्बु शेर्पा

~रामचन्द्र खतिवडा~ सोलुखुम्बूको उच्च हिमाली क्षेत्रको विकट गाउँमा नोर्बु शेर्पाको घर थियो । पन्ध्र वर्षअगाडि उनी त्यहाँ गरिबीको जीवन बाँच्दै थिए । उच्च हिमाली क्षेत्र जैविकताले भरिएको ठाउँ हो । प्रशस्त जडीबुटी र पर्यटकका कारण यस क्षेत्रले नेपालको अर्थव्यवस्थामा विशेष … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : सबै बेहोशी नशा पिएर

~रवी प्राञ्जल~ सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म। अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म…२। सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म। अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म…२। सबै बेहोशी … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

सुनुवार भाषी कविता : खामे गेचा ब्लितामे इ गोति

~चन्द्रप्रकाश सुनुवार~ नाअ्तिकुसकुस बुरु रुमि ग्यारचा ग्यारसाउ शाँ इँ गोति ते तेरेङा एकके जाअते बÞालाइ पाँ पुत निशशा आँ थुकुमि बाअ्ते क्योराप थेपुलमि ग्यारसोनु थिशशा हेराला उइ लुच दोति आँके मिअ्चिमि फुर बेरशा काङरे सुवाके फु बÞोति

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गजल : अब नयाँ आवासको

~ज्ञानुवाकर पौडेल~ नदेखौं क्यारे सपना अब नयाँ आवासको निकट छ जब भविष्य मेरो बनवासको थचारिनु परेपछि धर्तीमा नराम्रोसित फेरि किन देख्नुपर्‍यो सपना त्यो मुक्त आकाशको

Posted in गजल | Tagged | Leave a comment

गीत : कति सम्झ्यौ कति बिर्स्यौ

~आनन्द अधिकारी~ कति सम्झ्यौ कति बिर्स्यौ थाहा छैन जति सम्झ्यौ त्यति लाख बिर्से पाप छैन जाउँ भने कतै मेरो जाने ठाउँ छैन सबै नाउँ तिमीले लियौ मेरो त नाउँ छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : जहाँ छन् बुद्धका आँखा

~बमबहादुर थापा ‘जिताली’~ अनुष्टुप छन्द जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भाव गंगा जता तता

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गजल : नगनाउने

~इलामेली टीकाराम दुलाल~ बचनको बान्ता गर तर नगनाउने जताततै सत्बीउ छर तर नगनाउने सही मार्गमा सही गर सफल हुन्छौँ ल ल जेपमा अर्थ भर तर नगनाउने

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : बोर्खेसको जीवनमा कविताको असर

~प्रकाश सायमी~ यदि म जीवन फेरि बाँच्न पाउँछु भने अर्को क्रममा- म कोशिश गर्नेछु -म अझै धेरै गल्ति गर्नेछु म मरेपनि सोह्रै आना सही रहने कोशिश गर्दिनँ म अझै धेरै आराम गर्नेछु म अझै भरिपूर्ण हुनेछु- अहिले भन्दा धेरै । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : धुन बदलियो

~शेर्पीनी कान्छी ‘निम’~ गजल उस्तै छ मात्र धुन बदलियो अधेरि उही हो मात्र जुन बदलियो। मालि संग डालि मागी भमरा रमायो फूल मुल्य सस्तो नै छ सुन बदलियो।

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रेम सार्ने बानी छैन मेरो

~कृष्ण पौड्याल~ एक त्यागी अन्त प्रेम सार्ने बानी छैन मेरो। रहेको थोरै आत्मबल मार्ने बानी छैन मेरो॥ सके मद्दत गर्छु तर समस्या बढाउदिन। झुठो कल्पनामा सागर तार्ने बानी छैन मेरो॥

Posted in गजल | Tagged | Leave a comment

गजल : अलिकति दाम हुछ

~ए.पी. सुमन~ जब मेरो खल्तीमा नि, अलिकति दाम हुछ बगलीमा छुरै होस्, मुखमा रामराम हुन्छ ऊ हड्डी घोटेर आफ्नो, पसिना निकाल्छ तैपनि उसको झुपडीमा, न कहिल्यै माम हुन्छ

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : काव्यशिल्पीमा अजेय : कवि अजम्बरध्वज खाती

~खोमा तरामु मगर~ नेपाली वाङ्मय क्षेत्रमा ‘बोल्ड’ उपस्थिति सहित सिर्जनाकर्ममा साधनारत कवि एवं गीतकार हुन्– अजम्बरध्वज खाती । कविता एवं गीत लेखनमा उनी नीजि विशेषताले परिचित छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेका अनुसार उनी ‘पहाडी सौन्दर्य’ का कवि एवं गीतकार हुन् । … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गजल : उठ्न पर्छ है

~लिल बहादुर खत्री ‘ललित’~ अव त विहानि हुन थालि सक्यो उठ्न पर्छ है सबैजना मिली राष्ट्र निर्माणमा जुट्न पर्छ है । भत्किएको घर अनि चर्किएको आगन नव निर्मार्ण कार्यमा एकजुट हुनु पर्छ है ।

Posted in गजल | Tagged | Leave a comment

कविता : असारे जीवन

~रश्मिला कवाङ ‘रश्मि’~ पानीका हरेक थोपाथोपासँगै सम्बन्धहरु टल्केका छन् गृष्मयामका उखरमौली गर्मीमा हिलाम्य बनाउँदै सारा पर्यावरण वर्ष दिनका लागी जसरी अन्न रोप्छन् छुपुछुपु गर्दै ती किसानहरु, उस्तै वेगले जीवनको असारमा रोपिँदैछ मीठा – मीठा सपनाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरुवाती …..

~लोक राज भट्ट~ हिमालको घुम्टो ओढेर ओठको जवानी सरह चाँदनी र पन्चेश्वरीको यात्रामय लहरमा अधेरीमा टल्किने मृगनयनी सुर्मा र रामारोसनका दृष्टीपटल सँगै देशको दर्पण सुदुरकुनामा सजाएर

Posted in कविता | Tagged | Leave a comment

मुक्तक :फेसबुक

~बिकास सुबेदी~ अजिब रहेछ फेसबुक नचिन्नेसंग भेट भैरहेको हुन्छ नचाहिने भयो लमी आफ्नोसंग सेट भैरहेको हुन्छ कुनै मूल्य रहेन सम्बन्ध र चरित्रको,

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : घर मै फर्क साथी

~बाबुराम पन्थी ‘गुल्मेली’~ कतीन्जेल बस्छौ एक्लै एक्लै घर मै फर्क साथी लाला बाला संग बेग्लै बेग्लै घर मै फर्क साथी पाखुरीमा बल छँदा बिदेशमा जिवन खेर नफाल गरौंला केही धन्दा स्वदेशमा घर मै फर्क साथी

Posted in गजल | Tagged | Leave a comment

कविता : के मिल्छ र आफैंलाई ढाँटी ?

~पुष्पा खनाल~ मैले माया गरिसकें, तिम्रो छ कि बाँकी के मिल्छ र भन प्रिय, आफैंलाई ढाँटी हृदयको ढोका खोली, बस्न देऊ बास चाहेको छ यो जीवनले, केवल तिम्रै साथ बोलिदेऊ मनका कुरा, नराख है बाँकी

Posted in कविता | Tagged | 1 Comment

लघुकथा : महिला

~प्रेम सुब्बा ‘मेन्याङ्बो’~ पसल जादा कहिले काही भिकारी महिला अर्थात गरिब महिला लाई १ रुपैया ( १ रियल ) दिने गर्थे त्यो कार्य धेरै दिन चली रहेको थियो । एक दिन भिकारी महिला लाई १ रुपैया दिए र त्यो महिला … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : एक कार्यकर्ताको कथा

~वसन्त प्रवीण~ तिनी थिइन् टनकप्रसादकी दुलही । पहिले बत्तीसै लक्षणले नभएपनि बत्तीसै दन्तले युक्त भएकी भनेर भित्राइएकी उनी अहिले दन्तस्खलन रोगबाट पीडित थिइन्, र त्यहीं दाँत कयौंपटक टाल्दाटाल्दै टनकप्रसादको खल्ती चुहिनथालिसकेकोले उनले यो अनवरत प्रक्रियालाई अन्त्य गरिसकेका थिए , फलस्वरुप … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कतै आउला कि कुनै यस्तो दिन

~हरिभक्त कटुवाल~ हिजो एक मित्रकहाँ गएको थिएँ, एउटा पोको कोठाको कुनामा, दलिनमा झुण्डिरहेको थियो ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : भुस मान्छे ! ओ भुस मान्छे !!

~जोतारे धाईवा~ समय, मैले सधैँ मनमै जपिराख्ने ‘प्रिय’ विशेषण यस पत्रमा तिम्रो नामअघि लेख्न सकिनँ । खोइ जाँगरै चलेन, मन बन्द भएजस्तै भयो । यसको लागि सुरुमै माफी माग्छु । प्रिय सम्बोधन पनि कतै तिम्रो लागि दोहोरिइरहने झर्को कुरा बन्ला … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

निबन्ध : मोफसलको कथा

~सङ्गीत आयाम~ भन्छन्, मोफसल राजधानीबाट धेरै टाढा छ । हुन त सायद त्यसैले पनि राजधानीवादको हावादेखि पर पनि छ । आजमात्र होइन हिजोदेखि नै मोफसल सँधै राजधानीबाट टाढा नै रह्यो । पर रहेपनि मोफसलले कहिल्यै राजधानीलाई स्मृतिको कठघरामा राखेन । … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : फेवा माथि दुई छायाँ

~आभास~ [छायाँ १] ए पोखरा ! तेरी फेवा पोइल गई नपत्याए डुङ्गा खियाउने माझीलाई सोध् डिलमा उभिएर डुङ्गाको दृश्य हर्ने काजीलाई सोध् पर्यटक महाशयले फकाएर छकाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : भित्रका श्री ढलेको

~युद्धप्रसाद मिश्र~ बुद्धीजीवी कहलाई महल महलका द्वारमा गै उठेका दर्वारी बन्न पाए जुनि सफल हुने भ्रष्ट गठ्मा जुटेका भित्री आँखा फुटेका अलिकति धनको पाइ हिस्सा लुटेका सम्झी माथी उठेको अहम बीच चढी तथ्यदेखि छुटेका गर्नाले नीच वृत्ति नियति अधम भै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्यरात

~आजाद अजनवी~ जब-जब पल्लो छिमेकी डेरावाल रक्सीले बेस्सरी मातेर मध्यरातमा सिङ्गो घर उचाल्दै उचाल्छ देशविरोधी नारा उचाल्छ नेताविरोधी नारा एक्कासि १ मेरो गहिरो निद्रा खलबलिन्छ सपनामा आइपुगेकी अन्जान राजकुमारीसँग सुमधुर वार्तालाभ भङ्ग भइदिन्छ केवल दुई मिनेट म एक्लै दुर्बासा भएर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : फरारहरूको फ्रेस विज्ञप्ती

~लक्ष्मण गाम्नागे~ आदरणीय सम्पूर्ण फरार सहकर्मीहरू, क्रान्तिकारी अभिवादन् । केही उल्लू मानिसहरूले, केही पित्तपत्रकारिता गर्ने सञ्चार माध्यमहरूले हामी वरिष्ठ फरार अपराधी महानुभावहरूका बारेमा विभिन्न टीकाटिप्पणी गरी हाम्रोे प्रतिष्ठामा बारम्बार आँच पु¥याइरहेका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिकृयावादी, पुरातनपन्थी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बाजेको व्यथा

~क्षेत्र प्रताप अधिकारी~ जिन्दगी फुलेन भनूँ भनेँ कपाल पनि फुल्यो फुल्यो भनूँ भनेँ पेटभरि दुई छाक दाल भात पनि फुलेन सधैँ गुनासो सधैँ गनगन कति थुमथुम्याउने यो मन अब त आँत पनि सुकिसक्यो कान्छा अब त गाउँघर दुखिसक्यो कान्छा ! … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा: श्रीमतीज्यू

~गोमा  सिटौला~ “छोरासँग फ़ोनमा बोल्दा बुहारीसँग पनि दुई वचन बोले के बिग्रिन्थ्यो र ? सासुको जात त जनाइहाल्ने !” श्रीमतीले रिसाउँदै भनिन् । म नम्र हुँदै भनेँ आमाले बुहारीलाई फोन दे बाबू ! भन्दै हुनुहुन्थ्यो । अस्ति आमासँग कुरा गर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एक्लोपन

~भूपी शेरचन~ हो, म एक्लै छु, तर, मेरो साथ दिने मसँगै सिङ्गै, अँध्यारो रात छ, झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु त्यहाँ पनि एक्लो पहेंलो पात छ । हो, म एक्लै छु……… आकाशको बादल नबर्स व्यर्थै मेरो आफ्नै आँखामा बर्षात् छ । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment