Author Archives: Editor

कविता : ठुल्दिदी

~ज्ञानेन्द्र यक्सो~ हाम्रो ठुल्दिदीको अनुहार फूलजस्तो थिएन हाम्रो ठुल्दिदीको अनुहार जूनजस्तो थिएन तर उनी हाम्रो बा थिइन्। एक दिन यो पहाडमा.. बर्खायाममा बारोजको बादल उड्यो त्यही बादलले छेकिएर उनीहरूले मारे हाम्रो बाबालाई।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : पहिचान

~सअदत हसन मण्टो~ अनुवाद : जंगबहादुर शाह एकदमै थर्ड क्लास होटेलमा ह्विस्कीको बोतल रित्याएपछि तय भयो, बाहिर घुम्न जानुपर्छ र एउटी यस्ती आइमाई खोज्नुपर्छ जसले होटेल र ह्विस्कीले पैदा गरेको खिन्नता दूर गरोस्। र, त्यो आइमाई बेस्वादको रक्सीको तुलनामा स्वादिलो … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : म भूल हुँ

~आचार्य प्रभा~ म भूल हुँ सुधारन सक्छौ पुरानो गल्बन्दिको धागो हुँ उधारेर नयाँ स्वरूप दिन सक्छौ …., कहाँ मैले भनेकी छु र ? म सदाबहार छु भनेर कहाँ मैले हठ गरेकी छु र ? म सदा सर्वदा जायज छु भनेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : म अचेल

~रामचन्द्र कार्की~ हाँसेर बाँच्न सिक्दै छु म अचेल, नाचेर बाँच्न सिक्दै छु म अचेल । लुकाइ पिडा देखाउदै पिरति, गाँसेर बाँच्न सिक्दै छु म अचेल ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सबै भुलिदेउ

~लोक राज भट्ट~ अचेल ठिक छैन गुरु चेलाको सम्बन्ध यदी तिम्रो एक झल्को सम्झाइले कोही जिबनको उकाली उक्ल्यो भने, तिमी त पछारिकै महसुश गर्छौ होला। त्यसैले भुल जतिसक्छौ भुल सबै भुलिदेउ , तनाबका घैलाहरु बोकेर किन सम्झिनु जिबनका कुइनेटाहरु।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : यात्रा अमेरिकाको माया नेपालको

~खिमानन्द पोखरेल~ साँच्ची नै दिल खोलेर भन्नु पर्दा घनश्याम राजकर्णिकारको नाम नियात्रा जगतको संसारिक परिवेशमा नसुन्ने व्यक्ति विरलै होलान् । नियात्रा लेख्नु भनेको चानचुने, सरल र सहज विधा हो भनेर म भन्न सक्तिन । पाठकहरुको मन पगाल्न त्यहाँका दृश्यहरुको अवलोकन, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : खबरदारी र विज्ञ

~सनत रेग्मी~ भर्खरै बृहत् जनआन्दोलनबाट शान्तिपूर्ण क्रान्ति सम्पन्न गरेको एउटा मुलुकले अग्रगामी परिवर्तनअनुसार साहित्य, संस्कृति र कलाको क्षेत्रमा नयाँ दृष्टिकोण र बहुल सांस्कृतिक चेतनाका साथ काम गर्ने गरी एउटा राष्ट्रिय सांस्कृतिक केन्द्र गठन गर्ने निर्णय गर्‍यो । एउटा उच्चस्तरीय सांस्कृतिक … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : लाइदेऊ लाइदेऊ

~धनेन्द्र विमल~ लाइदेऊ लाइदेऊ माया लाइदेऊ ए संगीता जुग जुग बित्ने माया लाइदेऊ ए संगीता हिजो पनि तिमी मेरो आज पनि तिमी मेरो जति जति जन्म हुन्छ त्यति त्यति तिमी मेरो तिम्रो बोलीले लठ्ठै पार्यो तिम्रो हेराइले लठ्ठै पार्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : एउटा भाषा हुने गर्छ

~उदय प्रकाश~ अनुवाद: मनोज बोगटी एउटा भाषा हुने गर्छ जसमा म जतिपल्ट लेख्न चहान्छु `आँसू´ सित मिल्दोजुल्दो कुनै शब्द प्रत्येकपल्ट बग्ने गर्छ रगतको धारा एउटा भाषा छ जसमा बोल्न वैज्ञानिक , समाजविद अनि तेस्रो दर्जाको जोकर अनि हाम्रै समयका सम्मानित … Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : मेरा बा आमा

~दीपक घिमिरे~ छोराको अनुहार दुई दिन नदेख्दा न्यास्रो लाग्यो, सम्झिएँ उसले मेरा खुशी जति जम्मै बोकेर मामा घर गएछ । भित्र गएँ, अँध्यारो कोठामा मनै बसेन । बाहिर ऊ थिएन । घरबाट आमाको फोन आयो ‘बाबु खै ? बाबुलाई फोन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य : आलुचना जस्तै स्वादिलो आलोचना

~केपी शर्मा~ अनामनगरका होटेलहरुमा खाजामा धेरैको आलुचना लोकप्रिय छ । त्यसमा पनि यहाँ इलामेली वहिनीले पकाएको आलुचनाको स्वाद नै भिन्नै । त्यसमा लसुन, जिरा फुराएको र कागतीको ताजा रस हालिएको हुन्छ । त्यहाँ खाने सबैको जिब्रोमा स्वाद झुण्डिएको हुनुपर्छ । … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : म दलित भएर….

~डम्बर जङ मल्ल ‘आँसु’~ आज मेरो घरको दुध किनिदैन म दलित भएर समाजमा मेरो मेहनत चिनिदैन म दलित भएर उस्ले र मैले पुज्ने त्यो मन्दिरको भगवान एउटै उ चोखो म जुठो मलाई लगिदैन म दलित भएर

Posted in गजल | Tagged | Leave a comment

कविता : समस्या

~वसन्त प्रवीण~ खोजे कतै पाइएन कोठो जिन्दगीलाई कहाँ गइ चलाउने खोटो जिन्दगीलाई बुझ्न कत्ति नसके’सी दुनियाँको अर्थ सुझ-बुझ मिलाएको हुँदोरै’छ व्यर्थ

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : दिदिबहिनीहरु

~एकान्त श्रीवास्तव~ अनुवाद : चन्द्र गुरुङ दिदीबहिनीहरू घरभरि सुगन्धझैँ फैलिएका छन् । एकदिन उडी जाने छन् थाहा छैन हावाको कुन झोक्कासित । … रहने छ चर्को घाममा पनि

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : विजय बजिमयलाई

~त्रिभुवनचन्द्र वाग्ले~ ए दाजु तिम्रो गाउँ र मेरो जन्म ठाउँ नजिकै हो नि तर के गर्ने म पयरले सयर गर्छु तिमी विचारले विचरण गर्छौ यति भनेपछि भन्नुपरेन म आकार हुँ तिमी निराकार म माछापुच्छ्रे हेर्न तिम्रो गाउँ आउँछु

Posted in कविता | Tagged | Leave a comment

गजल : छातीभरि देश दुख्छ

~दिवाकर स्वप्नील~ संविधान सभा ढल्यो छातीभरि देश दुख्छ । नेपालीको स्वप्न जल्यो छातीभरि देश दुख्छ । एक चोक्टो शिद्रामा नी बिरालोको सधैँ द्वन्द्व… आफ्नै बाह्र टक्का चल्यो छातीभरि देश दुख्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : अमर गीत गाऊ न खुनको

~भिम बहादुर थापा~ मेरो-तिम्रो सम्बन्धको, अमर गीत गाऊ न खुनको जिउने मेलो थाँती राखी, भेट्ने कसम खाऊ न जुनको ** एकुन्द्रो भो भेटको बाचा, पैंचो बोली फर्केन खोई मौनताको मकसद् खोल्न, साक्षात्कारमा आऊ न धुनको

Posted in गजल | Tagged | Leave a comment

गीत : पर्खिरहेको छ नेपाल

~भुपेन्द्र केसी~ हँहँहँ हो हो हो तिमीलाई पर्खिरहेको छ नेपाल स्वदेश फर्कने बाटो, हेरेर त्यो पाल कस्तो रहेछ जिन्दगी, नटुङगीनेयात्रा आफ्नै देश बनाउनु छ, छाडी आउ है विदेशीको जात्रा कर्णालीले कलकल बग्दै, हानी रहेछ छाल तिमि विना अधुरो बन्दै छ … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : फ्रेन्ड रिक्वेस्ट

~दीपक बस्याल ‘दीनबन्धु’~ भाग १ एकाएक प्रशंसाको पोको सहितको यो बिशेष मित्रता अनुरोध बाट म एक किसिमको अनौठो अनुभूति गर्दै थिए। फोटो हेरे, खासै चिने जस्तो लागेन, उसको प्रोफाइलमा प्राइभेसी सेटिंग गरिएको थियो, मात्र फिमेल हो भन्ने जानकारी थियो। कमन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घर

~चन्त वनेम~ अनेक थरिका ढाँचा अनि प्रकार घरमा मिलेर बस्छन् आ–आफ्नो परिवार घरै घरको निमार्णले बन्यो सहर परिवारको सुमुधुर मिलन केन्द्र हो घर विश्वासको जग हो सबैको यसमा भर सुरक्षाको पहिलो सिँढी हो घर । प्राचिन वासस्थान सायद गुफा र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्जान संघर्ष

~लक्ष्मण घमाल~ धेरै दिन भयो उनले मलाइ भेट्न खोजेको। जहिले म अफलाइन हुँदा मेसेज पठाउदा रहेछन फेसबुक मा । अफिस सकेर कोठामा पुग्दा पाँच बजेर एकतिस मिनेट बजाएको थियो एनसेल नेटवर्क को मेरो मोबाइलले।हत्तपत्त फेसबुक खोले मेसेज आएको रहेछ उनैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : लेख्ने मसि चिनेनौ

~सौभाग्य बजगाईं~ कलम कहाँ थियो पुवांखले लेख्ने मसि चिनेनौ यति कन्जुस गरेउ कि बोर्डमा लेख्ने खरी किनेनौ कहिले कुट्टो, कोदालो, साबेलले खेत बारी कुटायौ र तिमीले तैपनि कपुरी क र घर जस्तो घ भन्दा माथि सिकेनौ

Posted in गजल | Tagged | Leave a comment

चन्द्र ‘प्रतीक’ लिम्बूका पाँच हाइकुहरु

~चन्द्र ‘प्रतीक’ लिम्बू~ बिलियो जुन पर्खिरहृयो केवल ताराहरूले झोंक्का हावाको मेरो खबर सोधी सुस्तरी बहृयो । हेलेन केलर जन्मिन्छन् फेरि पनि

Posted in हाइकु | Tagged | Leave a comment

गजल : तिमीले भनेजस्तो

~वियोगी बुढाथोकी~ उस्तै छैन तिमीले भनेजस्तो हुँदै भएन खाल्टो खनेजस्तो उध्रियो झन् सिउँछु भन्दाभन्दै सकिएन उन्न धागो उनेजस्तो

Posted in गजल | Tagged | Leave a comment

कथा : कन्यादान र रक्सी

~लोकेन्द्रबहादुर चन्द~ उनलाई जङ चल्यो र आर्मीमा छँदादेखि नै बानी परेको कडा भाषा प्रयोग गरी मुर्मुरिन थाले – “साले होटल खोल्छन् हरामीहरू । एक कोठालाई ६ कोठा बनाउँछन्, मुस्किलले एक कोठामा एक ओछ्यान अटाउँछ अनि रातभरि उडुस – उपियाँले टोकाइदिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सुनको बिहान

~शीतल गिरी~ सुनको दिन एक उदाउँछ रे यस देश खुलिकन आउँछ रे रङ्गिला बनी बादल छाउँछ रे जल चञ्चल भैकन गाउँछ रे । म श्री वैद्यनाथ हाई स्कूल महेन्द्रनगर, कञ्चनपुरमा २०२६ सालमा ६ कक्षाको विद्यार्थी छँदा महाकवि लक्ष्मीप्रसादको प्रस्तुत कविता … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कार्यपत्र : डायस्पोरा र नेपाली साहित्यको विश्वव्यापीकरण

~डा. खगेन्द्रप्रसाद लुइटेल~ यतिखेर नेपालीमा डायस्पोरिक साहित्य÷आप्रवासी साहित्य, प्रवासी साहित्य, परदेशी साहित्य, लाहुरे साहित्य आदि अनेक नाम प्रचलनमा रहेका देखिन्छन् । यीमध्ये नेपालीमा डायस्पोरा शब्दको चर्चा निकै भएको पाइए पनि यसको सैद्धान्तिक स्वरूपबारे त्यति धेरै चर्चा गरिएको छैन । यस … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना

~सदानन्द अभागी~ परिचय समकालीन नेपाली गजलको सम्पादन बरिष्ठ गजलकार, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष, हाम्रो मझेरी, पुष्पाञ्जलि, गजलविम्ब, गजलदीप, गजलयात्रा (१) गजलयात्रा (२), गजलगङ्गा, समयका स्वरहरूका सम्पादनकर्ता पुष्प अधिकारी अञ्जलिबाट भएको हो। बास्तबमा नेपाली गजलको इतिहासलाई केलाउने हो भने मोतीराम … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गीत : तिमी हेर्छौ भने

~दिपक बुढाथोकी~ तिमी हेर्छौ भने यो छातीभित्र नदेखिने घाउ धेरै धेरै छन् तिमी सुन्छौ भने यो जिन्दगीमा कहिले नमेटिने कथाहरू छन् खुसीहरूमा जिउन सकिन जिन्दगी नै अभिषाप झैं भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हात समायौ तिमीले

~सन्तोष लामिछाने~ आधा जिएपछि मेरो हात समायौ तिमीले अटुट माया पाएर आँसु थमायौ तिमीले शरीरको सुन्दरतामै शान मान्दै उहिले उपेक्षाका अगुल्टाहरूले डमायौ तिमीले

Posted in गजल | Tagged | Leave a comment

गीत : हृदयमा लागेका चोट

~बासुदेव बुढाथोकी ‘सागर’~ हृदयमा लागेका चोट सारा गन्ने भा’छु अचेल ; रातैभरि आकाशका जूनतारा गन्ने भा’छु अचेल । कति मिठो माया थियो ,कति शीतल छाया थियो ! मुटु एकै थिए हाम्रा अलग केवल काया थियो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

हास्य गजल : जेठान तिम्री बैनीले

~अरुन छेत्री ‘अनुरागी’~ जोडका तोड हुन्छे जेठान तिम्री बैनीले, खै कस्का कुरा सुन्छे जेठान तिम्री बैनीले।। यस्तो नगर सुन्तली भन्दा उल्टै सराप्छे, बाउ बाजे पो छुन्छे जेठान तिम्री बैनीले।।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment