Author Archives: Editor

बाल कविता : जन्मभूमि

~योगीता भट्टराई~ मेरो जन्म भूमि नेपाल शान्तिपूर्ण देश हो दौरा सुरुवाल ढाका टोपी यो देशको भेष हो कृषि प्रधान देश हाम्रो सुन्दर शान्त नेपाल आफ्नै काम आफ्नै शान सुन्दर शान्त विशाल

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : घाम

~सौगात न्यौपाने~ उजेलीलाई साथै ल्यााउने कति राम्रो घाम घामसित शुरु हुन्छ हाम्रो पनि काम विद्यार्थीले पढ्ने लेख्ने

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : हे निरीह कलम, म के लेखुँ ?

~सरस्वती प्रसाद रिजाल~ हालको २१ औं शताब्दीको विश्वसम्म युद्ध नै युद्ध । कोही विपन्न असाध्यै, कोही धनाढ्य । दुःख पिर अभावले रोइरहेका, सुख सुविधाले मात्तिएका मानवहरु यो विश्वमा । मानव संरचनामा भगवानको सृष्टिमा नै विभेद भएजस्तो,

Posted in कविता | Tagged | Leave a comment

कविता : साजिसे

~नविन कुमार~ साजीसहरु भुर्रर उडेर आए फेरि पनि अपहरण दुई बालक निख्रिएको वरदात उघाएर ल्याए मायालाई कुल्ची दिए दयालाई मारी दिए परेवा त खोजी खोजी रगतको भुटुनमा भुटे

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रायश्चित

~रन्जु ‘मार्ग’~ उसले आफ्नो बिगतमा गरेको पापकर्मको सजायं भोगी सकेको थियो | त्यसैले ऊ  अबको बाँकी जीवनलाई नयाँ तरिकाले जिउने विचारका साथ अघि बढिरहेको थियो | यही क्रममा ऊ यदाकदा सार्वजनिक कार्यक्रममा जान थालेको थियो | आज पनि उसलाई एउटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : युवा

~दैवज्ञराज न्यौपाने~ युवा नजीक सृष्टिको म फक्रँदैछु पालुवा थरी-थरी सुहाउने मभित्र छन् नयाँ कला बसेर काख मातृको स्वदेश निम्ति मर्दिने युवा म हूँ समाजको सहस्र शक्ति भर्दिने। पहाड चढ्न टाकुरा मलाइ घच्घच्याउँछन् सुवास छर्न फूलले मलाइ चम्चम्याउँछन् बहेर भन्छ निर्झरी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यति धोको

~माधव घिमिरे~ कस्तो हुन्थ्यो यो जुनीमा यति धोको पुगे मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे तोपचरीको गुँडै राम्रो पूर्वतिर दैलो भाइको भने घरै छैन कहाँ खेलूँ भैलो कस्तो हुन्थ्यो- एक घर सबैलाई पुगे मेरो दिल दुख्छ हजुर, भाइको दिल … Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

बाल गीत : उस्तै रात दिन

~नीलम कार्की निहारिका~ एकै हुन्छ मेरा लागि उस्तै रात दिन संसार हेर्न पठायौ दैब दृिष्ट नदिई किन ? हरियो छ भन्छन् धर्ती आकाश नीलो छ रे लुक्दै छिप्दै डाँडाँबाट ,सूर्य उदाउँछ रे हरियो र नीलो भन्ने, रंग कस्तो होला आकाशले … Continue reading →

Posted in बाल गीत | Tagged | Leave a comment

कथा : घात

~अनिश भट्टराई~ मलाई झल्याँस्स उसको सम्झना आयो । ४ बजे भेट्ने भनेर हिजैमात्र बाचा गरेका थियौं । धरानबाट मेरो पुरानो स्प्लेन्डर मोटरसाइकल हुइँक्याउँदै तरहरा पुग्दा झन्डै २० मिनेट लागेछ । चोकमा पुगेर उसलाई फोन गरें । नजिकै एउटा सेकुवा पसलमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सुन्दर दमकको सानो परिचय

~एकराज तिम्सिना~ नगरपालिका दमक हाम्रो सुन्दर कति राम्रो प्रत्येक वार्डमा पढ्ने स्कूल कति धेर हाम्रो ।। नगर बीचमा पूर्व–पश्चिम राजमार्ग चल्छ । कुनाकाप्चा नगरभरी बिजुली बत्ती बल्छ ।। केन्द्रबाट रकम निकाशा रवि सडकलाई दियो । यो सडकको ठेक्का पनि ठेक्केदारले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : आमा

~सृष्टि अधिकारी~ आमाको ममताको लेखा छैन आमा भन्दा ठूलो इश्वर होइन आमा हाँस्दा दिशा खुल्छ हृदय भित्र ईश्वर डुल्छ

Posted in बाल कविता | Tagged | Leave a comment

गजल : छलेको हैन

~राकेश कार्की~ साँच्चिकै हो मैले छलेको हैन डुबेँ होला यादमा जलेको हैन छातीमै छ तस्वीर पिउँदै नशामा मातेँ होला बरु ढलेको हैन

Posted in गजल | Tagged | Leave a comment

गजल : हृदयलाई डाक्नु भुल थियो

~आशिष सुवेदी~ अश्रुधारा खोलीबन्दा हृदयलाई डाक्नु भुल थियो उसलाई तानी जिन्दगीको कुनाभित्र जाक्नु भुल थियो । हुन्न भन्थेँ साँचो कहिलै ढुङ्गासँग पुकारेर अटेर गरी उसैसँग सम्बन्ध त्यो भाक्नु भुल थियो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रवृत्ति

~विकास थुलुङ्ग~ कला छ, गला छ हातमा फूलको माला छ । यही बाटो मन्त्री आउँछ भन्ने हल्ला छ । मनले मन समाल्या छ । भरे के बोल्ने भनि रट्या जस्तो जवाफ छ अरु भन्दा कम छैनन् भनि सबैले भन्या छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अब कसरी

~नरेन्द्र लावती~ लुट्नै लागेका छन्, यस्तै त्यो सामन्तीले । भ्रष्ट योगी चिन्तन भई यसै बाँच्नु कैले ।। बिरामी भई लडे मत थिचे थिच्नु सबैले । अब कसरी पिउनै सक्तिन ओखती उढ्नु कैले ।। तर …….

Posted in कविता | Tagged | 1 Comment

कविता : जुवा

~रुपेश राई~ छ–बाह्रभित्र कुनी कस्तो मति आउँछ । एकदिन केटाहरुसँग, हजारे खेल्दै थिएँ । आमाको स्वाँटले अहिलेसम्म दोहो-याएको छुइनँ । ‘तास, जुवा, मद, पान भुले हात लाउँलास्, लाखेस†’ गाउँलाई यो सजाइ हो । सभ्यताको कलङ्क । मान्छे हुनुको विडम्बना । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनीति खेल भ्रष्टलाई जेल

~पुण्य प्रसाद भट्टराई~ जयप्रसाद गुप्ता तिमीले जनताको जय गर्छौ भन्दै जनताले चुनाउवमा भोट लाए जनताको जय होइन आफ्नै जय ग¥यौ जनघाती भ्रष्टाचारी आम कमार छाड्यौ भ्रष्टचारको छिनो फानो अदालतमा भएको

Posted in कविता | Tagged | Leave a comment

गजल : मनमा लिई हाँस्दैछु म

~आचार्य प्रभा~ दशैंको त्यो रमझमलाई मनमा लिई हाँस्दैछु म परदेशमा भए पनि अतितको याद साँच्दैछु म । फुले होलान् सयपत्री आँगनमा मुस्काउँदै यता भने काँडाघारी मनमा पाली बाँच्दैछु म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : जून माग्छौ तिमी

~सुनिल दियाली~ औँशीको रात थियो जून माग्छौ तिमी तिहुनमा नुन छैन सुन माग्छौ तिमी मलाई छाडी पराई लाई ताक्छौ बैगुनीको रुप देखाई गुन माग्छौ तिमी

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : “लक्षित पाइलाहरु”को बसाई

~राजकुमार सुब्बा ‘अनिश्चित’~ सन् १९८६÷१२÷२८ गते सौरेनी सम्घिको भुटानमा जन्मिएका स्रष्टा हुन दिनेश चाम्लिङ्ग ‘अभिलाषी’ जिवनको सार खोज्नेलाई जब मनले चिताउँछ तब लक्षित र निश्चित ठाउँमा ती पाईलाहरु पुग्छन् । यसैको एउटा उदाहरणीय रुप हो चाम्लिङ्गको कृति “लक्षित पाईलाहरु” ! … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

दिपेन्द्र खड्काका तीन मुक्तकहरु

~दिपेन्द्र खड्का~   १. तिमी भन्थ्यौ मलाई सधै माया गर्छु भनेर तिमीलाई पाउन सधै तिम्रो नजिक सर्छु भनेर तर आज तिम्रो माया झुटो र खोटो रहेछ किन ब्यर्थै नाटक गर्छौ तिमी बिना मर्छु भनेर २. म छु धेरै टाढा तिम्रो … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मलाइ बचाउ !

~बिक्रम ज्ञवाली~ आफैलाई खोज्न हिडे धेरै धरै समय तर थाहा पाए एक दिन ऐना अगाडि रहेछु एक दिन जल्ने लाशको प्रतिनिदित्व गर्दै बसिरहेको पो रहिछु म मान्छे रे एक दिन मर्न पर्ने रे कस्तो हासो लाग्दो कुरा एक दिन मर्नै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश ICU मा

~आषिश श्रेष्ठ~ चुरोट बिडी नपिउने देशलाई, क्यान्सर पो लाग्या छ ।। पुस्तौ-पुस्ता देखि लाग्या दम, केही पर पो भाग्या छ ।। पटक पटक ICU मा राखी सकियो देशलाई ।। साम-दाम सबै डाक्टर र बैधहरुलाई, दण्ड सदा झै निमुखा जनतालाई ।।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : साहित्यमा पनि क्रमभङ्गता !

~नरेश शाक्य~ क्रमभङ्ग गरौँ । कछुवाको जस्तो सुस्त चालले होइन कि उफ्राइ उफ्रौँ भ्यागुताको जस्तो । छलाङ्ग मारौँ । वर्तमान नेपालको राजनीतिक वृत्तमा थोरै हदसम्म मात्र भए पनि नेपाली साहित्यमा पनि यसको बहस, छलफल वा वाद विवाद चाल्नु आवश्यक भएको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : काबुलको कात्रो

~सोफिया मायालु~ साईलीको साईला, लाहुरजाने भन्छ सनुसको सम्पत्ति, खनखन्ति गन्छ घरखेत साहुलाई, धितो राखी भन्छ साईलिलाई बाला, लगाईदिन मन छ खोलावारि साईला, साईलीं बसिन पुलमा बिदा भई घर, पुग्यो साईला काबुलमा अनगिन्ती सपना, बगाई पसिना हरायो साईलो आज, शहरको हुलमा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : घटना

~अर्जुन खनाल~ म चौराहादेखी घर तर्फ जानको लागी माइक्रो चढे ।माईक्रो अलि भिड थियो, चढ्न कति हम्मे हम्मे परेको थियो तैपनि चढि हाले । खलासी कानैमा आएर चिच्याउदै थियो अलि पछाडी जानु भन्दै मैले फ्याटै भने दाजु यस्तो खाली माइक्रो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मुक्तक : फूल

~राजकुमारी श्रेष्ठ~ मन मन्दिरमा सजाउने फूल बनी दिउँला दु:ख कष्ट तारी दिने पुल बनी दिउँला! भावना र कामनाको फूलपाती चढाउछु

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : हिंड्यो परदेशी

~राजकुमार श्रेष्ठ ‘दीप’~ शून्य भयो गाउँ घर शून्य रह्यो बेसी टीका थापी साईत गरी हिड्यो परदेशी । असारको रोपार्इँ सकी मंसिर कुर्दै थियो कुन चोटले उनको मनमा घाउ बनाइदियो मल्हम खोज्दै धाइरहन्थ्यो देउराली र बेसी

Posted in नेपाली गीत | Tagged | Leave a comment

नमन अमृतका तीन मुक्तकहरू

~नमन अमृत ‘भु–वन’~ हर प्रश्न यहाँ समाधान यहाँ झुठ सत्यबिच घमासान यहाँ बिचको भुमरीमा भँमरा परे छ चारैतिर तानातान यहाँ ! को आफ्नो को अर्को छानाछान यहाँ पराइ सम्झी हानाहान यहाँ

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : र त देश रोयो नेता

~अनिल बराल ‘गरीब चिराग अछुत’~ नोटको राजनिती गरयौ र त देश रोयो नेता चोटको राजनिती गरयौ र त देश रोयो नेता | आज के छ नेपाली नेपाली आमाको हाल खोटको राजनिती गरयौ र त देश रोयो नेता |

Posted in गजल | Tagged | Leave a comment

रुपक श्रेष्ठका बाह्र वसन्ती हाइकुहरु

~डा. रुपक श्रेष्ठ~ (एक) वसन्त ऋतु आशातित जीवन ईष्टर एग । (दुई) हरेक साँझ मैनबत्ती र शिखा लास्ट सपर ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : मन

~होम सुनुवार ‘दसुचा’~ कति अनौठो अति अचम्मको यो मन हसाउँने रुवाउँने नाना किसिम गराउने यही मन भिन्ना भिन्नै प्राणीका भिन्ना भिन्नै आफ्नै मन तन र धनलाई पनि कसी लगाउने उही मन एक्लो जिन्दगीहरुका पनि किसिम किसिमका मन कोही स्वतन्त्र आनन्दका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment