Author Archives: Editor

कविता : एउटा प्रश्न ?

~हरि सिंह थापा~ चरक्क चर्किएर धर्ती टुक्रा टुक्रा छुट्टिदै वीर पूर्खाहरुको रगत र पसिनाको छालमा बग्दै बग्दै गईरहेको बेला स्वर्गमा शहीदहरुको सपना कति करुणादायी हुन्छ होला ?

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : हराएको चाबी गोजीमा

~जया राई~ शनिबार दिउसो तीन बजे काम सकिनु पर्ने । सवा तीन बजिसकेको म अझै काममै छु । काम छ नौ तला माथि । लिफ्ट पर्खदा अरु बढी समय लाग्यो । क्लक रुममा पुग्दा हात गोजीमा अनायस पस्यो । ला…गोजीमा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : छोडि दियो

~सन्तोषी पहरी~ तिम्ले बाटो मोडिदियो के हाल बनाई छोडि दियो । कस्तो मिठो सपना थियो निर्दयीले उडाई दियो । । तिमी बिना बाच्न मलाई कत्ति गाह्रो भो । तिम्रो मन त आज भोलि लाग्छ सारो भो ।।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : तन्द्रामा अमेरिका

~धीरकुमार श्रेष्ठ~ जीवनमा एकपटक मात्र भए पनि अमेरिका पुग्ने सपना धेरैले सोचेका हुदा रहेछन् । नभए प्रत्येक वर्ष डी.भी. खुल्दा साइबर क्याफेमा फारम भर्नेको झर्को लाग्ने लर्को नलाग्नुपर्ने हो । अग्घोर राष्ट्रवादीदेखि अन्तराष्ट्रवादी सम्म यस दौडमा बुर्कुसी मारेर कुदिरहेछन् । … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म आफ्नै दाहसंस्कार गर्नेछु

~उर्मिला थपलिया~ प्रतिक्षाको लामो समय पछि एक रात तिमि म संग हुनेछौ जुन रात हामि मन भित्र को दोसहरुलाइ नदि को स्वच्छ पानिले बगाउनेछौ कल्पनाको तिम्रो अंगालोमा हैन यथार्थताको गलैचामा धक फुकाएर मेरो मुन्टो थन्काउने छु त्यही रात हामी माया … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : भाइ

~विनोद न्यौपाने~ सानो भाइ मेरो अब ठूलो भएछ ताते ताते गरी गरी हिड्न थालेछ । सक्ने जति सबै सामान बोकी बोकी हिँड्छ गुन गुन गर्देै हिँड्छ, के के भन्छ भन्छ । मुसे दाँत देखाई देखाई, घरि घरि हाँस्छ

Posted in बाल कविता | Tagged | Leave a comment

गीत : आफैलाई हराएछु

~राजकुमार श्रेष्ठ ‘दीप’~ भाग्य खोज्दै भौतारिँदा आफैलाई हराएछु लौ न मेरा आफन्त हो, मेरो खोजी गरिदेउ । देउरालीको उकालीमा बर पिपल साथी हुन्थे दोबाटोमा अलमल परे सेता हिमाललाई चुन्थेँ बर पिपल हिमचुली छैनन् यहाँ कुनै छेउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म टेलिभिजन हेर्दिन आमा !

~दिव्य गिरी~ आमा ! हिजोआज मलाई टेलिभिजन हेर्ने मन छैन टेलिभिजनको पर्दामा जति पनि अनुहार देख्छु तिनीहरूलाई देखेर मलाई घृणा लाग्छ तिनका बोली र तिनका भाषण सुनेर मलाई वाकवाकी लाग्छ र तिनका हाँसो देखेर मलाई आश्चर्य लाग्छ आमा !

Posted in कविता | Tagged | Leave a comment

शुषमा मानन्धरका केही हाइकुहरु

~शुषमा मानन्धर~ हरियो बत्ति प्रतिक्षारत कोही निद्रा चौपट । यो मेरो भित्तो आफ्ना सन्देशहरु टाँस्छ अरु नै । यो फेसबूक कैयौँ पेगको नशा नप्युँदै लाग्ने ।

Posted in हाइकु | Tagged | Leave a comment

व्यङ्ग्य पत्र : आजको ख्याल–ख्यालः भोलिको पक्का–पक्की

~भैरव अर्याल~ लुतो फ्याँक्ने सङ्क्रान्ति– ०२३ गल्लीको डेरा, काठमाडौं प्रिय पाँडेज्यू, ख्याल–ख्याल गर्दागर्दै तपार्इंले आफ्ना पाँडेबोलीहरू गाँसगुँस पारी ‘ख्याल–ख्याल’ को पुस्तक छापिसक्नु भएछ । टाकटुके लेखकबाट एक्कासी ग्रन्थकारमा तपाईंको प्रमोशन भएकोमा जति हर्क लाग्यो, त्यसको दोब्बर फुइ“ आपूmलाई तपाईंले ‘ख्याल–ख्याल’ … Continue reading →

Posted in पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता : अन्त्यहीन संगमता

~शिरिष पराजुली~ जसरी नदीहरू समुन्द्रको खोजीमा आफूभन्दा गहिरोपना खोज्छन् त्यसरी नै मेरो आत्मा तिम्रो प्रतिबिम्ब खोज्छ; धेरै टाढा बगीरहेको नदी एक्लै आफ्नै वेगमा एक्लोपना मात्र एक्लोपना । जसरी पवित्र फूल आफूलाई घामको किरणमा समाहित गर्छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मृत्युको घण्टी

~हरिप्रसाद भण्डारी~ जङ्गलमा एउटा उद्दण्ड सिंह बस्थ्यो। “म यो वनको राजा हुँ, मेरो आदेश सबैले पालना गर्नुपर्छ। उसको आदेश कडा हुन्थ्यो। जनावरहरूको जथाभावी हत्या गर्नु उसको शोखको विषय थियो। कसको कुन बेला काल आउने हो, कुनै ठेगान थिएन। यसले गर्दा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म बिना

~सुविद गुरागाई~ म बिना एक्दै घुम्नै सक्तैन पृथ्वी म मरे पनि बाँचे पनि मलाई साथमा नलिई …छोडेर जान सक्तैन पृथ्वी उसका पनि बाध्यता र सीमाहरु छन् उसका पनि चाहनाहरु छन् मलाई लानै पर्छ उसले । मेरो सम्झनाबिना रित्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो हाम्रो जिम्मा हो

~बाबुराम पन्थी ‘गुल्मेली’~ परिवर्तन संगै जलवायु गर्मी झन् झन् बढ्दै गयो नेपाल आमाको सेतो कपाल झन् झन् झर्दै गयो छाती छिया छिया मातृभूमीको बाढी पैरोमा परी भासिदै पैतालाहरू मातृभूमीको बैरी एम्बुस परी कूपुत्र सन्तान मातृभूमीका अंश माग्दै छन् आज रूदै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : शिव काका र तिकडमको राजनीति

~ध्रुव पन्थी~ उनको औपचारिक पढाइ हाइस्कुल तहमै टुङ्गिएको थियो। मान्छे हेर्दामा उस्तो सुग्घर र भलाद्मी व्यक्तित्व भएका जस्ता पनि थिएनन्। प्रायजसो छुस्स बढेको पातलो दाह्री, पानीको मुख नदेखेर लेसिएजस्तो लाग्ने नकोरेको कपाल, खुजमुजिएका सर्टपाइन्ट र पान्डा भनेर चिनिने कपडाका मैला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

तेजिन्द्र रानाका दुई मुक्तकहरु

~तेजिन्द्र राना मगर~ १. जाडो बढेर आजभोली ठण्डी भएको बेला तिम्रो ममताको साह्रै मण्डी भएको बेला सपनीमा भएनी टुप्लुक्क आईदिनु कान्छु मेरो मनमुटु एकाएक खण्डी भएको बेला २. मगर्नीकी छोरी तिमी पुक्क उठ्या गाला राम्रो

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : खबर्दार

~खेमराज अधिकारी~ खबर्दार जनता हो अब चुप लग्नु हुन्न नेपाललाई बेच्ने लेन्दुप दोर्जेहरु सिंहदरबारमा बसेर खुलेआम देश बेचीरहेका छन कुर्सीसँग भाषा शाटदै छन सिमान बेच्दै छन स्वाभिमानको शौदाबाजी सदनबाटै गर्दै छन (नेपाल आमाको………) गर्बको भागबन्दा लाउदाँ, घरभाँडालाई तेश्रो चाहिने, देशभक्तलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँच्नुपर्छ मैले

~बासुदेव बुढाथोकी ‘सागर’~ जतिसुकै खिएर नि बाँच्नुपर्छ मैले ; घाइते मन सिएर नि बाँच्नुपर्छ मैले । आफन्तझैँ बनेर गला रेट्नेलाई ; अझै रेट्न दिएर नि बाँच्नुपर्छ मैले ।

Posted in गजल | Tagged | Leave a comment

कविता : नेता जी

~हरि अधिकारी~ जनताको छोरो जुदाउन तयार छन नेता जी , जनताको छोरो मर्दा के भयो हामी लागी हैन मेरो छोरो मर्दा पो दुःख भन्दै छन नेता जी जब हामी नै खुसी छू त कसको के भो हामी लागी अरु रोगी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कहिलेकाहीँ

~सुरेशराज वैद्य~ नसोचेको काम पनि गर्नुपर्छ कहिलेकाहीँ अनजान यात्रामा बढ्नुपर्छ कहिलेकाहीँ भन्नेहरू भन्दै गरून् काम नै के छ र ? नसुनेझैँ चुपचाप बस्नुपर्छ कहिलेकाहीँ

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो जिन्दगी

~राजेन्द्र थापा~ यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी जिन्दगीभित्र अल्झेको जिन्दगी जिन्दगीभित्र बल्झेको जिन्दगी फुकाउन नसकिने गाँठो परेको यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी प्रत्येक बिहान म उठेर

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल

~विवेक अर्याल~ नयाँ नेपाल आउँछ भन्थे कहिले आउँछ ख्वै थाहा भएन सपनीमा पो आएछ कि ? खै मैले त पत्तै पाइनँ न शान्तिको आभास पाइयो न राहतको सास फेर्न पाइयो के हो यो नयाँ नेपाल ?

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : समवेदना !

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ लाग्दैथ्यो जब यो बहत्तर नयाँ वैशाख मैह्ना सुरु धर्ती नै नरमाइलो बनिदियो भूकम्प पर्दा अरू जाँदा बाह्र गते त्यति जब बज्यो सारा जिमी हल्लियो भत्के गाउँहरू भकाभक सबै आश्चर्यजस्तो भयो ? ।।१।। हल्लायो कति जोड–तोडसितले धाँजा जिमीमा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मान्छे

~भारती गौतम~ सबैसंग सधैं बिउँझिने प्रभातलाई जहाँको बिहानी पनि प्यारै लाग्छ । स्वच्छन्द आकाशमा उड्ने चरीलाई जहाँको आकाश पनि आफ्नै लाग्छ । ढकमक्क फक्रने गुलाफलाई संसारभरिको बगैंचा प्रिय लाग्छ । खै, कहाँ छ यिनीहरुको घर ? कस्ले दिएको छ यिनीहरुलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ठेसमा प्रेरणा

~भुवनहरि सिग्देल~ बेडा कैयन् उठायौं विषय विष पियौं धैर्य यो रोकिएन कालो पर्दा लगाई ग्रहण भय दिंदा सूर्य यो छेकिएन गोर्खाली स्वाभिमानी हृदय छ दरिलो तेल―ऊर्जा सकिन्न पैताला नाघ्न सक्छन् कठिन गिरि बडा स्वस्थ पुर्जा खिइन्न।

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुकमा एउटा अनुहार

~धनबहादुर खड्का~ गुड मर्निङ सबैलाई ! सँधै झै आज पनि मोरीले बिहान ५ बजेको छैन फेसबुकमा औपचारिक हार्दिकता बाँड्न भ्याई सकिछ। मैले त करिब ८ बजेतिर नेट खोलेको, फेसबुकको भित्तामा देखिएको समयको आधारमा उसले कमेन्ट गरेको समय थाहा पाएको हुँ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आत्माघोषणा

~बिमल गुरुङ~ अब म घोर तपस्या गर्छु म सोच्न थाल्नेछु कि मैले धेरै-धेरै महिनाहरु शुन्यमा बिताएँछु म सोच्न थालेको छु चल्न सक्दैन यसरी काम अब म घोर तपस्या गर्छु अब मेरो तपस्यालाई कुनै सुन्दरी मेनकाको उत्तेजक हाउभाउले भङ्ग गर्न सक्दैन

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सुन कमाउने धुन

~हरिकला उप्रेती~ सानी छँदा सिँगारिन सरम लाग्यो । “जब भयो राती अनि बुढी ताती” भनेझैँ अहिले आएर अचम्मसँग सिँगारिने रहर जाग्यो । मान्छे नै भएर जन्मेपछि कुनै न कुनै कुराले त सिँगारिनै प¥यो । विचार गरेँ, मान्छे कि त गुनले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल कविता : हाम्री छोरी

~दिव्या बज्राचार्य~ नीलो ज्याकेटमा सजिएकी छोरी रातो रीवन बाटीएकी छोरी आँखामा गाजल लेपिएकी छोरी ओठ फुटेपनि त्यत्तिकै राम्री छोरी सेतो फ्रक औधी सुहाएकी कालो जुत्ता टल्केको लगाएकी भर्खर नाक आफै धोएकी स्कूल जान्छु भनी चाँडै टम्सेकी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : पल्लोघरमा जन्मदिन

~रमा अधिकारी ‘कादम्बरी’~ “काकी, के गर्नुभा’को ?” “काकी, तपाई कति काम गर्नुहुन्छ है ?” “काकी, म पनि सघाऊँ तपाईंलाई” “काकी, आज स्कुलमा मैले हजुरजस्तै अर्को काकी देखेको नि !” “काकी, के गर्नुभा’को ?”

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : कुन्दिनी

~लक्ष्मण घमाल~ पिता जयश्वर र माता फुलमतिको सहवासबाट पाँचौ सन्तानको रुपमा जन्म लिएकी कुन्दिनीमाथि चार दिदी र मुनि एउटा भाइ छ । कुन्दिनी तीन वर्षकी लाग्दा उसकी आमाको कोखबाट उसको भाइको जन्म भएको थियो । चार दिदीले भोग्नु परेको दुख … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : खरायोको खेल

~गंगा पौडेल~ रानीवनमा थुप्रै खरायोहरु बस्थे । तिनीहरु जहाँ जाँदा पनि समूह बनाएर हिंड्ने गर्थे । त्यो समूहमा सेतु नाम गरेको खरायो अरु सबैभन्दा चलाख र बुद्धीमान थियो उसले जङ्गलमा चाहार्दा कतैबाट खतरा हुने देखेमा तुरुन्तै आफ्नो समूहलाई खबर गरि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment