Author Archives: Editor

कविता : जिजीबिषाको लडाइँ

~आचार्य प्रभा~ ढुङ्गाको मन बोकेर पर्देशिएका हामी बाध्यताको बन्धनले बाँधिएका छौं , भन्छन, भन्नेहरु सजिलैसँग देशलाई भुल्यौ पैसाको मोहमा फँस्यौ त र….. त्यसो हैन, केवल जिजीबिषाको लडाइँ लड्न मात्र हामी पर्देशिएका छौं

Posted in कविता | Tagged | Leave a comment

समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार

~नारायण गडतौला~ १. समालोचनाको स्वरूप ‘समालोचना’ शब्द प्रायः ज्ञान विज्ञानका सबै क्षेत्रमा प्रयोग हुने भए पनि यहाँ साहित्यिक समालोचनाका अर्थमा मात्र सीमित गरिएको छ । साहित्य र समालोचना दुवैको साइनो ज्यादै निकट रहेको छ । माली र फुलबारी जस्तो समालोचना … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

Translated Poem : Remembrance

~Suraj Rana~ Trans : Mandira Sapkota Neither you wanted to be missed Nor I promised not to forget you For no reasons With no conditions I’m habitual to miss you every moment Each time I try Not to remember you … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

गजल : अपुङ्गे उहीं खाए भन्छन्

~भिम बहादुर थापा~ गाउँमा बाँड्ने राहत सबै, अपुङ्गे उहीं खाए भन्छन् नाङ्गा आङ् सब ढाक्छौं भन्थे, आफ्नै घर पो छाए भन्छन् ** प्रतिक्षाको बाली बुढ्यो, सुदामा छन् जनता यहाँ निस्वार्थ गाँस लिन गा’को, धनकै गीत वहाँ गाए भन्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : निन्द्रा लाग्दैन

~मनोज न्यौपाने~ साहूको रिन सम्झन्छु, निन्द्रा लाग्दैन बन्धकी जमिन सम्झन्छु, निन्द्रा लाग्दैन मेरै घरमा हो धमिरा लागेको जग र दलिन सम्झन्छु, निन्द्रा लाग्दैन

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : हेल्चेक्रयाइँ

~ईशा शाह~ ‘मुग्धा ! किचनबाट फर्किदा तातो पानी लिएर आऊ है ।’ आयुषले भन्यो । ‘किन चाहियो हजुरलाई तातो पानी ? अघिपछि रुघाखोकी लाग्दा तातो पानी पिउनुभन्दा स्वाद हुन्न भन्ने मान्छे हजुर, आज किन तातो पानी ल्याउन भन्दै हुनुहुन्छ हजुर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : श्यामश्वेत जीवनका कथा

~जीवा लामिछाने~ पानीका घाम उपन्यासका लागि २०६६ सालको पद्मश्री साहित्य सम्मान विजेता अमर न्यौपाने नेपाली आख्यानमा निकै ठूलो सम्भावना बोकेका प्रतिभा हुन्। दोस्रो उपन्यास सेतो धरती मार्फत उनी अझ् ठूलो आत्मविश्वासका साथ फेरि प्रकट भएका छन्। मरुभूमि जस्तो निरस तथा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : विष्णुमतीका किनारामा

~बाबुराम लामिछाने~ कति वर्षदेखि एउटै टोलमा बस्दै आए पनि ती र म नदी वारिपारिका बासिन्दाजस्तै थियौँ भन्दा पनि हुन्थ्यो । कतैतिर भेट हुँदा एकले अर्कालाई पुलुक्क हेरेर एक धर्सो मुस्कान खेलाउँदै दुगुर्नु नै पर्याप्त हो जस्तो हामी जिइरहेका थियौँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : बिरामी हो विवेकताको।

~दिवाकर स्वप्नील~ रुपैले मान खोज्ने ऊ , बिरामी हो विवेकताको। घरैमा शान खोज्ने ऊ , बिरामी हो विवेकताको। भरौटे ती बिचाराले, सुनाए रे उही नारा.. उसैको गान खोज्ने ऊ , बिरामी हो विवेकताको।

Posted in गजल | Tagged | Leave a comment

कविता : रित्ताघरहरु

~लोक राज भट्ट~ मन्दिरमा फहराउन त फहाउदैछन धोजा र पताकाहरु अनी कहिलेकाही आगन्तुकले झै कसैले बजाइदिन्छ घाँट र घुमुराहरु तर भडारहरुमा राखेका दाइना र दुमाउहरु मुसाले चोट्याइ सक्यो ईतिहाँसलाइ चिथोरे झै गरी धेरै घरका मानेझ्यालहरुबाट धुवा आउन झोडेपछी

Posted in कविता | Tagged | Leave a comment

कविता : मावाखोलाको मन

~प्रथा~ वैँसको घोडामा चढेर बतासले जुल्फी लर्काउन थालेपछि उस बेला– छानाबाट फर्सी झरुञ्जेल थेवाले बजाएथे रे ! आफूजस्तै जब्बर च्याब्रुङ च्याब्रुङ ब्रुङ ! च्याब्रुङ ब्रुङ !! त्यही आदिम धुन सुनेर युगौँदेखि निदाइरहेको यो नदीले– जीवनको गति हालेछ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : होटेलको साइनबोर्ड

~राजु क्षत्री “अपुरो”~ उसलाई नोकरी गर्नुभन्दा व्यापार गर्ने भित्री इच्छा थियो । तर, कुन व्यापार गर्ने भन्ने निर्णय लिन सकिरहेको थिएन । सर्वेक्षण गर्दा एउटा सहरको केन्द्रबिन्दु मानिने ठाउँमा होटेल चल्न सक्ने सम्भावना देख्यो । उसले आफ्नो झिटीझ्याम्टो धितो राखेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : सोचेजस्तो हुन्न जीबन !

~सजना गुरुङ~ हिजोसम्मा मिठो सपना र खुसीको मुहान लाग्थ्यो डलर ! तर आज सजाय जस्तै आभास भैरहेछ डलर ! तिमीलाई पाउन रोइरहेछु ,सारा दु:ख सहिरहेछु डलर ! दु:खको मुहान होउकी सुखको किरण ? बुझेरै नसकिने तिमी के हौ डलर ? … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अंगार

~यल्जी विवश~ हो, मेरो जीवन त्यही दिन सकिएको थियो जुन दिन समयको धारले मलाई काठ बनायो ! मेरो अस्तित्व र पहिचान फेरिएर म त्यही दिनदेखि अर्कै नामले बोलाइए, भलै, मेरो नश्लमा त्यही जीवन मृत भएर बगिरहेको हओस् ! अहिले त … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तस्बिर जलाई गयौ किन ?

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ चिठी च्याती गयौ किन ? तस्बिर जलाई गयौ किन ? मेरो सुन्दर सपनाको , महल ढलाई गयौ किन ? बाचा तोड्यौ कसम तोड्यौ, दुइटा मुटु साटी जिउने , निस्ठुरी भै धेरै टाढा, छाडी मलाई गयौ किन ?

Posted in गजल | Tagged | Leave a comment

कविता : पिंजडा भित्रका कबिता

~प्रकाश सुनुवार ‘निराकार’~ नेलकडी ठोकेर पिंजडा भित्र बन्दी बनाइएको शताब्दीयौं भयो – मेरो कबिता ! पिंजडा – दन्तेकथाको एकिकरणको, अन्धा/ बहिरा/ लाटा राजतन्त्रको, पञ्चायत नामको, झुक्याउने प्रजातन्त्रको, फोस्रो लोकतन्त्रको, प्रमाणीत हुन नसकेको गणतन्त्रको । पिंजडाले रुप फेरिरहने/ परिबर्तन भैरहने कबिताको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध जित्ने हरु लाई एक सानो सन्देश

~सन्जीव बंकिम~ भनिरहनु पर्दैन युद्ध आँफै मा एक घ्रिणित फोहोरी खेल हो जहाँ हामी अहमता का हुन्कार भरी रहेका हुन्छौ दुश्मन हरु लाई नस्तनाबुद पारी रहेको चर्चा गरी रहेका हुन्छौ हामी कति असत्य बोली रहेका छौ कि फँला फँला युद्ध … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जाउँ हिँड सुन्तली-ओलाङ्चुङ गोला !

~ध्रुबकुमार सापकोटा~ रात भरी भरी गल्ली गल्ली बाट भुस्याहा कुकुरहरुको अट्टहासले मेरो निदलाई तर्साउँछ खै सुन्तली, त्यो स्याल कराएको आवाज ? झिस्मिसे हुनु धेरै पहिले देखि रातको प्रथम प्रहर सम्म मोटरगाडीको कोलाहलले

Posted in कविता | Tagged | Leave a comment

कविता : राजधानी

~अकेला यात्री~ यो राजधानीको साँघुरा कोठाहरूबाट यी नानीहरूलाई ठूलो चौरमा पु¥याएर कहिले भेट्नु हामी दुई जना एकान्तमा धित मारेर मध्यराति ढोका ढकढकिन्छ एकाबिहानै लुगा पनि लाउन नपाई घरबेटीले– ढोका ढकढकिन्छ प्रायशः मलाई स्वतन्त्रता र सौहार्दता बाँच्न मन लाग्छ तर यो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : उर्गेनको घोडा,एउटा विषम समयको अनुवाद

~सुवास खनाल~ सेतासेता घोडाहरूका हजारौँ आकृतिहरू हिउँ फुस्फुसाएझैँ कोठाभरि रङमङिएका थिए ,सम्पूर्ण कोठा त्रिआयामिक क्यान्भासझैँ लाग्थ्यो , र यो घोडा हो उर्गेनको घोडा । एउटा अमुर्त पोटे«टजस्तो घोडाको बयान छ यहाँ ,कथाको शुरुवाततिर । यो कथा होइन वास्तविकता हो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : नयाँ जीवनको खाका

~राजेन्द्र तारकिणी~ (सायद मान्छेले धरतीलाई पिलाइदिएको थियो– एक शिशी विष र, धरती बहुलायो– नियम उल्टापुल्टा परे बाङ्गाटिङ्गा तरङ्ग विनाश प्युँदै आए जीवन टुक्रिए/आशा चुँडिए सपना कच्याककुचुक परे) कति खरानीमय बगर मात्रै हेरिबस्नु अब ?

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~तेजविक्रम कार्की~ बिर्सिएर हिडेछु भने एक दिन आफैंलाई जोडेर दियोहरु – घाम लेख्दै हिडुँ बगेर पानी-पानी समुन्द्र लेख्दै हिडुँ उज्यालोको साना साना झिल्काहरु चोरेर जुनकीरी-जुनकीरीहरुले जुन लेख्दै हिडुँ

Posted in कविता | Tagged | Leave a comment

कविता : रोबोट हुनुको विरुद्दमा उभिएको – “मानिस” ।

~अनमोल कडेँल~ रोबोट सगँ , आँखा जस्तै “लेन्स” हुन सक्छ तर , रोबोट सगँ मान्छेको मुख जस्तै बोल्ने “स्पिकर” पनि हुन्छ तर , रोबोट सगँ , दिमाख जस्तै काम गर्ने एउटा “यन्त्र” हुन्छ तर , रोबोट सगँ मान्छेको जस्तै तारहरु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाऊले एक बालक सम्झेर

~मनु मन्जिल~ म चाहन्छू भेटीदा बालक संगै भेटियोस मुस्कान भेट्दा फुलसॅगै भेटियोस वसन्त मानौ सोधियो कि उस्का बाबू कहा छन बालकले सानो औलाले देखाओस् चौतारा भरी बसेर हासी रहेका मानिस र भनोस् त्यहाको यौटा हासो उसको घरको हो। मानौ सोधियो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : आदिवासी केटीहरूको बारेमा

~निर्मला पुतुल~ अनुवाद : मनोज बोगटी त्यसै त काली भित्रबाट चम्किने सेतो दाँतजस्तो मलिन हुन्छ उ। कोमल हुन्छ उ। जब हाँस्छ उ फिनाइल-दूध पोखेजस्तो निश्चल हाँसो झर झर गर्दै गर्छ पहाडबाट

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : विश्वास गरेर हेर्दा

~राज आशातीत~ एउटा फूल आफ्नै आंखाबाट ओर्लीरहेछ …… चौबन्दी तुना हुँदै! अर्को भमरा पिल्छिएको सुंडो लिएर भुन्भुनाइरहेको छ

Posted in कविता | Tagged | Leave a comment

गजल : बजार जस्तो !

~राबत~ आहा यार, तिम्रो त घर पनि बजार जस्तो ! कोही किनिन, कोही बेचिन तैयार जस्तो । यो बाटोमा जस्ले मुट्ठी उठाएर हिँड्न सक्छ एक्लै पर्ला उ, तर देखिन्छ हजार जस्तो ।

Posted in गजल | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : भोक

~रुमानी राई~ बिद्यालयबाट आउनसाथ ऊ अर्थाथ सहदेव बिस्तारामा डङ्ग….लड्यो । मानौँ उसले दिनभर शारिरीक बलको काम गरेको छ र लखतरान थाकेको छ । उसले आँखा चिम्म गर्यो । चारैतिर आँध्यारोको साम्राज्य स्थापित भयो । एक लामो स्वास खिचेर छोड्यो । करिब … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुश्मन

~मनु मन्जिल~ मेरो एउटा दुश्मन छ जो मलाइ फोहर जत्तिकै घृणा गर्छ तर म उसलाई फुल जत्तिकै मन पराउँछु उ मेरो अनुहारमा घाम नउदाउनु भन्छ मेरो बगैंचामा बसन्त नआउनु भन्छ मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ मेरो आँगनका फुलले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जान देउ

~गणेश पुर्बछाने मगर~ छोडी जाने मायालु लाइ ,, जान देउ व्यर्थै….उस्को पछी लाग्छौ किन?? जब यँहा ….दुनिया नै स्वार्थी छ भने छोडी जाने निस्ठुरीको ,, फेरी आसा गर्छौ किन?? जाने ले त गइ नै हाल्छ ,,छोडी एक्लै पारि तिमीलाई उस्को … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जेठको गर्मीमा एउटी स्त्री

~हरि अधिकारी~ धूलाम्य राजमार्गको उदास किनारामा असरल्ल पसारिएको एक चोक्टो घामलाई थोत्रो छाताझैँ ओढेर हिले अलकत्राले फ्याँकेको अप्रिय आँचलाई तीन चौथाई देखिएका स्तनका बीचमा काखे बालकलाई झैँ घुसारेर पहेलिँदै गएको परबरको वार्धक्यसँग बिर्सिदै जान लागेको सपनाको मण्डीमा

Posted in कविता | Tagged | Leave a comment

मैथिली कविता : बापक ब्यथा

~रंजित निस्पक्ष~ केहन निर्लज तों भेले ओली, बापक नाम हँसेले रै ! केहन बंशमें जन्म भेलौ तोहर, खन्दानक नाम घिनेले रै ! बढ घिर्णित हम भेनौ ओली, जे जन्म देलियौ हम तोरा रै ! अई स बरहिंया निपुतरे रहितौं, नै … Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment