Author Archives: Editor

कविता : डायस्पोराको मान्छे

~गोपीकृष्ण प्रसाई~ आउँदै गरेको देखेँ लण्डनको सडकमा कुदिरहेका चिल्ला कारहरु उन्मत्त श्वेत वदनमा सजिने हिराका हारहरु मानौँ ईन्द्रको नन्दन वनमा विहार चलिरहेछ मानौं रातको व्यग्रताले चाँडै दिन ढलिरहेछ तर त्यो नेपाली मन आफ्नो मुस्कानमा अभ्यस्त भई सकेको छ आफ्नै इतिहास … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हुँदो हो त

~करूण थापा~ कहाँ रुन्थें आँसु झार्दै पुछ्ने हात हुँदो हो त । तिमी विना बाँच्न सक्ने मेरो आँट हुँदो हो त । बेहोशी मै जीवन काट्थें तिमीलाई सम्झिएर जुनी जुनी बेहोश गर्ने यस्तो मात हुँदो हो त ।

Posted in गजल | Tagged | Leave a comment

गजल : पाउँछौ के गरि ?

~रेनुका पौडेल “आहात”~ मान सम्मान त्यै पाउँछौ के गरि ? गइसकेको कुरा ल्याउँछौ के गरि ? जिन्दगी सुम्पिदा तर्कियौ झर्कियौ आज फर्कि नजिक आउँछौ के गरि ?

Posted in गजल | Tagged | Leave a comment

गीत : मेरो गीत म उभेको

~नगेन्द्र थापा~ मेरो गीत म उभेको धुलोले सुनोस मेरो गीत यहींको चुपचापले सुनोस मेरो गीत कोहि सुन्दैन भने आकाश बताशले सुनोस मुटुका अनेक रगत साँधी सुस्केरा अनि पसिनाले सुनोस

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : तीनटाउके भूत

~अजयभद्र खनाल~ झरीले मक्किएको झ्याल खोलेर म तल बेँसीतिर हेर्छु । तरेली परेका डाँडाका नाकहरू जाँगर नलागी नलागी तुयेंल छिचोलेर चिहाइरहेका छन् । निकै पर एउटा सानो बस्ती टल्किरहेको छ । त्यही ठाउँमा, जहाँ ती डाँडाहरूले भिरालिएर गंगाको विशाल मैदानमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : यो हजुरको मुहार

~कुन्दन खनाल~ यो हजुरको मुहार झलल झलल नारायणी बगे झैं मनै सलल सलल सलल सलललल म पनि जाउँला मुग्लिङ बजार ए माया पर्ख ल आँखै राम्रो भन्छन् तिम्रो चालै राम्रो भन्छन् तिम्रो माया नपाई यहाँ कति कति मर्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विदेश पलायन हुनेहरु

~किरण पौड्याल~ अनुभूति विहिन अनुहार लिएर जीवनको अँधेरीलाई मेटाउन चम्किलो आकासमा उड्न पहल गर्नेहरु, दुःखका पोटेलीलाई सल्टाउन पहेंला दाँत खिसिक्क खोली साग र सिस्नुको सहज विकल्प खोज्न अग्ला डाँडा काटी बाहिरिनेहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : छेडिदिए हुन्छ

~किरण ‘विवश’~ छिया-छिया मुटु मेरो छेडिदेउ एक अर्को छेद, के फरक भो र – हिजो लाचार थिएँ आज विवश भएँ, सहिदिन्छु फेरि के भो र – तिमी टुक्र्याऊ, कुड्क्याउ, भाग लगाई बाँडिदेऊ, छ स्वीकार्य त्यो पनि यदि खुसी हुन्छेऊ तिमी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : एउटी परी पसेकी छिन्

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ हिजोआज मुटु भित्र एउटी परी पसेकी छिन् मेरो मनको मझेरीमा मुस्कुराउँदै बसेकी छिन् |1| म के बयान गरु उनको यी गजलका सेरहरुमा , लाग्छ उनी स्वर्ग बाट यो धरतीमा खसेकी छिन् |2|

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगी नै सुम्पिदिउँ कि

~पुष्पा खनाल~ मनको जेलको प्रेमकैदी म टाढा जान मन लाग्यो फरार भएर उसको यादबाट बच्न सकिन जिन्दगी नै सुम्पिदिउँ कि करार गरेर पल्टाउँछु एक एक पाना यसकै नाम लेखेको छ

Posted in कविता | Tagged | Leave a comment

गजल : बिष पिलाउन तयार छु

~कृष्ण पौड्याल~ आफ्नै हातले आफुलाई बिष पिलाउन तयार छु। गर्छेऊ भने मरेरै विश्वास दिलाउन तयार छु॥ पराई घर भित्रिदैमा जुठो ठानेको होईन मैले। आउछेऊ भने सम्बन्ध अझै मिलाउन तयार छु॥

Posted in गजल | Tagged | Leave a comment

कविता : मृत इश्वर

~गणेश कार्की~ इश्वर बाचुन्जेल यत्र-तत्र घुमिरह्यो अनेक ठक्कर खाएर सयों भुमरिमा रुमल्लिएर कहाँ-कहाँ मात्र पुगेन इश्वर के-के मात्र भोगेन इश्वरले जीवनको बृत बनाउन कुन-कुन बाटो मात्र हिडेन इश्वर जब समयलाई उछिन्न सकेन जब जीवनको बृत बनेन मृत इश्वर धेरै दिनसम्म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : पानी

~खिमानन्द पोखरेल~ मेरो सानी छोरी पिऊ, पानी घुटु घुटु पिउँदा पानी हर्रर जिउ सर्रर मुटु मुटु यसै गरी पानी पिउने गर्नुपर्छ जान जसले दिन्छ राम्रो अर्ति उसैलाई मान ।

Posted in बाल कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : मातृभूमिको यात्रा र सामाजिक सेवाको अनुभवहरु

~केशव भण्डारी~ करिब चार वर्षको लामो अन्तरालपछि आफ्नो जन्मभूमि गुल्मी जाने तरखरले म निकै हौसिएको थिए । चौरासी नाघी सक्नु भएको आमाको हातको टीका लगाउन दसँैमा नेपाल जान पाउँदा बेलायतमा परिवारलाई चाडपर्वको बेलामा छोड्नु पर्दा पनि मैले अप्ठेरो मानेको थिइन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : रोदन….

~रुमन न्यौपाने ‘अमन्त’~ निःसन्देह उनका हातहरुले स्र्पश गरे भने एकलाशमा ! म भित्र प्रबाहीत हुने थियो । मैले चिन्ने छु कोसांै दुरी बाट अझै बेदना लुकेको छैन पिरोल्लीएको मन बुझेको छैन स्पर्श ति हातहरुको सुगन्ध अझै भुलेको छैन ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : साइवर क्लव

~हिरण्यकुमारी पाठक~ त्यस दिन मलाई घरमा उकुसमुकुस भयो । केही काम गर्न पनि मन लागेन । दिन पनि धुम्म परिरहेछ । पानी पनि परेको छैन । बडो उदास उदास दिन भएको छ । मानो कुनै अशुभ समाचार सुन्न पर्लाजस्तो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : हनुमानले सूर्य निले

~कार्तिकेय घिमिरे~ एउटा रमाइलो जङ्गल थियो । त्यहाँ एक दिन एउटा बाँदरले चिटिक्क परेको बच्चा जन्मायो । बच्चा अचम्मको थियो । जन्मेको केही छिनमै ऊ आकासमा उड्न थाल्यो । ऊ निकै फुर्तिलो थियो । रूखको एउटा हाँगाबाट अर्को हाँगामा उफ्रन्थ्यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बजगाईंको “हिउँको तन्ना” हेर्दा

~रामकुमार पाँडे~ हिउँको तन्ना कृष्णको बाँसुरीमा पानीको रेखा । हाइकु जापानी शैलीको छोटो कविता हो । यो ५-७-५ अक्षरीय शब्द संयोजनमा रचना गरिन्छ । प्रकृति दर्शनमा केन्द्रीत रही तीन हरफमा रचना हुने हाइकु सघन दर्शन परिदर्शनको उच्चकोटीको काव्य हो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : फूलको कोपि प्रति

~लक्ष्मी प्रसाद देवकोटा~ क. अनलशिखाझैं कलिली सुन्दर ! मधु–ज्वाला ! यो दृगपथमा पक्राउ बसे सरि, भन तिमी को ? ए ! बाला ! ख. मधुर रहस्यको मुसमुस ग्रन्थि, रेशमी–तहले बाँधी, वाणी तिरस्कारिणी ! बोल्छयौ सुगन्धका के शव्द–कणीहरु सम्मोहनले साधी ?

Posted in कविता | Tagged | Leave a comment

गजल : धुन हराएँ मैले

~प्रेमविनोद नन्दन~ गाउँदा गाउँदै गीतको धुन हराएँ मैले रात त मसँग नै छ, जून हराएँ मैले बैगुनहरू यता पनि, छन् है उता पनि मानिसहरूको त्यो भीडमा, गुन हराएँ मैले

Posted in गजल | Tagged | Leave a comment

गीत : सुर्के थैली खै

~राजन राज सिवाकोटी~ लै बरी लै बरी लै लै बरी लै बरी लै बरी लै लै लै बरी लै लै लै पटुकीमा सिउरेको सुर्के थैली खै सुर्के थैली खै भन सुर्के थैली खै चौबन्दीमा तुनेको सुर्के थैली खै लै बरी … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रगाढ साईनो जोगाऊँ बटौलीसँग

~दीपक कुमार ज्ञवाली~ अस्तित्व खोजीको वहानामा मेरो अस्तित्व मेटाईदिनेहरु नुनतेल साट्नकोलागि घिउका कनेष्टर बोकेर ताँति लागेका हाम्रा पाईलाहरु सिस्नेको ओरालो झर्दै सिस्ने खोला तर्दै बटौलीको तिनाउ नदीको हावासंग मितेरी गाँस्दै पुल्चोकको सडकको डिलमा डोको बिसाऊने ठाउँ खोज्दै घिउका कनेष्टर किन्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अलेनामा झुण्ड्याउन

~जेल सङ्घर्ष ~ आमा अब त केही गर्ने कि भनेर हजुरलाई खुशी बनाउन अनि मलाई हुर्काउन लागेको अमूल्य मेहनतको पंैचो तिर्न निजी सम्पत्ति मानेर डिग्री उत्तीर्णको प्रमाणपत्ररुपी

Posted in कविता | Tagged | Leave a comment

गीत : भुल गर्ने रहर

~सुरेन्द्र राना~ यो मनको के भर हुन्छ बहकिने मात्र डर हुन्छ जानी जानी पनि यहाँ भुल गर्ने रहर हुन्छ छिनमै भत्केर जाने बालुवाको घर हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : आशु दिने मान्छे तिमी !

~अभागी कान्छा गाउँले~ जिन्दगीमा हाँसो लिई, आशु दिने मान्छे तिमी ! विश्वासमा धोका दीई, आशु दिने मान्छे तिमी !! निर्दोश ति नजरले, जाली माया बिछ्याएर देखावटी सँगै जिई, आशु दिने मान्छे तिमी !!

Posted in गजल | Tagged | Leave a comment

कथा : जीवनको गोरेटोमा

~दीपेन्द्र शर्मा~ आज हामी उसलाइ भेट्न जादै थियौ।हो, उसको श्रीमानले हिजो फोन गरेर उ अहिले हस्पिटलमा भएको अनि उनिहरुलाइ पुत्रलाभ भएको कुरा सुनाएको थियो। मैले मेरी श्रीमतीलाइ यस अघि अदितिको बारेमा धेर थोर कुरा नगरेको होइन। तेसैले उ पनि मसङै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भन्छु जय नेपाल

~हिरालाल तण्डुकार~ मेरै सगरमाथा छैन मैले चढेको, हिमालको हिउँ कस्तो हुन्छ ? छैन मैले छोएको ।। मेरै नेपाल सकल छैन मैले घुमेको, को कहाँ के–कस्ता छन् छैन मैले जानेको ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : झण्डा नओढाउनु !

~बाबुराम पन्थी ‘गुल्मेली’~ म मरे पछी मेरो लाश लाई राष्ट्रिय झन्डा वा राजनैतिक दलको झण्डा नओढाउनु ! म नेपाल आमाको सन्तान हो । मेरो लाश ढाक्न कात्रो भए पुग्छ । मेरो लाशसंगै मेरो देशको गौरव मेरो देशलाई संसार सामु परिचय … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : भन्नेगरेकी छु म

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित मर्स्याङ्दीतटदेखि माथितिरको स्वर्लोकको साँधमा सांग्रीला र हिमालका नजिकको देवालयोद्यानमा फुल्थे फूलहरू विभिन्न थरिका हेरेर चौतर्फमा। डुल्दैथे भ्रमरा पराग रसमा जिभ्रो लगाईकन।।01।। पाखा सुन्दर,स्वच्छ शैल बनिए,जामेन पानी कतै। बारीमा हरिया भएर लहरा उर्लेर आए अझै। … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : पर्दा पछाडिको भूत

~निरज भट्टराई ‘मनोरोगी’ ~ तर्साउछ जहिले , हप्काउछ जहिले नदेखिने ,नसुनीइने, पर्दा पछाडी को भूत चोर होइन , भ्रस्ट होइन सोझो निमुखा म नेपालीलाई घुस्याहा होइन , होइन म दक्षिण,

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : हर्षको पल

~इलामेली टीकाराम दुलाल~ छन्द : भुजङ्गप्रयात तिमी भद्रतारा मता जून हुन्छु उतै बास मारे मता रून्छु रून्छु सधा साथ साथै बसौला भनेर कहाँ हुन्छ राजा तिमी दूर् बनेर ।१। भनेको थिए यादले यादले त्यो अरू खास केही कुरा हैन भाको … Continue reading →

Posted in छन्द कविता | Leave a comment

गजल : रहर भाग्दो रहेछ

~लिल बहादुर खत्री ‘ललित’~ हरियालिनि कुनै वेला उजाड लाग्दो रहेछ मन सुन्य भएपछि विरह जाग्दो रहेछ । हराएका खुसिहरु एकान्तमा खोज्दा-खोज्दा खै कुन्नि आफै किन वैराग लाग्दो रहेछ ।

Posted in गजल | Tagged | Leave a comment