Author Archives: Editor

कविता : जनता

~बद्री दाहाल~ धार-आधार वा तार, वार-पार गराउने । ‘जनता’ ममता-माया, हारजस्तै सजाउने ।। साधु-चोर, धनी-दीन, ‘जनतै’ गर्छ आदर । विद्वान्-मूर्ख सबै भन्छन्, ‘जनता’ छन् समादर ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो हलुवा भयो

~प्रकाश बस्नेत~ चामल छैन भकारीमा खाना मेरो हलुवा भयो अमिरको धन हीरा, मेरो चाहिँ बालुवा भयो । ब्रेकफास्टमा केक कफी खान्छन् रे पैसावाल मेरो मुखमा मीठो पिठो खाजा पुवा भयो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : राष्ट्रसेवाः मेरो कर्म

~अरुणबहादुर खत्री “नदी”~ आफू जन्मेको देशको माटोको सेवा गरिरहन पाउँ सुखी जीवन बिताएर सधैंभरि बाँचिरहन पाउँ । लोभलालच छैन मलाई सानो ठूलो केहीको पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बाँस घारी र बदलिएको प्रेम

~रुमन न्यौपाने ‘अमन्त’~ ज्यादाजसो, बाँसघारी बाट निस्कीएको सुसेली समाउँदा । बास बस्ने चराहरुको प्रेमिल भाषा खोज्छु । म बुझ्छु तिनीहरुको प्रतिध्वनी जहाँ, असाधारण प्रेमको गुञ्जायस हुन्छ । त्यहाँ ब्याप्त प्रेमको परिभाषामा मैले एउटै भाषा पाँउछु । म बुझदिन कहिलेकाँही, बुझें … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सम्झिनु नै कस्लाई छ र ?

~कमल प्रकाश पौडेल ~ तिमीलाई विर्सिएर, सम्झिनु नै कस्लाई छ र ? सारा जीवन जवानी, आजन्म नि तिम्रै भर ।। सुनैसुनको महल् बन्छ, तिम्रो मनमा बस्दाखेरि झुपडी नै किन नहोस्, छाउने होस् न सुकेको खर ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मार्ने भए मार जुनी

~भिम बहादुर थापा~ निस्वार्थ यो मेरो माया, मार्ने भए मार जुनी कठबारले दिलको ढोका, बार्ने भए बार जुनी ** सक्दो गरें हात बढाएँ, तिम्रो मन् खै साँट्दिनौ त विश्वासघाती साथ अन्तै, सार्ने भए सार जुनी

Posted in गजल | Tagged | Leave a comment

गजल : बास दिन्छौ कि ?

~आचार्य प्रभा~ तिम्रो मनको मझेरिमा बास दिन्छौ कि ? बाँच्ने रहर पुरा गर्न सास दिन्छौ कि ? तिम्रो निम्ती भएँ म त,भिखारी सरि नै थोरै खुशी बटुल्नलाई आश दिन्छौ कि ?

Posted in गजल | Tagged | Leave a comment

कविता : अडान

~केवल गंगा गुरुङ~ अव मैले भने जस्तै तिमीले हुनै पर्छ मलाई साथ लिई तिमी संसार डुल्नु पर्छ च्याति दिनेछु म ति म्रो आँखाबाट लालचका पोष्टरहरु खोली दिनेछु म तिम्रो आँखामा बाँधिएका अन्धकारका पट्टीहरु अव मैले भने जस्तै तिमीले हुनै पर्छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : नाट्यसाहित्यमा कोशेढुङ्गा : प्रगतिवादी एकाङ्की नाटक

~रमेश शर्मा~ साहित्य भनेको मानव जीवनका सामुहिक आवेगहरूको कलात्मक प्रतिबिम्बन हो । मार्क्सवादले कला साहित्यलाई सामाजिक चेतना र विशिष्ट मानव कार्यकलापको रूपमा व्याख्या गरेको छ । कविला समाज हुँदै एक्काइसौँ शताब्दीसम्म मानव जातिले समाज विकासको क्रममा बेहोरेका ठूला ठूला राजनीतिक, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

लघुकथा : आन्द्रामा घाउ

~डा. रविन्द्र समीर~ एक जना वृद्ध दुर्गमदेखि उपचार गर्न सुगमको एक निजी अस्पताल गए । डाक्टरले उनलाई सोधे— ‘के हुन्छ बा तपाईंलाई ?’ चिकित्सकको पहिलो प्रश्नको उत्तर दिए— ‘आन्द्रामा घाउ भएको छ ।’ ‘कसरी थाहा पाउनुभयो, आन्द्रामा घाउ भएको छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मातातिर्थ औँशी

~दिवाकर स्वप्नील~ “आज त मातातिर्थ औँसी , सबैले आफ्नी आमाको मुख हेर्नेदिन । आमालाई खुशी पार्ने दिन । कतिका आमा मृत्युपछिको लोकमा पुगेका छन् तापनि आमालाई सम्झिएर मठमन्दिरमा पुग्छन् ।” उसले आँखा खोल्नेबित्तिकै फेसबुक खोल्दा आजको दिनबारे थाहा पाएपछी एकैसाथ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : दुःखी चेली

~डा. हेमनाथ घिमिरे~ लहरै फुले जाही र जुही बेली र चमेली । फुलीनौ तिमी किन हो कैल्यै भन न ए चेली ॥ आएन बैंश लागेन मात जवानी सकियो । मनका ईच्छा सपना सारा मनमै रोकियो ॥ १ ॥ दाउरा घाँस … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : गुलाबका फुलहरु

~प्रकाश सुनुवार ‘निराकार’~ आगो छेक्न सक्ने ताकत जमाएका फुलहरु पस्किंदै थिए सुगन्ध अनि सुगन्धित हुँदै थिए पृथक अस्तित्वका लागि कोलम्बो तिर ठडिएका नदिहरु र, गुलाबका फुलका सुगन्धित शक्तीले प्रज्वलित हुंदै कनाकरायन नदिसंगै थुप्रै नदिहरु राजपक्षका जल्लाहदहरुको सामनामा उर्लिसकेका थिए सयौं … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुत्तरित प्रश्न

~शोभा सुनुवार~ माटो यही हो हिजो पनि स्वच्छ देशभक्त जन्माउने किन आज विदेशी मनमस्तिस्कले आक्रान्त बन्दैछ ? हिमाल यही हो हिजो पनि मन्द मुस्कान जन्माउने किन आज नेपालआमा चित्कारले आक्रान्त बन्दैछ ? हजुर, गुराँस फुल्ने पखेरा उजाड उजाड फुङ्गिएको छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सुनुवार भाषी कविता : मिलोशिलो पाइचा

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~ ताँ माराम ब्लाक चिपतिमे, आँ पिया काइयो पोअ्ने माचाबु, गुइ ग्याइशा किअ्ब मुरु माथिङा, मोदे दा काई गेथि बोअ्ने माचाबु ।। गेथ् लाचा कालि मुर पेचचा मालताउ, मुर पेचचा कालि खोइल किःचा मालताउ,

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कविता : जिजिविषा

~चेरेहामसो क्याबा~ समयको चक्रले कहिले किचिएर कहिले थिचिएर जाँतोको मानी झैं खिइँदै गएको आयुको ह्राससँगै कतै पानि झरीले ओसिएर खरीजुका झैं ढाडिदै गएको कतै धामको रापले पिल्सिएर मरिचको दाना झैं चाउरिदै आएको

Posted in कविता | Tagged | Leave a comment

कथा : नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ

~आचार्य प्रभा~ मान्छेका आ -आफ्नै मन पर्ने कुराहरु हुन्छन ती मध्ये कसैलाई कुकुर, बिरालो, फूल, बुढा, बुढी, केटा, केटी मन पर्छ। मलाई पनि यी मध्येमा फूल र केटा ,केटी असाध्य मन पर्छ। बुढा,बुढी ,केटा ,केटी मन पराउनु भनेको कर्तब्यभित्रको कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूल किन फुल्छ !

~रामकुमार पाँडे~ फूल फुल्नको लागि फुल्दैन फूल फुलाएर फुल्छ तर ढुङ्गा पग्लिनुपर्छ माटो भएर माटो पग्लिनुपर्छ फूल भएर । फूल सुन्दरताको लागि फुल्दैन

Posted in कविता | Tagged | Leave a comment

गजल : स्वार्थ पुरा गरेपछी

~कृष्ण पौड्याल~ भेट्नु किन पर्यो स्वार्थ पुरा गरेपछी। नलिनु भो मेरो नाम जिउदै मरेपछी॥ सँगै बाच्ने मर्ने बाचा कसम मन्दिरका। सबै त्यागी एक्लै एक्लै तिमी खोली तरेपछी॥

Posted in गजल | Tagged | Leave a comment

नेपाली भजन : हरिकिर्तन गाऊँ

~उज्ज्वल जि.सी~ प्रभुको दर्शन गर्न कसरी म पाऊँ मनको मन्दिर धाऊं या हरिकिर्तन गाऊँ । मानव चोला दिएर कसरी खेल खेलायौ हृदयवासी भई जीवनलीला आफैले सिकायौ

Posted in नेपाली भजन | Tagged | Leave a comment

स्रष्टा परिचय : स्मृति विम्बमा कवि कैलाश भण्डारी

~प्रद्मुम्न जोशी~ पशुपतिको देवपत्तनमा वि.सं. २०१६ मङ्सिर १९ गते जन्मनु भएका कवि कैलाश भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको क्षेत्रमा दिनु भएको योगदान अविस्मरणीय रहेको छ । जीवनको अन्तिम घडीसम्म पनि कवि भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको विकासमा एकसाथ … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

मुक्तक : स्वाभिमान

~दिब्य गिरी~ देवी-देवता सबै सात समुद्र पारी तारे पछि; सीमा स्तम्भ सबै सीमा वारी सारे पछि आफ्नो भन्ने बाकी के नै रह्यो र मित्र !

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रश्न

~सोम खनाल~ के छ यो टाउकोमा र यती भारी हुन्छ ? यो मन किन डाडा वारी कहिले पारी हुन्छ ? मौनतामा यो मुटुले कस्तो ब्यथा सुन्छ ? किन छाती अनायसै आशु झारी रुन्छ ? को हो गरीब को हो धनी, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अतितलाई बिर्स नेता

~रामचन्द्र कार्की~ जेजे भयो भइ गयो, अतितलाई बिर्स नेता, संबिधान बनाउन, सबै मिली घिर्स नेता । कयौ बिते जेठ चौध, भदौसंगै मङ्सिर पनि, तिमीलाई मस्ती भाछ, जनतालाई पिर्छ नेता ।

Posted in गजल | Tagged | Leave a comment

कविता : घण्टेयुद्ध

~शिरिष लामिछाने~ वीर शम्शेरको घण्टाघरले हान्न नसकेको घण्टा म अहिले हान्दैछु सुन्दा अचम्म लाग्ला घडीले हान्न नसकेको घण्टा एक मनुवाले कसरी हान्यो? तर यथार्थको रमाइलो पक्ष घण्टा हानिदैछन् धमाधम, युद्ध चलिरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : शहिदपत्नीको किड्नी

~दीपक नेपाल~ भूकम्पले घर भत्काएपछि बिचल्ली भयो शान्ति नेपालको । सम्पत्ति भन्नु त्यही एउटा घर थियो । कमाई खाने खेतबारी थिएन । बनीबुतो गरेर खान्थिन् । बस्नलाई त्यही एकतले घर थियो । अब त्यो पनि रहेन । शान्तिको परिवारमा अरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो माया

~दिलिप योन्जन~ सधै-सधै छाती भरी तिम्रो माया छ नि छाडी गएउ ब्यथा पिडा मुटु भो खरानी फुके पनि टुना मुना रहिरह्यो मोहोनी ! रातै भिज्यो आसुले दिने भो सपनी सम्झनाले पोलिरह्दा हासौ कि रोउ नी

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : वन र बिजुली

~बसन्त थापा~ त्यो घटना भएको पुग न पुग ६ दशकको समयमा नरेलाई मैले फेरि कहिल्यै देखिनँरु। के भयो होला उसलाई त्यसपछि? माथ्लो छाताचोकमा पुरानो बजारतर्फका घरहरूको लर्कोमा एउटा टुमौटे घर बनाएर सरेपछि हामी बजारिया त भयौं तर, त्यहाँको समग्र वातावरण … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : तेस्रो गाउँ

~प्रवीण खालिङ~ अझै पनि साहुलियत पर्खिबस्नुपर्छ भिजेल पोल्टिक्सले निर्धारित भाग्य अभावको सोमालियामा अपुगको टुमटुम बाँच्छ। बरू भुँइचालो जानुनी राहत ओखाइ पोखाइ हुन्थो, एक पेट भरिन्थ्यो वीरमानको दिवास्वप्न बोल्छ। फायलमा बनिएको सटक भएर कलेज सकेकी छोरी आइपुग्छे ब्युटीपार्लर चलाउने योजना लिएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : रिवाजको डुवान

~कस्तुप गैरे~ जबसँगै, भाँडाकुटि खेलेका साथिहरुले दुष्मनको सुचिमा चढाए मेरो नाम, प्रेमले नजर जुधाउनेरुले घृणाको तस्बिर सजाए आँखामा, आंगन जोडिएका छिमेकिहरुले पगरी गुथाइदिए सामन्ती वर्गको हातैमा रोकि खान भनेर उचालेको गाँस सोधें आमासँग, चामल किन्ने पैसाको आयश्रोत

Posted in कविता | Tagged | Leave a comment

कविता : खाडल

~टीका ‘भाइ’~ एउटै शरीर उसको र मेरो पनि छ त्यो शरीर जीवनको महक बोकेर हिड्छ यो शरीर याचनाको दुर्गन्ध बोकेर हिड्छ त्यो शरीर जसको एक- एक पाइला इतिहास बोकेर हिड्छ यो शरीर छ जो कि प्रत्येक पाइला मेटिएको इतिहास भएर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रक्सी

~रमेश दियाली~ जूनकीरीको त्यो उज्यालोमा बेलुकी भात खान बसे । खानै मन भएन । जुरुक्क उठ्दा आमाले सोधिन्– दिउँसो के खाइस् ? भन्न मन लागेको थियो, ‘खालि गुन्दु्रक र फर्सी मात्र ? अहँ त्यसो भनिनँ । चुँडिएको चप्पललाई डोरीको फित्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment