Author Archives: Editor

व्यङ्ग्य निबन्ध : अंकल प्रचण्ड, माईन्ड नगर्नु ल !

~सन्तोष चिमरिया~ अंकल प्रचण्ड ! म पहिला खाडी तिर बस्थे । छुट्टीमा आउँदा घरजम गरियो । सत्ता र स्वास्नी कस्लाई छोड्न मन लाग्छ र अंकल । तर नछोडी हुन्न । तपाईंका भागमा ९ महिना परेको भन्ने सुन्छु । बिहे पछी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : काकी

~महेश पौड्याल~ आज बिहान म केही ढिलो गरी उठें । घाम झुल्केर आँगनभरि पोख्खिन लागेका थिए, कसैको स्कुटर बडो वेगसित आएर मेरो आँगनछेउ रोक्कियो । काकीका छिमेकी बलरामदाइको छोरो पो रहेछ । “दाइ, काकीले लिन पठाउनु भएको, काका सारै भए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रित्तो शुभकामना

~आचार्य प्रभा~ खै !उन्मुक्त हाँसो तिम्रो अधरमा छैन शायद त्यसैले के शुभकामना दिउँ तिमीलाई ? हृदयमा संतापको दियो बालेर बांची रहेछौ या छातीभरी सन्त्रास बोकेर फिक्का हाँसो हाँसी रहेछौ दशै ,तिहारको रमझम अब त दन्त्यकथा बनी सक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेसिएका मनहरु

~ढक बहादुर बस्नेत ‘आकाश’~ प्रतिक्षा गदै बसेकि होलिन बन पाखा कुरेर… बिछोडले आसु रित्तिय होलान दिन रात रोयर… झझल्को लाग्छ दिनरात मलाइ मन बुझाउ कसरि… अतितका दिन कलपिदि होलिन रोइ होलिन बेसरि… प्रतिक्षा गरदै बसेकि होलिन

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : रहस्यमय भोगाइमा डुबुल्की मार्दा

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको कथासङ्ग्रह रहस्यमय भोगाइ दोश्रो हो । नेपाली समाजमा भेटिने विभिन्न प्रवृत्ति र चरित्रहरुलाई चित्रण गर्दै सुबिसुधाले कथाहरू बुनेकी छिन् । सामाजिक जीवनमा देखे भोगेको कलात्मक एवम् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मर्मस्पर्शी, व्यवहारिक र उत्कृष्टताको थोत्रो घुम

~प्रेम प्रसाद पौडेल~ विसं २०५१ सालमा मामाको आग्रहमा हिमवत खण्डको भागवत प्रवचनका क्रममा डा. सत्यराज थपलिया विरामी पर्नुभएको थियो । सिटामोल खाएर ९ दिनसम्म भागवत प्रवचन गरेका थपलिया घर फर्कदा लौरो टेकेर फर्कनुभएको थियो । घरमा पुगेपछि धर्मपत्नीले यस्तो विरामी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : औसत माया र जिबन

~रुमन न्यौपाने ‘अमन्त’~ अनुप्रास नमिलेको जिन्दगी बाँच्दै छु । कहिले काँहि पोखिन्छु सफेद पनामा । यादहरुको चपरा पल्टाएर, एक त्यान्द्रो खुसि खोज्दैछु । बिश्वास छैन? म त, बन्द जिबन भित्र दास भएको छु । कति समेट्नु भयहरु

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपालको सङ्गीत क्षेत्र र सिर्जन अविरलको पुस्तक

~मदनमणि दीक्षित~ पुराना सम्झना केलाउँदा सङ्गीत क्षेत्रका मेलवादेवी, मित्रसेन, तथा नेपालका आदि गायक सेतुराम बारे सम्झना हुन्छ । यी तिनै जना प्रसिद्ध गायक गायिकाका कलकत्तामा रेकर्ड गरिएका ग्रामोफोन रेकर्डहरू हाम्रो घर गहिरीधारा र विशालनगरमा बज्ने गर्थे र म आनन्दसाथ सुन्ने … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बहसमा उत्तरसिद्धान्त

~शार्दूल भट्टराई~ अपरम्परित चिन्तनका गुरु र अस्तित्ववादका अग्रदूत मानिने नित्से सनातन सङ्घर्षका कारण नारी र पुरुष कहिल्यै समान हुन नसक्ने ठोकुवा गर्छन् । उनले नैतिकता कर्ममा होइन मनोविज्ञानमा आधारित मानेका छन् । ईश्वरको मृत्युको घोषणा गर्ने यिनको अतिमानववाद नाजीवादको प्रेरक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नव बर्ष २०७४को धेरै शुभकामना ।।

सादा रहोस् जीवन, उच्च रहोस् बिचारहरु शून्य रहोस् पिर-व्यथा, सुखानन्दमा बितोस दिनहरु सत्काम निष्छल मनले सेवा गर्दै आफू फूल्न सकियोस् अन्तरको ईश भेटिएर अनन्त आकाश झै खुल्न सकियोस् मागूँ के म, के मेरो हो र यहाँ, अज्ञान हटोस् बरु संसारको … Continue reading →

Posted in Misc | Leave a comment

नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ

~राममान तृषित~ न धन त्यागेर त्यागी हुन्छ न जन त्यागेर त्यगी हुन्छ सच्चा त्यागी त्यही हुन्छ जो अहम त्यागेर त्यागी हुन्छ ।। पूजा पाठ को अर्थ हुँदैन जब सम्म भाव निस्वार्थ हुँदैन

Posted in नेपाली भजन | Tagged | Leave a comment

कविता : नव वर्ष

~राकेश कार्की~ एक साल अघि हामी बढ्यौँ कैयौँ साथी बाटोमा छोड्यौँ पुरा जीवन बाँच्ने अधिकार पाउन नवीन कामना बोकी नववर्ष आउन घर आँगन सुनसान गाउँ कसोरी भुलुँ जन्मेको ठाउँ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : विद्यार्थी शरणम् गच्छामि !

~धनराज गिरी~ “सर, सुर्ती छ ?” जम्काभेटमै प्राध्यापक आदर्शनारायण शर्मासित उनको परमप्रिय शिष्य रणसङ्ग्राम आफ्नो मागपत्र प्रस्तुत गर्दछ । प्रहरीले फेलापरेको अभियुक्तझैँ बन्दछन् प्रोफेसर शर्मा । हडबडमा गडबड होला भन्दै अत्यन्त संयमित हुँदै मसिनो स्वरमा बोल्दछन्– “बाबुलाई कुन ब्राण्ड चल्छ … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

संस्मरण : विमान चढ्नु अघिको मित्रता ओर्लिनासाथ समाप्त

~गीता थापा ‘दोषी’~ हामी आफ्नो गल्ती कमजोरीलाई पत्ता लगाएर सुधार्ने कर्म र आफ्नो गल्ती कमजोरी देख्न योग्य बन्न कहिल्यै पनि सक्दैनौं । आफ्ना सारा दोष कमजोरी अरुको थाप्लोमा थुपारेर सधैं पिरोलिई मात्र रहन्छौं । किनकी फत्फताउने, गनगनाउने अरु माथि दोषारोपण … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : नयाँ वर्ष लागेछ

~दिलिप योन्जन~ मिठा सपनामा डुब्दा डुब्दै सुख र शान्ति खोज्दा खोज्दै कुन बाटो कता जाउँ हेर्दा हेर्दै मन भरिको सवाल र जबाफको युद्धले एक पना बेदना, बिरह र गीत लेख्दा लेख्दै गन्तब्य भुलिएछ न त हिँदेर उदेश्य भेटियो न त … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लिवाङको चिसो

~पदम गौतम~ हरेक बिहान उसैगरी उज्यालो बाँडेजस्तो गर्दै समय निल्दै हिँड्ने घाम परै टल्कन्छ सिस्नेमा र, लिवाङ आङ तन्काउँदै उठ्छ । आकाश छ अनन्त बाँकी विश्वको जस्तै

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : हेटौंडा घुम्दा

~शीतल गिरी~ मनै त हो, कहिलेकाहीं डोरो चुँडिएको च·ाझैं हावामा कावा खेल्न चाहन्छ, बाढी भई छताछुल्ल हुन चाहन्छ, महादेवले किराँत रूप धारण गरी वन ज·लमा रमण गरेझैं प्रकृतिलाई नजिकबाट छाम्न चाहन्छ, कोइलीसँग मितेरी लगाउन चाहन्छ । यसो भनौं शहरी र … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : शिक्षा

~हुसैन खाँ~ सधैँ बन्छ शिक्षा सुधा जिन्दगीको सफा स्वच्छ संसार हो जिन्दगीको यही ज्ञान भण्डार हो जिन्दगीको कलाकारकै हो कला जिन्दगीको ।।१।। न चोरी हुने हो न लाग्ने छ अंश कि ज्ञानै बढेमा सुधर्ने छ वंश

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत नयाँ वर्ष

~ठाकुरमान लामा~ फेरि आयो मनमा नयाँ जोस छर्न खुसी र उमङ्गको उद्घोष गर्न भोलिका सुनौला दिन अनि बिहान साँच्दै नयाँ सपना र कल्पना आयौ तिमी फेरि हर दैलोदैलोमा हिजोका ती नमिठा तिक्तता मेट्न

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षको शुभकामना

~प्रकाश सुनुवार ‘निराकार’~ पुराना घाउहरुलाई पुर्ने संकल्प लिएर आलो पिडाहरुलाई मलम लगाउने सपनाहरु सजाएर आज फेरि उज्यालो भविष्यलाई देखेर एउटा दिन आएको छ एउटा इतिहासको भारी पिठिउँमा बोकेको छ अभाबहरुको भोक मेटाउने आशाहरु झुण्डाएर आएको छ असफलताहरुलाई नयाँ कोशिशहरु पस्किंदै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हरेक नयाँ वर्षमा…

~रामेश्वर राउत ‘मातृदास’~ हर्षैहर्ष वर्षा होस् अनेक नयाँ वर्षमा, सुख शान्ति समृद्धि फैलियोस् जीवन कर्षमा सेवा भाव जागृत होस् हरेक पल अंशमा, अनन्त अमृत बर्षियोस् वशिष्ठ कुल वंशमा ।। झमक्क झम्के–साँझमा प्रसन्न जून लम्किऊँ, प्रखर पौरख पसिना समुन्नत सृष्टि चम्किऊँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के दिउँ शुभकामना ?

~गोविन्दप्रसाद आचार्य~ लक्ष्यका लहरा सुक्दा दुःखी छन् मनका भावना दुःखको ओखती छैन के दिउँ शुभकामना आशा जम्मै खरानीमा डढेले दन्किएपछि सपना डरका हुन् कि परका बज्रिएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~योगेन्द्र काउछा~ नयाँ वर्ष तिमीलाई प्यारको स्पर्शले आस्ते–आस्ते सुमसुम्याउन तिम्रो नौलो जोशिलो उत्साहमै रमाउन सदाबहार झरी झै रोइरहेका आँखाहरुलाई हर्षका आवेगहरुमा चम्काउन

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “युद्ध एम्बुसमा राइफलको सङ्गीत” नेपाली उपन्यासमा नयाँ विषयवस्तुको प्रवेश

~पूर्ण इन्फादा~ विश्वका अनेकन युद्धमा साम्राज्यवादीको साम्राज्य फैलाउन नेपाली रगत नबगेको कुनै ठाउँ बाँकी छैन । राष्ट्रिय सांस्कृतिक पीडालाई जीवन भोगाइका बीभत्स अनुभूतिसँग साट्दै वर्षौंदेखि उर्वर नेपाली युवाको स्वाभिमानयुक्त शिल्प आफ्नै भूस्वर्गमा खन्याउने उत्कट चाहनालाई सामन्तकृत सत्ताले सीमान्तकृत बनायो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

Story : Looking Through the Window

~Bikrant Koirala~ I sat to write a story. But nothing was coming in my mind. I scratched my head with my fingers but it didn’t work. Neither did the restless short walk along the length of my room that I … Continue reading →

Posted in Story | Tagged | Leave a comment

मनोबिश्लेषणात्मक कथा : भाउजु र मैले नगरेको पाप!

~रजित ओझा~ पानी सिमसिम परिरहेको थियो ,कसैको भिज्दै हिड्नु चाहना हुन्छ कसैको बाध्यता,मेरो भने चाहनामय बाध्यता थियो आजको भिजाई । “सरि भाउजु ढिला भयो ” मैले भित्र छिर्ने बित्तिकै apologize गरेँ । “केहि छैन ,खाना तैयार भइसकेको छैन ।” भाउजुले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : सपना हो यो भनेदेखि

~यादव खरेल~ केटा सपना हो यो भनेदेखि सपनीमै मरूँ केटी अर्को जन्म पाएँ भने तिमीसँगै परूँ केटा एउटा जून आकासमा एउटा मेरो काख केटी जिन्दगीको पुग्यो धोको दैव दियौ लाख केटा केटी हाम्रो माया साँचो भए यसको लाज राख

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सरकार मलाई नुन दिनुस्

~निश्चल काउचा~ सरकारको महल पनि मुगुतिरै हुदो हो त नुनै घुस खान्थे होला छोरीको बिहेमा नुनै दाईजो दिन्थे होला छोराको बिहेमा नुनै दाईजो माग्थे होला सरकारको महलतिर तीस रुपैयामा एक किलो नुन पाईन्छ रे सरकारलाई मुगुमा एक किलो नुनको भाउ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~अरुणबहादुर खत्री “नदी”~ नयाँ आशा नयाँ भावना नयाँ इच्छा लिएर आयो नयाँ वर्ष शुभकामना बोकेर । गाउँगाउँ वस्तीवस्तीमा अँध्यारो होइन उज्यालो छाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~दिलिप योन्जन~ उज्यालो र कोलाहलमा बिलाउन सधै सधै म आसाको त्यान्द्रो लिएर अभाबको समाधन खोज्दा खोज्दै मिरमिरे देखि गोधुली रक्तिम किरणसम्म बाटो दोबाटो अनि गल्ली हुदै वारि छितिजबाट पारि छितिजसम्म

Posted in कविता | Tagged | Leave a comment

गजल : नरिसाउन

~केदार श्रेष्ठ “गगन”~ तिम्रो नाममा गजल लेखेँ नरिसाउँनू सवि मलाई जस्तै उसलाई नरुवाउनू सवि । तथानाम गाली गर्दै हिड्छौ अरे मलाई अरु जे गर तस्वीर चाहिँ नजलाउँनू सवि ।

Posted in गजल | Tagged | Leave a comment

थारू भाषी बालकथा : पश्तो

~छविलाल कोपिला~ ‘अई ! ऊ लवन्डा हेरो कैसे–कैसे करटा ?’ ‘अई ! के हो ?’ ‘के रही, सझ्लान बर्किक छुट्की दुलरुवा छावा हुइन्, उहे हरबरिया, के रही ।’ ‘यी, दबवा पैनाहस्, यकर दाई–बाबा कुल नै हेर्ठुइस् कि का ?’ ‘हेर्हिस् … Continue reading →

Posted in थारू बालकथा | Tagged | Leave a comment