Author Archives: Editor

गजल : सबै मरिसक्यो सम्झ

~घनश्याम प्याकुरेल~ तिमी आउने आशा सबै मरिसक्यो सम्झ। मायाँ प्रेममा हूरि बतास परिसक्यो सम्झ ढकमक्क फुलेको मायाँको बगैंचा त्यो शिषिरमा झैँ फूलपात सबै झरिसक्यो सम्झ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सधैभरी दंग

~आचार्य प्रभा~ तिमी थियौ आफ्नै शूरमा सधैभरी दंग तब झस्क्यौ अनायासै जब उडयो रंग – सबैले नै शिरोपर राखेकै थियो तिम्लाई आफ्नो पनी हुनुपरयो मान पाउने ढंग

Posted in गजल | Tagged | Leave a comment

कविता : यस्तो पिरती

~रामचन्द्र कार्की~ पिरतीको के कुरा भो ज्यानै गलाउने, माछो माछो भ्यागुतो सरी छलाउने । चल्न गाह्रो यो संसार पिरतीको खातिर, स्वर्ग नर्क घामपानी देखाइ छाड्यो आखिर । हाम्रो सानो संसार थियो पिरतीको आडमा, भबिस्यका कुरा हुन्थे सिट हुन्थ्यो काखमा । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ए युवाहरू

~जीवन क्षेत्री~ ए युवाहरू मध्य दिनसम्म घुर्दै कति सुत्छौ ? अब त उठ । आकाशमा बादल मडारिरहेछ भ्यागुताहरू कराइरहेछन् घिस्रिँदै आउँदै गरेको अजिङ्गर देखेर नानीहरू आत्तिँदै कराउँदैछन् आँखा र मुखमा पट्टी बाँधिएका विवश आमाहरू अस्पट–अस्पट बर्बराइरहेछन्–

Posted in कविता | Tagged | Leave a comment

कविता : रानी बन

~लक्ष्मी प्रसाद देवकोटा~ क. यिन गिरिमा, हो सभ्यताका नीला, गाढा, प्रकृत गढमा, फरफर पताका, शाखा ! बल्लीहरुको दरबाजामा, फूल छन् पहरा लाखाँ ! ख. शीतलताको दरवार बनाई वन–रानी, वायु–पङ्खी अख–परीसँग,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : मोल

~सिमियोन रोक्का~ धेरै दिन भयो छोराको फोन, चिठ्ठी केही नआएको । आमा निरास बन्दै गईरहेकी थिईन । बाटो हेरेर बस्ने, कसैले बोलाँउदा पनि छोराको झझल्को लाग्ने आमालाई राती निन्द्रा पनि लाग्न छाडेको थियो । बिरामी बुढालाई उनले भनिन,”छोराले त फोन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : एक्लोपन

~बाबुराम पन्थी ‘गुल्मेली’~ मधुर सूर्यको प्रकाशको आगमनले जन्म लिने प्रत्यक सुन्दर बिहानी संगै शुरू हुने प्राकृतिक चिर्विर आवाजहरू सुनौलो किरण संगै बैश फक्रिएका बगैचाका सुन्दर फूलका बगैचाहरू कतै रमाउँदैन आजकल मेरो एक्लोपन दोपहरको चर्को किरणबाट तर्किदै शितल ताप्ने ति छाहारीमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : असल बानी चाहिन्छ

~इलामेली टीकाराम दुलाल~ मानिसमा असल बानी चाहिन्छ जीउनलाई पनि त पानी चाहिन्छ । तपाई राख्नु सम्पुर्ण धनसम्पती मलाई केवल मेरी सानी चाहिन्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : भाई टिका

~आचार्य प्रभा~ मनको फुल्बारिमा मक्खमली र सयपत्री फूलाएर म कल्पनाको चोखो धागोमा आशिषको माला उनेर उपहार तिमीलाई पठाउनेछु मेरो भाई , धैर्य गर तिमी दिदीको आशिष सदा अटल रहनेछ भौगोलिक दुरी टाढा भएर के भो ?

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नेपाल बन्द

~सुषमा मानन्धर~ जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । आज उसको पार्टीले बन्दको आयोजना गरेको छ, सरकारलाई आफ्ना मागहरु पूरा गराउन दबाब दिन । सरकार पनि खै, टायरको तातोले सडक नतताई जायज … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पर्न आएँ

~भोला सिवाकोटी ‘पुरानाघरे’~ हुत्तिएर काँडासामु ठान्छाै पर्न आएँ सँगै जिउने बाचा गरी सँगै मर्न आएँ किनारहरू सँगै लिर्इ बग्नु पर्छ खोलो भागेकी थ्याै हियो चोरी त्यही हर्न आएँ

Posted in गजल | Tagged | Leave a comment

कविता : फेसबुकमा द्रोपतिहरू

~दिपेन घिसिङ्~ फेसबुक भन्छ तर फेसको रङ्ग नै देखिँदैन। नक्कली फेसको रङ्गमा झुम्छन् तर मनबुकसम्म पस्छन्। मित्रताको खाँट्टी सिपाही हुँ भन्छन् युद्ध गर्नै जाँदैनन्

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘आदर्श’ को आदर्श

~शिव रेग्मी~ सन् १९३० जनवरी महिनादेखि कालिम्पोङबाट शेषमणि प्रधानको सम्पादनमा ‘आदर्श’ मासिक पत्रिकाको प्रकाशनको थालनी भएको थियो । भनिन्छ ‘आदर्श’ कालिम्पोङबाट प्रकाशित पहिलो पत्रिका हो !”यसमा साहित्य, कला, खेती, व्यापार, धन्धा, शिक्षा, कोअपरेटिभ, बैङ्क आदि विषयसँग सम्बन्ध राख्ने व्यावहारिक र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : समय

~मसान उपासक~ यी फाटहरुमा फलाउनुछ अन्न टार्नुछ भाेक र चढ्नु छ उकालाे याे सुन्दर हिमाल काेतरेर मैले निकाल्नु छ जिवनका अनगिन्ति खुसि याे गुरासकाे फेद खनेर खाेज्नु छ सुखका रङहरु । भाेटबाटै लानु छ सुन र नुन जाेर्नु घरका चुलाचम्का … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : होर्डिङ बोर्ड

~निराजन राजालिम ‘बतास’~ निलो गगनमा सुर्यसँग लुकामारी खेल्ने ति बादलहरुलाइ सोध कतै ति ठिङ उभिएका होर्डिङका खम्बाहरुले जिस्काइ रहेका त छैनन्? ति बुट्यानहरुलाई, ति बिरुवाहरुलाइ त सोध

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनौलो बिहानी

~के आर शर्मा~ भालेको डाको घडीको सुई कामको थालनि । नगए मेला पेटमा माण खै के हो हालनी ।। जाडोले होला सिरेठो चल्यो बिहानी पाखामा । चरिको गीत आनन्द आयो सुरिलो भाकामा ।। फलामे किल्ला हातमा टर्च वेल्डिङ गरेर । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अन्तरे

~बिन्दु प्याकुरेल ‘लुना’~ सैलुङ्ग डाँडाको काखमा यौवना विधवाको झाँक्रो झैँ फिजिएको छ मदनकुडारी गाउँ। प्राकृतिक रुपमा सुन्दर छ मदनकुडारी गाउँ तर त्यो सौन्दर्यको उपभोग गर्नेहरु कम छन् त्यो गाउँमा। त्यसैले कोरीबाटी चिटिक्क नपरेकी उजाड विधवा झैँ देखिन्छ मदनकुडारी गाउँ। ~~~~ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : काखमा रमाएको

~अनुकुल प्रकाश~ सपनीबिच निदरीको काखमा रमाएको, सानी नानी लाग्यो ज्ञानी हेर्दा नीदाएको!! निधारमा गाजलटीका रै’छ लगाएको, चिटिक्कको नाना हेर झनै सुहाएको!!

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : गर्वेको आमा

~निश्चल काउचा~ हलिया नारायण रेगिस्तान भासियो जमिनदारको घरमा २० बर्ष हलिया बसेर उही साहुसँग सय कडा पाँचमा ब्याज लिएर गर्थ्यो काम शेखको पचास तले भवन बनाउने निष्ठुरी दैव एक साझ निदाएको उ कहिल्यै नब्युझने गरि निदायो

Posted in कविता | Tagged | Leave a comment

कथा : भित्र र बाहिर

~कृष्ण प्रसाई~ पुलिसले फेरि पनि अर्को खागी मार्का बिँडी सल्कायो। राइफलको रंगीन आकाशतिर फर्काएर रातको पहरा ब्यूँझाउने काम ऊ आफ्ना बूटहरुको चुरुम्चुरुम् आवाजसँगै समस्त कैदीहरुको मनमा भय र र्सतर्कताको आभास ढुक्ढुकीहरुसम्म पुर्याएर खबरदारका ध्वनीहरुमा छरिइरहेको छ। उभित्रको कठोरतम् मान्छेको मूक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : संघर्ष

~धुस्वां सायमि~ कस्तो संघर्ष हो यो हाम्रो जहाँ जीत पनि शंकाको सुविधामा मुर्झाउँछ । सम्झौता भएर पनि कहलिन्न सम्झौता यो सम्झौता नै होइन यो

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो

~डा. दुबसु क्षेत्री~ आगो अचेल आफ्नै पीरले रुन्छ आगो अचेल आफ्नै डरले हुन्छ तिमी कोइला कोट्ट्याएर हेर समिधा पल्ट्याएर हेर, डढेलो उचालेर हेर आगो आँसु खसाली-खसाली रुन्छ जति आँसु खसालेर रुन्छ आगो आगोमा उति ज्वाला दन्कन्छ मानवता

Posted in कविता | Tagged | Leave a comment

कविता : अभाबको जिन्दगी

~दिलिप योन्जन~ मिरमिरेमा जब किरण छरिन्छ भोकको रापले खडेरीले झै पोल्छ अलास तलास पसिना सरि ब्युझन्छु दिन भरिको घामले डढेर कक्रे झै दोबाटो चोक गल्लि गल्लिमा भौतारिन्छु

Posted in कविता | Tagged | Leave a comment

कथा : पुनरावृत्ति

~मन्दिरा मधुश्री~ आज बाह्र बर्षपछि अडिटको सिलसिलामा पुनः यो ठाउँ आइपुगें । शहरदेखि टाढा, सुविधारहित यो गाउँ । पैदल हिड्नुपर्ने । खुल्ला धुले बाटो । चर्को घाम । गर्मी र थकाइले मलाई लखतरान पारेको थियो । अफिसको क्वार्टरमा पुगेर झोला थन्काएँ अनि एकछिन पल्टिएँ । चैतको गर्मी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : विजय कुमारको खुसी पढेपछि

~राजेन्द्रप्रसाद अर्याल~ विजय कुमारको खुसी पढिसकेको धेरै नै भयो । यस पुस्तक हेरेपछि केही कुरा नलेखि हँुदैन है भन्ने हुटहुटी मेरो ब्रम्हदेखि बारंबार उठीरहेछ । पत्रकारिता पेशामा कार्यरत वा संलग्न ब्यक्तिहरुबाट सृजित कतिपय पुस्तकहरु बास्तविक तौलभन्दा भरपुर प्रचार प्रशाारको अधिक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : नाम ? उमेर ?

~सिमियोन रोक्का~ आमा बिरामी हुनु भएछ, मलाई घरबाट फोन आयो । मैले सामान्य बिरामी होला भन्ने सोचेर सिटामोल खाएर आराम गर्नलाई भने र आफ्नो काममा नै लागि परे । कामको प्रेसर ज्यादा थियो । बिहान बेलुका खाना खाने समेत फुर्सद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो छ याद

~घनश्याम प्याकुरेल~ सुनसान रात तिम्रो छ याद जीवन भरिनै आउनेछ याद तिमी बिना अधुरो छ जिन्दगीको यात्रा मेरो हाँसो आँसु बिसाउने बिसौनीमा को छ मेरो??

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : रेञ्जर साइकल

~दीपक घिमिरे~ ‘जात्तेरी, नैया साइकिल पो किनिस बड्डा !’ बाले दूध बजार पु¥याउनका लागि सजिलो होस् भनेर हिजो मात्र बजारबाट किनेर ल्याउनु भा’को एटलस कम्पनीको बडेमानको साइकल लगेर चौरमा सिक्न गा’को बेला थम्मने बडो चकित पर्दै मलाई सोध्यो । ‘देखिस्, हाम्रा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ईर्ष्या

~कात्यायन~ – जसरि म कोमामा गएको थिएँ दश वर्ष अगाडि हो त्यसरि नै ब्युँतिए एक्कासि | – सुने र भेटें पनि मेरो साथीलाई, जो त्यहि संस्थाको सर्बोच्च पदमा विराजमान भैसकेको रहेछ, औपचारिक बधाई पनि दिएँ | जहाँ हामी दुबैले एकैसाथ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गुरु गोपिलालको तीन हाइकु

~गुरु गोपिलाल~ ——– औसीको रात दियोको प्रकाशमा मेरो तिहार । ——— आशाको दियो

Posted in हाइकु | Tagged | Leave a comment

कविता : सुन्तली – तिमी धन्य छौ ।

~शिवहरी श्रेष्ठ~ सुन्तली – तिमी धन्य छौ । म सँग शब्द नै छैन तिमीलाई सम्बोधन गर्न, बाचुन्जेल साहारा दियौ तिमीले मेरा ब र आमा लाई मरेपछी पनि सम्म को काँध तिमीनै दिदैछौ। धन्यछौ तिमी। बाबुको बिछोडमा गहभरी आसुँ पारेर पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै दख्खिन् बग्दो छ कणाली…

~नोगेन हांग~ झण्डा एकै हो भन्दछौ देश एकै हो भन्दछौ सरकार पनि एकै हो भन्दछौ तर म कणाली बासी के मा बरबरी देख्दछौ म संग । किनेर पाएको नागरिकता र पासपोर्ट बोकेर

Posted in कविता | Tagged | Leave a comment