Tag Archives: नेपाली कविता

कविता : राजाको छोरो

~राकेश कार्की~ राजाको छोरो राजकुमार नेताको छोरो भविष्यको कर्णधार जनताको छोरो न घर न वार । दार्जिलिड० देहरादून बेलायतमा नेताका छोरा पढ्ने सामथ्र्यहीन जनताका छोरा नेताकै निम्ति लड्ने ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जाडो

~सरुभक्त~ देश परिवेशः पुरातनपन्थी थकाइमा मस्त निदाइरहेको बेला एकथरी देशहरु कालापहाड तर्फ लागेका छन् मुटू कलेजो हराएर बूढा सुब्बाका जोखनाहरु मूच्छित छन् सर्वत्र विद्रोही र छापामारका कुरा भूकम्पीय क्षतिका भविष्यवाणीसहित आह ! पालतिर हामीले थुप्रै ट्रमा सेन्टर खोलेका छौं

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव प्रकृित

~सुबेश घिमिरे~ मेरो गाउको माझमा एउटा पुरानो मन्दिर थियो मन्दिरभित्र गारुउलेको आस्थाको एक भगवान थियो …।१॥ एक बैरागी आरुनै धूनमा गारुउथ्यो हरदम एउटै राग रुजल्ले हान्यो तेल्ले जान्यो बारुकी सब हुन फिजूल बात॥रु॥२॥

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हामी त्यो देशका बासी हौं

~ध्रुव कुमार सापकोटा~ हामी त्यो देशका बासी हौं जहाँ भ्यागुत्ताहरु सर्पहरु निल्छन् , मूसाहरु बिराला चपाउँछन् । हो हामी त्यो देशका बासी हौं जहाँ न्याउली, कोइली चुपचाप – चुपचाप छन् ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

छन्द कविता : विश्वास छैन

~डा. लेख निरौला~ छाया तिम्रो अब त किन हो हेर्न नै छैन चासो माया तिम्रो कति सतहको बुझ्न नै छैन चासो बोली सुन्दा कति दिन बिते काम कैलै भएन तिम्रो शैली अलि फरकको रै’छ विश्वास छैन ।। मिथ्या आशा मनभरि … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : दौरा सुरुवाल कोट

~वसन्त कुमार गौतम~ पटक पटक आफैंलाई लिलाम बढाबढमा राखेर कमाएको मूल्यसूचि छातीभरि टाँगेर भत्ताको हड्डी चुस्दै आजपनि भुक्न निस्केको छ- इतिहासले पाखा लगाइसकेको अनुहारवीहिन सफेदपोश दौरा सुरुवाल कोट;

Posted in कविता | Tagged | Leave a comment

कविता : बोर भो !

~बद्रि भिखारी~ नया बनेका भगवानले आज राती बोर गरे भगवान बनाउने मान्छेले भगवानलाइ बोर गरे ! आएर शब्द-शब्दहरु हुल बाँधेर एक झप्को

Posted in कविता | Tagged | Leave a comment

कविता : चंगा

~दिल सिजाली ‘दिवाना’~ बाले साँझबिहान गाँसेर बिरामी लयहरू भाका हालीहाली सिलोक बाच्ने धर्मग्रन्थका पन्नाहरू उक्काइरहेछ उसले धमाधम दशैँको छाला जसरी । एउटा सुकिलो घाम लघारेर हाम्रो घरको आङबाट र, उखेलेर करङका डाँडाभाटाहरू चिरिरहेछ उसले मसिनु सिन्काजसरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बिहानको कोलाज

~सुधीर छेत्री~ पूर्वेली आकाशको कुनाबाट घामले रातो रुमाल हल्लाएर एकदिवसीय म्यारेथनको घोषणा गऱ्यो। फुच्चे दुबोहरू शितमा खुट्टा चोप्दै उफ्रिए। हावाले घाँटी फुलाएर सुसेली बजायो।

Posted in कविता | Tagged | Leave a comment

कविता : जनताका नाराहरु षणयन्त्रको म्युजियममा

~रुसाहाङ चेम्जोङ~ रेटिहेरे राजतन्त्रलाई कटन भने सकेनन् साट्न खोजे भरत सङ्ग लोकतन्त्र भित्रियेनान् एघार बर्ष ग्रिह युद्द जन इच्छा पुर्‍यनन् मओवादले कुर्चि रोज्यो जनमत चाहिएन

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँसो

~स्व.स्वप्नील स्मृति~ त्यसो त हाँस्न कहाँ पाइन्छ र – आइन्दा दाँत नदेखाउनू ! चुप रहनू !! क्षितिजजस्ता ओठहरु नखुलाउनू !!! बहुराष्ट्रिय कम्पनीको ‘टुथपेस्ट’ सरकार निकम्मा ‘बु्रस’ः अध्यादेशले गीजा घोटेर फिंज काडी-काडी हाँस्दछ- खित्का प्रोपोगाण्डा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कसॆैकॊ बन्ने प्रयासमा म

~ऋचा तिवारी शिवाकोटी~ कसॆैकॊ बन्ने प्रयासमा म म कसैकॊ पनि हुन सकिन न अरु कसैको बन्न सके न तिमीलाई आफनो बनाउन सके ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मजै हुन्थ्यो होला !

~डा. लेख निरौला~ खैनी म खाऊँ मदिरा म खाऊँ चुरोट दामी पनि झोस्न पाऊँ बेला कुबेला घर तास खेलूँ यो मोज मस्ती कहिलै नटेरूँ ।। नौला कतै प्रेम मुहार हाँसूँ खल्ती तताई अरूसामु मासूँ जागूँ निशारात्रि दिवा सुतूँ म सम्पत्ति … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छोक : उल्टो बग्छन्

~सरस्वती ‘प्रतीक्षा’~ नदीहरू उल्टो बगेको देखेर छोराले सोध्यो- ‘आमा, आजकल किन नदीहरू उल्टो- उल्टो बग्छन् -’ राष्ट्रिय पीडाले आक्रान्त बूढी आमाले खोक्दै भनिन्-

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्थात ऊ

~रमेश पौडेल~ हिउँ झैं सेताम्यै फूलेको छ टाकुराभिर चुम्न खोज्छन आरोहीहरु त्यो हिमाल शब्द शिविर बाट चढ्न खोज्छन कविहरु स्वर शिविर बाट चढ्न खाज्छन् गायक गायीकाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : गोली

~राकेश कार्की~ गोली आखिर किन चल्छ मिठो निद्रा झस्काउंदै रतिकि्रया विथोल्दै रगताम्मे पारेर रातहरु गोली यमराज महांकाल भोक भन्दा विशाल उठ्नैपर्ने थाकेका हारेका आत्मसमपर्णका हातहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन, फूल र सहीदहरु

~मधु माधुर्य~ पोलिएर सुन छटपटाउँदै आगोमा पानी पानीमा रुपान्तरित आखिर कसैकोे सौन्दर्य बनेर झकमक्क टल्कनुमा रहेछ भेद ।। सहेर घाम, पानी, बतास छटपटाउँदै मौसम र माटोमा टुसा, पालुवा र फूलमा रुपान्तरित आखिर आँखामा सौन्दर्य बनेर कसैको सिउँदोमा सजिनुमा रहेछ भेद … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निषेधित क्षेत्र

~केशवराज सिल्वाल~ मेरो पाइलाहरू बढ्दै थिए जहाँ निषेधित क्षेत्र तोकिएको थियो र हतियारबद्ध पहरेदारहरू खडा थिए अन्ततः म थुनिएँ । निषेधित क्षेत्र खडा गरेका थिए उनीहरूले जहाँ उनीहरू आरामले सुत्थे र बाहिर मरिरहेको हुन्थ्यौं हामी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशीको मन

~कपिल अधिकारी~ परदेशमा खबरको सगरमाथा प्रश्नको बर्षा अनि परदेशीका मन भडंगालिन्छ रोकि राखेको मन छोपि राखेको मन थाहैनदि बुकुर्सि मार्छ सामरिका फाँट फाँट, कुन्यौ कुन्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्य समय

~विधान आचार्य~ १. पानीका बूँदहरूको बुइ चढेर बिहानीमा हाँसेको गुलाब मेघका पिठ्यूँमा उक्लँदै आँखा खोलेर मुस्कुराएका मेरा खेत बारीहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि आएछ बोकेर पोल्टाभरि कोशली

~गीता सापकोटा~ नया“ विहानी आउला कि ? कोइलाी गित गाउला कि ? डा“फे मयुर नाच्ला कि ? लेक बेशी हास्ला कि ? पलछिन गर्दै बितेछन् महिना, दिन राति , नया“ वर्ष फेरि आएछ बोकेर पोल्टाभरि कोशली ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान चित्रमा देशको खोजिमा

~कपिल अधिकारी~ हिमाल देखाँए मस्किएको,अग्लिएको,झल्किएको उ दङग परयो म सँग कि हिमालय मेरेै हो हिमालय मैले उचाँएको हो जलप लगाएको हो मन्दिर, दरवार देखाँए ललितकला , शिल्प र शिल्पी अरनि देखि अमर चित्रकार सम्म क्यामरा चलाइ रहयो उ दङग परयो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लै एक्लै बाँचेर के भो ??

~शिशिर शर्मा~ एक्लै एक्लै बाँचेर के भो ? दिन सके माया देऊ आफैसँग साँचेर के भो ? आऊ अब मन बाँधौँ एक्लै एक्लै बाँचेर के भो ??

Posted in कविता | Tagged | Leave a comment

कविता : कोल्टो फेर्दैछ कि क्या हो देशले आजभोलि नै ?

~बिधान आचार्य~ भेला धर्ना कतै, भेला अटोग्राफ र स्वाङको ज्ञान छैन कि क्या हो त्यो कुर्सिमुन्तिर भ्वाङको ? उम्लेका सैकडौँ लाखौँ अप्रायोजित हुन् सबै तमासेसित दाँजेर अनुमान नहोस् कवै । 

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदको संझनामा

~पोशेन्द्र सत्याल प्रभात~ ती वीर–सपूतहरु जसको प्राणले मुक्त भयो सारा जगत बली चढाए तिन्ले आफ्नै जब देशलाई चाहियो रगत मुक्तिका लागि क्रान्ति गरेर शहीदले दिए आफ्नै आहुती नत्र त्यही फासिष्ट निरकुंशतन्त्रमा हुन्थ्यो हाम्रो कस्तो दुर्गती ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो छायाँ

~डा. मधु माधुर्य‘ जीवनले छाडे मृत्यु छँदैछ जीतले छाडे हार त छँदैछ त्यही मृत्यु र हारको गोरुले बैतर्नी तार्न नसके देशको वर्तमान नरक त मसँग छँदैछ म एक्लो छुइन साथमा मेरो छायाँ छ छायाँको मलाई माया छ म एक्लो छुइन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाजभित्रका आवाजहरु ?

~डा. मधु माधुर्य‘ पुल र बाटो बगाउँदे आप्mनो भलमा एकलव्य धूनमा पानी दर्किरहेछ गड्याड.गुडुड. चट्यांग बज्रिरहेछ टुहुरो बालकलाई मगन्तेले सान्त्वना दिइरहेछ ः ,,नरोऊ, बाबा, नरोऊ । पारिबाट मैले भोलि नाना, चाचा ल्याइदिन्छु ।,,

Posted in कविता | Tagged | Leave a comment

कविता : चिसाचिसा रातहरु

~डा. मधु माधुर्य‘ सिमलको भुवाभैंm कता कता माथि माथि उड्ने कता कता अथाह हराउने अनिश्चित स्वप्नहरुको स्पर्शमा हिजोआज बित्ने गरेका छन् चिसा ओछ्यानका रातहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : मौसम र मानव

~विभोर बराल~ कुहिरोमा रुमल्लिएको त्यो चीसो पलको मीठो संझना अझै ताजै छ मनमा÷ आकाशवाट चमचम गर्दै वर्षिरहेका थिए हिंउका डल्लाहरु, –कति सौम्य –कति सालिन देखिएका थिए सेताम्य वृक्ष

Posted in कविता | Tagged | Leave a comment

कविता : हवस् !

~राजु सिटौला~ खै कहाँबाट हो कुन्नी म आफ्नो अनुहारमा एउटा कृतिम मुस्कान बलपूर्वक छर्छु र स्वरलाई सकेसम्म मिठो पार्दै बिस्तारै भन्छु ‘हवस्।’

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रधानमंत्री ज्यू

~राकेश कार्की~ सबैले छानेर छोडेको साडी जस्तै गतिभूलि ठोक्किएको गाडी जस्तै दुनियाँको आँखामा छारो हालेर प्रेमी प्रेमीका लुक्ने झाडी जस्तै

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कालो

~पिँडालु पण्डित~ कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।। कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment