Tag Archives: नेपाली कविता

कविता : मैले नेपाल छोडेको छैन

~वसन्त कुमार गौतम~ हरेक पल मनको आँखामा पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु, देवीथानको चौतारीबाट शिखरहरुसंग आँखा जुधाएर भञ्ज्याङहरुको नाम भनेको छु

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~उज्ज्वल जी.सी.~ न तिमी नजिक आउन सकें न मजाले माया लाउन सकें । धेरैबेर नै कुरेँ चौतारीमा न तिम्रो आभास पाउन सकें ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कट्मिरा छेपाराहरु

~बिबश बिप्र~ यसरी, कट्मिरा कथकहरु हरियो झारको आगो तापेर बसिरहेछन अनि, भन्छन।।। हामी पंचाग्नी तापिरहेछौ !!

Posted in कविता | Tagged , | Leave a comment

कविता : म किन ढुंगो जन्मन सकिन ???

~बिबश बिप्र~ यो, सत्य हो !! जसरी म जन्मन्छु त्यसरी नै यी ढुंगाहरु जन्मेका हुन !! कसैले मानोस् या खण्डन गरोस् मलाई बहुलाहा नै किन नभनोस् ???

Posted in कविता | Tagged , | Leave a comment

कविता : कल्पनामा एक टुक्रा सपना

~अनुप जोशी ~ म स्थापित सपनाकार भैसकेको थिएँ आफुले चाहेजस्तै सपना देख्थेँ मुर्कट्टा भूतहरुलाई बोलाउँथे सबैभन्दा डरलाग्दा राक्षसहरुलाई मेरो निम्तो पुगेकै हुन्थ्यो र म सपनीमा सँधै महाभारतभन्दा भयङ्कर

Posted in कविता | Tagged | Leave a comment

कविता : सांसारिक दैत्यता

~अनुप जोशी~ दैत्यिक उन्मुक्तीको तलासमा क्रान्तिरुपी विगुल सल्काउँदै गर्दा मेरा उत्तेजित धमनीहरु खल्बलीए । पिचासे मनहरुलाई – सांसारिक अलौकीकता पाच्य भएन । तरङ्गीत आश्या नगरी उत्ताउलो बन्दै गए । भ्यागुते उफ्राईहरु निश्क्रीय पारिए। साङ्गठनीक यथार्थवाद ओइलाए । सुर्यास्त पछिको चन्द्रे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अपरिहार्य वार्ता

~डा. लेख निरौला~ तपाईँ लौ आजै मसँग अहिले भेट दिनुहोस् कुरा केही आफ्ना सहजसितले भन्न दिनुहोस् गरौँला भेटैमा कतिपय कुरा गोप्य मनका बसौँ आजै चाँडै मन युगल साट्दै सुमनका ।। भए जेजे बिर्सौँ सब कठिन यात्रा विगतका भुलौ सारा हाम्रा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म होइन मलाई हेर्ने ती आँखाहरु नै गिरेका छन्

~राजु सिटौला~ देख्यौ त तिमीले ? खोक्रो शरीररुपी भित्तामा टाँसिएका अनगिन्ती ती आँखाहरु तिनीहरु मलाई नै एक तमासले हेरिरहेका छन् घोँचुला झै…. अनि खाउँला झै….. सुन्यौ त तिमीले? ती आँखाहरुको हेराइमा म गिरेको छु रे तर म गिरेको होइन बरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रुमाल

~अनुप जोशी ~ कुनै धागोको रुमाल थियो त्यो सात दिन सात रात कुरुष चलाएर तिम्ले बुनेको तेतिबेला तिम्ले मलाई उपहारमा दिएकी थियौ नाइँनास्ति गरी गरी मैले राखेको थिएँ सर्टको खल्तीमा अहिले एकाएक खल्तीबाट भित्र छिरेर तेसले मेरो मुटुको आकार लिएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वप्न

~दुश्यन्त भट्टराई~ प्रभातको झुल्को जब धर्ती पाऊँछ, दुनीयाँ यो सारा जग चल्मलाऊँछ । म मस्त गती स्वप्नको साथ हुन्छु , म अल्छी सबेर जो सुती रहन्छु ।। म पुग्छु कहिले मेरै वालपनमा, उहि गाँऊघर् खेतमा फाल हान्दै । फेरि पुग्दछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मृत्युमार्ग !

~डा. लेख निरौला~ म जान्नँ राजमार्गमा त्यहाँ छ मृत्यु निर्मम दिनैजसो उही कुरा सुनेर हुन्छु दिग्भ्रम न राजमार्ग स्वस्थ होस्; जहाँ छ मृत्युको डर म भन्छु मृत्युमार्गझैँ रहन्छ त्यो भयंकर ।। अनन्त मृत्युझैँ सधैँ खुला छ राजमार्ग नै सुनिन्छ नित्य … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : प्रदेशी जिवन

~मदन दुलाल~ घडीको टिक टिक आवज प्रभातकालीन मल्हार नित्य कर्म सकेर लाग्यो ठिठो “जा”गिर “जा”गिर शब्द नै दोअर्थी कि त आँफै गिर्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा श्यामश्वेत सपना

~सरस्वती ‘प्रतीक्षा’~ एउटा श्यामश्वेत सपना जहा ऊ थिई अनि उसका उडानहरू थिए !… के हो बरै क,ख,ग,घ के हो बरै ए,बि,सि,डि निरक्षरताको सुदूर चौतारीमा पनि गुञ्जिरहेकै हुन्थे प्रबल ब्युझाइका केही इच्छागत सन्दर्भहरू निस्प्रभ सम्भावनाका देउरालीहरूमा पनि हरपल भर्भराइरहेकै हुन्थे केही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उफ्…….म छापामार हैन

~कुमार श्रेष्ठ~ हिजोको म छापामार आज कसैले मलाइ छापामार भनेर बोलाउदा म लर्बराउछु मलाइ संकोच लाग्छ यो शब्द सँग म डराँउछु यो अर्थ सँग म हिचकिचाउछु छापामार हुँ भन्न बरु म भन्छू उफ् ..म छापामार हैन….

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बालिकाको प्रश्न

~डा. लेख निरौला~ छ वर्ष मात्रै अब लाग्छु भन्थेँ कक्षा दुईमा अब जान्छु भन्थेँ खुसी थिएँ जीवन खेल्न खान म दंग पर्दै पनि घुम्न जान ।। आमा बुबा संगत साथ खोज्थेँ साथीहरूको मन पास रोज्थेँ आकाश धर्ती मनमा सजिन्थ्यो म … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आमाको चिठी

~चन्द्र सिंग गुरुंग~ ए छोरा ! आज फेरी एक पटक फेरी एक पटक अढाई सय वर्षहरुको विगतबाट ठगीएको यो पिडाग्रस्त वर्तमानमा स्वर्गीम भविष्यको कल्पना गर्दै मन हर्षित पार्न सकेकीे छैन । चैत-बैषाखको दन्किदो डढेलो माँद्म ओंठका पाखाहरुमा गुराँसको लाली पोत्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ढिकुरोको गीत

~दाहाल यज्ञनिधि~ टालेको टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा मगेर्नी मैया ? मजेत्री सिउने स्यो छैन यो देशमा होलाकी भन्दा बुलाकि गयो के लाउनु गहना बेसहा खोज्ने माझीलाई मार्दा भाँचियो बहाना ।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : दलितको गीत

~दाहाल यज्ञनिधि~ गीत गायौ गाइने दाजु – झुम्मिरैछन् बैराहरु सुन्ने कान खोई – बन्दूकका कान छैनन् न छन् ढुकढुकी नै क्व्ौ मान्छेले सुने भने सुन्छन् मुटु बिनै तिमी रोयौ गीत बन्यो सारङ्गीको साथमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधी भित्र – १

~बिबश बिप्र~ सगरमाथा र मान्छे !! धरहरा —–एक मुर्त मान्छे !! मानिस —एक अमुर्त मान्छे !! स्वाभिमान—– आँखा चिम्म गर !! …उफ्फ्फ… ———यो कल्पनाशिलता पनि

Posted in कविता | Tagged , | Leave a comment

कविता : बुढी औँला

~सुधीर छेत्री~ सबैभन्दा पहिले तिमीले मेरो तोते भाषा खोस्यौ। त्यसपछि खोस्यौ उघ्रेको भाग्य, मेरो ढुङ्गाको देवता, हिट्टीको पानीधारा, चिन्डेको मुन्टा, सिमरायोको पुरानो गन्ध, मेरी बज्यैको कुर्कुच्चा र कुङ्फुसु,

Posted in कविता | Tagged | Leave a comment

कविता : गुफा र माकुरा

~स्व. स्वप्निल स्मृति~ रानीभीरको कालो गुफामा सल्काइयो रातो मैनबत्ती- झुण्डिएर झ्याऊका जराहरुमा राजा माकुराको िसंहसानतिर प्रस्थान गरे मानिसहरु । झुल्केघाममा झुल्किने सुनको मृग युवाहरुले घॊडा चढ्न खोज्दाखोज्दै जहाँ अलप हुन्थ्यो डुब्दो घाम-छायाँमा फणा उठाउँदै सिन्दुरे गोमन

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी एक्लै

~अनुप जोशी ~ यो शहरको विशाल अनन्तता बीचमा कतै हराएको छ यी अग्ला अग्ला घरहरुबाट आईरहेको छ नीर्जीव गन्ध अब म तिमीलाई सम्झदैछु कि लेख्दैछु फेरी अर्को कविता

Posted in कविता | Tagged | Leave a comment

कविता : म कुजे पोखरी हुन चाहन्नँ

~सुवास घिसिङ~ म कुजे पोखरी हुन चाहन्नँ कुजे पोखरीको पानीजस्तै चुपचाप चुपचाप पलेटी कसेर बसिरहन चाहन्नँ म यहाँ यसरी मुर्दा घाटको चिहान जस्तै चुपचाप चुपचाप हात बाँधेर बसिरहन चाहन्नँ म यहाँ यसरी। दापभित्रको खुकुरी जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : बा सँगका बिलौना

~भिष्म भुसाल~ बा ! तपाइँले कमिसन काटेर कच्चा बनाएको स्कूल भत्किंदा झोला सहित पुरिएछ म जस्तै सानु विद्यार्थी, त्यो म भैदिएको भए तपाइँलाई कति दुख्दो हो बा ! तपाइँले ठेक्का लिएको पुल, पौने दुई बर्षमै चुँडिंदा, महिना दिनको सुकोमल बच्चा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नारीप्रति

~डा. लेख निरौला~ नारी मानव जीव हुन् प्रकृतिकी झन् सृष्टिकी बीज हुन् आद्याशक्ति अथाह सृष्टि महिमा आफैँ लिई बस्दछिन् इच्छाले उनकै विशाल धरती झन् व्याप्त वा पूर्ण छ नारी कोमल भावना सुख दिने यो मन्त्र सम्पूर्ण छ ।। नारीका कति … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : चिहानमा फूल

~सरस्वती ‘प्रतीक्षा’~ जति रोपे पनि फुलेन, फुल्दै फुलेन– चिहानमा फूल! गाउँदा गाउँदै गीतको अन्तरा आफैं रुन थाल्यो हाँस्दा हाँस्दै ओठको छेउकुना आफैं रुन थाल्यो

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : छोरी

~डा. लेख निरौला~ छोरी मेरी अमर वयकी ज्योति हुन् सिर्जनाकी प्यारी यस्ती हृदय तलकी प्राणझैँ कल्पनाकी चिन्ता मेरो झटपट सबै जादुझैँ दूर गर्छिन् नौलो आशा किरण मनकी मूल भै बग्न थाल्छिन् ।। हेर्दा हेर्दै सुजन सुखकी मूल भै उम्रिइन्छिन् नौरंगीका … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : प्रजातन्त्र

~अनन्तगोपाल रिसाल~ बाटै बन्द भयो छ दूर घर त्यो, पैरो गयो भीरमा पानी बन्द भयो, हिमाल मूल छन्, आली फुट्यो तीरमा १ बुद्धु भै जन संठले धन लूटे, त्यै बुद्धको देशमा रुमौका रे, अब मिल्छ हैरु भनी पसे, भागेर बेदेशमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नलेखिएको इतिहास

~संजय आचार्य~ परु्यारलाग्दो भजनहरुमा रुमल्लिएको इतिहास गरीबहरुका श्रम र पसिनाहरुमा डुबे पिन यसभित्र अर्कै धून बजेको छ क्रुर स्वार्थी र धुर्तहरुलाई पुरुषार्थी देखांउदा अिन महल भित्रका खुशीहरु हाम्रा इतिहासका पानाहरुमा छरपष्ट भएर पोखिरुदा अतीत माथि नै अन्याय भएको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अमेरिकन ड्रिम

~बासु ढकाल~ हाय! हाय मेरो अमेरिकन ड्रिम साउनमा आँखा फुटेको म गोरु जताततै हरियै हरियो देख्छु। म जिन्दगी हाड घोटेर

Posted in कविता | Tagged | Leave a comment

कविता : संबिधान

~बुदिक थापा~ संबिधान बनाउँछु भनि लागे संबिधान भवनमा मन्त्रि हुन पाउँ भनि लागे पुजापाठ र हवानमा देश को हाल नराम्ररी बिग्रेकोछ आज त्यही पनि लाग्या छैन यी नेतालाइ लाज

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी

~बिपुल सिजापती~ छोरी तिमी जन्मँदा ओंठ लेब्राउनेहरु र नाक खुम्चाउनेहरु धेरै थिए एक डोका फत्तुरहरु छताछुल्ल भएका थिए हावा भरि उडेका थिए ति सवैलाई लोप्पा ख्वाउँदै पीडाहरुका बिचमा प ि न तिम्री आमा

Posted in कविता | Tagged | Leave a comment