Tag Archives: नेपाली कविता

कविता : मान्छे भनेको …

~सरुभक्त~ ब्रह्माण्डमा महाविस्फोट छः देशमा वमविष्फोट छ पहाडहरुका मन भैचालाका शान्तिहरु रोएका छन् हेर ! हेर ! असनका साँढेहरु फ्रायडका दुःस्वप्नहरुमा यौनाङ्गवादी प्रेमरचना गर्दैछन् डेथ जोनः खरपसकालीन मनस्थितिमा चराहरु वसाइसराइ गर्दैछन् दाँतेका दैवी सुखान्तहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडहरुको मृत्युः घाटेवैद्यहरु

~सरुभक्त~ पहाडहरुको मृत्युः घाटेवैद्यहरु रगतका वीभत्स छिटाहरु पोतेर प्रेमपत्रहरुको तस्करी गर्दैछन् फेरि युद्धविराम फेरि युद्धका सन्त्रासहरु दुर्दान्त वैताल तालहरु वन्दी वेपत्ता अनुष्ठानः मण्डलेदेखि कमण्डलेसम्म दिमागमा खाक्सी लाएर सफाया अभियान चलेको छ उः ! सभ्रान्त भूतवङ्गलावासीहरु सधैं गोलमेच सम्मेलनका तयारीमा छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : विस्मयबोधक

~बिमल पुन~ अचम्म लाग्छ मलाई , हिजो आजका बुद्धिजिवीहरुलाई देख्दा किन चुप लागेरै बस्छन् अरुले लुम्विनी नेपालमा पर्दैन भन्दा दङ्ग लाग्छ मलाई स्वतन्त्र देशभक्तहरुलाई देख्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : म एक्लो छु

~चकेद्र राई “कैदी”~ म माटो भएर ढुङ्गा सँगै टाँसिन जानिन ……। किनार भएर नदी सँगै गाँसिन जानिन……। अन्यायको जातोमा मकै सरी पिसिन जानिन……। आकाश भएर क्षितिज सँग मिसिन जानिन……। त्यसैले…. म एक्लो छु , नितान्त एक्लो ! न बुढो राजनीतिक

Posted in कविता | Tagged | Leave a comment

कविता : दुख्यो

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ म र मेरो कर्तव्य के हो ? सिकाउने एउटा पाठशाला चाहियो, बन्द, हडताल, आगजनी र चक्काजाम, लुटपाट, हत्या, दमन, तोडफोड र हानाहान निस्तेज गर्ने, एउटा वधशाला चाहियो किनकि, एउटा कुर्ची दुख्यो, निरन्तर दुख्यो, निरन्तर दुख्यो ….

Posted in कविता | Tagged | Leave a comment

छोक : नेपालको छोरो !

~सुप्रिया गुरूंग~ दिनभरी बिदेशी कम्पनिमा खटिएर थाकेको शरीरमा जोस र आश भर्दै, जन्मभुमिलाई सम्झदै , ऊ निदाउन बिर्सन्छ, अराम गर्न बिर्सन्छ, त्यो अन्धकारमय रातहरुमा पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरका बेर्नाहरु र कलमकिसानहरु

~दीप्स शाह~ अक्षरका बेर्ना उमार्ने कलमकिसानहरु! यहाँ ब्याड्मै पानी सुकाइदिनेको कमीछैन, तर अब भन्नै पर्छ हेर!यहाँ उन्नत जातका बिउ रोपिँदैछन् जो षाडयन्त्रिक अनाबृष्टीमापनि उम्रन छोड्नेछैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ‘दिउँसै रात’ पार्ने गरी ‘आधा रातमा घाम’ नहोस्

~मुरारी अर्याल~ ६७ मा जे भो जे भो ६८ मा यस्तो नहोस् कसौंडी र डेक्चिको मोल ‘चम्चा’भन्दा सस्तो नहोस् बगलिमा छुरा राखी मुखमा मात्र ‘राम’ नहोस् सबै चलुन बिधिभित्र कुनै छलछाम नहोस्

Posted in कविता | Tagged | Leave a comment

गीत : गैर आवासीय नेपाली

~मित्रलाल पार्दे~ एक पटकको नेपाली हामी सधैंको नेपाली नेपालको लागि नेपाली हामी गैर आवासीय नेपाली बगेको छ छातीमा हाम्रो स्वाभिमानी रगत लुकेको छ पाखुरीमा हाम्रो संसार हाक्ने तागत बलेको छ आगो तालुमा हाम्रो वैभव नेपाल बनाउने

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विदेशिएका जीवनका कथाहरु…

~नमराज लामिछाने~ पसीना सकिएका सुख्खा शरिर बोकेर आँसु टिल्लबलाएको आँखाले चिहाउदछ । पारिवारीक संसार बाट टाढिएको शरिर बोकेर ममताको ब्याकुलतामा भावुकताले टोलाउदछ । ******* मलिन अनुहारमा फुसि्रएको गाला सँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : छातेढुँगा

~दिपकराज काफ्ले~ पोखरीबाट गौरीगंज जादा, लुंग्छाता भेटीन्छ । ताप्लेजुङ माथि हिमाल छेउमा, देविथान देखिन्छ ।। आशिर्वाद माग्थें – हे पाथिभरा कामना पुरा पाम । गुन्द्रुक र ढीड़ो खाएर पनि, लक्ष्यलाई चुम्न पाम ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जा ए ६६ साल

~विमल गौतम~ जा ए ६६ साल फर्किएर नहेरी जा तेरा दुष्कर्म हरु साथै लिएर जा बास्पानी र डूड़े झारीको घटना लिएर जा जमिम, सिन्हानिया हरुको रगत पिएर जा

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार

~विमल गौतम~ चुनावका बाचा कसम भुल्ने हरु होसियार संबिधान सभा छाडी डुल्ने हरु होसियार मेरो बाह्रै टक्का भन्ने हठ हरु होसियार

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ सोच नयाँ बर्षमा

~ज्योतिराज अधिकारी~ बिछ्यौनमा बिझाउने कती तिखो काडा हो यो अनन्तमा बिलाउने एउटा बिन्दु जीवन हो यो कस्लाई कहाँ के का लागि खोज्दै हिडिरहेछु यहाँ कसो के हो थाहा छैन जाने बाटो छैन कहाँ । चरालाई सोधे मैले कहाँ जान लाग्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले चडाए फूलको थुङ्गा

~चिन्तन यात्री~ मैले चडाए फूलको थुङ्गा तर दैव भएछ देवीलाई ढुङ्गा न त जात यो ठुलो यो सानो भन्छु न त धर्म यो ठुलो यो सानो भन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : भावना

~भवानी हुमगार्इं~ गोरेटोमै पुग्नै नपाई दोबाटोमै साथ छुट्यो सजाएका सपनाहरु क्षणभरमै आज फुट्यो।। जुनदीन तीम्रो र मेरो बीछोड भयो परीवारले रोजेको सँग तीम्रो बीहे हुन्छ तीम्रो घरमा नौमती बज्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्याय

~सोम श्रेष्ठ ‘दोलखामी’~ म त छक्क परें । के बिराए थाहै छैन । सँजाए भोक्दै छु । मेरो भूल के हो बताइ दिए हाँसी हाँसी कबुल गर्थे र चरणमा परि माफी माग्थें । भूलको प्रायश्चित गर्ने म‌ौका नै नदि मात्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुर जहाँ म पनि त्यहाँ

~कमला ढकाल काफ्ले~ हजुरलाई छोडेर गएकि कहाँ छु र प्रियतम? हजुरले फेर्ने हर श्वासमा छु!!! हजुरको दिलमा धड्कने हर धड्कन मा छु!!! सबै दिलका शब्दहरु ओठमा आउन्न, आँखाहरुको भाषा मा छु!!! हजुरका हर यादहरु मा छु!!! कल्पना मा छु हजुरले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ परिवेश

~बिद्या घिमिरे~ हालै साक्षात्कार भएको मेरो रात तिम्रा आँखासँग एकाकार भएर गोप्य सहमति माग्दैछ । बिजुली प्रक्षेपण गर्ने ती आँखा छन्द र महाकाब्यको सङ्गमस्थल बनिदिँदा आँखाको गाजलले मीठो गजलको सुमधुर स्पर्श ल्याउँदो रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फुल र तिलहरी

~फुच्ची जमुना~ ए “फुल” साच्चै कती सुन्दर तिमि हेर त, भमराहरु झुम्मिइरहेछन् भरिएको जवानी देखि सायद ति पनि लालायित भए र त तछाड मछाड छ उनिहरु बिच अनी फुल तिमी मुस्काइरहिछौ उनिहरु कै स्वागतको लागि मैले भनेकी थिए – ‘तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : त्यो म संग छैन

~सुष्मा बस्नेत~ माया र श्रद्धाको कुनै मोल हुदैन रे हो, मैले त्यहि अनमोल माया र आदर पाएको छु । तिमी सोच्लाउ मैले के कमाए ! मैले कहिल्यै नहराउने मन र मुटुभरिको माया कमाएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अधेरीमै म रहि रहे

~माया भट्टराई~ आशु खस्यो आँखा बाट ,! काहा लुकाऊ त्यों त,! ढुंगे मुटू होइन मेरो ,! सहनलाई धेरै चोट ,! झरना माँ बगि जाने,! पहराको आशु ,!

Posted in कविता | Tagged | Leave a comment

कविता : देश र निद्रा

~ओमप्रसाद घायल~ देश व्यूँझने समय घर्किसकेको छ देशवासीहरु निद्रामा परेको देशलाई व्यूँझाउन म यतिखेर गाउँशहरमा जुलुश लिएर हिँडिरहेको छु ज्ञापनपत्र बोकेर हिँडिरहेको छु कतै प्रवचन, छलफल र अन्तरसंवाद….

Posted in कविता | Tagged | Leave a comment

केस्रा : क्रन्दन

~कृष मगर~ तिम्रै लागि जिएँ पीडा तिम्रो लिएँ पानि रै छ आँशु

Posted in केस्रा | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : नेता आतंक

~चट्याङ मास्टर~ टिभी हेर्‍यो नेता देखाउँछ, रेडियो सुन्यो नेता कराउँछ छापा सबले नेता पढाउँ छ, जनमानसमा नेता छाउँछ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सुस्तरि-सुस्तरी

~ऐत राज तुम्रोक~ प्रिय साथीहरु सुस्तरि-सुस्तरी केही पनि हुँदैन खाली मृत्‍यु हुन्छ सुस्तरि-सुस्तरी केही पाइन्न खाली मृत्‍यु पाईन्छ ……… सुन दोलकको लय मन्द हुँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दुकले

~ऐत राज तुम्रोक~ बन्दुकले धेरैलाई सलामि चडायो बन्दुकले धेरैलाई मलामी बनायो र देशले धेरैपटक फुल चडायो लासमाथि। अब त गोलिको बर्षा हुँदैन भन्छन रगत नै पानी बनेको गाउमा आलो रगत हरायो भन्छन तर कटकटिएको रगतको टाटा फुर्बा दाइको पनि हुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल र काँडा

~अपराजिता प्रभास~ सहिदको पवित्र हातले रोपेको फूल जोगाउन मालीहरु आइसके काँडाहरुले त छिट्टै फूल झरेर जाओस् भन्ने चाहन्छन् तर काँडाहरुको छलकपटको सोचदेखि सारा नेपाली जनता अघाइसके किनकि

Posted in कविता | Tagged | Leave a comment

ब्यङ्ग्य कविता : प्लिज !

~चट्याङ मास्टर~ देश बचाउने कुरा छोड्नुहोस् न प्लिज, देशलाई केही भएकै छैन, बचाउनुपर्ने नेपालीलाई हो, विचरोलाई मारेर भ्याएकै छैन !!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ” दलित ” वकल्न छोड दरिद्रहरु !

~राज थापा~ सुन्दैछु मान्छे बनायो इश्वरले सोधछु म इश्वर बनायो कसले ? हिजो ढुंगाको मुर्ति बनायो कसले त्यसलाई इश्वरभनि चिनायो कसले ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिहार

~हेमन्त श्रेष्ठ~ हरेक दिन ढाडभरि दाउराको छाप बोकेर हिड्ने कुकुर जिल्ला भ्रमणमा हिडेको नेता जस्तै घाँटीभरि माला लगाएर आज लसकलसक हिडिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्लेकार्ड

~केशव शिलवाल~ म हुँ एक प्लेकार्ड राष्ट्रसंघको प्राङ्गणमा प्रदर्शित जी-दशको बैठकस्थल अगाडि बोकिएको एकदमै ओसिलो आँसु जतिकै फुलेको मसिले लेखिएको संधै फोहर कुल्चिएझैँ कुल्चिएको मेरो अस्तित्व आज मई दिवस फेरि काम आउँछ मेरो

Posted in कविता | Tagged | Leave a comment