~सोम श्रेष्ठ ‘दोलखामी’~
म त छक्क परें ।
के बिराए थाहै छैन ।
सँजाए भोक्दै छु ।
मेरो भूल के हो बताइ दिए हाँसी हाँसी
कबुल गर्थे र चरणमा परि
माफी माग्थें ।
भूलको प्रायश्चित गर्ने
मौका नै नदि
मात्र सजाए दियो ।
फेरी,
म त छक्क परें ।
मैले के गल्ती गरेँ भनेर
हजारौँ प्रश्न आफैँलाइ
तेर्साएर केलाउन खोजेँ
अहँ
खै केही बिराए जस्तै लाग्दैन ।
म त छक्क परें
अन्याय भो म माथि
यस्को न्याय निशाफ कस्ले गर्छ ?
त्यो पनि मलाइ थाहा छैन ।
कसैलाइ भन्न पनि सक्दिन
तर
आज म सबैलाइ भनेर
मन हलुका चैं पक्कै पार्छु
अति मिल्ने हितैसी झैं थिए
आज अचानक फेसबुकमा
मलाइ ब्लक गरि दियो
न म्यासेज गर्न मिल्छ
न लाइक कमेण्ट
उफ……
यस्तो त कसैलाइ नहोस्
यस्तो सजाए कसैले नभोगे
जय फेसबुक
