Tag Archives: नेपाली कविता

कविता : म कस्तो मान्छे

~सत्य नारायण रावत~ मान्छेहरु को भिड बाट एक्लिएको मान्छे ! दैब ले भाग्य लेख्दा ठगिए को मान्छे !! हेमन्त को फुलहरुले सजिएको मान्छे !!! म त अर्कै दुनिया को मान्छे !!! आगो को ताप संग चिसाएको मान्छे ! बरफ को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भन त मोदी दाइ

~प्रेम वली~ हेर त मोदी दाइ बिग्रिएका तिम्रा भाइ कोही सिल्ली जस्ता कोही बिल्ली जस्ता कोही चुसी फाल्ने चुरोटका खिल्ली जस्ता न लेख्छन्् न लेख्न दिन्छन््

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एउटी चेलीको आत्म व्यथा

~गजेन्द्र गजुर~ * एउटी चेलीको आत्म व्यथा * सोचेको थिए आराम र विलासी, यहाँ कोठामा बसेछु, चढन पाए हुन्थो फासी, घृणा र देह व्यापार, म माथी नै सबै अत्याचार, जर्बजस्ती गर्छ छन मै माथी, बाध्य छु काट्न दिन र राति, … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : पहेँलो रंग

~सरस्वती प्रतीक्षा~ ओ, सुलतान हसनल ! हामी दुवै एउटै रंगको सपना देख्दा रहेछौँ पहेँलो रंगको । तिम्रो ग्यारेजमा राखिएका सात हजार कारहरुमध्ये कतिवटा कारहरु सुनले बनेका छन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय छिमेकी

~दीपेन्द्र श्रेष्ठ~ के गरुँ छिमेकी ? म नियति बदल्न सक्छु छिमेकी बदल्न सक्दिनँ ! बरु रगत बगाउन सक्छु सिमाना खुम्च्याउन सक्दिनँ ! गर्व लाग्छ मलाई मेरा छिमेकी शक्तिशाली छन् परिवार उनको ठूलो छ सन्तान उनका सिपालु छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आँधी र स्मृति

~गीता त्रिपाठी~ स्मृतिको आँधी रोकेर उभिएकी छु तीन दशकअघिको गोरेटोमा । टिफिन बक्सको आकारमा आफ्नै खाली हत्केला काखीमुनि बालकजस्तै च्यापिएको किताब र स्कुल ब्यागको अनौठो कल्पनामा दोबि्रसकेका छन् पुस्तकका छेउकुनाहरु अझै पनि रित्तै छ पानीको बोतल तर भरिएको छ वरिपरिका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कम्प्युटरमा ईश्वर

~भूपिन ब्याकुल~ कम्प्युटरमा नभएको स्वर्गबाट देवीले पठाएको इ-मेल पढिरहेका छन् – ईश्वरहरु ! इन्टरनेटमा देवीहरुसंग कामुक लयमा साइबर सेक्सका कुराहरु गरिरहेका छन् – ईश्वरहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : घरबाट आमाको चिठी आएको छ

~प्रकाश सायमी~ मैले सम्झे त्यो मेरो घर । जो एक्लो छैन यो मुलुक जस्तै । त्यो घर म खूब सम्झिन्छु, घरको कोठा सम्झिन्छु कोठाका कुना कुना सम्झिन्छु तर बिर्सिन्छु आफैंलाई आमाको पत्रमा वज्यैको चर्चा छ वज्यै एक्लै सुसाईरहन्छिन् र कोठाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रजत जयन्ती

~गोपालप्रसाद रिमाल~ आज रजत जयन्ती । आँखा, तँ बन्द हो- तेरो नक्कलझक्कलको आज के काम ? कान तँ टालिई- तेरो सुँघ्ने शक्तिलाई आज बिर्सिदे यो उत्ताउलो फूलले लटरम्म वसन्त त होइन ? दशै इन्द्रियहरू, आफ्ना आफ्ना थान्का लाग । तिमीहरूको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिले मानव अहिले अर्थोक

~भिम प्रसाद घिमिरे~ मलाइ पनि त्यस्तै लाग्यो झुट्टा बोल्दा रहेछन् डार्बिन बाँदर थियो रे मान्छे होमोस्यापिन्स, रामापिथेकस के के हो के के विकास हुँदै आएको रे उस ! ताक्दै प्रहारका मौका गरेजस्तो आदर कंक्रीटका जंगल कहाँ बनाउँछ बादर पत्याउदिन लौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : म तिम्रो

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी के चाहन्छ्यौ तिमी ? दीर्घ समय चाहन्छ्यौ कि तिमी देहको वार्तालाप, चौथो प्रहरमा चारवटा रक्तिम ओठहरूको दुष्ट कम्पन रगतमा तिम्रो आँधीको उष्ण नशा, र सुखको जीवनयापन ?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

छोक : टुक्रिएको बिश्वास

~नविन लोचन मगर~ एक कुट्को सुपारी छरपष्ट दिमागमा टुकु–टुकु हिड्यो झर्यो फाँत

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखै अघि ढलेको जून

~कृष्ण कट्टेल~ चरनमा थुप्रिएका बग्रेल्ती भेडाहरुजस्तै थुपारिएका छन् सयौँ अस्ताएका जूनहरु ।। रगत लत्पत्तिएको खप्पर हातखुट्टा छिनेका अर्धमुर्छित जून रगत उम्लिएको आलो घाउहरु

Posted in कविता | Tagged | Leave a comment

Review : The Evolution of Nepali Fiction

~Taranath Sharma~ Don’t seal my mouth It has to speak for the coming generations Don’t restrain my pen It has to signal the coming truth Don’t chain my feet For I have to embark on a new path – Bishweshwar … Continue reading

Posted in Review - Criticism | Tagged , | Leave a comment

कविता : नयाँ क्षितिज

~केशव वरुवाल पथिक~ नचाहेको कसैलाई बिर्सन खोज्दा, झुल्किन्छ यौटा मुहार– जसको मुस्कानको बाढीमा, म बग्छु – बगी रहन्छु, खोलामा दियो बगेझैँ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अबचेतन मनभित्रको एउटा प्रश्न

~रमेश कंडेल~ साखुल्ले जीवनका पन्नाहरु निबृतिले भरिएका मनफुलहरु अन्तस्करणभित्र पहिरोले थिचिदै गर्दा निरोको धुनमा राष्ट्रप्रेम झल्कला र? शब्दहरु भित्र आफैलाई निख्लम सत्यको बिहङगम पर्दाले ढाकिरहेकै बेला अबचेतन मनभित्र एउटा प्रश्न उब्जन्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटी नगरवधुको डायरी

~विवश पोखरेल~ प्रत्येक साँझसँगै सुरू हुन्छ मेरो जीवनको दिनचर्या जब सहर बल्छ/म निभ्छु जब झलमल्ल रात फुल्छ म ओइलिन्छु मोलमोलाइको बजारमा जोसँग जे छ, त्यही बेच्ने त हो किन्नेहरू किन्छन् त म के गरूँ ? यो नगरमा– सधैं बेइमानहरूको स्वागतार्थ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मधुपर्क मधुजस्तै

~कलानिधि दाहाल~ तप्तपी मधुका थोपा तप्तपाएर तप्तप मधुपर्क तिमी बन्छौ चेतना ज्वारको तप । बीसौँ हजार यात्रीका मुटुका धुक्धुकी भयौ सिर्जना प्यारकास्तम्भ तिमी अनन्त अग्लियौ ।। मौसमी तालमा कैयौँ छाल उच्छाल देखिए उफ्रिए कति उन्माद मादकै साथ भेटिए । सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उनलाई चोकमा देखेँ

~बादल सुरेश~ जब उनलाई पहिलोचोटि चोकमा देखेँ, त्यसपछि त कस्सम हरेक थोकमा देखेँ। उनी खित्का छोडेर हाँसिदिँदा जोकमा देखेँ, उनी आँसु बगाई रोइदिँदा शोकमा देखेँ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द

~इज्मा पोखरेल~ सधैजसो आज पनि विहान सखारै उठेर आफ्ना केही भावनाहरु सुन्दर अक्षरमा सजाएर म डायरी लेख्न खोज्छु, तब लयो मष्तिस्क खाली खाली भेट्छु । हिजो अस्ति जस्तै, शब्दहरुको आहोरदोहोर अह, पटक्कै छैन , कलममा मसी त छ नि तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुगाहरू

~हिरामणि दुःखी~ मेरो बगैँचामा बग्रेल्ती उड्छन् सुगाहरू सुगाहरू जोडजोडले बेसुर कराउँछन् मात्र कराउँछन् बुझ्दैनन् भाषा मान्छेको त्यसैले त सुगा हुन् सुगा हुन् र त आफैँ बोल्दैनन् । दोहोरो कुरा गर्न जान्दैनन् सुगाहरू मात्र बर्बराउँछन् सुगाहरू– ‘सीताराम कहो पट्टु’ आयातित अक्सिजनमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिगुल

~सन्तोष स्पन्दन~ भो नबजाऊ बाँसुरी र बिनायोका धुनहरु अब मन चोर्ने झन्कार चिसो हावा बयली खेलेर ममताको आवाज सुसेल्ने धुनहरु पर्दैन ,तिम्रो सुसेली भन्दा क्रान्तिको बिगुल बज्नु पर्छ | भोको पेट प्यासी घाँटी र नाङ्गो आंग लिएर मर्माहत पीडाका

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरीप्रति

~नरेन्द्र पराशर~ उमङ्ग-मनको चन्न्चल मुसकान पर्छ दमनमा किन ? लाल रँङको पावन-पल्लव मर्छ सहरमा किन ? स्वतन्त्रताको पङ्ख उडेको आकाश-मनको पारावार छेउछाउमै शिकारी बस्छन् म्रिग-नयन ती चङ्ख पार्

Posted in कविता | Tagged | Leave a comment

​कविता : चार जात, छत्तिस वर्ण

~गौरी प्रधान~ बाइसी-चौबिसी राज्यहरुमा बाँडिएका भूगोलका टुक्राहरुलाई आफ्ना बल, बुद्धी र बदलाले जोड्दै ठुलो बनाउनेलाई हिजोकै भाषामा बडामहाराजाको तक्मा त दिन सकिने भो

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा तिमी

~मञ्जु थापा~ म तिम्रो छेउमा बसेकी छु आँखा चिम्लिएर ओछ्यानमा सुतेको तिम्रो अनुहार हेर्दै रुग्ण शरीर तर तिम्रो तेजिलो मुहार यसले मलाई विगतमा कुदाउँछ कुनै समय थियो तिमी जल्दोबल्दो शरीर र साहसकी धनी अन्याय र अत्याचारका विरुद्ध महिला अधिकारको पक्षमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म बिक्रीमा छु

~राधेश्याम लेकाली~ मेरो जोस, जाँगर र रहरहरू बिक्रीमा छन् मेरो आँखा, कान र मुख सबै बिक्रीमा छन् छौ कोही किनेर मेरा खुट्टाहरूले हिंड्न चाहनेहरू आऊ यी पनि बिक्रीमा छन् सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पाए हुन्थ्यो

~हरिहर अर्याल~ परेवाको जिन्दगानी बाँच्न पाए हुन्थ्यो शान्तिसँग आफनै गुँडमा हाँस्न पाए हुन्थ्यो चारा खोज्न आफ्नै गाउँ डुल्न पाए हुन्थ्यो आफनै भाका माक् माक् घुर् घुरन पाए हुन्थ्यो ।। प्रियसी भइ बचरालाई पाल्न पाए हुन्थ्यो अपहण झै झगडा फाल्न पाए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सपना, आमाको प्रश्न

~कृष्ण कटेल~ तिम्रा बम बारुद र गोलीका छर्राहरुले मेरो पसिना मोलिएको घरको छाती छेड्दै गर्दा कुनै दुश्मनी बेगर तिम्रा लात्तिले मलाइ बेहोस बनाउँदा, सबै तितरबितर थिए तिम्रो त्यो सफलतामा तर, प्रत्यक्षदर्शी थियो नजिकै ठिङ्ग उभिरहेको बुढो सिमलको रुख, उसले हेरिरह्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोकको शिविरबाट….

~स्वप्निल नीरव~ एक हाते फरिया एक बित्ते चोलो र एक भारी बैंश -छाडेर तिमी गयौ फट्कु यी अहिले- छताछुल्ल पोखिएर बैंश लाज चिहाइरहेछ भोकको शिविरबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्यकताका विविधता र विचरण

~रमेश कंडेल~ मरुभुमिमा श्रमको खेती गर्न रुचाउने सिमलचौरका आदिबासी हामी बेद-बेदान्त घोकेर पाखुरी बजार्न रुचाउने अनुपम प्रकृतिका सन्तान हामी जीवनलाई जान्न र बुझ्न हिचकिचाउँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मा र शहर

~सुरेश नाचीज~ मरेको कयौँ दिनपछि आँखा खोलेर हेर्दा बातावरणलाई तुषारोले ढाकेको थियो । झिँगाहरु भन्किईराखेका थिए । आसपास फोहोरको डंगुर थियो । खूब जाडो थियो । कुकुरहरु दाँत र नङ्ग्राले पेट कन्याउँदै थिए । खल्तीमा यौटा चुरोट किन्ने पैसा पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलमानको विद्रोह

~प्रकाश गुरागाईं~ परिचय उतै कतै पहाडमा छाडेर मैदान झरिसक्दा तातो घामले देश हैन पानी खोजिरहेको छ फूलमान रिक्सा कुदाइरहेछ । भोकले स्वतन्त्रता हैन खान मागिरहेछ घामले राष्ट्रियता हैन छहारी मागिरहेछ लठ्ठीमा उनेर जुलुस लगाउने झन्डा

Posted in कविता | Tagged | Leave a comment