Tag Archives: कथा

कथा : इमेल

~अर्जुन नवोदित~ अफिसबाट घर आइपुग्न बसमा कम्तिमा पनि एक घन्टा लाग्थ्यो। साथमा सँधैझैँ उपन्यासका किताब थिएनन आज। के गरेर समय बिताउने भनेर घोरिनु अगिनै जुक्ति फुर्यो। ब्यागबाट ल्यापटप निकाले।फेसबुकमा धेरैबेर अडिग रहन सकिन सरासर मेल खोल्न लागेँ। तिनवटा नयाँ मेल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : पैसा

~अर्चना न्यौपाने~ कसले जन्मायो होला पैसा ? कसले न्वारान गरे होला यसको ? शिक्षा दिने गुरु को होलान् ? कहिलेकाहिँ त पैसा जन्माउने आमालाई समेत झर्पान मन लाग्छ, न्वारान गर्ने पुरोहितदेखि रिस उठ्छ, शिक्षा दिने गुरुदेखि दुःख लाग्छ । ए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रङ्गबिनाका जीवनहरु

~लेनिन बञ्जाडे~ टिरङ…टिरिङ…टिरिङ “हलो” “हजुर .. ए हुन्छ ल” “ए विज्ञान, फोन छ” घण्टी बज्नुअघि र पछि एकतमासको फरक छ परिवेशमा। बज्नुअघि जुरुक्क उठ्छु, पछि थचक्क बस्छु। यसपालि पनि बजेन घण्टी मेरो लागि। “रोल्पा जानुपर्छ अब त, यता बसेर हुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोकोहोलो

~एकराज प्रधान~ कठ्याङ्ग्रिँदो पुसको स्याँठ । घरि–घरि बन्द झ्यालको चेपचापबाट छिर्छ र सिरिङ्ग बनाएर जान्छ शरीरलाई । त्यही चिसोसँगसँगै हजुरआमाले फेरिरहेको एकोहोरो सास रोकिन्छ र छाती नै चर्केलाझैँ गरी निस्कन्छ खोकी । नसाहरु फुलिन्छन् । हत्तपत्त म अघि बढ्छु, टाउको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनि उ नेपाल फर्कने निर्णय गर्छ

~ध्रुव थापा~ ऊ नेपाल फर्कने निर्णय गर्छ आज क्रिसलाई आफैदेखि दिक्क र आत्मग्लानीले सताइरहेको थियो। त्यसैले ऊ एक्लै प्रशान्त महासागरको किनारमा बसेर धेरै बेर रोइरहन्छ। कोही छैन उसलाई सान्त्वना र उसको मनको बहलाई बुझिदिने। हो, उसले सुनेको छ , छोरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होस्टेलकी आन्टी

~सबिता सापकोटा~ आन्टी म एकछिन बाहिर गएर आउछु । हस, बाबा छिटै आउनुस ल खाना खाने बेला हुन लागेको छ । अरुभन्दा फरकपन छ उनीमा , सबैलाई रिजाउन सक्छिन् । एकजनाको बोलि होइन होस्टेलमा बस्ने सबैको प्रश्नको उतर झर्को नमानी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : र फेरि

~राजव~ उताबाट आउने फोनको कुनै निश्चित समय छैन। तर, बार निश्चित छ– आइतबार वा शनिबार। अरू बार फोन आएको रेकर्ड छैन। यी बार कुनै पनि समय उसको फोन बजेको हुन्छ। त्यसकारण ऊ आइतबार र शनिबारका दिन फोन हातमै लिएर हिंड्छे। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार मौनताको

~तिलक खत्री~ दिनभरिको थकान अनि, गाउघरको ‘याद’ संगालेर बेलुका कोठामा आएर फेसबुक अन गर्छु। अन गर्दा साथ इनबक्समा ३ वटा राता बत्ती देख्छु। हतार नगरि ओप्पन गर्दै गर्दा एउटा सधै सम्झिरहने उनै ‘प्रियसी’को हुन्छ अर्कों संगै पढ्दाको कलेज साथीको अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन परेकी केटी

~शिव अधिकारी~ म भोटाहिटी चोकमा थिएँ, कालो छाता ओढेर चारैतिर आँखा डुलाउँदै थिएँ । त्यस्तै दिउँसोको २ जति बजेको थियो । गर्मी ज्यादै थियो, टाउको माथी छाता त थियो तर त्यो माथीको चर्को घामले मेरा तालु निरन्तर पोलिरहेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमेरिकामा डलर फल्दैन हजुर!

~बासु श्रेष्ठ~ रोजगारी तथा शिक्षाको लागि जन्मथलोबाट सदरमुकाम हुँदै राजधानी र विदेश जानु नयाँ कुरा होइन। न त यो हामी नेपालीको मात्र चलन हो। यस्तो चलन अविकसित तथा विकासोन्मुख राष्ट्रवासीको मात्र होइन कि विकसित राष्ट्रका व्यक्तिहरु पनि वैदेशिक रोजगारको लागि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनको हाँसो

~श्रेष्ठ सत्य~ तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै … Continue reading

Posted in नेपाली कथा, बाल कविता | Tagged | Leave a comment

कथा : रुन्चे दनुवार

~नेत्रबहादुर कुँवर ‘अशोक’~ “हाच्या ! हाच्या !” हेर्दा हेर्दै, भन्दा भन्दै कुकुरले मासुको पोको लुछि त गयो । रुन्चे दनुवार दुई चार पाइला त कुकुरको पछिपछि पनि लाग्यो तर उसको मनमा कुकरद्वारा लुछिएको मासुको पोको पाइन्नँ भन्ने लागेछ क्यारे, केबल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हैसियत

~कुमार काफ्ले~ फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो। धेरै राम्रा, केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा। पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा, कविताहरू लेखि टोपल्थें। यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड परिवर्तन

~बाबुराम काफ्ले~ ‘क्रान्तिकारीहरुको सत्ता आएपछि समाजमा कुनै किसिमको विभेद रहने छैन, श्रमको  उचित मुल्य पाइनेछ, कोही कसैबाट शोषित र पीडित भएर बस्नु पर्ने छैन, जग्गा जोत्नेको हुनेछ , घर पोत्नेको हुनेछ । कसैले पनि ऋणको भारी बोक्नु पर्ने छैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जमुनीको दशैं

~यादव देवकोटा~ सा“च्चै कति भयो यो छि“डीको कोठामा बर्षैपिच्छे दशैंले घच्घच्याएर गएको ? स्वाट्ट फेरिन्छ उसको अनुहारको रगं । औंला दोबार्दै गनिसकेपछि लामो बाटो हतार हतार हि“डेर चौतारीमा सुस्ताउन बसेको हटारुले जस्तो खुइए गर्छे र ओठ चलाउ“छे–‘आर बर्ष ।’ ●●● … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जन्तीसँगैको नयाँ दुलही

~तेजिन्द्र राना मगर~ एउटा सानो गाउँ थियो। गाउँमाथी सुन्दर जंगल साथै प्राकृतिक र मगर परम्परा अनि सांस्कृतिले भरिपुर्ण गाउँ। त्यही सुन्दर गाउँको नाम थियो “चिसापानी “। म पनि त्यही चिसापानी गाउँमा जन्मिएकी थिएँ। चिसापानी गाउँकी छोरी म, सबैले “किरण” भनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शितको सुनामी

~सुमन क्षितिज~ कलेजमा मलाई ऊ जत्तिको राम्री कोही पनि लागेकै थिएन् । सुरुवाती दिन देखि नै उसमा नजर ठोक्किएको थियो । खासमा भन्नुपर्दा कलेजमा अधिकांश विवाहित थिए । पचास प्रतिशत बचेका मध्ये पच्चीस प्रतिशतको ब्वाईफ्रेण्ड कलेजभित्रै भेटिन्थ्ये । बाँकि पच्चीस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो माया एक पाउ, मेरो माया डेढ पाउ

~एन.के.’अबिवाहित’~ समय गतिशिल छ । समयले कसैलाई पर्खदैन जतिसुकै धनि भएपनि वा गरिब भएपनि अनि जतिसुकै पढेलेखेको भएपनि आखिर सबैले यो संसार एकदिन अवश्य छोडेर माटोमा बिलिन हुनुपर्ने प्रकृतिको नियम छ । जसलाई कसैले पनि तोड्नु र मृत्युबाट उम्केर भाग्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुहागरात

~सौरभ कार्की~ ‘आश्रिया, ए आश्रिया!’ म अडिएँ। देखें- सडकपारि बसन्ता हात हल्लाइरहेकी थिई। त्यहीँ पर्खी। यही उसको संकेत थियोे सायद। कत्तिपछि भेट्दैछु म उसलाई, ६-७ वर्ष भइसक्यो क्यारे। ‘आम्मामा! कत्ति सारो मोटाएकी तँ!’ म फिस्स हाँसे। ऊ उस्तै थिई। पातली, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसपालि म दशै मनाउछु

~प्रदीप सुबेदी~ हाम्लो घर मा खसी कहिले ल्याउने बाबा ? ५ बर्षे छोराको प्रश्न ले म झसँग भए । पल्लो घरका भरत काकाले आँगन मा बाँधेको खसी देखेर पो सोधेको रहेछ । दसैं नजिकिदै थियो, गाँउमा प्रदेसी हरु फर्किरहेका थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अबोर्सन

~प्रमिशा केसी~ ” हेर् कान्छी, अलि दिन यताउता हुने नर्मल होला, तर अहिले डेढ महिना हुन लाईसक्यो । आज आइतबार, भोली सोमबार दिँउसोसम्म तेरो पिरियड्स भएन भने हामी हस्पिटल जान्छौँ । ए सरी ! हामी हैन, तँ । भोली बेलुका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : गैँडाल्याण्ड – जिन्दाबाद

~राजेश राई~ भर्खरै सकिएको गैँडा गणनाको सन्तोषप्रद नतिजा सुनेपछि हर्षित त्यो केटो खुशी अनि उत्तेजनाको भावमा आमालाई भन्दै थियो – एउटा कुरा त हामीले बिर्सिएछौँ नि। आमा – के कुरा ? केटो – गणकलाई हाम्रो आफ्नो पूरा थर र आफ्नै … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : कहिल्यै नपढिने कथा ‘मृत्युको’

~कस्तुप गैरे~ बेलुका जति नै अबेरसम्म बसे पनि बिहान पाँच बजे निद्राले छोडिहाल्छ। भर्खर वसन्त ऋतु सुरु हुँदै छ। यो ऋतुका बिहानी बेग्लै रंग र रौनक बोकेर आउँछन्। नित्यकर्म सकेर झ्यालबाट बाहिर आँखा डुलाउँछु। साकुराका बोटहरूले जताततै सेतो रंग भरिदिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुरोट

~सविता सापकोटा~ हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाकी रहे शङ्काहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा

~सान्ता कार्की~ एउटा सानो गाउँमा जन्मिएकी चन्चल स्वाभाव र स्वच्छ मन अनि दयालु भावना थियो मेरो यसै गरि…. दिनदिन म बढ्दै गए म १६ वर्षको पुगेपछी आफन्ता बाट मेरो बिहेको कुरा आउन थाल्यो यसै क्रममा राम्रो घर परिवार बाट कुरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फर्केको खोला

~रामलाल जोशी~ सबैलाई विपक्षी बनाएर गई। भन्थे सबै, जाँदा कमला नाकै कटाएर गई। मलाई सम्झ्ना छ, गाउँलेहरूले छोइछिटो गर्न बाँकी राखेनन्। आइमाईहरूले थुथुमै बगाए उसको जिन्दगीलाई। छिमेकीहरूले छाक छोड्न लगाए उसको नाममा। भाइबन्धुहरू झ्न् के कम? खल्को हाल्न लगाए उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जायठ

~श्याम साह~ नगरपालिकाले पोखरीमा भवन निर्माण गर्ने निर्णय गरेको सुनेको दिन भोला महतोले छातीमा चक्कु रोपिए जस्तो अनुभव गरेको थियो। यसो होइन कि यो निर्णय कार्यकारी अधिकृतले एक्लै गरेको थियो। उसले सर्वदलीय मिटिङबाट यो निर्णय गराएको थियो। दोस्रो चौमासिकको अन्त्यमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बडा डन

~महेशविक्रम शाह~ एक पाँचतारे होटेलको जिमखाना । स्टिम सौनाको सानो र सानदार कक्ष, मानौ एक प्रेसर कुकर थियो जहाँ हामी दुबैजना आलु बनेर पसेका थियौं र उसिन्नका लागि ब्यग्रताका साथ कुरिरहेका थियौं ।तर, उसको मोबाइलको घण्टीले बारम्बार मेरो ध्यान भङ्ग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेपत्ता रीमा भुजेल

~मेघराज सापकोटा~ ‘राम्री छे तर जिब्रो कालो छ, होश गर्नू है‘, रमेशले ठट्टा गर्दै भनेका थिए । सधैं उनलाई लुकीलुकी हेर्ने म रमेशको कुराले निकै झस्केको थिएँ । खै, उहिलेका मान्छेहरुले युवतीको अङ्गअङ्गको बयान गरेको त सुनेको थिएँ । तर, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहिद बिर्खबहादुर

~नोवल निरौला~ शुक्रबारको दिन आकाश बिहानैदेखि धुम्मिएको थियो। यो धुम्माई प्राकृतिक धुम्माई नभई टायरको धुवाँले भएको हुनाले शहरमा अमन चैन भएको भान कसैलाई पनि थिएन। बिहानैदेखि धुवाँ र ठाउँठाउँमा गुन्जिएका नाराले सहरको वातावरण खल्बलिएको थियो। जिन्दावाद र मूर्दावादको नारा सुनिन्थ्यो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रसफायर

~टि पी मिश्र~ “छि ! अरुले देखे भने के भन्छन् ?” सायद् यस्तै केही भन्दैथिइन् उनी, जब म उनलाई अँगालो हालिरहेथें । मैंले वास्ता गरिनँ । हुन पनि धेरै दिनपछि भेट भएकोले होला- म उनीसँग रमाउन र हराउन चाहिरहेको थिएँ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दशैं र गोधुली यादहरू

~गजेन्द्र बुढाथोकी~ देहातको एउटा बजार, पहाड र तराईको संगम । आदिवासी थारू, दनुवारहरूको मूल बस्ती । क्षेत्री, बाहुन, राई, लिम्बू र मगरहरू पनि पर्याप्त संख्यामा थिए । मुसलमानहरूको पनि बस्ती थियो । गाईघाट । २०४२ सालअघि सडकले छोएको थिएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment