Tag Archives: Yatra Samsmaran

यात्रा संस्मरण : गाडी दुघर्टना पछि हाम्रो परिचय भयो ।

~रमेश राई~ १६ अगस्ट, २००५ (३२ श्रावण २०६२) को दिन थियो । म मामा जितसँगै भारतको मेघालय राज्य अन्तर्गत पर्ने जयन्तिया हिलको खेलाडी हाटबाट नेपाल फर्कने क्रममा थिएँ । त्यहाँबाट विहान ७ बजेतिर हामी बाटो लाग्यौँ र बेलुकी आसामको गुवाहाटीबाट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : पूरानो चीन नयाँ पुस्ता

~रामेश श्रेष्ठ~ “रामेशजी, तपाईंलाई चीन भ्रमणको सांस्कृतिक निम्तो छ है, साहित्यिक हुनुको नाताले”, रामबाबु सुवेदी सरको फोन आयो एक बजे राति। “साहित्यिक मात्र होइन सङ्गीतकर्मीलाई पनि निम्तो दिने सोच बनाउनुपर्छ रामबाबुजी”, भन्दै पाँच साथीको नाउँ दिएको थिएँ, केही दिनपछि तीनजनाको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : किमको देशमा छछल्किएको आँशु

~अर्जुन थापा~ मान्छेको जिवनमा अनवरत जारी रहेको यात्रामा जे जस्ता घटनाहरुले बिथोले पनि कहिले काँही ऐतिहासिक ठाउँ र मनोरम दृश्यहरुसंग खेल्न पाउदा एउटा बेग्लै आनन्द प्राप्त हुने रहेछ भन्ने कुरा भियतनामको यात्राबाट अनुभव भयो । पढाईको सिलसिलामा जापान रहँदा “किम” … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : तानसेन रमाइलो डाँडा

~रामेश श्रेष्ठ~ ‘केटाकेटीहरूका लागि पाल्पातिर गएर नयाँ सोच सल्लाहकासाथ भावी योजनाहरू तयार पार्ने ।’ बाल साहित्य समाज, काठमाडौँले यही निर्णय गरेछ यसपाला । लामालामा दुइटा बसहरूले पहाड, मधेस छिचोल्दै साँझपख पुर्‍याए तानसेन बजार । कलिलो घाम खेलिरहेथ्यो तानसेन टुँडिखेलमा । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : अनुपम पर्यटकीय क्षेत्र हरिनाश र बृहत् साहित्य सम्मेलन

~सदानन्द अभागी~ आमुख– ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले ‘‘ज्याग्दी खोलाको तरङ्ग’’ नामक एउटा स्तरीय पत्रिकाको प्रकाशन गर्दै आएको छ । यसको १२औं पूर्णङ्कको लोकार्पण, ज्याग्दीखोला साहित्य प्रतिष्ठानको पहिलो अधिवेशनको साथै बृहत् हरिनाश साहित्य सम्मेलनमा भागलिन आउने निमन्त्रणा प्रधान सम्पादक देवेन्द्र लम्सालजीबाट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : वालेनफल्र्समा ३ दिन

~रश्मिला कवाङ ‘रश्मि’~ दिन १ विश्वविद्यालयको पढाइअन्तर्गत जर्मनीको एक ठाउँ ‘वालेनफल्स’ भन्ने ठाउँमा ३ तीनको सेमीनार थियो । वातावरण संरक्षण सम्बन्धी उक्त सेमीनारमा भाग लिने अवसर पाएकोमा खुशी त थिएँ नै । करिब १ बजेतिर वाइरोइथ विश्वविद्यालयबाट हामी २५ जना … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : प्राचीन नगर रोम र अर्को सानो देश

~डा. शान्ति छेत्री~ त्यो धरहरा अब ओझेल भइसक्यो – म भने दिल्लीको कुतुब मिनार, काठमाडौको धरहरा र बनारस हिन्दु विश्वविद्यालयको विश्वनाथ मन्दिरका भव्य उँचाइहरू सम्झनु पुग्छु। झ्यालबाहिर विदेशी हावा, विदेशी दृश्य र मनभित्र स्वदेशी सम्झना सङ्गालेर बससितै दगुरिरहेछु। तमिल सहयात्रीहरू … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : राप्तीको रुवाइ

~भेषराज रिजाल~ ʽयस्तै तालले पुगिन्छ त गन्तब्यमा ।ʼ गुँडतिर फर्किरहेका चराहरू गोधुलिको धमिलो क्षितिजमा हराउँदैथिए, तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै । उज्यालोमै प्युठान खलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यासलाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कोलोराडो खोँचमा विष्णु मन्दिर

~सोम खनाल~ सन् २०१२ को जुलाईमा अमेरिकी दुग्ध बिज्ञान संघले आयोजना गर्ने बार्षिक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एरिजोना राज्यको फिनिक्स सहर जाने भइयो । दुईतर्फी हवाईखर्च र पाँचतारे होटेलमा खाने बस्ने प्रबन्ध विश्वविध्यालयले नै मिलाई दिने, अनि थोरै मात्रै अतिरिक्त … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : एक फन्को कर्णालीको

~भक्तराज जोशी~ नेपालको सबभन्दा विकट मानिएको र विकासको दृष्टिकोणले सबैभन्दा पछाडि परेको कर्णाली अञ्चल हेर्न जाने इच्छा हुँदाहुँदै पनि जान पाइएको थिएन ।  सौभाग्यवश एउटा अति विशिष्ट भ्रमणमा सहभागी भई त्यहाँ घुम्न पाइने प्रस्ताव आउँदा सहर्षस्वीकार गरी भ्रमणमा जान तयार भएँ । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : एस्तो पनि हुदो रहेछ

~खडानन्द तिमलसिना~ जीवन जीउने क्रममा धेरै यात्राहरु भएका हुन्छन कति यात्राहरु संझौं भनेर पनि संझन सकिन्न भने कति यात्रालाई र्विसौं भनेर पनि विर्सन सकिन्न त्यहि मध्यको यो एउटा यात्रा सिन्धुली देखि बुटवल सम्म भएको छ । यात्रा यसरी सुरु हुन्छ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : खप्तडको क्षितिजमा गरिबीको छाँया

~भेषराज रिजाल~ बझाङे तमेल कटेर सेती पारिपुग्दा तिर्कुलो रोप्दै थिए केही महिलाहरू । नदीमा बेपत्ता आफन्तको खोजीमा बाटैभर अलपत्र थिए केही मान्छेहरू । ढल्कँदो घामको रापले ओइलाएको तिर्कुलोको बोट र नदीको भुमरीमा बेपत्तिएको मान्छेको आकृति तौलिन्छु मनमनै । तिर्कुलो शीतको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : दशैंमा दिल्ली– २०१२

~सुशील मुडभरी~ सन् २०१२ सालको अन्तर्राष्ट्रिय आर्य महासम्मेलन अक्टुबर २५–२८ चार दिन दिल्लीमा भव्यताका साथ हुने समारोहमा भाग लिन बाराका आर्य समाजका अध्यक्ष विन्देश्वरी आर्यले आर्य समाजका प्रचारक र हामी शुभेच्छुकहरूसँग धेरै दिनदेखि अनुरोध गर्दै आउनुभएको थियो । पहिले–पहिले कलकत्तामा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : एउटा अविस्मरणीय यात्रा

~पुष्पलता आचार्य~ २०६५ साल मङ्सिरको महिना थियो । रम्घा, लमजुङ, न्यौपाने वेसी माइतीघरको आँगनबाटसाँझको बेलामा गहु्रङ्गो मन लिएर म आफ्नो गाडीतर्फ लागें । मन भक्कानिएर आयो । आँखाबाट आँसुका बलिन्द्रधारा बषिर्न थाले । हातगोडा शिथिल हुँदाहुँदै पनि मैले गाडी दु्रत … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : आत्मीय अँगालोमा बाँधिएको  वृहत् साहित्यिक यात्रा

~राजेन्द्रप्रसाद अर्याल~ ड्यासबाट बोल्दाबोल्दै कवि मञ्जुलको गला अवरुद्ध भयो । वाक्य फुट्न सकेन अनि द्रविभूत हुनुभयो । दर्शक दिर्घातर्फ मौनता छायो । सबै स्तब्ध देखिन्थे । तीस सेकेण्ड जतिको यो दृष्य तथा अवस्थाबाट मञ्जुल सम्हालिनु भयो । एक्कासी यथावस्थामा आई … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : संझनामा तिन दशक अघिको मनाङ

~डा. हरिकुमार श्रेष्ठ~ आज एकछिन घोत्लिएर मनाङ जाँदाको विगतलाई खोतल्ने जमर्को गरेको छु । मनाङ् प्रवेश गरेको आज ३० वर्ष र ८ महिना पूरा भएछ । समयले कति छिटो डाँडा काट्दो रहेछ पत्तै भएन । त्यतिखेर भरखर प्रमाणपत्र तह (कृषि) … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : प्रत्येकको मन हरिलिएको त्यो क्षण !!!

~पूर्ण ओली~ मेरो फोनको लामो घण्टी उताबाट रिसिभ हुनेबित्तिकै मैले तताइहालेँ, “सिडियो साब्, ६ त बज्नै आँट्यो ।” चैत्र महिनाको बिहानको ६ बज्न भने अझै २० मिनेट बाँकि छँदै थियो । उताबाट सिडिओसाबको जवाफ आयो, “म त रेडी भैसकेँ । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : बन्दीपुर जीवनमा एकपल्ट जानै पर्ने ठाउँ रहेछ

~पद्मावती सिंह~ तरूणावस्थादेखि बन्दीपुरप्रति म आकर्षित भएकप् थिएँ – तारादेवीले गाएको म.वि.वि शाहले रचेको ‘बन्दीपुरको उकालो लामो मस्र्याङ्गदी डुङ्गाले तरेर’ भन्ने गीतबाट ….। बन्दीपुरको प्राकृतिक सुन्दरता र भौगोलिक स्थितिबारे केही जानकारी गराउने तथा बन्दीपुरको परिचय गराउने उक्त गीत मलाई साह्रै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : आफ्नै आँखाले आफ्नै देश हेर्दा

~अजम्बरध्वज खाती~ केही महिनाअगाडि नै थाहा भएको थियो नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १० औं राष्ट्रिय सम्मेलन कैलालीमा हुँदैछ भनी जुनबेला थाहा पाएँ, त्यसैबेलादेखि मलाई पनि त्यो सम्मेलनमा जान मन भएको कुरा शंकर भण्डारी, राम … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : पश्चिम नेपालको यात्राका केही बिम्ब

~सरोजराज गोसाईं~ भक्तपुरदेखि सुर्खेतसम्म आँखा र कानबीच पाँच अङ्गुलमात्र फरक भए पनि हेरेर वा सुनेर गर्ने अनुभूतिमा आकास–जमिनकै फरक छ। भ्रमणको महत्त्व यसैमा झल्किन्छ। देश बुझ्न जनतामाझ नपुगी धरै छैन। वर्ष २०६९ ले बिदाइको हात हल्लाउने बेला भएको मध्य र … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : टाइगर नेस्ट उक्लँदा

~रोशन शेरचन~ मैले रेड पान्डा आफ्नो प्यारो वन्यजन्तु बताएपछि भुटानी साथी छिरङिले थप्यो, “त्यसो भए तपाईंलाई आज रेड पान्डा बियर खुवाउँछु।” रेड पान्डा बियरको नाम सुनेर म खुसीले उचालिएँ। उसले सोयस र मलाई थिम्पुको बारमा लिएर गयो। बार मूल सडकबाट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : रोसीका हजार छाल

~युवराज नयाँघरे~ वैशाखको पहिल्यै दिन थिएँ म रोसी तीरमा ! विचित्र हुन्छ कहिलेकाँही । यदाकदा नसोचेकै कुराको जोरजाम हुन्छ । हठात्मा घुमन्ते भइन्छ, जोहो न सोहो । मेलोमेसोविनै डुलन्ते हुन पुगिन्छ । अपुताली लाभ भनेकै यै होला—अचम्मैले घुमघाम गर्न पुगिन्छ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : उकाली ओरालीहरुमा

~निशान यात्री~ निशान भाई सुन्यौ ? हजुर भन्नुस दाई ! म सुन्दै त छु हजुरको कुराहरु पोखरा देखि यहाँ सम्म । यो ठाउँलाई सल्यान भन्छ नि भनेर दाइले मलाई जिल्याई दिनु भयो । सल्यान त बुटवल हुँदै पश्चिम गए पछि … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा–संस्मरण : ग्याँसचेम्बरको साँझ

~कृष्ण धराबासी~ जर्मन उत्रिनासाथ जुन जाडोले स्वागत ग¥यो । त्यो त्यति डरलाग्दो थिएन । काठमाडौंमा देखाइएको जस्तो डरलाग्दो थिएन यो तर दिन धुम्म थियो र चिसो सिरेटो चलिरहेको थियो । हामी पृथ्वीको यस्तो अर्काे भागमा उत्रिसकेका थियांै, अब आफू जन्मेको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : ज्यामरुङको तीतोमीठो

~कञ्चन अर्याल~ स्थानीय विकास मन्त्रालयको एउटा कार्यक्रममा सहभागी हुन गत हप्ता धादिङ जाने अवसर मिल्यो। टोलीमा काठमाडौंबाट राष्ट्रिय समाचार समितिका भीष्म ओझा, सेतोपाटीका प्रकाश ढुंगाना र म थियौं। करिब ११ बजे धादिङ पुग्यौं। ज्यामरुङसम्म पुग्ने योजना थियो। जिल्ला विकास समितिले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : युरोपदेखि बाटैबाटो नेपाल

~अर्पण शर्मा~ युरोप आएको साढे दुई महिनापछि म फर्किने तर्खरमा छु। हेलसिन्की (फिनल्यान्ड) को यो स्टेसनबाट छुट्ने रेलले मलाई भोलि दिउँसो मस्को पुर्‍याउनेछ। म यसकारण उत्साहित छैन कि मैले बितेको साढे दुई महिना युरोपका कुनाकुना घुमेर बिताएँ। बरु, अबको मेरो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : परिचित बाटोको अप्ठ्यारो यात्रा

~सुनील न्यौपाने~ कुरो २०५८ सालको हो । मैले बिराटनगरको स्नातकोत्तर क्याम्पसमा पढाउन थालेको दुइ बर्ष टेक्दै थियो । त्यतिबेला सम्भवतः क्याम्पसकै सबैभन्दा कान्छो माष्टर थिएँ म । भनिन्छ नी ‘नयाँ जोगीले धेरै खरानी घस्छ ।’ ठ्याक्कै त्यतिबेला आफूमा पनि निक्कै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : उत्तरी इजराएलको रमाइलो घुमघाम

~दिप्स शाह~ १८ अप्रिल २०११ ओहो फेरी सन्ग्लास छुटेछ! हुत्तिएर घरभित्र पसेँ, कालो ढ्याब्रे चस्मा समातेँ र एकै श्वासमा बाहिर हुत्तिएँ। घुम्घामको दिन मेरालागी सँधै हतारोको लतारो हुन्छ। अरुको नुनपानी जो खाएकोछु, आफु मात्र नभएर अन्नदाता चिपोरा जसलाई म भन्छु … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा साहित्य : नयाँ मुलुक घुम्न जाँदा

~खगेन्द्र संग्रौला~ अचम्म भयो । उन्मादी उत्तेजनाको चुचुरोमा चढेर हाम्रो बसतिर हान्निएको अस्त्रधारी झुन्ड उत्निखेरै स्थिर र शान्त भयो । बस रोकिएन, त्यो क्रीडाको किञ्चित परवाह नगरी आपmनै मुसे चालमा अगाडि गुडिरह्यो । यताउति सोधपुछ गर्दा पछि थाहा भयो, त्यो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : हुरीसँगको एकरात

~सकु थापा~ नचलेका हैनन् हुरीहरू जीवनमा भनौ हुरीसँग अपरिचित थिइन म । उपत्यकाको खाडलमा बसेर पनि धेरै पटक हुरीको मारमा परेको छु म । एक पटकको कुरा हो, विद्यालय छुटेर घर र्फकदै थिएँ, । विद्यालयबाट केही वर आइसकेको थिएँ । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment