Tag Archives: sangrahalaya

व्यक्तित्त्व समीक्षा : खाँटी अनुवादक

~राजकुमार बानियाँ~ थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् । जोन उडको माइक्रोसफ्टदेखि बाहुनडाँडाताका नै अनुवादलाई अन्तिम बनाउने संकल्प गरेका उनलाई चिनगिज आइतमातोभको उपन्यास प्रथम गुरु आइलाग्यो, त्यसपछि … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : माैन पहाडकाे कथा

~हिमाेढ पहाडी~ हरेक बिहानीकाे सूर्याेदयसँगै जब म ब्युँझिन्छु खाल्डाेबाट दुर चिहाउँछु क्षितिज अङ्गालेर ऊ मुस्कुराइ रहन्छ र केवल मुस्कुराइ रहन्छ मलाई स्वाभिमान सिकाउने त्याे माैन पहाड ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : आफ्नै इच्छापत्र

~अमृता प्रीतम~ अनु : सारिका श्री आफ्नो पूरा होसहवासमा लेखिरहेको छु म आज इच्छापत्र आफ्नै ! म मरेपछी, खङ्ग्राल्नु मेरा कोठा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : आकाशमा फाइट

~ब्रजेश~ सन् १९८० को दशक  । पाटनका साँगुरा गल्लीहरू  । आकाशे नीलो रङको कमिज र गाढा नीलो रङको पाइन्ट लगाएका पाँच जना स्कुले विद्यार्थीहरूले एउटा गल्लीबाट अर्को गल्ली चहारिरहेका थिए । उनीहरूको काँधमा स्कुलको झोला थियो । उनीहरूले आआफ्नो रुमाल मुखमा मास्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे खप्पर र आस्थाहरुको मुटु

~देवेन्द्र खेरेस~ बुद्विमा राँको बालेर एकपल्ट खप्परमा विचारले झोस्दा उछिटिएका अटोमेटिक छिटाहरु हिजो आज र…॥ नसा-नसामा बगेर थेम्स नदी

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : भाग् कुइरो भाग् !

~युवराज नयाँघरे~ ‘यस्तो पो स्वागत !’ मैले काँडेमा पुगेपछि कुइरोको अन्धमुष्टि देखेर भनेँ मनमनै । पानीको बिर्बिराइ र कुइराको बाक्लो खातमा काँडेले झुलुक्क मुख देखायो । बीस÷बाइस घर थिए त्यहाँ । घरमा व्यापारका सूचनापाटीमात्र थिए । मलाई त्यस्ता सूचनापाटीले पोखरामै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जुवेदा खातुन

~विमला तुम्खेवा~ सबै यसै भन्छन् छोरी भएर जन्मनु दक्षिणी हावाको तेज तुफान हो त्यसो हो भने हावालाई रोक्न सम्भव छ ? यसै भन्थिन् आमा मजस्तै अनपढ बन्न दिन्न यो छोरीलाई म हुर्किंदै गएँ सँगै आमाको सपना पनि ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : पहाड़े साथीबाट चिठ्ठी

~विपुल चक्रवर्ती~ अनुवाद : संगीता खेवा यस वर्ष बर्खामा पहाड़ नआउनु होस् यस बर्ष पहाड़ भयङ्कर छ चारैतर्फ खोला र झोड़ाहरू पागल सरह कुदिरहेका छन् र के आश्चर्य तिनीहरूको पक्षबाट रातो रगतको भल बगिरहेको छ। यस बर्ष बर्खामा पहाड़ नआउनु … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

समीक्षा : मोदनाथ प्रश्रित : कवि–व्यक्तित्व एवम् कृतित्व एक विश्लेषण

~गोपाल विरही~ मोदनाथ प्रश्रितको जन्म वि.सं. १९९९ असार ६ गते पिता घनश्याम पौडेल र माता बालिकादेवी पौडेलका कोखबाट अर्घाखाँची जिल्लाको खिदिम हर्राबोटमा भएको हो । बुटवलको गणेश जनता नि.मा.वि. (हालको कान्ति मा.वि.) मा वि.सं. २०२० तिर शिक्षक भएर आएका प्रश्रितले … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : रम्फुको पाखामा

~टंक वनेम~ चौंरीको घण्टी कुहिरोको माझ कागको इसारा रम्फुको खोला सुसाउँदै बग्छ चल्दछ विरह ।

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : बूढोले जे गर्छ बेसै गर्छ

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास केटाकेटीमा सुनेको एउटा कथा सुनाउँदै छु । यो कथा जहिले सम्झँदा पनि मलाई रमाइलो लाग्छ । किनकि मानिसहरू जतिजति बूढाबूढी हुन्छन् उतिउति असल र बुद्धिमान हुँदै गएजस्तै यो कथा पनि जति परानो हुँदै भयो उति … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

कथा : बदलिएको मन

~राजकुमार श्रेष्ठ~ पढ्ने स्कुल एउटै भए पनि चनमती र मनमतिको घर अलग अलग गाउँमा थियो । सानै देखि उनीहरु एउटै स्कुल अनि एउटै क्लासमा पढ्ने गर्दथे । झट्ट हेर्दा चन्चले र चतुर स्वभावको देखिने हुनाले उनको नाम बाजेले सानै देखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झ्याउँकिरीको गीत

~रुपिन्द्र प्रभावी ‘कटु’~ हृदयभरि उज्यालो आराधना बोकेर आँखाभरि कैदी भएका अपाच्य दृष्यावलोकनमा उद्वेलित झ्याउँकिरीहरु मरुभूमिको उँट बास्छन्– सपनामा पानी पिएको लैबरी गीत ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आफन्त आवाज

~दीपा लिम्बु राई~ ऊ को हो? कम्ब्याट भित्र… हेल्मेटले अनुहार पुरिएको म ठम्याउन बन्दै सक्तिन । रगताम्य अनुहारमा लाठी बर्साईरहेको देख्छु

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उपासना

~डा. विदुर चालिसे~ –“अाेई ! किन ढलेकाे त्यसै, खाना खाइनस् कि केहाे ?” जिन्दगीकाे व्यथामा तिल्मिलाइरहेकाे अाशाराम निकै उपासना गर्थ्याे। विहान, वेलुका, हिजाे, अाज,अस्ति, अस्तिअस्ति, रातदिन उसकाे काम उपासना नहाे गरिरहन्थ्याे । वर्षाैँ बित्याे उसका उपासनामा कसैले टेडाे अाँखाले पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : यति टाढा त नजाऊ

~राजेन्द्र चोथाले~ ए मन लिने मान्छे यति टाढा त नजाऊ मेरो लागि पनि केहि समय बचाऊ बाँकी छन् कुरा नयाँ तिमीलाई सुनाउन बाँकी छन् आँसु तिम्रै अंगालोमा बगाउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : भोक

~भुवन ढुङ्गाना~ उनीहरु धेरै बेरसम्म गुन्गुनाइरहे । कोठामा बत्ती निभेको थियो, तर झ्यालबाट आइरहेको जूनको उज्यालोमा उनीहरु एक–अर्काका जीउ र अनुहार राम्रैसँग देख्न सक्थे । वातावरणले लाग्थ्यो, उनीहरुको कुरामा केही नराम्रो परिरहेछ । ‘मलाई भोक लागिरहेछ ।’ एकछिनपछि केटीको रुञ्चे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : नेपालीमा लिमरिकको प्रवेश : एउटा उत्सुकता

~पवन आलोक~ भनिन्छ, नेपाली भाषामा गजल शैलीका प्रथम प्रवर्तक मोतिराम भट्ट हुन् । त्यस्तै जापानी हाइकु शैलीलाई नेपाली कविताजगतमा प्रवेश गराउने श्रेय शंकर लामिछानेलाई दिइन्छ । हालै नेपाल स्रष्टा समाजले राजधानीमा आयोजना गरेको एउटा कार्यक्रममा अर्को एउटा नौलो जानकारी पाइयो … Continue reading

Posted in लिमरिक, समीक्षा | Tagged , | Leave a comment

लिमरिक : आरक्षण

~समीर पाख्रिन~ बसमा महिलाकाे दुई सीट काेटा रहेछ महिला पुरूष दाज्जिएर बसेकाे रहेछ “भाइ उठ्नु परयाे । ” भने मैले

Posted in लिमरिक | Tagged , | Leave a comment

कविता : सय रुप्पेले बाँधेको साइमासा

~टंक वनेम~ अत्याधुनिक पप नगरीले आधुनिकताको फेरो हालेर नघुमाएको मन बुकी फूल र भेडीगोठको नागी कहाली लाग्दो कुहिरोमा हराएका भेडा डाक्ने लोक भाकाहरु बल्झि रहन्छ दाउरा काटेको टाक्कटुक्क

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : अल्टिमेट आकाश : उडी छुनु चन्द्र एक

~गोबिन्दसिंह रावत~ साहित्य के हो र केका लागि लेखिन्छ ? यसको उत्तर आफैमा निर्भर पर्नेकुरा हो। म भन्छु मनका परिकल्पनाहरूलाई वस्तु तथ्यमा उतारर हर्न माध्यम साहित्य हो । आफ्नो सखानभतिलाई शब्दमा रूपान्तरित गरेर हेर्न शाब्दिक घोषणा पत्रसाहित्य हो। अझ भनौं, … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : निदाउन छोडेको छु

~कुबेर काका~ १ झपक्क आँखा चिम्लिदा नेपाली जनताको काया फेर्न समान अस्तित्व कायम गर्न विधिको शासन कार्यान्वयन गर्न आर्थिक विचलन अन्त्य गर्ने हाम्रो कदमबाट भयभित भएर हामीलाई क्रुरता पूर्व हत्या ग¥यो हाम्रो यात्रा जारी छ भन्दै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्तर्वार्ता

~हरिकृष्ण डंगोल~ उसले जीवनमा धेरै फिल्महरु हे¥यो । धेरै किताबहरु पढ्यो । अचेल पनि सकुञ्जेल हेरिरहेको छ । किताब अलि नजिकबाट पढ्नु पर्ने भएकोले अचेल ऊ त्यति उपन्यास, कथाहरु पढ्दैन । किनभने आजभोलि आँखाले त्यति साथ दिंदैन उसलाई । बेडरेस्टमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

जातक कथा : चराहरुको सल्लाह बाँदरहरुलाई

एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएका थिए । एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेका … Continue reading

Posted in जातक कथा | Tagged , | Leave a comment

चलचित्र गीत : हरर बरर

~नरदेन रुम्बा~ हरर बरर ढ्वाङ् तानूँ सरर जानू छ हामीलाई दार्जिलिङ सहर ए है मन फरर हरर बरर ढ्वाङ् तानूँ सरर यो बाटो हामीसँगै हिंड्छ मोटर ए है बेनी बगर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मुसलमान भएछ

~एकादेशको गगनराज~ हिन्दू थियो, ऊ मुसलमान भएछ भन्यो, अल्लाहको अपमान भएछ । सोचिरहन्छ कसरी देश बनाउने बाइस, चौबीसको जवान भएछ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : अहिल्यै के को वार्ता

~बबुल लामा~ डाँडा काँडाहरु नांगा भइसकेकै छैनन् न त पहिरोले गाँउ बस्तिहरु पुरै बगाएकै छ उल्लु, किन कराउँछस् डाँको छोडेर ज्ांगल अझै सकिएकै छैन, अहिल्यै के को बृक्षारोपण ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : कोही कोही आएको छैन ऐलेसम्म

~वीरभद्र कार्कीढोली~ आत्मीयताको अँगालो लिएर अँगाल्न अहँ! कोही कोही आएकै छोन। ऐलेसम्म प्रेमका एक थुङ्गा फूल! दिनु पनि कोही आएको छैन। जाड़ोले थर्थराइरहेका छ! जाडोले बजिरहेको दाँतको आवाज

Posted in कविता | Tagged | Leave a comment

कविता : नील आकाशको यो तारालाई

~भिमदर्शन रोका~ नील आकाशको यो तारालाई हेरिरहेछु म मेरो सहारालाई हेरिरहेकी होलिन् प्रियतम मेरो दूर प्रवासबाट यही तारालाई नील आकाशको यो तारालाई ।

Posted in कविता | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : उसिन्नु पर्ने अण्डा किन पकाइस् ?

~कृष्ण उफान~ “जुन खोलाको दुवाली उही खोलाको चपरी” ठाउँ अनुसारको रहनसहन हुन्छ । मान्छे अनुसारको बानी व्यहोरा हुन्छ । हरेक मावनमा केही न केही भिन्नता हुन्छ । यो दुनियामा भएका मानवका मानवीय स्वभाव नै यही हो । सबै एकै स्वभावका … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मान्छे

~भुवन सापकोटा~ मैले अभाबै अभाबमा जीएको मान्छे पनि देखेको छु आफ्नै स्वभाव मै जीएको मान्छे पनि देखेको छु । मैले आफ्नो सम्पतीको धाक लगाउने पनि देखेको छु रीस्ता अनि आफन्तमै आग लगाउने पनि देखेको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : घोर प्रतिक्रान्ति

~जीवनस्पर्शी~ साम्यवाद मेरो लागि थियो जिवनको अन्तिम लक्ष्य जसको नसाले म भुल्न सक्थे पृयसिका यादहरु लेनिनका क्रान्तिका सुत्रहरुसग साटी दिन्थे आमाका आसिर्बादहरु म भोक लाग्दा रमाउथे पड्दै

Posted in कविता | Tagged | Leave a comment